Part 34

एक अर्काको भावमा हराएका थिएउ हामि | वरी-परिको माहोलबाट हामि धेरै धेरै पर थिएउ,के हुदैछ?को को छ? केहि थाहा थिएन हामीलाई | थाहा थियो त केवल एउटा कुरा, हामि मायाको सागरमा रमाउदै थिएउ | मायाको सागरमा हाम्रो माया कुनै शार्क माछा भन्दा कम थिएन,जसले मनमा भाको पश्चाताप,डर,ग्लानी जस्ता साना-साना माछा लाई बडो मज्जाले निल्दै थियो| सायद मायाको प्रकृति नै यहि हो,धेरै डर र शंका बीच उब्जिंछ,बिस्तारै दिन प्रति दिन बढ्दै जान्छ |अन्तिममा गएर यति ठुलो हुन्छ कि,यसको छायामा रहेको डर र शंकाको बिरुवा आफै ओइलाऊदै जान्छ | मसंग पनि ठिक यस्तै हुदै थियो,मेरो मनमा भएको सबै डर आफै ओइलाउदै थियो र मायाको फुल झन् फक्रिदै थियो |“मिठो रहेछ है म:म:” कति आखाले मात्र बोलोस,उनीले आफ्नु संबादबाट आखाको बार्तालापलाई पुर्णबिराम लगाउदै हामि बीच बार्तालापको नया वाक्य सुरु गरिन्|

“हेरेउ मैले भनेको ठाउँ कस्तो दामी |” केहि धाक लगाउनै पर्यो र यो कुरामा कसरि पछाडी पर्नु म |

“कति न उसले नै पकाएर ल्याएको जस्तो |” उसलाई बोलेर जित्न सक्छु भनेर सोच्नु मात्र पनि मुर्खता हो |

“ हैन त्यहि पनि..” आफ्नु कुरा राख्दै मात्र थिए,फेरी उनीले बिचमै रोकिन र मलाई बोल्न नदिएर “भयो धेरै गफ नहान,चुप लागेर खाउ |” भनेर पो भन्छिन |

भगवानले मुख देको भनेकै कि त बोल्न हुन् कि त खान,बोल्न उसले दिन्न,अभ मैले सक्ने काम गरे र उसलाई टुलु-टुलु हेर्दै म:म: चपाउने|
“के टुलु टुलु हेरेको माया तिमीले |” अभ जे गर्दा नि सुख छैन,मन लागेको तरिकाले हेर्न पनि नपाउनु मैले ? हुन त जिस्केर भनेकी हो उसले तर पनि मनै त हो,उसको अघि बिद्रोह गर्न सक्दैन तर भित्रै भित्र त संसारनै जितम्ला जस्तो गरेर उफ्रिन्छ |

“हेर्न पनि नपाउनु मैले ?” बालक-बोलीमा मैले पनि केहि फर्काए |

“आखाँ जुधाउने हो त ?” खुल्ला चुनौती पो गरिन् |

“नजिस्कन |” मेरो बानि भने केहि औनाठो थियो,जे कुरामा पनि जित्नै पर्ने | त्यसैले मैले नाई भन्न खोजे,म न आफु हारेको हेर्न चाहन्थे न त उसलाई हराउन |

“तिमि डराकी हो माया ?” महिलालाई सम्बोधन गरे जसरि सम्बोधन गरिन् त उसले मलाई | जिस्किन पनि निकै जिस्किने उनि|

उसको धेरै जिद्दी पछी,हामि आखाँ जुधाउने खेल खेल्न लागेउ | हामि फेरी एकपल्ट,एक अर्काको आखामा हेर्न लागेउ एकसुरले | म भने उनको आखामा हराए | उनले भने एक्कासी मेरो आखामा फु गरिन् र मैले आखा झिमिक्क गरे |

“मैले जिते!मैले जिते,हेरेउ तिमि हारेउ|” उनी खुसि हुदै मलाई जिस्काउन लागिन्| उनी आफ्नु जितमा हराउदै थिन् र म भने आफ्नु हारमा रमाउदै थिए |

Previous article
Next article

Latest Posts