यति पढ्ने बित्तिकै
सनिराले प्रश्न
गरिन्, “मुटु टुटेर लेखेको कि टुट्न बाकि हुदै लेखेको? जे भएपनि दामी छ|”
“हरेक रचन मुटु टुटेको क्रन्धनमा आउने हो र? कुनै कल्पिएको वास्तविकता पनि हुन्छन|”
मुटु टुट्नलाइ कोहिसंग मुटु जोडिनु पर्यो या जोडिने प्रयास हुनु पर्यो| पंकजको
जीवनमा दुवै भएको छैन, साच्चिनै पंकजले कल्पिएर लेखेको हो त्यो रचना| तर
कसलाई?प्रियंका?
समय अनि यी दुबैको बार्तालाप सधै नै एकनास रुपले चल्दै गयो| समय संग सृजना भयो धेरै सुन्दर पलको| केहि पल उनिहरु दुइ बीच सिमित छन् भने केहि ९ जना साथि बीच नै| समय संगै आत्मियता पनि बढ्यो र नजिकिए दुवै| उनिहरुलाइ साथि मात्र भन्न मिल्दैन तर उनिहरुको अहिलेको सम्बन्धले केहि नाम नै पाएको छैन| कुनै शिशुको नामकरण न्वारनमा गरिन्छ| तर सनिरा र पंकजको सम्बन्धको अहिले सम्म जन्म भएको छैन, न्वारन पछिको बात हो| अहिले दुबैको सम्बन्ध गर्भमा रहेको शिशुको हालतमा छ|मानिसको शिसुको जन्म ९ महिनामा हुन्छ तर यो सम्बन्ध हो| यसको जन्म हुन कहिले 3 दिन पनि लाग्दैन र कहिले 3 वर्ष सम्म पर्याप्त हुन्न| कहिले 3 बर्ष सम्म पनि गर्भमा नै हुन्छ यो सम्बन्ध| सम्बन्ध जति बर्ष गर्भ रहेपनि मतलब हुन्न यदि यसको जन्म भएर सहि तरिकाले हुर्क्याइन्छ| तर कहिले सम्बन्धको भ्रुण हत्या हुन्छ, कहिले गर्भपतन हुन्छ र कहिले जन्मिएको केहि पलमा हत्या| पंकज र सनिराको के हुन्छ होला?
बिस्तारै गए अबस्य पुगिन्छ| सबैले यहि भन्ने गर्छ तर के यो सत्य हो? यसमा कति सत्यता छ? त्यहाँ पुगिन्छ त भनिएको छ तर कहाँ भनि उल्लेख गरिएको छैन| एम्बुलेन्समा कोहि सिकिस्त बिरामी छ र उस्ले ढिलो गरेमा उ अबस्य पुग्छ तर हस्पिटल हैन आर्यघाट| तर माया भनेको त्यो एम्बुलेन्समा गएको बिरामी जस्तो पनि हैन| मायामा छिटो गए दुर्घटना हुन्छ र बिस्तारै गए ढिला| अब सहि गति के हो आफै छान्न सिक्नु पर्छ| एकको ठिक्क गति अर्कोलाइ ढिला पनि हुन सक्छ| त्यसैले हरेक पाइला सम्हालिएर चाल्नु पर्छ| तर यहाँ पंकजले कुनै पाइला नै चालेको छैन, या चालेको भए पनि देखिएको छैन| उनीहरुको सम्बन्ध अहिले सम्म गन्तब्यमा पुग्थियो होला पाइला दुबैले चालेको भए|
उनिहरु दुबैले कोशिश गरे पनि त्यो झल्किएको छैन| तर साथिहरुले झल्किने गरि कोशिश गर्दैछन्| कही बिस्वासलाइ उस्काउने प्रेम प्रस्ताबको लागि भने कहिले सनिरालाइ त्यो चुम्बनको रातको सुइँको दिन खोज्ने| कहिले सबै जना घुम्न जाने भनि, अन्तिममा पंकज र सनिरालाइ मात्र पठाउथिए भने कहिले सबै कलेज bunk गरेर सनिरा र पंकजलाइ मात्र कलेज पठाउठिए| कहिले कुरै कुरामा पंकजले कसैलाई मन पराउछ भनि भन्थिए| पंकजले सनिरालाइ मन पराउछ भनि सनिरालाइ पनि थाहा होला| यदि उनलाई थाहा छ भने उनले नै प्रेम जिकिर गरे हुन्छ नि| धेरैको मनमा प्रश्न औला सनिराले किन प्रेम जिकिर गर्नु यदि उनलाई प्रेम छैन भने? सनिरालाइ प्रेम छैन भन्ने चाही बिस्वास गर्न गाह्रो छ|
पंकज एकछिन संगै नहुदा उनलाई चिन्ता लाग्छ| पंकजले मेसेजको रिप्लाई ढिलो दिदा उनले सिधै फोन गर्छिन्| पंकज खुसि हुदा पंकज संगै उनि पनि खुसि हुन्छिन र पंकज एकछिन दुखि हुदा पंकजसंग उनलाई पनि पिडा हुन्छ| पंकज कलेज गएभने मात्र उनि मात्र कलेज जान्छिन नत्र घरमा नै बस्छिन् अनेकौ बहाना बनाएर| कलेजको सबै साथि मिलेर जही जाने निधो गर्दा, पंकजको उपस्थिति हुने भए मात्र उनो उपस्थिति हुन्छ| पंकज एकछिन ब्यस्त हुदा उनलाई न्यास्रो लाग्छ| एकछिन पंकज रुखी भइदियोस् न उसंग, प्रश्नको तुफान आउछ उनिमा| पंकजसंग बोल्दा बोल्दै उनि निन्द्राको काखमा पुग्छिन् र बिहान उठ्ने बित्तिकै पंकजको आवाज उनि पहिले सुन्छिन| अब पनि कसैले भन्छ भने सनिरालाइ पंकजसंग माया छैन भने, कि उसलाई माया भनेको एक हो थाहाछैन या उसको दिमाग नै सहि तरिकाले संचालन भएको छैन|
एउटा सेमेस्टर ६ महिना हुन्छ र सातौ सेमेस्टर अन्त्य हुन लागेको छ| मतलब 3 बर्ष ६ महिना बित्यो तर अहिले सम्म पनि पंकजले आफ्नो माया ब्यक्त गर्न सकेको छैन| पंकजले मात्र हैन सनिराले पनि आफ्नो माया जिकिर गर्न सकेकी छैन| आखिर महिला पुरुस बराबर हुन्, माया छ भने जिकिर जसले गरे पनि हुन्छ| सातौ सेमेस्टर सकिनु भन्दा एक महिना अघि, कलेजले शैक्षिक भ्रमण लाग्ने भयो? कहाँ थाहा छ? पोखरा| मतलब सातौ सेमेस्टरको परिक्षाको एक महिना अगाडी सबै पोखरा जादै छन्| चैत ३० गते, ठ्याक्कै भन्नु पर्दा| योजना के छ भन्दा, ३० गते दिउसो पुग्छन सबै बिधार्थी, सबै थाको हुनछन| New year eve मनाउछन् बेलुका| १ गते बिदा हुन्छ, दुइ गते ए तिन गते शैक्षिक भ्रमण| अनि चार गते बुटवल फर्किने|
योजना अनुरुप.,,,,,
