PART 3

साहित्य, सम्भोग र समपर्ण-

साहित्य र सम्भोग| एकछिन यी दुइ शब्दमा केन्द्रित भएर, अबको केहि भाग यसमै समर्पित हुनेछा| साहित्य र सम्भोगमा समानता र भिन्नता के के छ? भिन्नतालाइ एकछिन भिन्न राख्दै, समानताको उत्खनन् गर्न अग्रसर भए म| साहित्य र सम्भोग यस्तो हुनुपर्छ,जहाँ लेखक अनि पाठक दुबैलाई उत्तिकै संतुस्ती होस्, जहाँ दुवै रम्न मिलोस्|
साहित्य अनि सम्भोग, दुवैमा दुइ या दुइ भन्दा धेरै व्यक्ति संलग्न हुन्छन| एक अर्कालाइ जति बुझ्यो, जान्यो, त्यति नै मिठास हुन्छ यो पलको| यहाँ कोहि स्वार्थि हुन सक्लान र एकको स्वार्थले अर्कोको सन्तुष्टि खोस्न सक्ला| लेखकले आफु खुसि, आफुलाई इक्षा लागेको लेख्न पाउछन् तर त्यो समय सान्दर्भिक छ छैन, त्यसमा सत्यता छ छैन, त्यो सबै ध्यान दिनु पर्ने बिषय हो|
फेरी पाठकको संतुस्ती भन्दै, आफ्नो इच्छा मार्न पनि भएन| इच्छा र संतुस्तीको मन्थनबाट नै अमृतको सिर्जना हुन्छ| मन्थनबाट बिष पनि सृजित हुन्छ हैन र? आत्मा बेच्ने लेखक नै सायद बिख हो| या भनौ, स्वार्थि, चाहे त्यो लेखक होस् या पाठक, ति पनि बिख नै हुन्| सम्भोगमा सहमति हुन्छ तर सहमति भएन भने त्यो बलत्कार हुन्छ| केहि सुन्दर हुन सक्थियो तर सुन्दरता मास्दै, कालो दाग छाड्ने बलात्कारी सजायको भागेदार हुन्छ, र त्यो बलत्कार बिरुद्ध आवाज न उठाउने र आवाज दबाउने, सबै अपराधी हुन् मेरो नजरमा|
***
“तपाइँलाइ आफ्नो कुन लेख सबै भन्दा मन पर्छ?” यो प्रश्न धेरै आउने गर्छ मलाई| मान्छे हेरी जवाफ दिने गर्छु यो प्रश्नको| तर मलाई यो प्रश्न फिटिक्कै मन पर्दैन| आमाले मलाई यो छोरा मन पर्छ अनि यो पर्दैन भनेर भनेको निकै कम सुनेको छु| सबै लेख आफ्नो सन्तान जस्तै त हुन्, कसरि यो सन्तान असल अनि यो धुन्दकारी भन्नु|
मातृत्वको प्रसंग आयो| आमालाइ आफ्नो सन्तान मन पर्छ तर पुरुषको सोच यहि नहुन सक्छ| सन्तान नाजायज छ भने, सकेसम्म पुरुष त्यो जिम्मेवारीबाट भाग्न खोज्छ| कहिले काहीं जन्म अघिनै गर्भपतन पनि गरिन्छ| लेखक पनि थोरै धेरै यस्तै नै हुन्छन| कति सोचको बिर्यहरु गर्भाशयमा पुग्न पाउदैनन्| कति सोचलाइ त कहिँ कतै खेलाएर नै फ्याल्ने गर्छन्| कहिँ कतै सोचको पनि सिघ्रस्खलन हुन्छ| कहिँ कतै आलस्यको कन्डमले रोक्छ सोचको विर्यलाइ गन्तब्यमा पुग्नबाट|
***
प्रेम! साहित्य अनि सम्भोग, दुवैमा प्रेम हुन्छ| प्रेम जोख्न नाप्न केहि गर्न मिल्दैन तर प्रेम हुन्छ| त्यो प्रेम जुन एउटा लेखकले आफ्नो लेख र पाठकलाइ गर्छ, अनि त्यो प्रेम जुन पाठकले लेखकलाइ अनि लेखकको लेखलाई गर्छन्| त्यहि प्रेममा भावना हुन्छ| अनि यो प्रेम यस्तो चिज हो, जुन जबर्दस्ती उत्पन्न हुन सक्दैन| कसरि उब्जिन्छ, कहाँबाट आउछ, केहि नसोध्नु मलाई तर हुन्छ|
कुनै यस्ता लेख हुन्छन, जुन मलाई निकै मन परेको हुन्छ| “अरे, क्या बात! यो त अहिले सम्मको उत्कृस्ट हो|” सोच्छु मन मनै तर पाठकले खासै रुचाउदैनन् त्यो लेख| कुनै लेख यस्ता पनि हुन्छन, जुन आफैले पछि पढ्दा, “हरे, के लेखेको रैछु मैले!” भन्ने हुन्छ तर पाठकहरुलाइ त्यो लेख असाध्यै मन परेको हुन्छ|
पाठक र लेखक बीच पनि एउटा भावना हुन्छ| कहिले नभेटेको, नदेखेको भएपनि, कहिँ कतैबाट जोडिएको हुन्छ त्यो भावना| झन् लेखकको कुनै लेख पाठकको जीवनसंग मेल खान गएमा, लेखकसंगको भावनात्मक सम्बन्ध प्रगाढ हुदै जान्छ|| त्यहि भावना लेखमा पनि हुनुपर्छ| मान्छे आज मन पर्न सक्छ भोलि मन नपर्न सक्ला| मान्छे प्रतिको भावना मान्छेले गरेको स्वभाव र मान्छेको चरित्र संगै बदलिदै जान्छ तर… लेखमा भरिएको भावना बिरलै मुर्झाउछ|
****
“अफसोच,
फूल भइदिए म,
जसलाई कसैले मास्नै पर्दैन,
आफै मासिँदै जान्छु,
तर अफसोच यो हैन कि म फुल भइदिए,
अफसोच यो पनि हैन कि,
म फूल भएर पनि सुन्दर हुन सकिन,
अफसोच यो हो कि,
फूल भएर पनि काँडा झै विजाउँदैछु,
अनि छोड्दै छु आफ्नो कालो दाग,
जुन कसैको मनमा छ, कसैको अतीतमा,
कसैले बाँच्ने हरेक प्रहरमा छ अनि,
मैले बाँच्ने हरेक रहरमा।”
यो कवितामा केहि बिशेष पाउदिन म| मन नै नपर्ने हैन मलाई तर आहा भनि हाल्नु पर्ने खालको पनि छैन| मलाई जस्तो लागे पनि पाठकलाइ निकै मन परेको कविता हो यो| इनबक्स भरि तारिफको बाढी आएको थियो यो कविता पोस्ट गर्दा|
***
“टिका- दशैंमा मात्र हैन, कुनै पनि चाड होस् या हर्षको पल, टिका प्रयोगमा आउछ| त्यो पलको महत्व र मुहारको सुन्दरता नै बढाउछ टिकाले| टिकालाइ गहना भनौ कि शुभ भनौ, दुवैको प्रतिक हो त्यो|| आज भन्छु म, टिका कसरि तैयार गरिन्छ|
सुरुमा केहि चामलको सिताहरु लिइन्छ| बाकि चामलको सिताबाट छुट्टाएर राखिन्छ केहि सिताहरु एउटा थालिमा| अब पालो रंग्याउने चामललाइ अरुको रंगमा, पालो अब अबिरको| मिसाइन्छ अबिरलाइ चामलको सीतामा| अबिर पर्याप्त हुदैन, चामलमा अबिरको रंग मज्जाले चढ्दैन| अबिर पछी थोरै पानि हाली मुछिन्छ| बल्ल रंग चढ्यो चामलमा र रंगियो चामल| चामलको थालिदेखि निधारसम्मको यात्रा यसरि तय भयो| यसरि लगाइन्छ टिका र चमक बढछ अरुको निधारको|
२०५३ देखि २०६३ सम्म, झुठो आशाको जालोमा, यसरि नै मुछ्छिए १७००० भन्दा धेरै चामलको सिता अरुको निधारको शान बढाउन र भाग्यको आशिर्वाद बन्न|”
मलाई मन पर्ने मध्य यो लेख पनि एउटा हो| यसमा देशको चिन्तन छ, संकटकाल चित्रण छ, अनि नेताको ब्यापार र बेचिएको जनताको अतित र भबिस्य छ| तर पाठकहरुले धेरै न रुचाएको पाए मैले यो लेख|
***
खैर एउटा कविता छ| कविता भन्दा पनि धेरै थोरै यो मेरो भावना छ| जुन मलाई निकै मन पर्छ, पाठकले पनि धेरै रुचाएका छन् यो लेख|
“बरु मलाइ

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts