Part 29

“नभेटेको धेरै भयो, आज भेटौ न|” परजुनाको झुठ सुनेपछी उनीलाई एउटा आग्रह गरे| दुइ घण्टा पछी मात्र भ्याउने बताइन् परजुनाले र मैले नचाहादा नचाहदै पनि सहमति जनाए| अब पर्खाइ छ, दुइ घण्टा पुग्न| सुजिको काम भएर उनि घर फर्कीईन्| भेट्ने त भनियो तर कहाँ भेट्ने? परजुनालाइ फेरी फोन गरे, उनीले सुर्यविनायक नै आउन भनिन्|

सुर्यविनायक किन बोलाएकी परजुनाले? कन्चनलाइ हमला गर्ने उनि नै हो भनि हामीले चाल पाइसकेको भनि उनले पनि चाल पाइन् कि? यदि त्यसो भए उनले केहि सोचेर नै २ घण्टा पछि भेट्न भनेकी हो| म कस्तो ग्वाच रैछु, उनीसंग सम्बन्धमा गासिए पनि उनको यो व्यवहार कहिले चाल पाइन| यदि उनि हामीलाई चोट पुर्याउन तैयार भएर बसेकी छे भने, हामी पनि पछी हट्दैनौ| बिस्वासलाइ फोन गरे, उसले केहि पर्यो भने फोन गर्नु भनेको थियो| परजुनालाई भेट्न जादा म र कन्चन मात्र हैन, बिस्वासको केटाहरु पनि लाग्ने सोच आयो| बिस्वासको फोन अफ, अब गर्ने के? परजुनालाइ भेट्न, कन्चनलाइ नलगी म एक्लै जाने सोच बनाउन लागे|

कन्चनलाइ केहि हुन्छ कि भनि डरले हो| यदि म एक्लै गए भने परजुनाले केहि गरे भने पनि मलाई मात्र गर्न सक्छे| कन्चन त जोगिन्छिन् नि| मैले गर्दा सुरु भएको हो यो सबै घटना, कन्चनलाइ किन अनायसै चोट पुर्याउनु? एउटा प्रश्न अझै छ मनमा, जसको जवाफ आएको छैन| परजुनाले कन्चनलाइ चिनेकै छैन, अनि किन उसले कन्चनलाइ दुख दिदै छे? रिस मसंग उठेको हो भने मलाई हानि पुर्याउनु नि, किन कन्चनलाइ हानि गर्दैछे परजुनाले? कन्चन माथि यति धेरै हमला हुदा पनि, म माथि एउटा हमला भएको छैन| कन्चनसंग जब म संगै हुन्छु, कन्चन माथि कहिले हमला हुन्न| यसको मतलब मलाई पनि चोट पर्न सक्छ भनि सम्भावना भएकोले, परजुनाले म अनि कन्चन संगै भएको बखत हमला गर्दिन| त्यसैले पनि हो म एक्लै जान खोजेको परजुनालाइ भेट्न, एउटा सानो आश बोकी|

“ I am sorry” मैले गर्दा कन्चनले यति सहनु परेको छ, खेप्नु परेको छ,भोग्नु परेको छ| मैले माफी माग्नु नै पर्छ उनीसंग| यदि कन्चनले मलाई माफ गरिन् भने मात्र मेरो हिनताबोध मेटिनेछ|

“लु किन नि?” कन्चनले मैले किन माफी मागेको नबुझेकी हुन् कि उनी अरु केहि चिताउदै छिन् मबाट|

“मैले गर्दा यो सबै हुदैछ| मैले गर्दा तिमीलाई मानसिक र शारीरिक पिडा हुदैछ| म नै दोषी हु|” आफ्नो मनको भावना र आत्मग्लानी प्रस्ट्याए|

“यदि आफुले नगरेको गल्तिको दोष तिमि आफुलाई दिन्छौ भने, हो तिमि दोषी हो| हो तिमि दोषी हो, तिमीले अरुको लागि आफुलाई गिराउदै छौ, आफ्नो मनलाई मार्दै छौ र जसले गल्ति गरेको छ, उसलाई प्रोत्सहान दिदै छौ| त्यो गल्ति गर्ने मानिसलाइ दोष दिन्न अब म, दोषी तिमि हो|” कन्चनले मेरो माफी स्विकारेकी हुन् कि हैन, बुझ्न सकिन| यति मात्र बुझे कि उनि मसंग रिसाएकी छैनन्|

“तर यदि तिमी मसंग सम्बन्धमा नभएको भए तिमि माथि यी कुनै हमला नै हुन्थिएन नि|” कन्चन मसंग नरिसाए पनि, मलाई चाही माफी माग्नु छ| माफी माग्नु छ तब सम्म जब सम्म मेरो आत्माग्लानि मेटिदैन|

“यदि हामि सम्बन्धमा नभएको भए, म यति खुसि नै हुन्न थिए नि| मान्छु, हामि सम्बन्धमा गासिएको धेरै भएको छैन तर यति समय नै पर्याप्त भयो| अब त म बेग्लै मान्छे भइसकेको छु| तिमीले गर्दा यति धेरै बदलाव र खुसि भेटेको छु, अब जाबो यति सानो पिडा स्वीकार्न सक्दिन होला?” कन्चनले मलाई भावुक बनाइन्, म केहि बोल्न सकिन| शब्द ओठबाट बाहिर निक्लिन सकेनन् तर भावना आखाबाट आशु बन्दै सजिलै बग्यो| कन्चंलाई अंगालोमा आहाले र केहि बोलिन|

२ घण्टा पनि हुन लाग्यो, म र कन्चन सुर्यविनायकको लागि ट्याक्सी लिएर सुर्यविनायक तिर अघि बढेउ| १५ मिनेटको अन्तरालमा पुगेउ हामि सुर्यविनायक| कहाँ भेट्ने भनि परजुनालाइ फोन गरि सोधे, “गणेस मदिर” भनि परजुनाले| सुर्यविनायक को गणेश मन्दिर, चौक भन्दा केहि भित्र छ र एकान्त पनि छ त्यो ठाउमा| मनमा डरले कब्जा गर्न लाग्यो, परजुनाले त्यहाँ किन बोलाएकी? उनको दिमागमा के चल्दै छ? त्यहाँ उनीले केहि गरि भने पनि वरी परि कोहि हुन्न| खुट्टा गणेश मन्दिर तिर मोडिन मानेन तर त्यहाँ पुग्ने पर्नेछ| धेरै सोच र डर बीच पुगेउ हामि गणेश मन्दिर| अब पर्खाइछ परजुनाको, १0 मिनेटमा पुग्छु भनि बताई परजुनाले| कन्चन र म एक अर्काको आखामा हेर्न लागेउ, दुवैको मनमा उही डर र त्राश छ र त्यो भित्र लुकेको छ थोरै आशा|

पर्खाइको पिडा थाहाछ, पर्खाइको मिठास थाहाछ, पहिलो पटक पर्खाइमा त्रास भेट्दैछु| परजुना मात्र हैन, उनीसंग डर र अनेकौ प्रश्न आउदै छ मेरो सामु| राम्रो सोच्नु पर्छ, तर जीवन,मा केहि सहि भएकै छैन| जब जीवन अनि वरिपरी नै नराम्रो हुन्छ, त्यो बेला राम्रो गर्न या सोच्न केहि नसक्ने रैछ| परजुना संग भेटे पछी सबै भन्दा जिर्ण अवस्था के हुन सक्छ, हो त्यहि कल्पना गरेर बसेको छौ म र कन्चन| हाम्रो कल्पना नसकिदै परजुना देखे केहि पर|

“मलाई थाहा थियो, तिमि दुवै संगै छौ भनि|” परजुनाले आउने बित्तिकै यति भनि, केहि चकित हामि परेउ र केहि डर अझै छ मनमा|

“त्यसो भए हामि यहाँ किन आएको तिमीलाई त्यो पनि थाहाहोला|” म निशब्द भएको समयमा, कन्चन परजुनासंग आफै बोलि र केहि जवाफ फर्काइ|

“त्यो पनि थाहाछ| यहाँ आउन नै पर्दैन थियो तिमिहरु|फोनमा नै सोधेको भए म सबै भन्दिन्थिए|” कस्तो अचम्मको शैलीमा भनिन् परजुनाले| आकाश भाइ फेरी आयो दिमागमा| उसले दिएको अर्ति सबै जलेर गयो र खरानी भयो, उसको मुटु जस्तै|

“तिमीले यो सबै किन गरेको?” मैले केहि बोल्न सकेको छैन, दुख दिन परजुना अनि दुख सहने कन्चन| हो उनि दुवै मात्र बोल्दै छन्|

“ किन किन? “

“केहि त कारण होला नि|”

“सबै चिजको कारण हुदैन|”

“अनि किन तिमीले यस्तो गरेको?”

“सबै जवाफ तिमीले पाउछौ भनेर यहाँ आएको भए फर्किएर गए हुन्छ|”

“जवाफ हैन कारण खोज्न आएकि हु म|”

“खोजे भने भगवान त भेटिन्छन|”

“म भगवान हैन, दानब हु|”

“दानबको मनमा पनि दया माया हुन्छ, तिमि के भएकी?”

“मनमा भएको मान्छे अरुले लगे पछी, मनको बिस्वास नै हुन्न|”

“हैन, मलाई बिस्वास चाहिएको हैन|”

“त्यसो भए के चाहिएको तिमीलाई?”

“एउटा मात्र उदेश्य छ मेरो………..”

Previous article
Next article

Latest Posts