बैसाख एक गते, बर्षको पहिलो दिन| बर्षको पहिलो दिन जे गर्यो, जस्तो भयो, त्यसले नै निरन्तरता पाउछ रे नि पुरै बर्ष| सुनेको मात्र हो, हो हैन थाहाछैन| वर्षको पहिलो दिन नै बिहान सम्म रक्सि पिउदै, उठ्दा दिउसोको २ बजेको छ| अब पुरै बर्ष यी नौ जनाको हरेक दिन यसरि नै सुरु हुन्छ त? भयो यस्तो बकम्फुसे कल्पनामा दुबेर कोहि समय नफ्यालौ| दुइ बजे त उठे, त्यो पनि निन्द्रा पुगेर हैन पेटमा मुसा कुदेर| केटीहरु उठेर तैयार भइसके, केटाहरु उठ्न त उठीसके तर तैयार भएका छैनन्|
“पंकज उठन के| मलाई कस्तो भोक लागिसक्यो|” पंकज रहेको ओच्छ्यानमा गएर
गुटुमुटु हुदै, पंकजको गाला तान्दै पंकजलाइ उठाउन खोजिन् सनिराले|
“ मलाई ready हुन तिमिलाई जति time लाग्दैन क्यारे| सौगात छ टवाइलेटमा,
निक्लिने बित्तिकै म जान्छु|” पंकजले सरल
भाषामा सनिराको आग्रहलाइ एकछिनको लागि टार्यो र सनिराको निधारमा चुम्यो| पंकजले
भुल्यो सायद कि त्यो कोठामा पंकज र सनिरा मात्र हैन अरु पनि छन्|
पंकजले चुम्ने बित्तिकै सबैले खोके जसरि जिस्काउन सुरु गरे|
एक पछी अर्को गरि सबै केटाहरु तैयार भए| बिहानको नास्ता र खानाको जिम्मेवारी कलेजको नै हो| तर तिन बजे उठेर खानाको आश गर्न पनि मिल्दैन नि| सुरुमा कफी अनि त्यसपछि खाना खाने कुरा भयो सबै बीच| कफीको चुस्की अनि मोमो संगै ४:३० भयो| हुन त कफीको लागि मात्र भनि त्यो होटेल छिरेका थिए उनिहरु तर पेटमा केहि खाने कुरा नपरेको १४ घण्टा भइसकेको थियो| कफीले मात्र मन बुझाउन सकेनन् उनीहरुले| भर्खरै मोमो खाएका छन्, थकाली जाने भनि बनेको योजना पनि स्थगित भयो केहि बेरको लागि| केहि समय लेक छेउछाउ अनि त्यसपछी बिन्दबास्नी पुगे सबै| आरतिको रमणीय दृश्यमा रम्दै थिए सबै| त्यत्तिकैमा पंकजले एउटा चिनेका अनुहार देख्यो र सनिराको हात समाउदै त्यो अनुहार तिर गयो|
“ओइ बकलोल| नचिनेको कि नदेखेको?” पंकज त्यो चिनेको चेहेरा ठिक पछाडी
पुग्यो र काधमा हात राख्दै बौलाउदै बोल्यो| सनिरा अब तिन छक्क, आखिर को हुन् उनि
जो संग पंकज बोल्न खोज्दै छ| त्यो चिनेको अनुहार भएको व्यक्ति केटि हो है|
“तिमि? यहाँ? कसरि?” पंकजलाइ देखेपछी प्रियंकाले तिन शब्द बोलिन् र त्यो तिन शब्द
तिन प्रश्नको ढांचामा छ| पंकजले चिने जस्तै लागेको अनुहार अरु कसैको नभएर
प्रियंकाको हो| लग भाग चार बर्ष पछी भेट्दै छन् दुवै|
“हो म| हो यहीं छु, आखा देख्न छादेउ कि के हो! कलेजबाट आएको| अरु पनि केहि छ कि यति
मात्र हो तिम्रो प्रश्न?” पंकजले प्रियंकाको एक एक प्रश्नको जवाफ दियो अल्छी
नमानी| सबै प्रश्नको जवाफ दियो अनि आफैले पनि एउटा प्रश्न गर्यो|
“छैन छैन, केहि छैन अरु प्रश्न| जिस्किने बानि अझै पनि तिम्रो बाकि नै छ है|”
प्रियंका यति खुसि छिन् कि के बोल्ने के गर्ने उनलाई आफैलाई थाहाछैन| उनको खुसिले
यो पनि जाहिर गर्दैछ कि उनि अझै पनि पंकजको यादको कैदमा खुसि खुसि बाच्दैछिन्|
त्यो कैदबाट मुक्त हुने कोशिश उसले नगरेको हो कि कोशिश सफल नभएको, त्यो उनले नै
बताउनु पर्नेछ|
“ म बद्लिन्छु जस्तो लाग्छ तिमीलाई? अनि साची उनि चाही मेरो girlfriend सनिरा|
मैले भनेको छु नि है तिमीलाई सनिराको बारेमा|” सनिरा छेउमा छिन् भनेर पंकजले भुल्यो
कि भनेको, हैन रैछ| सनिरासंग पनि परिचय गरायो पंकजले प्रियंकाको| प्रियंकाले
सनिरालाइ नचिन्ने कुनै सवाल नै छैन| ११ १२ कक्षामा शिक्षकहरुको lecture
भन्दा प्रियंकाले सनिराको बयान सुनेकी छिन्| सनिराकै कारणले प्रियंकाले असली
मायाको अर्थ बुझेकी हो| मायामा साथ मात्र सबै हैन| त्यो साथको लागि प्रतिक्षा गर्न
सिक्नु पर्छ| अनि मायामा साथ पाइन्छ नै भन्ने पनि हुन्न, कहिले यादसंग पनि जीवन
बिताउनु पर्ने रहेछ| प्रियंकाले यहि सिधान्त लिएर बाच्दै छिन्|
“सनिरा, तिम्रो बारेमा सुनेको मात्र थिए पंकजको मुखबाट| फोटो कहिले देखाएन मेरो
आखा लाग्छ भनि| यति राम्री रैछौ त नि प्रतिक्षा गरेर बसेको रैछ पंकजले तिम्रो| २
बर्ष के २ जुन प्रतिक्षा गर्न पनि तैयार हुन्छ मान्छे तिम्रो लागी|” प्रियंकाले
यति भनेपछी थप गफहरु हुदै गयो दुवै बीच| पंकजसंग अरु साथि पनि छन्,
त्यसैले मनले नमाने पनि १० मिनेट भित्र टुंग्याउनु पर्यो पंकज र प्रियंकाले आफ्नो
गफ| यसै बीच प्रियंका अहिले पोखराको पृथ्वी नारायण (P.N.) क्याम्पसमा
पढ्दै गरेको पनि थाहा भयो| सनिरा पनि संगै भएर गफमा केहि पाबन्धि भएको छ| त्यसैले मिल्ने
जति बोल्दै छन् दुवै|
यहाँबाट प्रियंका र पंकज छुट्टिए| अनि बाकि सबा मन्त्र थकाली पुगे खानाको लागि| भोलि बिहानै कलेजको योजना अनुरुप भ्रमणमा जानु पर्ने भएकोले सबैले एक एक बोतल बियर मात्र लिए र कोठा पसे| हिजोको भन्दा माहोल निकै भिन्न छ| आज सनिरा पंकजको अन्गालोमा नै छिन् हरेक बखत| सबै बसेर एकछिन गफ अनि सबै सुत्न गए र सुत्न जानु अघि पंकजले सनिरालाइ कसेर अन्गालोमा हाल्यो र “I love you” भन्दै मायामा डुब्यो|
बैसाख दुइ गते| कलेजले 3 बिभिन्न स्थानमा अवलोकनको लागि लग्यो,
शैक्षिक अवलोकन| तिन ठाउको अवलोकन गरिसक्दा पनि भर्खर २ मात्र बजेको छ| बैसाख एक
गतेको दिन सबै पोखराको विभिन्न ठाउ घुम्ने योजना थियो तर रक्सिको मातले नया बर्ष
त्यसै बित्यो| भोलि बुटवल फर्किनु छ| पोखराको कुनै एक ठाउ त जानै पर्छ भनि चमेरो
गुफा जाने योजना बन्यो| चमेरो गुफा पुग्दा 3 बज्यो| चमेरो गुफाको बाहिर निक्लिने
गुफा त्यति सजिलोको छैन| २५ जना बिधार्थी मध्य कसैले पनि त्यहाँबाट बाहिर निक्लिने
हिम्मत गरेन| तर पंकजको समुहकेहि भिन्न, सबैले आट| सनिरालाई गाह्रो भयो निक्लिन|
कहिले सनिराको हत्केला समाएर भने कहिले कम्मर अनि कहिले पाउ| हो यसरि नै पंकजले
मदत गर्दै सनिरालाइ बाहिर निकाल्यो|
महेन्द्र गुफाबाट फर्किदा “के.आइ सिंह पुल (KI SINGH PUL) मा अड्किए
उनिहरु केहि बेर| मान्छेको भिड छ र गाडी आवत जावत ठप्प| बुझ्दै जादा पुल मुनि एउटा
केटाको लास भेटिएको रैछ| उमेर अन्दाजी २० बर्ष र हल्ला सुन्दा कोहि ठुलै पदमा
रहेको मान्छेको आफन्त भन्ने कुरा पनि खुल्यो| त्यहाँ १ घण्टाको ओलझोल पछी उनीहरु
आफ्नो होटेलमा पुगे र खाना खान लागे| सनिराले राम्ररि खाना खान सकेकी छैन,
उसको अकाहा अगाडी अघिकै लास आउदै छ| पंकजले सम्झाई बुझाइ गरि आफैले खाना मुछेर
खुवायो सनिरालाइ|
सबैको दिमाग त्यहि लासमा छ, त्यसैले…….
