Part 33

सबैको दिमाग त्यहि लासमा छ, त्यसैले पोखराको अन्तिम दिन खल्लो हुदैछ| २ घण्टा यसै बित्यो, तर पनि केहि घत लाग्दो गफ हुन सकेकोछैन| भोलि बिहान ११ बजे पोखराबाट बुटवलको लागि हिड्ने योजना| रात अन्धकार छ तर पलमा रमणीय किरण छर्न मन छ सबैलाई| हरेक पिडा र दुखको त्यहि एउटा हल, सोमरस| हो त्यसकै योजना बन्यो| रातको ९ बजे सौगात र पंकज रक्सि लिन भनेर निक्लिएर कोठाबाट| २ बोतल whiskey, १ बोतल wine अनि केहि प्याकेट snacks लिएर उनि’हरु एकछिनमा अने फर्किए| सौगातले चुरोट सल्कायो र तान्दै छ| पंकजको दिमागले दिउसो भर्खर देखेको लास भुल्न सकेको छैन, उसले पनि चुरोट केहि सर्को लियो| पंकजले चुरोट तान्दीन भनेर कसम नै खाएको छैन तर बिस्वास छ सनिरालाइ पंकजले चुरोट तान्दैन भनि| त्यो बिस्वास जानी नजानी तोड्यो पंकजले|

सबै सामान लिएर पंकज र सौगात होटल पुग्न मात्र लागेका थिए, पंकजले department store देख्यो| सौगातलाइ त्यहाँ पस्दै जाउ भनि लग्यो तर पंकजलाइ किन्नु चाही के छ? पंकजले केहि chewing gum र दुइ वटा dairymilk किन्यो| पंकजलिया बकाइदा थाहाछ, dairymilk ले चुरोटको गन्ध हटाउछ| तर chewing gum चाही किन लेको उसले जब dairymilk नै लिनु थियो भने| हो सौगातले पनि यहि सोध्यो र पंकजले जवाफ दियो “ त चुरोट खान्छस भन्ने सबैलाई थाहाछ, त chewing gum खा| तैले chewing gum खादा तैले चुरोट खाएर आएको भन्ने हुन्छ र मैले chewing gum नखाएको देख्दा म माथि शंका हुँदैन|” पंकजले के भन्न खोजेको उसले बुझ्यो र सौगातले पनि तर यति सम्म गर्न पनि जरुरि चाही थिएन|कोठा पुग्ने बित्तिकै अघि किनेको दुइटा मध्य एउटा dairymilk पंकजले सनिरालाइ दियो, अर्को त पंकजले बाटोमा नै खाइसकेको थियो|

“chocolate flavor ल्याउने बेलामा chocolate ल्यायो यसले|” सरल भाषामा भन्नु पर्दा साजन बोका हो, र उसको गफ पनि त्यस्तै हुन्छ| नत्र के जरुरत थियो यति सम्म जिस्काउनलाइ| बिचार पंकज र सनिरा, सबै हास्न लागे र उनिहरु लाजले भुतुक्क| रक्सिको नशा नसा-नसामा पुगेपछी दिउसोको घटना सबैले भुले| रक्सि सधै सधैको त्यहि गफ र त्यसपछि बिस्तरामा भुस| यहि त हो नि| सनिरालाइ चाही पंकजलाइ छाडेर आफ्नो कोठामा जान मन नै छैन| त्यहि भएर पंकजको अन्गालोमा नै रम्दै छिन् उनि| “मैले अघि भनेको हो नि| chocolate flavor ल्याउनु पर्ने हो तैले|” साजनले अघिको मजाकमा फेरी केहि थप्यो र सबै हास्न लागे| अघि लजाएकी हुन् सनिरा अहिले त उनलाई थाहा नै छैन के हुदै छ वरीपरि|

बुटवल पुग्दा बेलुकाको ६ बजेको थियो| सनिरालाइ उसको घर छाडेर पंकज पनि आफ्नो घर गयो| पहिले देखि नै संगै हुने सनिरा र पंकज, अहिले झन् कारण छ उनीहरुसंग| पंकजको बास अभ जहिले सनिराकोमा हुने दिनभर| साथिहरुले घर ज्वाई भनेर जिस्काउन सुरु गरिसकें| एक अर्काको साथ पाएपछि समय पनि कति चाडै बित्दो रैछ है| त्यस्तै नै हुदै गयो| अब स्नातक सकिन जम्मा २ महिना बाकि छ| पंकज र सनिराले मायामा चाहेको सबै पुरा हुदै छ| मान्छेको जीवनमा दिन, ऋण, खुसि, पिडा कहिले आइपुग्छ, कहिले बिलिन हुन्छ थाहा नै हुन्न| हो यस्तै केहि भयो सनिरा र पंकज बीच| हफ्ता दिन सम्म राम्ररि बोलचाल नै भएन यो उनिहरु बीच|

कारण ठुलो भन्ने कि सानो| मान्छेको हेर्ने नजरियामा भरपर्छ| एकदिनको कुरा हो, सबै साथि मिलेर घुम्न गएका थिए| सबै रम्दै नि थिए| कोहि साथमा रम्दै छन्, कोहि बातमा, अनि कोहि आफैमा| पंकजलाइ फोटो लिदेउन भनि सनिराले आफ्नो फोन दीइन्| पंकजले दुइ तिन वटा फोटो लियो र अरु फोटो पनि खिच्दै थियो| त्यत्तिकैमा सनिराको मोबाइलमा फोन आउछ| महेश लेखिएको छ फोन गर्ने ब्यक्तिको नाम|

“सनिरा, महेशको फोन आयो|” फोटोको लागि मुहारभरि मुस्कान थियो सनिराको तर पंकजले यति भन्ने बित्तिकै त्यो मुस्कान बिलायो र सनिराको अनुहारमा त्रसित भावले अड्डा जमायो| पंकजले सनिरालाइ फोन दिन नै लागेको थियो तर हत्तारमा उनले आफै फोन लुछिन् पंकजको हातबाट| फोन आफ्नो हातमा लिएर सनिराले फोन अफ गरिन् पंकजलाइ थाहा नदिइ|
“कस्तो हमला गरेको जस्तै फोन लुछेउ त? के भयो?” सनिराको व्यवहार पंकजलाइ स्वीकार्य भएन| अचानक सनिराको स्वभावमा आएको त्यो परिवर्तन देखेर पंकजको दिमागमा प्रश्नहरु उब्जिन लागे| सनिराले फोन खोस्द उनको नंगले पंकजको हातमा सानो घाउ पनि बनाएको छ| पंकजले यो खुलाउन चाहेन तर सोच्न भने छाडेन|
“खोसेको हैन| दाइ हो, तिम्रो बारेमा थाहाछैन| तिमीले फोन उठाएको भए मैले दाइलाई नानाथरी कुरा भन्नु पर्थियो तिमि को हो भनि|” सनिराले जे बोल्दै छिन् त्यो सत्य हैन र सत्य जे हो उनले भन्न चाहेकी छैन| उनले झुठ बोल्न खोजे पनि सफल हुन भने सकिनन्| उनको अत्तालिएको स्वरले यो  प्रस्ट थाहा हुन्छ|
“अनि किन न उठाएको त फोन?” पंकजले चित्त बुझ्ने जवाफ नपाएपछी अर्को प्रश्न गर्यो|
“फोन कट्यो नि त| के भाको के तिमि|ल सबै संग बस्न जाम हामि|” सनिराले यति भन्दै पंकजलाइ अरु साथि तिर लगिन्| पंकजलाइ अहिले पनि चित्त बुझेको छैन तर अरुको सामु केहि जाहिर गर्न चाहेन उसले| त्यहाँबाट सनिरालाइ घर छाडेर पंकज आफ्नो घर गयो| घरबाट एक्लै निक्लिएको पंकज, फर्किदा प्रश्न सहित फर्किएको छ| त्यो प्रश्नको जवाफ आफै खोज्दा खोज्दै निदायो पंकज| रात संगै उसले त्यो प्रश्नलाइ पनि भुलिदियो या भुल्ने कोशिश गर्यो| यति सानो प्रश्नलाइ बजुद बनाएर अहिले सम्मको सम्बन्धमा प्रश्न गर्नु उचित ठानेन पंकजले| गल्ति पंकजले आफ्नै पायो| उसले नै धेरै दिमाग खिआएर आफुलाई मनको बाघको सिकार बनाएको निस्कर्षमा पुग्यो र सविया बिर्सी सनिरासंग सामान्य रहयो|
१२ घण्टा मात्र बोलचाल रोकिए जस्तो लाग्यो हैन? यति सामान्य छैन अब आउने घटना| यो त पहिलो झलक हो| मुख्य घटना पस्किन बाकि छ|

Previous article
Next article

Latest Posts