ट्याक्सी छ केहि अगाडी तर ट्याक्सी चढेको मलाई याद नै छैन| एक, हैन दुइ ,हैन तिन या त्यस भन्दा धेरै अनुमान गर्दै छु| अहिले जुन हालतमा छु, गर्न सक्ने भनेको मैले अनुमान मात्र हो| सत्य के हो र भ्रम के हो? त्यो पनि मैले अनुमान नै गर्नु पर्नेछ|
म नशाको तालमा, आफ्नै शरीर थेग्न नसक्ने भएको थिए| धमिलो दृस्टी र मात्तिएको मस्तिस्क सहित ट्याक्सीसम्म पुगे| ट्याक्सीको दाइले कहाँ जानु पर्ने हो सोध्नु भयो| मैले आफु जानु पर्ने होटेलको नाम भने अनि ट्याक्सी भित्र बसे| आफु होसमा थिइन, र मेरो उमेर घटेको थीयो| मेरो उमेर १० बर्ष भएको हुनु पर्छ भन्ने अनुमान, त्यसैले त ट्याक्सी भरि दाइको दिमाग खादै थिए| कहिले कुन गित बजाउनु भन्दै थिए अनि कहिले कुन| बेला बेला दाइलाइ जिस्काउन पनि छाडिन| दाइ पनि मसंग हत्तु भईसक्नु भएको थियो| कुन बेला मैले भनेको होटेल आउछ अनि मलाई छाडेर फर्किउ भएको हुनु पर्छ दाइलाइ| दाइको नाम सोधे, दाइको परिवारको बारे सोधे| दाइले ट्याक्सी कहिलेबाट चलाउनु हुन्छ, रात भरि चलाउनु हुन्छ,कहाँ बस्नु हुन्छ, ट्याक्सी चलाउदा कस्तो लाग्छ, यो सबै प्रश्न गरे होला दाइलाई| दाइले झर्को मान्दै, कति जवाफ सत्य दिनु भयो र कति जवाफमा ढाट्नु भयो होला| मेरो सबै चटक सहेर दाइले मलाई होटेल सम्म पुर्याउनु भयो| होटेल पुर्याएपछी उहाले मेरो चटक सहनु परेन र आफ्नो पैसा लिएर जानु भयो| म होटेल पुगे र मसंगै मेरो मात्तिएको मन पनि| मेरो चटक रोकिएको छैन, अझै जारि छ| होटेलको रिसेप्टनमा हल्लिदै र हल्ला गर्दै पुगे| त्यहाँ गएर अझै थप चटक र तमासा गरे होला| होटेलमा बस्न आएका अरु मान्छेलाइ पनि दखल पुग्यो होला मैले गर्दा| रिसेप्टनमा एकछिन सम्म हर्कत देखाएपछी, रिसेप्टनमा बसेको केटालाइ पनि एकछिन जिस्काए होला| ठट्टामा भएपनि मायाको कुरा गरे होला| एकछिन अनि एउटा कोठा दिइयो होला मलाई| आफ्नो खुट्टामा उभिने हालतमा थिइन, कोठा सम्म कसरि पुग्छु म| होटेलको केहि मान्छेले नै सहारा दिदै, मलाई कोठा पुर्याएको हुनुपर्छ| मलाई कोठा पुर्याइदिए| कसैलाई म माथि माया लाग्यो होला, अनि मेरो जुत्ता पनि खोलिदिए र मलाई ब्लान्केट पनि ओढाईदिए| मलाई ओछ्यानमा छाडेर उनिहरु फर्किए र मेरो निन्द्रा अहिले बिहान खुल्दै छ| यहि हो मेरो पहिलो अनुमान| सबै सहि हुदाको अनुमान हो यो मेरो| कफी मगाए, कफी ल्याउने भाइले पनि केहि नभनी तल गयो फर्कियो| हिजो मैले केहि तमासा गरेको भए, म अहिले हासोको बिषय हुन्थिए| भाइको अनुहारको भाव केहि भएपनि परिवर्तन हुन्थियो तर त्यस्तो भएन| मतलब मेरो पहिलो अनुमान मिलेन| के भयो होला त हिजो?
म नशाको तालमा, आफ्नै शरीर थेग्न नसक्ने भएको थिए| धमिलो दृस्टी र मात्तिएको मस्तिस्क सहित ट्याक्सीसम्म पुगे| ट्याक्सीको दाइले कहाँ जानु पर्ने हो सोध्नु भयो| मैले आफु जानु पर्ने होटेलको नाम भने अनि ट्याक्सी भित्र बसे| आफु होसमा थिइन, र मेरो उमेर घटेको थीयो| मेरो उमेर १० बर्ष भएको हुनु पर्छ भन्ने अनुमान, त्यसैले त ट्याक्सी भरि दाइको दिमाग खादै थिए| कहिले कुन गित बजाउनु भन्दै थिए अनि कहिले कुन| बेला बेला दाइलाइ जिस्काउन पनि छाडिन| दाइ पनि मसंग हत्तु भईसक्नु भएको थियो| कुन बेला मैले भनेको होटेल आउछ अनि मलाई छाडेर फर्किउ भएको हुनु पर्छ दाइलाइ| दाइको नाम सोधे, दाइको परिवारको बारे सोधे| दाइले ट्याक्सी कहिलेबाट चलाउनु हुन्छ, रात भरि चलाउनु हुन्छ,कहाँ बस्नु हुन्छ, ट्याक्सी चलाउदा कस्तो लाग्छ, यो सबै प्रश्न गरे होला दाइलाई| दाइले झर्को मान्दै, कति जवाफ सत्य दिनु भयो र कति जवाफमा ढाट्नु भयो होला| मेरो सबै चटक सहेर दाइले मलाई होटेल सम्म पुर्याउनु भयो| होटेल पुर्याएपछी उहाले मेरो चटक सहनु परेन भनि सोच्नु भयो तर..| म होटेल पुगे र मसंगै मेरो मात्तिएको मन पनि| मेरो चटक रोकिएको छैन, अझै जारि छ| ट्याक्सीको दाइलाइ मेरो माया लाग्यो, ट्याक्सीको दाइको मन कमलो थियो, दाइ राम्रो मान्छे हुनु हुन्थियो र दाइले नै मलाई मेरो कोठासम्म पुर्याइदिनु भयो| यसले गर्दा मैले गर्दा केहि तमासा हुन पाएन| यो हो मेरो दोस्रो अनुमान| तर यो अनुमान सत्य हो भनि मैले मान्न नै सकिन| अघि भाइले कफी ल्याउदा मैले ढोका खोल्नु परेको थियो र म अचेत भएर आएको भए कि ढोका बाहिर बाट लागेको हुन्थियो कि खुल्लै| त्यसो भए के भएको हुन सक्छ हिजो राति?
म होसमा थिइन भन्नु नै मेरो भ्रम थियो| मलाई म आफु होसमा नभएको लागे पनि म ट्याक्सी चढ्ने होस्मा थिए| म नशाको तालमा, आफ्नै शरीर थेग्न नसक्ने भएको थिए| धमिलो दृस्टी र मात्तिएको मस्तिस्क सहित ट्याक्सीसम्म पुगे| ट्याक्सीको दाइले कहाँ जानु पर्ने हो सोध्नु भयो| मैले आफु जानु पर्ने होटेलको नाम भने अनि ट्याक्सी भित्र बसे| आफु होसमा थिइन, र मेरो उमेर घटेको थीयो| मेरो उमेर १० बर्ष भएको हुनु पर्छ भन्ने अनुमान, त्यसैले त ट्याक्सी भरि दाइको दिमाग खादै थिए| कहिले कुन गित बजाउनु भन्दै थिए अनि कहिले कुन| बेला बेला दाइलाइ जिस्काउन पनि छाडिन| दाइ पनि मसंग हत्तु भईसक्नु भएको थियो| कुन बेला मैले भनेको होटेल आउछ अनि मलाई छाडेर फर्किउ भएको हुनु पर्छ दाइलाइ| दाइको नाम सोधे, दाइको परिवारको बारे सोधे| दाइले ट्याक्सी कहिलेबाट चलाउनु हुन्छ, रात भरि चलाउनु हुन्छ,कहाँ बस्नु हुन्छ, ट्याक्सी चलाउदा कस्तो लाग्छ, यो सबै प्रश्न गरे होला दाइलाई| दाइले झर्को मान्दै, कति जवाफ सत्य दिनु भयो र कति जवाफमा ढाट्नु भयो होला| मेरो सबै चटक सहेर दाइले मलाई होटेल सम्म पुर्याउनु भयो| होटेल पुर्याएपछी उहाले मेरो चटक सहनु परेन र आफ्नो पैसा लिएर जानु भयो| या यस्तो केहि पनि भएन र म बाटो भरि चुप बसे अनि दाइले मलाई सिधै होटेल पुर्याईदिनु| होटेल पुगेपछि मैले केहि तमासा गरिन र एउटा कोठा रोजेर कोठा पुगे| ढोका लगाए, अनि चुप लागेर सुते| अहिले भर्खर मेरो निन्द्रा खुल्दै छ| आफ्नो यो अनुमान मात्र चित्त बुझ्दो लाग्यो र सबै घटनाले यसलाई समर्थन पनि गर्यो|
यत्तिकैमा मेरो फोन बज्यो| फोन बज्न त बज्यो तर फोन पो कहाँ छ? पर्स भित्र हुनुपर्छ तर अब पर्स कहाँ छ? मेरो सुद्धि, छेउमा नै रैछ| फोन निकाले फोन निकाल्दा निकाल्दै फोन कट्यो| फोन निकाल्दा मेरो पर्सबाट १००० को नोट निक्लियो| मलाई याद आयो, हिजो मसंग नगद जम्मा हजार रुपैया मात्र बाकि थियो भनि| बारमा पनि मैले कार्डबाट नै पैसा तिरेको थिए र पर्समा हजार मात्र बाकि थियो| यदि म ट्याक्सीमा आएको भए, ट्याक्सी भाडा त दिए होला| ट्याक्सी भाडा दिएर पनि मसंग हजार रुपैया नै कसरि बाकि हुन सक्छ? मेरो तेस्रो अनुमान पनि गलत छ भनि पक्का भए म| तर म यहाँ आउन चाही कसरी आए? केहि याद नै छैन? कसलाई सोधौ अब? दिमागले केहि सम्झिन सकेको छैन र मलाई केहि याद पनि छैन| अनुमान पनि कति गर्नु| अरु पनि धेरै अनुमान गरे तर सबै बकम्फुसे नै छ|
यत्तिकैमा भाउजुको फोन आयो, ”मैया चाडै घर आउनु न|” भाउजुले यति भन्दै फोन राख्नु भयो| म हत्तारिए र
