यहि हो मेरो अतितको कथा जुन आज सम्म केहि मान्छेलाई मात्र थाहा थियो र आज सबैको सामु आयो| अतितको कुरा निकै भयो,अब पालो फेरी बर्तमानमा फर्किने,यता म शोभासंग बोल्दै थिए,याद छ? शोभाको मेसेजको रिप्लाई दिन बाकि छ, कुरा गर्न लागे म अभ शोभासंग| कुरा केहि मेरो,केहि उसको र केहि बिस्वासको,यसरि नै कट्यो त्यो रात,अनि रात संगै धेरै बात पनि|
सधै जस्तो फेरी अफिस तिर खुट्टा लम्काए आफ्नु,आज पनि| काम सधैको त्यहि हो,बदलिएको केहि छैन, बिहान देखि बेलुका सम्म मेरो तालिका उही छ, प्रयास भने जारि छ,बिस्वासको बारेमा थप केहि बुझ्दै जाने| एकैदिनमा कहाँ सबै जान्न सकिन्छ र अरुको बारेमा, तर विश्वास भने सकेसम्म अफिसको कुरा बाहेक अरु केहि नबोल्ने| आफ्नु बारेमा मैले केहि नसोधी कहिले नभन्ने, मैले सोधे पनि सोधे जति मात्र भन्ने उहाले, फेरी कुरा अफिसमा मात्र हुने, फेसबुकमा उहाले एक वा दुइ शब्द भन्दा बढीको जवाफ कहिले नफर्काउने|
शोभा पनि आइ काठमाण्डौबाट,उ आउनु अघि म जति खुसि थिए,उ आएपछि त्यतिनै दुखि पनि| म स्वार्थि भए होला तर म खुसि थिन उसको खुसीमा,जीवनको पहिलो पल्ट हो यो चाही| उसको जागिर काठमान्डौमा नै पक्का भयो, उ निकै खुसि थि, यहाँ भन्दा निकै राम्रो ठाउमा जागिर पाई उसले, उ उत्सुक थि र म भने खिन्न| उसले हासी हासी मलाई यो खबर सुनाइ तर म किन चाहेर पनि खुसि हुन सकिन उसको खुसिमा|उसलाई यो कुरा म भन्दा राम्ररी थाहाछ, उ एक्लो हुन्छु| मेरो बोल्ने साथि भनेको नै उही थि जो संग म जुन बेला पनि बोल्न सक्छु,चाहे त्यो मनको कुरा होस् या बकफुसे गफ होस्, एक अर्काको बहाना बनाएर कति कहाँ कहाँ पुगीन्थियो, मेरो घुम्ने साथि भनु कि मेरो अर्को हिस्सा,उ नै हो मेरो|
“अब त पनि काठमान्डौमा खोज एउटा जागिर,अनि फेरी संगै भइ हालिन्छ नि|” मेरो मन बुझाउनको लागि शोभाले भनेकी हो,म बाट टाढा हुने इक्षा उसलाई पनि छैन तर चाहेको सबै कहा हुन्छ| फोनमा बोलचाल त अबस्य हुन्छ तर मान्छे वरिपरी हुनुको महसुस नै बेग्लै हुन्छ|
“तलाई थाहाछ,त्यो सम्भव छैन,म आमा बाबालाई छोडेर कहिँ जानै सक्दिन|” आमा बाबा संग एक हफ्ता पर हुदा मेरो मन खल्लो हुन्छ,न्यास्रो लाग्छ मलाई, उहालाई छाडेर काठमान्डौ जाने कुरा मेरो दिमागमा कोसौ पर सम्म पनि छैन|
“हेर् केटि, अब कुरा सधै हुन्छ हाम्रो फेसबुकमा,धेरै चिन्ता नले| तर म गए भनेर मख्ख चाही नपर|” कस्तो अचम्मको कुरा म किन मख्ख पर्नु उ जादा खेरि,म रुन मात्र बाकि छ,उसलाई नराम्रो लाग्छ भनि आफ्नु आशु थामेर बसेकी छु|
“बौलाइस्?म किन मख्ख पर्नु?” निन्याउरो भए पनि रिसाएर प्रश्न गरे उसलाई|
“म गएपछी तेरो पैसा बच्छ नि,पार्टी दिनु परेन नि मलाइ| एक एक हिसाब राख्छु,अनि आएको बेला सबै पार्टी खान्छु|” उसले यति भन्दा उसको आखाँबाट आसुको केहि थोपा खस्यो,त्यसपछि न् उसले आफुलाई सम्हालन सकी न मैले| एक अर्कालाई अंगालोमा हाली,भक्कानिएउ हामि दुवै| सुगम पोख्रेलको एउटा गीत छ,त्यसको शब्दहरु आउन लागे मेरो मगजमा| “एउटा मान्छे बिदा मागि टाढा लाग्यो,बिदाइमा उसको माया झनै गाढा लाग्यो|” मा यहि अवस्थामा छु अहिले र शोभा पनि लागि काठमान्डौ तिर|
अचेल अफिसमा काम पनि निकै हुन लाग्यो, भन्नु मात्र ५ बजे सम्म ,जहिले ८ ९ बज्ने| धन्न बिस्वास हुनुहुन्छ, जसको कारणले म भुल्न सक्छु अरु कुरामा| हुन त उहाले केहि गर्नु भएको हैन,तर उहा मेरो लागि एउटा बिषय हो,जसको अध्यन गर्न म आफै लागिपर्छु| आज लगातार ५ दिन भयो अफिसबाट घर फर्किदा अबेला भएको, सधै जसो एउटा क्याफेमा पसेर हामिले कफी मगायौ र उहाले म:म: पनि, र सामान्य कुरा हुदै गयो|घर फर्किदा उहाले क्याफे जाउ भन्दा म नाई भन्न नै सक्दिन,जहिले उहाको काम चाडै सकिएको हुन्छ र मेरो ढिलो,त्यहि पनि मेरो लागि पर्खेर बस्नु हुन्छ अफिसमा, मैले गर्दा उहालाई जहिले ढिलो हुने र ढिलो भएपछी घरमा खाना पकाउन कसलाई मन लाग्छ र| उहालाई पनि त्यहि त हो,त्यसैले ढिलो भएको दिन म उहा क्याफेमा नै केहि खाएर जानु हुन्छ र उहालाई साथ दिन म पनि कफी पिउछु, त्यसैले उहाले क्याफे जाउ भन्दा म नाई भन्न सक्दिन| बितेका 4 दिन कुरा अफिसको हुन्थियो र केहि म आफ्नु बारेमा सुनाउथिए उहालाई र थप कुरा हुने भनेको बुटवल अनि काठमान्डौको बारेमा|
बितेक 4 दिन उही भएपनि,आज चाही केहि भिन्न भयो| आफैलाई बिस्वास गर्न गाह्रो पर्यो मलाइ, उहाले जवाफ खोज्नु भएको थियो तर मैले केहि बोल्न नै सकिन, मैले आशै नगरेको कुरा उहाबाट आएकोले होला|
