Part 29

एकदिनको कुरा हो, सधै जस्तो बार पुगे साझमा| रोलिंग स्टोनमा बसेर बियर पिउदै थिए| त्यत्तिकैमा दाइको फोन आयो| फोन उठाए तर केहि सुनिएन| दाइ केहि बोल्दै त हुनुहुन्छ तर के थाहा छैन| भित्र हल्ला छ, भिडको आवाज र सुमधुर संगीत, हल्ला हुनु स्वाभाविक हो| दाईले फोन राख्नु भयो तर यो समयमा किन फोन गर्दै हुनुहुन्छ दाइ? दाइलाइ आफैले फोन लगाए तर दाइको फोन ब्यस्त छ| आखिर हुन चाही के भयो| फोन गर्नु भयो तर फेरी मैले फोन गर्दा उहाको फोन ब्यस्त| एकछिनमा फेरी दाइको फोन आयो र फेरी पनि हल्लाले गर्दा केहि सुनिन|  दाइको आवाज नै नबुझे पछी, म आफै बाहिर निक्लिए| बाहिर निक्लिदा निक्लिदै दाइको फोन कट्यो| फेरी आफैले फोन गरे दाइलाई तर फेरी पनि ब्यस्त छ दाइको फोन| ब्यस्त भए पनि फेरी पनि फोन गरे र दाइको फोन फेरी पनि ब्यस्त|

अचानक यति रातमा फोन गर्दै हुनुहुन्छ, कारण केहि त छ| तर कारण के? फेरी पनि दाइको फोन आयो, मैले पहीलो घन्टीमा नै फोन उठाए| म बाहिर छु, शान्त छ तर पनि दाइको आवाज अझै पनि सुन्न सकेको छैन मैले| केहि समस्या हुनु हुन्छ दाइ, नत्र फोन किन गर्नु हुदै छ? कहिँ घरमा कोहि पसेन नि? नानि या भाउजुलाइ केहि त भएन नि? दाइको गाउमा केहि भएको त हैन नि? प्रश्न मात्र छ मेरो दिमागमा| यत्तिकैमा फेरी पनि दाइको फोन आयो| फोन उठाएर बोल्न खोज्छु तर दाइ केहि बोल्नु हुन्न| दाइको तिरबाट आवाज नै नआएको हैन तर बुझिने आवाज छैन| उहा बोल्दै हुनु हुन्छ तर मसंग हैन| यत्तिकैमा एउटा ठुलो आवाज आउछ, चिच्याएको आवाज आउछ| मेरो दिमाग नै चलेन| दाइको घर जाने निधो गरे| ट्याक्सी सम्म पुगे र त्यत्तिकैमा भाउजुको याद आयो|

भाउजुलाइ फोन लगाए| एक घन्टी, दुइ घन्टी, केहि घन्टी पछी भाउजुले फोन उठाउनु पर्ने हो तर भाउजुको फोन पनि उठेन| आखिर भाउजुले फोन किन नउठाउनु भएको? दाइ पनि केहि बोल्नु हुन्न| केहि गडबड छ| सोच्ने समय छैन र हैन पनि| ट्याक्सी चढ्न लागेको मात्र थिए, मेरो हातमा पर्स छैन| पर्स भित्र नै छाडे छु| पर्स लिनलाइ भित्र जानु पर्ने भयो| “जब जानु नै थिएन भने के नाटक गरेको होला|” ट्याक्सी ड्राइभरले यस्तै केहि भनेको सुने तर मतलब गरिन| रिसाउने र गालि गरेर समय खेर फ्याल्नु छैन, बार तिर लागे| यत्तिकैमा भाउजुको फोन आयो|
“यति राति फोन गर्नु भएको रैछ मैया, के भयो?”
“हजुरलाइ ठिक छ? दाइलाइ ठिक छ?”
“सबैलाई ठिक छ त? के भयो मैया?”
“कहाँ हो हजुरहरु?”
“हामि घरमा छौ, के भयो त भन्नु मैया| किन आत्तिनु भएको?”
“दाइले मलाई अहिले भर्खर फोन गर्नु भएको थियो तर केहि बोल्नु भएन| मैले फोन गर्दा ब्यस्त भन्छ दाइको फोन| अनि हजुरले पनि किन फोन न् उठाउनु भएको?”
“न अत्ताल्लिनु मैया| दाइको फोन पकेटमा राख्ने बानि छ, थिचिएर फोन गएको होला| म भान्साको धन्दा गर्दै थिए, त्यसैले मैले फोन आएको थाहा पाइन|”
“अनि त्यो आवाज के थियो? मैले दाइलाइ फोन गर्दा मान्छेको ,अनि अरु पनि आवाज आउदै थियो|”
“न नआत्तिनु न मैया| दाइ टिभी हेर्दै हुनुहुन्छ| त्यसकै आवाज होला| त्यसै आत्तिएर दुख भयो हजुरलाइ|”

भाउजुले यति भनेपछी ढुक्क भए म| म त्यसै अत्तालिएको रैछु| अत्तालिनु चाहना हैन अनि बाध्यता पनि हैन| अत्तालिनु मेरो स्वभाव भइसकेको छ| हरेक दोस्रो पाइलामा आफु नजिकको कोहि गुमाउदै मेरो जीवनको यात्रा चल्दै छ| दाइलाइ गुमाउन चाहन्न, त्यसैले डराएकी पनि छु अनि अत्तालिएको पनि| नया सम्बन्धको चाहना छैन तर म संग जोडिएको थप मान्छे गुमाउने शक्ति पनि छैन म भित्र| जिन्दगिको यो खेलसंग वाक्क लागि सक्यो, जहाँ खुसिको आशमा म जहिले पनि हार्दछु| त्यसैले यो खेल नै खेल्नु छैन, जे छ त्यत्तिकैमा खुसि छ| अघिको घटनाले निकै उदास भएको थिए तर अहिले फेरी पनि सामान्य भएको छु| डर र त्राशको आगमन संगै रक्सिको नशा भूमिगत भएको छ| फेरी पनि बार पसे, मैले छाडेको बियर र पर्स जहाँको त्यहि छ| अघिको ठाउमा गएर बसे र फेरी पनि बियर पिउन लागे| बियरको नशामा झुम्दै, नाच्नलाइ अगाडी पुगे| नाच्दै र रम्दै थिए, त्यत्तिकैमा कसैले मेरो शरीरमा कसैको हात महसुस गरे| अन्जानमा या भिडमा नजानेर छोएको हैन त्यो हातले | भिडको फाइदा लिदै छ कोहि|

मेरो जिउमा पनि छाला छ र त्यो मान्छेको जिउमा पनि| दुबैको शरीरको घांचा छ उही हुन्छ, यदि हाडको बनावट हेर्ने हो भने| बाहिरको ढांचा केहि फरक मात्र हो| तर स्वभावमा किन यति फरक? किन अरुको शरीरमा कामवासना खोज्छन कोहि पुरुस? माया बिना शरीरले आनन्द दिन सक्छ र? शरीरको सुख प्राथमिकता कसरि हुन सक्छ? त्यो हात मेरो कम्मरमा थियो, म केहि बोलिन| मेरो मौनता हौसला भएछ सायद| त्यो हात कम्मरबाट छातीसम्म [पुग्यो र म अझै मौन बस्न सकिन| केहि अघिनै मैले प्रतिकार गर्नु पर्थियो, अहिले सम्म चुप बस्नु मेरो गल्ति हो|

त्यो हातलाइ अठ्याए र रंगे हात समाते| हात समाउने बित्तिकै त्यो मान्छेको गालमा दुइ झापड, अनि सबैको ध्यान म तिर केन्द्रित| “के भयो? के गर्यो यसले? हान्, छोरी चेलीलाइ हेप्छ्स?” यस्तै धेरै आवाज सुनिन लाग्यो| एक पछी अर्को गर्दै, त्यो मान्छेमा प्रहार हुन लाग्यो| अघि रम्दै थिए र अहिले खिन्न छु| एउटा घटनाले र कसैको दुर्व्यहारले, अहिले सम्मको साझको रमाइलोलाइ बिथोल्यो| मान्छेले साथ दिएको देखेर खुसि लाग्यो र म एकनासले बियर पिउन लागे| 4 बोतल बियर भन्दा कहिले पनि धरै रक्सि पिएको थिइन| आज ६ बोतल भइसक्यो, रिसले हो कि अघिको घटनाले, जे ले जोस, दिक्दार बनाएको छ मलाई|

“ हेर्नुस् न, कसको जवाना आयो| यहि केटि हैन अघि लफडा गर्ने? अहिले यसरि रक्सि पिएर बसेकी छे| केटाको गल्ति केहि थिएन होला| पैसाको कुरा मिलेन अनि नाटक गरि| विचरा केटा|” दुइ तिन जना अधबैसे बुढाहरु म तिर हेर्दै, यस्तै केहि भन्दै बाहिर निक्लिए| मानसिकता र सोच, देखेर पनि ताजुब लाग्छ| मैले आफ्नो मानसिकता बदलिन सक्छु, अरुको हैन| फेरी पनि मन खिन्न बनाएर बस्नु छैन| रिसले हो कि दिक्दारले, यो सातौ बोतल हो बियरको| बियर मगाए र यो अन्तिम बोतल भनि मन मनै सोचीसके| बियर घाटी सम्म नै आइसक्यो भन्दा पनि हुन्छ| हलुक हलुक भइसक्यो| शरीरले अझै बियर थाम्न सक्दैन तर मात्तिएको तालमा बियर भने मैले| बियरको पहिलो चुस्की लिने बित्तिकै, अझै एक थोपा पनि पिए भने वाक्छु भनेर शरीरले संकेत दियो| एक्लै छु बारमा, यदि ढले भने घर पुर्याईदिने कोहि छैन| मैले कसैलाइ चिनेको पनि छैन| जति सक्दो चाडै गर्न खोज्दै छु र बारबाट निक्लिए| ट्याक्सी छ केहि अगाडी तर ….

Previous article
Next article

Latest Posts