“दाई,अर्डर !” आफु भन्दा ठुलो मान्छेले दाई भनेर सम्बोधन गर्दा कम खुसि लागेको हैन |
के मगाउने भनेर मैले केहि भन्नै परेन,सारिकाले नै सबै भनिन् | कुरै कुरामा उसले धेरै कुरा गरिन् | म भने केवल उसको गफ सुनेर बस्दै थिए | बाल्यकाल देखि अहिले सम्मको सबै घटनाहरु एक एक गरि मेरो अघि पस्किदै थिन् उनले र म भने उनको कुरा सुन्दै मुस्कुराउदै थिए | कस्तो मज्जाले बर्णन गरेकी उनीले, हरेक घटनाको सानु सानु पाटो, लेखक त उनी हुनु पर्ने | साचिकै रमणीय रैछ उसको बाल्यकाल |
“आज म तिमीसंग तिम्रो घर जाउ ?” कुरै कुरामा सात्तो-पुत्लो उड्ने कुरा गरिन् | रातो-पिरो भए म उसको यो वाक्यले,फ्यान चलेको थियो तर म पसिना पसिना भए,सोच्न सकिन उसलाई के भनु भनेर, म आत्तिए र बोल्न सकिन,उ भने अचानक हास्न लागि | हासेको मात्र हैन,मन खोलेर हास्दै थिन्,मेरो खिल्ली उडाएर हास्दै थिन् |तर मैले बुझ्न सकिन उनी किन हास्दै छिन भनेर,आफुलाई यहाँ आफु माथि आकाश खसेको जस्तै हुदै थियो | यहाँ मेरो पसिना र डर कम भएको छैन र उनको भने हासो कम भएको छैन ,उनी भने हासेको हासै |
“जिस्केको के मैले| तिमि त पुरै पसिना पसिना भयौ |” उसले हास्दै यति भनि | अभ बल्ल तनाब केहि कम भयो, मेरो मुहारमा पनि हासो आयो,बल्ल तल्ल आएको हासो,हासो र तनाबको मिश्रण प्रस्ट झल्किदै थियो मेरो मुहारमा | तर उनी भने सधै झैँ हसिली नै थिन् | उसको हात पनि अत्ति कोमल थियो,यहाँ बसे देखि मेरो हात उनको हातमा थियो, यसले गर्दा मनमा फेरी उमंग थपिदै थियो | बोल्दा बोल्दै उसले आफ्नु सिर मेरो काधमा राखिन् | उनको कपालको त्यो सुगन्धले लठ्ठिए एकैछिन म ,हुदा हुदा उसको कपालको बासना पनि मन पर्न लाग्यो मलाई | एउटा हात उनको हातमा थियो र अर्कोले बिस्तारै उनको कपाल चलाउन लागे म | गल्ति हाम्रो हैन,दोषी शायद त्यो पल थियो ,मैले बिस्तारै आफ्नु ओठ उसको ओठमा लगेर बिसाए | स्वर्गीय आनन्दको महसुस हुदै थियो | उनले केहि प्रतिकार गरिनन् र आखा चिम्म गरिन|हाम्रो ओठ र हात बरोबर कसिदै गयो र उनी कुन बेला मेरो अंगालोमा आयिन पत्तो भएन | केहि पल पछी,मेरो ओठ र उसको ओठ फेरी अलग्गियो | दुवै चुप,उनी लजाएर मलाई हेर्दै थिन् र म उनीलाई | आत्मग्लानी त पक्कै हैन तर केहि अप्ठ्यारो महसुस चाही हुदो हो उसलाई,सबै अचानक भयो | अहिले पनि हातमा हात थियो तर बोल्नलाई कुनै बात थिएन,दुवै एक अर्काको आखामा हेर्दै थिएउ | हामि चुप थिएउ, हाम्रो आखाँ भने ब्यस्त थियो, सबै शरम बिर्सी एक अर्कामा बात मार्न|
