Part 35

 “कहाँबाट कसरि समात्नु भयो सर?” प्रश्न जुन मनमा थियो त्यो प्रहरी सामु राखे|

त्यहि नजिकै सी.सी क्यामेरा रैछ, त्यहाँबाट बाइक नम्बर र मान्छेको अनुहार प्रस्ट थाहा भयो| बाइक नम्बरबाट बाइक धनि पत्ता लागेछ र बाइक धनि चाही यी दुइ केटाको साथि रैछ| साथिको बाइक लिएर आएका रैछन् यो दुवै| साथिबाट यी दुइको मोबाइल नम्बर थाहाभयो र मोबाइल नम्बर ट्रयाक गरेर उनिहरु कहाँ छन् थाहाभएछ| होटेलमा बस्दै रैछन दुवै तर किन? होटेलबाट नै समातेर ल्याएका रैछन प्रहरीले|

“हजुरहरु चिन्ता नलिनु अब| यिनीहरुले यो सबै किन गरे हामि पत्ता लगाएर नै छाड्छौ|” प्रहरी दाइले हामीलाई बिस्वस्त बनाउन खोज्नु भयो| प्रहरी दाइको नाम प्रतिक लामिछाने रैछ| उहाले यिनीहरुलाई यति चाडैपक्रिनु भयो, अब उहाले जे पनि गर्न सक्नु हुन्छ भनेर म बिस्वस्त छु|

गल्ति परजुनाको हो, उनले कन्चनमाथि यस्ता हमला गराउन नहुने हो| तर त्यो गल्ति भन्दा पनि ठुलो गल्ति मेरो र कन्चनको छ| प्रहरी सामु नजानु नै हाम्रो गल्ति मान्छु| प्रहरी सामु उजुरी गर्न हामि पुगेको भए, सायद यो घटना यहाँ सम्म पुग्दैन थियो होला| पहिलो वा दोस्रो हमला पछी नै यो सबै अन्त्य हुन्थियो होला तर हामि प्रहरी सामु गयिनौ| त्यस बखत जे ठिक लाग्यो त्यहि निर्णय लियौ, अहिले अब त्यो निर्णयको निन्धा गरेर पनि हुन्न| जे भयो ठिक भयो, चाहे केहि अबेला किन नहोस्|

कन्चन र म घर पुगेउ| आजको हरेक पल निकै भिन्न छ र हरेक पलमा बेग्लै आन्दिय र मिठास भरिएको छ| दिउसो केहि क्षण भने खल्लो रहयो, तर त्यो पल मार्ग बन्यो  अहिलेको स्वर्गीय आनन्दको| घर पुगेर केहि मिठा बाट गर्दै थियौ र त्यत्तिकैमा प्रहरी दाइको फोन आयो| “परजुना” भन्ने नाम भन्नु भए उहाले| आजको घटना रच्ने व्यक्ति परजुना रहेको बताउनु भयो| प्रहरी दाइलाइ हामि अहिले सम्म पनि भनेका छैनौ कि यो पहिलो घटना हैन र यो नाम हामीलाई पहिले थाहाछ| प्रहरी दाइ नभनेर म नामले सम्बोधन गर्छु अब उहालाई| प्रतिक दाइले फोन गरेको केहि बेर पछी नै परजुनाको फोन आयो| परजुनाले अचानक फोन किन गरेकी होलिन्? फेरी फोन मेरो नम्बरमा हैन कन्चनको नम्बरमा आएको हो| म नै फोनमा बोल्छु भनि कन्चनलाइ भने तर उसले मानिन| लाउड स्पिकर गरेर कन्चनले फोन उठाइन्|

“ तलाई के लाग्छ? त यति गरेर सुरक्षित हुन्छस?”

“ मैले के गरे?”

“ के गरे रे? तैले प्रहरीमा उजुरी हालेको मलाई थाहा नभएको जस्तो गर्छस्!”

“थाहा रैछ त| अब तिन चार दिन खोरमा बसेपछि दिमाग आउछ तिम्रो|”

“तलाई के लाग्छ? तैले मलाई थुनामा पुर्याउन सक्छस्?”

“तिमि कानुन भन्दा ठुलो छौ जस्तो लाग्छ तिमीलाई?”

“कानुन मात्र हैन म सबै भन्दा माथिछु|”

“हेरौला अब|”

“ हेर्ने अहिले भोग्छस् अब तैले|”

“के गर्छौ र तिमीले त्यस्तो|”

“ बिस्तारै थाहा हुन्छ तलाई| अब त हरेक पल डराएर बाच्नेछस् र मर्ने इच्छा जाग्ने छ तेरो मनमा|”

 यति भनेर परजुनाले फोन राखिन्| उसको आवाजमा आक्रोश थियो, अब के गर्ने भइन् परजुनाले? कन्चन आत्तिएकी भने थिइन तर उनलाई केहि सान्तोना दिएर म आफ्नो घर फर्किने तरखरमा लागे| रातको ९ बजी सकेको छ, घरमा पनि चिन्ता मानेर बस्नु भएको छ होला| जुत्ता लगाउदै थिए, प्रतिक दाइको फोन आयो फेरी|

“के भयो दाइ?” 

“बाबु, मैले केहि गर्न सकिन| उनीहरुको माथि सम्म पहुच रैछ|”

“मतलब दाइ?”

“मलाई माथिबाट आदेश आयो उनीहरुलै छोड्नु भनेर| अब छोड्नै पर्छ|”

“हामीले केहि गर्न नै मिल्दैन भाइ अब|”

“ अनि अपराधीलाइ त्यत्तिकै छोड्न मिल्छ दाइ?”

“भाइ माथिको आदेश हो| मैले नमानी हुन्न|”

“कानुन लाग्दैन उनीहरुलाई?”

“कानुन बनाउने मान्छेले नै आदेश दिएको हो भाइ|”

“अनि यसरि कानुन मिच्न मिल्छ?”

“भाइ कानुन हाम्रो लागि मात्र हो| न्याय र कानुनलाइ त् उनीहरुले आफ्नो बेश्या बनाएका छन्|”

“अब के गर्ने दाइ?”

“मैले सक्दो कोशिश गरेको हो भाइ| अब मैले सक्ने भनेको यिनीहरुलाई रात भरि रामधुलाई गर्नु मात्र हो| भोलि बिहान रिहा गर्नु पर्छ|”

“हुन्छ दाइ| अब म के भनौ|”

“ मन खल्लो भयो होला तिम्रो, मेरो पनि भयो भाइ| मेरो बहिनिको पनि बलत्कार पछी हत्या भएको थियो| उनले न्याय पाइनन्, अरुलाई दिलाउछु भनि प्रहरीमा आए| तर त्यो पनि गर्न सकिन|”

“दाइ हजुरले पनि कोशिश गर्नुभएको हो, मन खल्लो नबनाउनु|”

“मैले गर्न सक्ने केहि छ भने फोन गर है| अनि नानिलाइ अलि बिचार गरेर मात्र बाहिर हिड्न दिनु|”

यति भनेर दाइले फोन राख्नु भयो र कन्चनले पनि हाम्रो सबै कुरा सुनीन्| उनको मुहारको हासो र चमक गायब हुन केहि बेर पनि लागेन| एक अर्कालाइ दिलासा दियौ, केहि हुन्न भनि| यसै बीच परजुनाको मेसेज आयो कन्चनको मोबाइलमा| “मैले मेरा केटाहरुलाई निकाले| अब तेरो जीवन बत्तर भन्दा बत्तर हुदै जान्छ|” यहि लेखिएको थियो| जति चिन्ता मान्यो त्यति चिन्ता लाग्ने, त्यसैले परजुनाको बारे केहि नसोच्ने भनि सहमति भयो म र कन्चन बीच| दुवैलाइ थाहाछ, हामीले जति सोच्न नखोजे पनि हाम्रो दिमागमा परजुना नै हुन्छे भनि|

भोलि पल्ट बिहान सधै जस्तो कलेज गए, परजुना भने घरमा नै बसिन्| डरले हो कि हिजोको चोटले, मलाई थाहा छैन| फेरी पनि हमला भएछ कन्चनमाथि| प्रहरीको मा नै जाने भयौ फेरी पनि| केहि भएपनि मदत मिल्छ कि भनि तर कुनै पनि सहयोग मिलेन अब उपाए के त| प्रतिक दाइलाई फोन गरे|

“दाइ कन्चन माथि फेरी पनि हमला भयो|”

“अनि के गरेउ तिमिहरुले?”

“यहि नजिकैको प्रहरीकोमा गयौ तर सहयोग मिलेन|”

“त्यो त मैले तिमीलाई भनेकै हो नि|”

“अब के गर्ने दाइ?”

“एउटा उपाय छ भाइ|”

“के उपाय दाइ?”

Previous article
Next article

Latest Posts