योजना अनुरुप बुटवल मोडेल कलेजको सातौ सेमेस्टरको सबै बिधार्थी बुटवलबाट पोखराको लागि हिडे| दिउसोको तिन बजेको हाराहारीमा पोखरा पुगे| 25 बिधार्थी र ६ जना कलेजको शिक्षक| २० केटालाइ ७ वटा कोठा र ५ केटिलाइ दुइ कोठा| पंकज र उसको समुहले तिनता कोठा लिए| एउटा कोठा अस्मिता र सनिराको लागि अनि दुइटा कोठा ७ केटाहरुको लागि| केटिहरुलाई त केहि गाह्रो हुन्न, केटाहरु दुइटा कोठामा सात जना बस्नु पर्दा गाह्रो पक्कै हुन्छ| गाह्रो पनि के गाह्रो भन्नु, रात भरि रक्सि नै खानेछन सबै अनि दिउसो कलेजले भ्रमणको लागि कुन कुन ठाउ लग्ने हो| जम्मा ६ ७ घण्टा सुत्नको लागि, के को गाह्रो हुनु| झन् नशामा झुम भएको बखत, सुत्नलाइ ओछ्यान नै चाहिन्छ भन्ने पनि छैन| कोहि वाक्दा वाक्दै washroom मा नै निदाउछन् र कोहि गफ गर्दा गर्दै बसेको ठाउमा| धेरै भयो यस्ता नचाहिने जानकारी|
कलेजबाट जो जो शिक्षक आएका छन्, त्यसमध्य धेरै मजासिलो स्वभावका थिए| “हामि अब बिधार्थी-शिक्षक हैनौ, साथि जस्तै हौ| त्यसैले रमाइलो गर्नु पर्छ| पोखरामा जे हुन्छ त्यो राज त्यहि मात्र सिमित हुन्छ| हामि बीच जे भए पनि, बाहिर दखल पुग्ने केहि कार्य नगर, नत्र म फेरी शिक्षकमा परिणत पर्छ|” बस चढ्ने बित्तिकै एउटा शिक्षकले यहि भनेका थिए| झन् राति कोठामा रक्सि खाने कि बाहिर जाने भनि पनि छलफल भएको थियो शिक्षकसंग| अब कुनै पाबन्दी छैन बिधार्थीहरु बिच| सबै योजना बनिसकेको छ| पुगेको दिन देखि फर्किने दिन सम्म हरेक पलको योजना बनिसकेको छ|
योजना अनुरुप उनिहरु सुरुमा फेवातालमा डुंगा चढ्न पुगे| ७ वटा डुंगा मध्य २ डुंगा पंकजको समुहको| ल लागे अब सबै एक घण्टाको डुंगा सवारीमा| चन्द्र, अस्मिता, पन्न्काज र सनिरा एउटा डुंगामा छन् र बाकी ५ अर्कोमा| डुंगा खर्च, गाडी खर्छ, र होटेलमा बस्ने-खाने मात्र हो कलेजले बेहोर्ने| यहाँ बाहेक बाकि सबै खर्च बिधार्थी आफैले बेहोर्नु पर्ने| डुंगा सवारी पछी पंकजहरुको सेकुवा खान जाने योजना तैयार भयो| पंकजको समुह बाहेक कोहि राजि भएन यसमा| ९ जना मात्र सेकुवाको लागि गए| बाकि सबै राजि किन नभएको चाही थाहाछैन| होटेल पुग्दा बाकि सबै रक्सि खादै छन्| यस्तो योजना रहेछ त बाकिले सेकुवालाइ नाई भनेको रैछन|
“हामि पनि सुरु
गरौ|” रक्सिको गन्धले नै प्यासी बनायो
बिशाललाइ| बिशालले यति भनेपछी सबैले beer पिउने भनि राजि भए| ७ जना ७ बोतल बियर ल्याउने कुरा भयो| सनिरा
र अस्मिता पनि केहि लिन्छन होला, उनीहरुलाइ सोध्न बाकि छ|
“हामि त आज lady हो| pub मा गएर मात्र पिउने हो| तिमिहरु पिउदै
गर, हामि तैयार हुन्छौ|” अस्मिताहरु तैयार हुन लागे र बाकि केटाहरु पिउन लागे| केटाहरु
जडिया भएका हुन कि केटिहरुले तैयार हुन धेरै समय लगाएका हुन्| फेरी एक एक बोतल
बियर थपे सबैले| २५ जना बिधार्थी सबैको भिन्न भिन्नै योजना छ र भिन्न भिन्नै
समुह| पंकजहरु ९ जना चाही pub जाने भएको छन्| साजनले एउटा कोठामा ताल्चा लगाएर पंकजको कोठामा
आयो र त्यहाँ पनि ताल्चा लगाएर केटीको कोठा गए| केटीको कोठामा पनि ताल्चा लगाएर सबै
चाबी सनिराले पर्समा राख्न लागेकी थिइन् तर साजनले मानेन र चाबी आफुले राख्ने भनि
ढिप्पी गर्न लाग्यो| सबैले हुन्न हुन् भन्दा भन्दै पनि, साजनले चाबी लियो र आफ्नो
ज्याकेटको खल्तीमा हाल्यो र भन्न लाग्यो “चाबी कहाँ छ? जकेटको बगलीमा|”
साजनलाइ बियरले
चाहिने भन्दा धेरै फिलिलिली बनाएको छ| बाटो भरि पनि सबैलाइ उसले एउटा मात्र प्रश्न
गर्ने र जवाफ आफै दिने “चाबी कहाँ छ? जकेटको बगलीमा|”
तुम्बा चाख्ने भनि सबै सहमत भएका थिए| यहाँ जब सबै भनिन्छ, ९ जना साथीको समुह हो, २५ बिधार्थी हैन| तुम्बा पाउने होटल जादै थिए र मेला जस्तो देखिए| तुम्बा केहि बेर पछीको लागि धकेलियो र सबै मेलामा छिरे| समय चाही रातको ८ बज्न लागेको छ| बियरको नशा र मेलामा पिंग खेले सबैले, नशा 4 गुना भयो| यो त केहि हैन, अस्मिता cake भनेपछि हुरुक्कै हुने| तुम्बा पछी cakeको लागि हरु bakery पुगे| पेट्रोलमा आगो झिल्को पर्दा आगो भयङ्कर हुन पुग्छ| हो रक्सि पिएको बेला गुलियो खायो भने त्यहि हुन्छ| पिंग अनि cakeले केटाहरु फिलिलिली भए| Pub पुग्दा ९ बज्यो| irish pub हो उनिहरु गएको pubको नाम| केटीहरु रक्सि संगै नाच्न लागे र केटाहरु पनि रक्सि संगै नाच्न लागे अनि pool खेल्न लागे| एक बजेको पत्तो भएन| नया वर्षको शुभकामन दिए सबैले एक अर्कालाइ|
बिहान खाना पछी सेकुवा खाएका थिए अनि थोरै cake| सबै भोकाएका छन्| माटो नि खानेछन केहि खाने कुरा पाएनन् भने| धन्न पन्जाबी धावा खुलेको रैछ र उनीहरुले माटो खानु परेन| :p खाना खाएपछी चाबी त छ नि भनेर हेर्दा, पंकजको कोठाको चाबी छ, केटिहरुको कोठाको चाबी छ तर साजनको आफ्नै कोठाको चाबी छैन| अब चाबी कहाँ खस्यो? फेरी खसे भने तिनवटै खस्नु पर्ने कसरि एउटामात्र खस्यो| कहिँ pub मा नाच्दै नाच्दै खसेको त हैन नि? साजन र बिशाल pub गए तर चाबी त्यहापनि छैन| अब कहाँ होला त? अघि तुम्बा पिएको ठाउमा कि मेलामा कि बाटोमा नै? झिनो आश लिएर बिशाल र साजन सबै ठाउ गए जहाँ उनिहरु पहिले गएका थिए तर चाबी भेटेन| यता बाकि ७ जना हल्लन चौकमा उनिहरुलाई कुरेर बसेका छन्| दुइ जनाले आउनलाइ धेरै समय लगाए र यता प्रहरीले बाकि सात जनालाई सोधपुछ गर्दैछन्| चाबी कहिँ भेटेन र उपाय पनि केहि छैन|
अब जे हुन्छ दुइ कोठामा अमिली सुत्ने भइ ९ जना होटेल फर्किए| चाबी हराएको हैन रैछ, आफ्नो कोठाको चाबी साजनले पंकजको कोठामा नै छाडेको रैछ| केटाअरुले आफ्नो लागि १४ बोतल बियर ल्याएका छन् र केटिहरुले दुइ बोतल वाइन| २ बजे कोठा पुगेका छन्, बिहान ५ बजे सम्म पनि उनीहरु सुत्दैनन् सायद| सबै जना पंकजको कोठामा बसेर सोमरसको मज लिदै थिए र त्यत्तिकैमा अस्मिताले….
