Part 28

फोन बज्यो मेरो, फोन आयो नया नम्बरबाट| फोन कसले गरेको अनुमान गरिसकेको थिए मैले| फोन रिसिभ गरे, रोजिताको आवाजमा हेल्लो सुने| मी पनि हेल्लो भनि फर्काए|

“आज हजुर किन नआएको आमाको पसलमा?” रोजिताले प्रश्न गरिन्| उनको बोलिमा रिस प्रस्ट थियो| उनि रिसाउनु स्वाभाविक हो तर यसमा गल्ति मेरो थिएन| म आमाको पसल जहिले पनि जानुपर्छ भन्ने थिएन| माने उनले पर्खिएर बसेकी हुदो हो र मैले आउन्न भनेर उनलाई पहिले भन्नु पर्ने थियो तर… तर भन्नु कसरि? उनलाई पहिले जानकारी कसरि दिनु? मसंग न उनको नम्बर छ न कुनै सामजिक संजालमा हामि जोडिएका छौ| मैले दुइ पटक नम्बर मागेको, उनले नै नदिएको हो| आपत परेपछी त दिनु पर्ने रैछ नम्बर| अहिले आफै फोन गरिन् त| यसरि पहिले नै नम्बर दिएको भए, आज उनले पर्खिनु पर्ने थिएन| खैर, मैले यो सबै उनको सामु जिकिर गर्न मिल्दैन, नत्र उनको रिस दोब्बर हुनेछ|

“आज साथि आयो घरमा, त्यसैले सिधै यता आए|” दिउसो भर्खर झुठ र बिस्वासको पक्ष बिपक्षमा त्यति बादबिबाद गरेको थिए| अहिले आफै झुठ बोल्दै छु| झुठमा पनि मिलावट गरेर| साथिसंगै घर आएको सत्य हो तर रेडियो स्टेसनबाट आएको हैन भनि लुकाउनु झुठ हो| जहाँ पनि मिलावट छ अचेल| मायामा शंकाको मिलावट, सत्यमा झुठको मिलावट, अनि सम्बन्धमा सम्भावनाको मिलावट|

“भनेर त जानु पर्छ, म पर्खिएर बसेको थिए|” अचम्म कुरा गर्दैछिन् उनि| अघि पनि भने मैले, उनिसंग सम्पर्क गर्न मसंग कुनै माध्यम नै छैन| साची हजुरहरुलाइ पो भनेको थिए अघि| उनिलाई भनी राख्नु पनि पर्दैन| उनलाई यो सबै बकाइदा थाहाहुनु पर्ने हो| थाहा हुनुपर्ने भन्दा पनि थाहा छ उनलाई|

उनलाई सम्झाए, मैले कसरि उनलाई पहिले भनौ भनि जब कि म संग कुनै माध्यम नै थिएन| उनलाई बुझाउन गाह्रो भयो| एकछिनलाइ भेटेर गएको पनि हुन्थियो जस्तो कुरा गर्न लागिन्| सम्झाए, बुझाए, फकाए, अनि बल्ल सबै सामान्य भयो| उनलाई फकाउन गाह्रो हैन, सम्झाउन गाह्रो छ| सम्झाए पछी फकाउन समय नलाग्ने|

“एकदिन नबोल्दा यति गाह्रो हुन्छ तिमीलाई?” जब सबै सामान्य भयो, यो प्रश्न सोध्दा फेरी केहि बिग्रिन्न भनि निर्धक्क भए|

“कसलाई गाह्रो भयो? हजुरलाइ केहि भयो कि भनेर चिन्ता मात्र लागेको हो|” उनले झुठ बोलेकी त हो तर यसमा थोरै सत्य मिसिएको थियो| चिन्ता त उनलाई लागेकै थियो|

“खुब, पानि बिनाको माछा जसरि तडपीदै थियौ|” जसरि नि जित्नु थियो मलाइ|

“पानि बिना मात्र हैन, प्रदुषित पानि भित्र पनि तड्पिन्छ माछा| माया पनि त्यस्तै हो, कहिले अवाभमा तड्पिन्छ अनि कहिले प्रभावमा|” जित उनको भयो| यसको जवाफ छैन मसंग| उनलाई नै बिजेता धोसित गरिदिए मन मनै|

“के गरेउ दिउसो भरि?” गफलाइ निरन्तरता दिए|

“केहि पनि गरिन| बेलुका हजुरलाइ भेट्ने समय पर्खिएर बसे| हजुरले नि?” उनको जवाफले थोरै भएपनि आफुलाई दोषी पाए तर यो बिषय उहिले सकिएको हो|

“ काम, कार्यक्रम अनि कोठा|” जवाफ दिए, जसमा झुठको पूर्ण बहुमत थियो|

“आज पहिलो पटक फोनमा बोल्दै छौ है हामि| हजुरलाइ थाहा छ, हजुरसंग भेटेको दिन देखि सबै date टिप्दै छु नि म| आजको पनि टिप्छु, August ८|” उनको यो बानि अचम्म लाग्यो| किन सबै date टिप्नु पर्यो| केटिहरु हरेक दिन याद गर्छन, पहिलो पटक देखेको दिन, पहिलो पटक बोलेको दिन, पहिलो पटक भेटेको दिन, पहिलो पटक झगडा भएको दिन आदि इत्यादि| मानौ कि यो सबै प्रश्न लोकसेवामा सोधिनेछ|

निदाएको साथि निन्द्राको तालमा नै चल्न लाग्यो| निन्द्राको तालमा बर्बराउन थाल्यो| रोजितासंग बोल्न छाडेर, साथीलाई सिरक ओढाउन लागे|

“के भयो?” म गायब भएपछी, रोजिताले प्रश्न गरिन्|

“साथी चल्न लाग्यो| सिरक ओढाए|” मेरो यो जवाफमा सत प्रतिशत सत्य थियो|

“साथिको नाम के नि?” उनलाई कति धेरै चासो हो मेरो साथिको बारेमा|

“सबिना|” साथीको नाम सबिन हो| थोरै जिस्किने प्रयास हो मेरो| उनको मन चोर्ने प्रयास| उनले के भन्छिन जान्ने प्रयास|

“केटि साथि हो र?” उनले मेरो ठट्टालाइ सत्य पो सोची| भावुक पनि थियो उनको आवाज अनि थोरै कम्जोर पनि|

“जिस्किएको के लाटी| सबिन हो उसको नाम|” नजिस्किएर सोझो जवाफ दिए| धेरै जिस्किनु सम्बन्धको लागि हानिकारक हुन्छ भनेर भनि राख्नु पर्दैन मैले|

उनले भोलि बिहानै भेट्ने इच्छा व्यक्त गरिन्| बिहान ७ बजे तिर पशुपतिमा भेट्ने योजना बनाएर दुवै निन्द्राको नगरीको यात्रा गर्न तैयार भयौ|

बिहान उठ्ने बित्तिकै नुहाएर तैयार भए र पशुपति तिर लागे| पुगेर उनलाई फोन गरेको, फोन उठेन| एकछिनमा कलब्याक आयो| मन्दिर भित्र दर्शन गर्दै रैछिन्| म भएको ठाउमा पुग्न उनलाई केहि समय लागेन| हामि पशुपतिको माथि तिरको बेन्चमा गएर बासु| उनले मलाई टिका लगाईदिईन् अनि प्रसाद पनि दीइन्| प्रसाद मेरो मुखमा पर्न पाएन, बादरले झम्तिएर लग्यो|

“ तिमिलाइ पशुपति भनेपछी के याद आउछ?” रोजिताले प्रश्न सोधिन्| यो प्रश्नको जवाफ छ मसंग तर निकै लामो होला जवाफ| जवाफ त दिनै पर्छ|

“सुरुमा कुमार

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts