“ल तिमीलाई हार्न नै मन रैछ, अब मेरो भन्नु केहि छैन| भिरबाट खसेकालाइ राम राम भन्ने हो, समात्न सकिन्न| तिमि कोहि संग सम्बन्धमा भएको भए एक्लै बार आउने थिएनौ| एक्लै बार आएपनि एक्लै बसेर यति धेरै पिउने थिईनौ| अहिले मसंग यसरि बोल्दिन थियौ| गएको १५ मिनेट, मसंगको बादबिबादमा लगाउने थिइनौ| यदि तिमि सम्बन्धमा भएको भए तिमिले मलाई यसरि “ के थाहा मेरो मनमा अरुले कब्जा गरि सकेको हुन सक्दैन?” प्रश्न नै गर्ने थिइनौ| ल माने बार एक्लै आयौ तर अहिले कोहिसंग फोनमा बोलि रहेको हुन्थियौ तिमि, यदी तिमि सम्बन्धमा भएकी भए| अझै भनौ कि पुग्यो?” एक एक पाटो नियालेर जवाफ दियो उसले| उसले भनेको एक एक शब्द सोर्ह आना नै सत्य छन्| तर मैले उसको सामु हार मान्नु हुन्न, नत्र बोलचाल बन्द हुन्छ|
“मैले भने नि, तिमि लेखकहरु चाहिने नचाहिने अनुमान मात्र गर्छौ| के थाहा मेरो साथि आउदैछ कि?” जति सक्दो त्यति वार्तालापलाइ तन्क्यादै छु| चाहे बकम्फुसे कुरा गरेर होस् या आफै बकमफुसे बनेर|
“अनुमान नै हो तर बकम्फुसे अनुमान हैन| तर्क छ मेरो अनुमानमा| अनि तिमि के गर्दै छौ थाहा छ? तिमीले अहिले कोहि आउछ या आउदै छ नभनी, के थाहा कोहि आउदै छ कि भनेउ| मतलब तिमि सम्भावना देखाउदै छौ र त्यो सम्भावनालाइ तिम्रो कुनै शब्दले सहयोग गरेको छैन| अनि फ्लिम हेर्ने भए कोहि सुरुमा नै आउछ, अन्तिम मध्यान्तरको पनि मध्यान्तरमा हैन|” यो बार्तालापमा उसले तर्क खोज्दै छ र म बोल्ने बहाना खोज्दै छु| तर्क खोज्ने भए म उहिले हारी सके तर बहाना खोज्ने भए म जित्दै छु| यहाँ उसको निम्ति उ जित्दै छ र मेरो लागि म जित्दै छु|
“म जस्तै तिमि पनि त एक्लो छौ अहिले| मतलब तिमि पनि एक्लो छौ भन्न मिल्छ त मैले?” जब बोल्ने बात र सोच दुवै सकिन्छ, तब यस्तो वहियात कुरा गर्न लाग्छु म|
“ अब तिमि अनुमान गर्न लागेउ| म अब तिमि जस्तो भएर बोल्छु| ल भन, म अहिले मात्र एक्लो भएको हो कि? अहिले हैन आज मात्र एक्लो भएको हु कि?” लेखकको यो सम्बादको जवाफ छैन मसंग| तर जवाफ नदिनु भनेको म हार्नु हो, अनि म हार्नु भनेको हाम्रो बार्तालापको अन्त्य हुनु| जवाफ नभएको हैन छ तर दिन नमिल्ने जवाफ हो|
“ खुब आज मात्र एक्लै रे? तिमि हिजो पनि एक्लै थियौ| अस्ति पनि| अहिले सम्म तिमिलाइ जति पल्ट देखेको छु, तिमीलाई हरेक बेला एक्लै देख्छु|” मैले भन्न नचाहेको जवाफ यहि हो तर बार्तालाप अन्त्य हुन्छ कि भन्ने डरमा यहि जवाफ दिए| अब उसले के सोच्यो होला? मेरो कस्तो प्रभाव पर्यो होला उ माथि|
“मतलब मलाइ सधै हेरिदै छ?” जे डर थियो त्यहि भयो| जे जवाफ आउछ सोचेको थिए त्यहि जवाफ आयो| आफ्नो खुट्टामा आफै बन्चरो हानेको थिए मैले, अब गर्न केहि सकिन्न|
“ हेर्नु र देखिनुमा फरक छ| हैन र?” जब कोहि संग केहि जवाफ हुदैन भने, प्रश्न सोध्नु नै सबै भन्दा उचित जवाफ हो र मैले पनि त्यहि गरे|
“ फरक छ, मैले छैन भन्न मिल्दैन| तर देखिएको सजिलै भुलिन्छ अनि भुलिन नसक्नेलाइ हेर्न खोजिन्छ| हैन र?” उसले जवाफ फर्कायो तर मेरो दिमागले बुझ्न नसक्ने जवाफ फर्कायो| उसले भन्न के खोजेको केहि बुझिन तर सुन्न चाही मजा आयो|
“ के भन्नु भएको हजुर? अलि बुझ्ने शैलीमा, नेपाली भाषा प्रयोग गरि भन्न मिल्दैन?” मेरो हरेक वाक्यसंगै हाम्रो बार्तालाप बढ्दै छ, म यसमै खुसि छु| उसले के सोच्दै छ भनि पर्वाह छैन मलाई|
“ ल तिमीले बुझ्ने किसिमले भन्ने प्रयास गर्छु र अहिले पनि बुझिनौ भने चाही तिम्रो दिमाग बदलिनु पर्छ| मान तिमी बाटोमा हिड्दै छौ अनि कसैलाई देखेउ| तिमीले त्यो मुहार सजिलै भुल्छौ यदि तिमिलाइ त्यो मान्छेमा केहि खास लागेन या केहि दिल्चस्बी छैन भने| तर यदि तिमीलाई त्यो अनुहार खास लाग्यो भने, अर्को चोटी देख्दा त्यो अनुहारलाइ चिन्छौ तिमीले र फेरी पनि हेर्न खोज्छौ| यहि हो फरक| अब बुझेउ?” उसले यति भन्दा पनि मैले बुझिन भने त् साच्चिकै मेरो दिमाग बदलिनु पर्छ|
“बुझे हजुर बुझे| तर खास लागेर मात्र कसैलाई हेरिने हो र? मान्छे त JCB ले बाटो खनेको पनि हेर्न जान्छन| तर त्यहा केहि खास हुन्न नि|” लेखकसंग बोल्दा बोल्दै मैले पनि शब्दको प्रयोग गर्न सिक्दै छु|
“ कोहि फ्लिम हेर्न जादै छ भने उ बाटो खनेको हेरेर घन्टौ बस्छ? बस्दै नि? यदि कोहि आफ्नो रुचीको काम गर्दै छ या रमाउदै छ भने के उसले JCB ले बाटो खन्दै गरेको हेरेर बस्छ? बस्दैन? यदि तिमिसंग बाटो खनेको हेर्ने बाहेक केहि रोमान्चंक काम छैन भने मात्र तिमि बाटो खनेको हेरेर बस्छौ| यदि तिमि त्यो भन्दा मनोरंजनको र रमाउने काम गर्दै छौ भने तिमि बाटो खनेको हेर्दिनौ|” फेरी पनि उसले के भन्यो भनि बुझिन| उसले के भन्दै छ बुझे तर उसको भनाइको सार के हो बुझिन|
“के भनेको के? लेखक हु भनेर जताई हाल्नु पर्छ? बुझ्ने गरि भन न|’ बुझ्न नसकेपछि, उसलाई सोध्नु बाहेक केहि अरु उपाय छैन|फेरी उसको शब्द उसले भन्दा कसले राम्ररि बुझाउन सक्छ|
“ यस्तो रमाइलो माहोल छ| रक्सि, संगीत संगै तिमि पनि रम्दै छौ यति रमाइलो छाडी मसंग बोल्न आयौ र बोल्दै छौ| दिल चस्बी नभएको भए त पक्कै पनि बोल्थिनौ होला|”लेखकले पहिले शब्दको अँगालोमा कस्यो र मायाले मार्यो मलाई| चित्त बुझ्दो जवाफ पाए| केहि बोल्न मन छैन अब| हार त् उहिले स्वीकारेको थिए अब हार संग जिउन पनि तैयार छु|
“लेखकसंग बोल्नुको बेफाइदा यहि हो| थाहा छ उसले बोलेर जित्न दिदैन तर पनि बोल्न मन लाग्छ| तिमीले के भनेउ बुझिन मैले तर पनि सुन्न आनन्द आयो| लेखक भनेको लेखक हो|” हार स्वीकारे र हार स्वीकार्ने तरिका पनि बेग्लै छ मेरो|
“ म लेखक हु भनेर कसरि भन्न सक्छौ? ” उसले जितको खुसि मनाउनु पर्ने हो तर मसंग प्रश्न गर्दै छ|
“ तिम्रो बोल्ने शैली, तिम्रो शब्द| जसले पनि भन्न सक्छ तिमि लेखक हो| अघि देखि डायरी लिएर लेखेर बस्दै छौ| अरु पनि केहि भनौ कि पुग्यो?” एउटा नया बिषयमा बार्तालाप सुरु भयो र अब जित्ने पालो मेरो|
“ डायरी लिएर बस्दैमा र लेख्न खोज्दैमा लेखक भइन्छ त? के थाहा म भर्खर लेख्न खोज्दै छु कि? के थाहा म संग लेखनलाई न कुनै कहानी छ र न कुनै कला छ?” उसको यो जवाफले मेरो जित्छु भन्ने आशहरु सबै उडाएर लग्यो| तर म पनि कम छैन, मसंग पनि जवाफ तैयार छ|
“जब कोहिसंग लेख्ने कुनै कहानी हुन्न नि, उसले आफ्नो कहानी लेख्छ, अनि उसको त्यहि कहानी अहिले सम्मको उत्कृस्ट हुन्छ|” मसंग भएको जवाफ यहि हो र यहि जवाफ दिए|
“ ल भयो छोड यस्तो कुरा| कति उभिन्छौ? आउ बस, कि एक्लै बस्ने इरादा छ?” उसको यो जवाफको मतलब मेरो जित हो| उसंग केहि जवाफ नभएर उसले बातचित अन्तै मोडेको हो| उसले संगै बस्ने प्रस्ताभ गर्दा मैले नाइँ कसरि भन्नु| उसको छेउमा गएर बसे|
एकछिन दुवै चुप अनि
