Part 3

बुबाले लेखेको अन्तिम चिठी, आखा रसाएका थिए हाम्रो| बाबाले मसंग माफी माग्नु पर्ने जरुरत थिएन| ब्यापार राम्रो चल्दै थियो| सिप छैन भन्नु भएको थियो तर सिप बिस्तारै सिक्दै गइन्छ| सिप बिस्तारै बिकास होला| दिदीले सिक्दै छिन्, ब्यापार अनि ब्यापारको व्यवहार| सिक्दै छे हैन, सिक्दै हुनुहुन्छ| बुवाले दिदिलाइ “तँ” न भन भन्नु भएको थियो| भिनाजु पनि हुनुहुन्छ सधाउन| अब मेरो पनि काम के| म पनि यहि व्यवसायमा लाग्न सक्छु| 
हैन, हैन| म भ्याउन्न| बुवाले अस्पतालको लागि जग्गा छुट्याईदिनु भएको छ| मैले अस्पताल हेर्नु पर्ने हुन्छ| अविश पनि मसंगै हुनेछ| बुवालाइ खेल मैदानको पनि इच्छा थियो| भिनाजु इन्जिनियर, उहाले अस्पताल र भवन निर्माणमा मदत गर्न सक्नु हुन्छ| बुवाको सोच यहि होला, त्यसैले व्यवसाय बेच्न भन्नु भएको| तर समय ठिक हैन पनि भन्नु भएको थियो, यसको मतलब के? अहिले सिक्ने समय हैन भन्नु भएको हुन सक्छ| ब्यापार व्यवसाय अरुलाइ नसुम्पिने निर्णय गरियो
“मर्ने मान्छेले भबिस्य देखेको हुन्छ|” भिनाजुले बेच्ने इच्छा गर्नु भयो| दिदिको मनमा पनि त्यहि थियो| जब दिदिलाइ नै मन छैन भने ब्यापार अघि बढ्दैन| बेच्ने भइयो| गलैचा कारखाना र होटेल व्यवसायको लागि निर्माण गरेको होटेल बेचियो| घर बेच्न मन थिएन, भिनाजुले कार पनि नबेच्ने भन्नु भयो| घर मेरो अंश भयो अनि गाडी दिदि भिनाजुको| पैसा हाम्रो खातामा जम्मा भइसकेको थियो| नामसारी गर्न बाकि थियो, त्यो पनि आज 10 बजे हुनेछ|
दिदि भिनाजु गाडीमा आउनु भएको थियो, म र अविश पहिले नै पुगीसकेको थियौ| सबै काम सकिएपछी भिनाजुले घर गाडीमा नै छाडीदिन खोज्नु भयो| मैले हुन्छ भनेको थिए तर अविशले हस्पिटल जानु छ भनि कारमा चढ्न मानेन| हस्पिटल पनि गाडीमा 5 मिनेटमा अपुगीन्थियो तर बिचमा अरु पनि काम छ र हस्पिटल पनि नजिकै छ भन्दै अविशले फेरी पनि नाइँ भन्यो| म पनि अविशसंग नै गए र दिदि भिनाजु आफ्नो घर जानु भयो| अविशले बहाना बनाएको भनि मैले बुझेको थिए| हामि हिड्दै उसको हस्पिटल अगाडी रहेको ठुलो मैदानमा पुगेउ जहाँ सनिक तालिम हुने गर्थियो|
“तिमिले भिनाजुले भनेको किन नमानेको|” सोधे अविशलाइ|
“मलाई यसरि गरेको मन पर्दैन| तिमिले व्यापार बेच्दा नाइँ भन्छौ सोचेको थिए, त्यो पनि भनिनौ| झन् तिम्रो भिनाजुले सबै सम्पति उपभोग गर्दै हुनुहुन्छ| मलाई यसरि सम्पति उपभोग गरेको मन पर्दैन| त्यो कार न भिनाजुको हो, न त्यो ब्यापार भिनाजुको थियो| उहाले आफुखुसि निर्णय गर्न मिल्दैन|” उसलाई धेरै बिषयमा चित्त नबुझेको थियो| उ स्वव्भिमानी हुन खोज्दै थियो तर घमण्ड र स्वाभिमानमा निकै सानो अन्तर छ| उसले चित्त नबुझाउनु ठिक हो, उसलाई मन परेन तर उसले पनि बुझ्नु पर्ने हो| अब यो सबै सम्पति मेरो र दिदिको हो, अनि मेरो र दिदिको आफ्नो मान्छे भनेको भिनाजु र अविश हो| भिनाजुले त्यो कारको दुरुपयोग हैन सदुपयोग गरेको हो| त्यो कार त्यसै पार्क गरेर राख्नु भनेको बिगार्नु हो| अनि ब्यापारलाइ व्यक्ति भएन भने कसरि अघि बढाउने| अविशको बिचारको बिरोध गरिन र कुरा अन्त तिर मोडे|
बुवा बितेपछी म निकै एक्लो हुदै गए| घरमा म अनि काम गर्ने बहिनि मात्र| अविश पनि हस्पिटलमा व्यस्त हुन थाल्यो| खालि दिमाग सैतानको घर भन्छन, जीवन नै खालि भइसक्यो, आफै सैतान हुन लागेको थिए| तर फेरी जब अविश, भिनाजु र दिदिलाइ भेट्थिए, यो सबै भावना हराएर जान्थियो| यसरि समय बर्बाद गर्नु भन्दा, बरु आफ्नो सपना पुरा गर्नु उचित होला| पहाड पारीको जमिन हेर्न गए| यस भन्दा अघि, एक पटक पनि पुगेको थिन म त्यहाँ| ठाउ निकै राम्रो लाग्यो| पहाड पार गरेपछि समतल ठाउ आउने रैछ नदि किनारमा| त्यहाँबाट दुइवटा बाटो छुट्टिने, एउटा हाम्रो जग्गा भएको तिर जाने अनि अर्को बाटो तालको सहर जाने बाटो छ| हाम्रो जग्गा भन्दा अलि पर निकुन्ज छ अनि अर्को छेउमा ठुलो नदि| हस्पिटल यहि बनाउनु पर्छ सोच बनाए|
जग्गा हेरेर जन्मथलो फर्किदै थिए|  कचौरा सहरको परिवेशमा मेरो आगमन संगै कचौरा सहर नै हल्लिन थाल्यो| ठुलो कम्पन आयो, मानौ पृथ्वीलाइ कसैले समाएर झक्झकाउदै छ|  एकैछिनमा मान्छेहरु घरबाट निक्लिएर र बाटोमा मान्छेको हुल छ| भूकम्पले सबैलाइ हल्लायो|
क्षति ठुलो भएछ| हाम्रो कचौरा सहरमा मात्र हैन पुरै देश भरि नै जही तही क्षति भएको छ| अविशले काम गर्ने गर्ने हस्पिटल छेउ मा एउटा ठुलो भवन छ| ११ तल्ले भवन, नाम बास हो| झ्याल धोका केहि देखिन्न| ११ तल्लेबाट ९ तल्ले भएछ| २ तल्ल भुइँमा पतन हुन पुग्यो| हस्पिटलमा सैया कम भयो घाइतेको लागि| सबै सामान्य र पुरानै अवस्थामा पुग्न असम्भव छ| ३ महिना पछी, भत्किएको भवनको निर्माण  कार्य सुरु भयो|
११ तल्ले भवन, जुन ९ तल्ले भएको छ, त्यसको निर्माण कार्य पनि सुरु भयो| भिनाजुको अगुवाईमा त्यसको पुनर्निर्माण हुने भएको छ| दिदि भिनाजु दुवै खुसि हुनुहुन्छ|
दिदिलाइ भेट्न पुगेको थिए| बुवाले सबै बेच बिखन गर्न  भनि भन्नु भएको थियो भनि कुरा निक्लियो| गलैचा कारखाना र होटेल दुबैको भवन पनि ढलेको थियो| बुवाले भबिस्य देख्नु भएको थियो| यदि नबेचेको भए अहिले हामिस्नाग सम्पतिको नाममा भत्किएको कारखाना र हाम्रो घरमात्र हुनेथियो यो कचौरा सहरमा|
“अविशसंग बिहे गरेर त पनि एउटा नया जिन्दगि सुरु गर| घरमा पनि एक्लै छस्|’ दिदीले मेरो मनको कुरा बोल्नु भयो| दिदिकोबाट फर्किदा अविशलिया भेट्न पुगे|
“धन्न तिमि आयौ| म तिमीलाई नै भेट्न आउदै थिए|” अविशलाइ पनि मसंग भेट्न मन थियो सोचेर खुसि भए| तर उसको मनमा केहि अरु थियो| उसको लागि खुसि भए जस्तो गरिदिए तर मलाई खुसि महसुस भएको थिएन| अन्धोले सुनको चस्मा पाउदा खुसि कसरि होस्?
“आसिमा,…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts