सबै जना पंकजको कोठामा बसेर सोमरसको मज लिदै थिए र त्यत्तिकैमा अस्मिताले “I have” or “I haven’t” गेम खेल्ने प्रस्ताभ राखिन्| यो खेलमा के हुन्छ भन्दा, एउटा प्रश्न सोधिन्छ| त्यो प्रश्नको जवाफ “I have” यानी “गरेको छु” नत्र “I haven’t” यानी “गरेको छैन” भनि दिनुपर्छ| उदाहरण चाहियो? मानौ पंकजले सनिरालाइ प्रश्न सोध्छ, “धुम्रपान गरेकी छौ?” यसको जवाफमा सनिराले गरेको छु या गरेको छैन भन्नु पर्छ| नशामा यो खेल खेल्नुको फाइदा के? फाइदा नै फाइदा छ| नशामा भएको बेला मान्छेले धेरै जसो साचो नै बोल्छन अनि अरुको सत्य र राज थाहापाउनु जति मजा के मा छ?
अस्मिताले खेलको प्रस्ताभ राख्ने बित्तिकै, सनिरा र पंकजले सोच्न नपाउदै सबैले हुन्छ भनि| मानौ, अस्मिताले यो प्रस्ताभ गर्छिन् भनेर सबैलाई थाहाछ पंकज र सनिरा बाहेक| केहि खिचडी पक्कै पनि पाक्दै छ | सामान्य खिचडी हैन, यो बिर्बलको खिचडी हो| आज हैन, धेरै अघि देखि पाक्दै थियो| हाब पोखरा जाने भनि थाहाभयो, त्यो बेला रचिएको योजना हो यो| पोखरामा सनिरा र पंकजलाइ जसरि पनि प्रेम जोडीको तक्मा लगाउनुपर्छ भनि| योजना बन्यो तर सफल कसरि बनाउने यो योजना? न सनिराले नै माया ब्यक्त गर्छिन् न पंकजले| के गर्ने त? बाध्य बनाउने माया जिकिर गर्न? तर बाध्य कारी बनाउने? हो यहि खेलले बताउछ|
सुरु भयो खेल| खेलको नियम केहि बदलिएर खेलिदै छ| हरेक जवाफ संगै एक पेग रक्सि पनि पिउनु पर्ने| जसले गर्दा त्यो खेलमा रस थपियो र रमाइलो झन् बढ्यो| भारि सवाल सुरुमै गरिएन पंकज र सनिरासंग| सुरुका सवालहरु “ बाबाको खल्तीबाट पैसा निकालेको छ?”, “आमासंग पिटाइ खाएको छ?” जस्ता सामान्य छन| एकछिनको पर्खाइ अनि सुरु भयो असली खेल|
“ आफुलाइ मनपर्ने कुनै केटिलाई सम्झेर यसै रोएको वा हासेको छौ?” पंकजले अब यो प्रश्नको जवाफ दिनुपर्ने छ र यो प्रश्न पंकजलाइ चन्द्रले सोधेको|
“सम्झेर रोएको नै चाही हैन तर……..” पंकजलाइ यो सवालको जवाफ दिन केहि गाह्रो पर्दै थियो र उसले जवाफ दिन पनि केहि समय लगाउदै थियो| अनि जब जवाफ दिन तैयार भएर जवाफ सुरु मात्र गरेको थियो अस्मिताले रोकिन् तर किन?
“प्रशंको उत्तर छ या छैनमा दिने हो| महाभारत भन्ने हैन|” अस्मिताले पंकजलाई बीच मा रोक्नुको कारण यस्तो पो रहेछ| पंकजले जवाफमा “छ” भन्दै एक पेग रक्सि निल्यो|
पंकजको छेउमा नै सनिरा बसेकी थिइन्, अब प्रश्नको जवाफ दिने पालो सनिराको | प्रश्न अस्मिताले गरिन् “कोहि मान्छेको प्रोफाइल हरेक दिन फेसबुकमा हेर्ने गरेकी छौ?”
सनिरा यसै त नपिउने मान्छे, आज अरु दिन भन्दा धेरै पिएकी छे| उनले होस गुमाएकै भने चाही छैन तर नशामा चुर्लुम्म दुबिसकेकी छिन्| अरु बेला यो प्रश्नको जवाफ दिनु अगाडी उसले दुइपल्ट सोच्थीइन् होला तर अहिले भने केहि नसोची सत्य बोलिन् र छ भनिन्| यो दुइ प्रश्न पछी फेरी प्रश्नको बहाव सामान्य भयो र केहि समय सम्म यहि बहावमा खेल अघि बढ्दै गयो| खहरे खोला जस्तै एउटा प्रश्न ठुलो भेल सहित पंकजको अगाडी आयो|
“ अहिले कुनै केटिलाइ मन पराउदै छौ कि नाई?” यो प्रश्न यस्तो थियो कि यसको जवाफ त्यो कोठामा बसेका ९ जनामा सबैलाई थाहाछ, सनिरा बाहेक| तर पनि किन यो प्रश्न जानी जानी सोधिदै छ | पंकजले बल्ल यो खेल खेलिनु पछाडीको मूल उदेश्य थाहा पायो| यो प्रश्न सुन्ने बित्तिकै सनिरा पनि चनाखो भईन्| उसलाई पनि जान्ने मन छ नि, पंकजको मनमा कुनै केटि छे कि छैन भनि|
“यो अन्तिम प्रश्न हो है| यो राउण्ड सकिएर सुत्न जानुपर्छ|” पंकजले सवालको जवाफ दिनु अघि सर्त राख्यो र त्यो शर्तमा सबैले सहमति जनाउनै पर्यो| सहमति जनाउनु बाहेक अरु केहि उपाय पनि छैन अरु संग, यदि पंकजनै उठेर गयो भने यो खेल खेल्नु र नखेल्नुको उदेश्य पनि केहि हुन्न| सबैले सहमति जनाएर “हुन्छ” भने|
“छ|” पंकजको छोटो जवाफ भन्ने कि नियम अनुरुपको जवाफ| उसले खेलको नियम बुझेर छोटो जवाफ दिएको कि चाहेर, त्यो उसलाई नै बखुबी थाहा छ|
“को हो त्यो केटि?” अस्मिताले आफुलाई रोक्न सकिन र पंकजलाइ अर्को प्रश्न गरिन्| यो पनि त्यहि प्रश्न हो जस्तो जवाफ सनिरा बहेको त्यो कोठामा रहेको सबैलाई थाहाछ| सनिरालाई पनि यो प्रश्नको जवाफमा उनको नाम उच्चारण हुन्छ भन्ने भनक त पक्कै पनि होला| फेरी पनि सनिरा चनाखो भइन्|
“खेलको नियम बिर्सेको हो? जवाफ छ कि नाई मा दिनु पर्ने हो र त्यो मैले गरिसकें|” पंकजले कसैलाइ थप प्रश्न सोध्नको लागि ठाउ नै नराखी जवाफ फर्कायो| अब सबै जना(पंकज र सनिरा बाहेक) एक अर्काको मुखमा हेरा हेर गर्दैछन्| किन थाहा छ यो खेलको अन्तिम प्रश्न हो यो र सनिरालाइ सोध्नु पर्ने| त्यस्तो के प्रश्न गर्ने कि जसले गर्दा उनि दुइको सम्बन्ध सुरु होस्? सिधै “पंकजलाइ मन पराएको छौ?” भनि सोध्न मिल्दैन| यदि सनिराले छैन भनेर अन्यथा सोचिन भने अर्को तनाब आइलाग्छ| अब प्रश्न के गर्ने? एकछिनको चुप्पीमा कसैले प्रश्न नगरेपछी पंकजले आफु प्रश्न गरौ भनि सोध्यो तर कसैले सहमति जनाएनन्| यता पंकज आफै तनाबमा छ आखिर अतिम प्रश्न के सोधिने हो सनिरालाइ भनि| अस्मिताले नै प्रश्न गरिन्|
“आज ब्रस गरेकी छौ नि?” अस्मिताको यो प्रश्न अनि जवाफमा सनिराले “छ” फर्काइन्| सनिराको जवाफ पछी सबै हास्न लागे| सनिरा अकमक भइन्| आखिर किन सबै हास्दैछन् भनि| यो सबैमा पंकज सामेल छैन| यो प्रश्न किन सोधियो र किन हासियो पंकजलिया थाहा छ| सनिराले किन हासेको भनि सोध्न लागिन् र कसैले पनि केहि भनेन्| यता सबैको हासो बढ्दै छ अनि सनिराको मनमा प्रश्न| सनिराले फेरी पनि किन किन भनि सोध्न लागिन् तर कसैले अवाफ दिएन| यहि चल्यो फेरी, सनिराले फेरी किन भनेर प्रश्न गरिन् र यो पालि जवाफ केहि फरक आयो|
“पंकजलाइ सोध|” बिशालले हासो रोक्न सकेको छैन र हास्दा हास्दै यति बोल्यो|
सनिरा अब पंकजलाइ किन किन सोध्न लागिन्| यो प्रश्नको जवाफ पंकजले कदापी दिदैन| सनिरा यता जिद्दी गर्ने अनि पंकज उता बाकिलाइ तिमीहरुले के गरेको भनि गुनासो गर्ने| सनिराले एकछिन सम्म जिद्दी गरेपछी, पंकजले “मलाई केहि थाहाछैन, यिनीहरु धेरै झ्याप छन्| अहिले कुकुरको पुच्छर देखे नि हास्छान्|” भन्यो| तर पनि सनिराले ढिप्पी गर्न छाडिन|
“पंकजलाइ जति राम्ररि कसैलाई थाहा छैन तिम्रो किनको जवाफ| उसलाई नै सबै भन्दा फरक पर्ने हो आज|” साजनले यति भनेपछी पंकजको मुख हेर्नु लायकको छ| रक्सिको नशा मानौ त्यो एक वाक्यले काट्यो| पंकज केहि बोल्न सकेन| अब फेरी सनिराको त्यहि ताल किन किन सोध्न लागि र पंकज पनि केहि कम छैन उसले फेरी पनि जवाफ दिएन| पंकजले केहि भन्दै पक्का भएपछी सनिरा फेरी बाकि संग यहि प्रश्न गर्न लागिन् किन भनि| रातको 3 बजे त्यहाँ रमिता नै भएको छ|
अझै एकछिनको ढिप्पी र
