Part 36

“एउटा उपाय छ भाइ|”
“के उपाय दाइ?”
“मैले उपाय भन्नु अगाडी मलाई केहि प्रश्नको जवाफ चाहिन्छ|”
“हुन्छ दाइ सोध्नु न|”
“हिजो कन्चनमाथि जुन घटना भयो त्यो पहिलो घटना थिएन है?”
“हो दाइ, त्यो पहिलो घटना थिएन|”
“परजुनालाइ तिमिहरु मध्य एकले पहिलेबाट चिन्थीयौ है?”
“हो दाइ, म उसलाई चिन्थिए पहिलेबाट नै|”
“परजुनाले नै यो घटना रचेको भनि तिमिहरुलाई पहिलेबाट थाहाथियो है?”
“थाहा थियो दाइ|”
“सबै थाहाहुदा पनि तिमिहरुले केहि कदम चालेनौ है?”
“दाइ चालेर पनि के नै हुनेरैछ र! कानुन भन्दा माथिको मान्छे रैछन उसको पहुचमा|”
“उसले जे गरेपनि तिमिहरु चुप बस्छौ भनेर उनि ढुक्क भइ| त्यसैले उनि झन् मात्तिएकी हो र उसलाई थप प्रोत्साहन पनि मिल्यो|”
“झन् हामीले चालेको कदमले उनि उग्र भएकी छे,रिस छ उसको मनमा| बौलाएकी छे उ, अब जे पनि गर्न सक्छे|”
“उ पहिले भन्दा झन् उग्रह भएकी छे भनेर तिमीलाई कसरि थाहा भयो?”
“भर्खरै मेसेज गरेकी थिइ उसले कन्चनको मोबाइलमा| धम्कि र गालि बाहेक केहि छैन त्यो मेसेजमा|”
“ल मैले परजुनालाइ जुन जालमा फसाउन खोज्दै थिए, उ पहिले नै त्यो जालमा परिसकेकी रैछिन्|”
“मैले केहि बुझिन सर|”
“साइबर क्राइम भन्ने थाहाछ है भाइ| त्यहाँ परेको उजुरीमा कहिँ कतैको पहुच भएको मान्छेको पनि केहि लाग्दैन| परजुनाले पठाएको मेसेजलाइ नै ठोस् मुद्दा बनाएर तिमि उजुरी दर्ता गर|”
“ पक्का हो नि दाइ? त्यहाँबाट पनि उनि यसै फुक्ति भने उसको आक्रोशको कुनै सिमा नै हुन्न|”
“भाइ त्यहाँ दोषी साबित भयो भने धरौटीमा मात्र रिहा गरिन्छ| उसले त्यो धरौटी रकम जम्मा गर्न केहि दिन त लिन्छे होला नि| त्यो समय सम्म हामीले यसको हल खोज्न सक्छौ|”

दाइले यति भनेपछी मन निकै हलुको भएर आयो| डर अझै छ मनमा तर आशाको किरण पनि छ| भोलि बिहान कलेजको लागि निक्लिएको म, सिधै कन्चनको घरमा पुगे| त्यहाँबाट हामि दुवै ट्याक्सी चढेर साइबर क्राइमको मुख्य कार्यालय पुगेउ| प्रतिक दाइले भने जसरि नै त्यहाँ उजुरी दर्ता गरेउ| उजुरी दर्ता गर्ने बित्तिकै अनुसन्धान सुरु भयो र परजुनालाइ फोन लगाइयो| उसलाई त्यहि बोलाइयो र यदि उनि न आए प्रहरी गिरफ्तार गर्न आउने भनि जानकारी दिइयो|

९ बजे भित्र परजुना आउनुपर्ने भयो| परजुना आइ र उनको अनुहारमा छुट्टै हासो छ, सन्तुस्टिको हासो| आखिर उनको मनमा चल्दै चाही के छ? हिजो फोनमा आक्रोशित थियो उनको आवाज र अहिले मुस्कुराउदै छिन्| त्यहाँ परजुनासंग केहि प्रश्न सोधियो र उनले आफुले कुनै पनि गल्ति काम नगरेको भनि बयान दिई| उनको झुठ समातिन धेरै समय लागेन| कन्चनलाइ इन्स्टाग्राममा जुन आइडी बाट मेसेज आएको थियो, त्यसको आइपी ट्रयाक गरि हेर्दा परजुना दोषी साबित भइ| परजुनालाइ चेतावनी दिइयो र एक लाख धरौटी जम्मा गरे मात्र रिहा गरिने निर्णय भयो| अनि फेरी यस्तै क्रियाकलाप गरेको पाइएमा, थुनामा पर्ने पनि जनाइयो| एक लाख भनेको ठुलो रकम हो, त्यो जुटाउन उसलाई पक्कै पनि समय लाग्छ होला सोचेको तर त्यस्तो केहि भएन| उसले त्यो रकम बोकेर आएकी रैछिन्|

उनलाई यो रकम जुटाउन केहि समय लाग्छ र त्यो बेला सम्म हामि जुक्ति सोच्छौ भनि बसेको थियौ तर हाम्रो सबै उपाय खेर गयो| उनि धनि छे थाहाछ मलाई तर जे भए पनि एक लाख ठुलो रकम हो, कसरि यति छोटो समयमा मिलाई उसले?

“तलाइ के लाग्छ? प्रहरीले तलाई बचाउन सक्छ? मैले भने नि, प्रहरीले मलाई केहि पनि गर्न सक्दैन| मन छ भने अझै कोशिश गर् तर केहि हुदैन|” कार्यालयको गेट बाहिर आउने बित्तिकै परजुनाले कन्चनलाइ धम्कि दिई| अनि मलाई चाही हासेर हेरि परजुनाले र “बाइ बाइ माया|” भन्दै गइ| परजुनालाइ मैले चिनेको हो, उसलाई रिस  अपनी मसंग उठ्नु पर्ने हो नि तर यहाँ उल्टो छ| परजुनाले कन्चनलाई दुख दिदै छे र मसंग सामान्य छे| त्यहाँबाट ट्याक्सी चढेर हामि कन्चनको घरको लागि निक्लीएउ| सानोगौचरन पुगेको मात्र के थियौ, दुइटा बाइक हाम्रो ट्याक्सी अगाडी आएर रोकियो जसले गर्दा हाम्रो ट्याक्सी रोक्नु पर्यो| दुबै बाइकमा दुइ जना थिए र सबै ओर्लिए बाइकबाट र हाम्रो ट्याक्सी सामु आए| दुइ जनाले मलाई समाते र दुइ अरु दुइ जना मध्य एकले कन्चनलाइ समाते र अर्को ले कन्चन माथि झापड, मुड्की र लात बर्साउन लाग्यो|

उनीहरुको पकड यति बलियो थियो कि मैले केहि गर्न सकिन| मेरो सामु कन्चनलाइ अरु कसैले हात उठाउदा पनि म मुर्ति भएर हेरीरहे| कन्चनको ओठबाट रगत निक्लिएको म प्रस्ट देख्न सक्छु र उनको गालामा केहि डाम पनि बसेको छ| यति भएपछी ति केटाहरु  भागे| कन्चन रुन लागिन् र म उसलाई सम्हाल्ने लागे|  शारिरक पिडा र चोट कम भएको भनि उनले तर मानसिक रुपमा चोट निकै लागेको छ उनलाई र मलाई पनि| अब त हद नै पार भइसकेको छ| कहिँ पनि सुरक्षित छैनौ हामि, यस्तै महसुस हुन लाग्यो|

प्रतिक दाइलाई फोन लगाए र अहिलेको सबै घटना सुनाए| उहाले भेट्न भनि बानेस्वर बोलाउनु भयो| उहालाई हामीले सबै जानकारी दिएका पनि थिनौ| तर अब उहालाई सबै भन्नै पर्ने अवस्था आयो| परजुनाले यो सबै घटना रच्नु पछिको कारण भनेउ हामीले दाइलाई| अनि कन्चनको पेटमा बच्चा रहेको पनि बतायौ| अनि यो बच्चाको गर्भपतन गर्नु पर्ने भनि पनि भनेउ| अब के कदम चाल्ने भनि दाइलाई नै निर्णय लिन दिएउ हामीले|

“अरु जे भए पनि, कन्चन गर्भवती भएको परजुनालाइ थाहा हुनुहुन्न है भाइ|”
“हुन्छ तर किन दाइ?”
“जब तिमि कन्चनसंग सम्बन्धमा गासिएको त सहन सकेकी छैन उसले| कन्चनको पेटमा तिम्रो बच्चा छ भनि थाहा पाई भने त त्यो केटिले बौलाएर जे पनि गर्न सक्छे|”
“अब के गर्ने त दाइ?”
“ उपाय छ एउटा तर तिमीहरु राजि हुनुपर्छ|”

“के उपाय दाइ?”

Previous article
Next article

Latest Posts