६ महिना कति चाडै कट्यो पत्तो भएन| जिन्दगिमा सबै राम्रो चल्दै थियो र अचानक एकदिन फोन आयो निष्ठाको| अचानकको फोनले अचम्मित बनायो| यस्तो हैन कि निष्ठालाइ बिर्सिए मैले, मुटुको कुनै एउटा कुनामा ठुलै महत्व लिएर बसेकी छे उसले| उ मेरो लागि यस्तो अमुल्यछे, उसलाई त्यहाँबाट फ्याल्न मिल्दैन तर भबिस्यको कुनै हिस्सामा ढाल्न पनि मिल्दैन| पहिले जस्तो उसको फोनले मलाई कम्जोर पनि नबनाउला सायद| भावनाहरुबाट निकै पर बस्ने गरेको छु अचेल, त्यसैले केहि कुराले खासै असर नगरेको होला|
“हेल्लो कस्तो हुनुहुन्छ?” उसले फोन गरेकी, सुरुमा मैले हेल्लो भन्नु पर्ने हो तर मैले फोन उठाउने बित्तिकै उसैले यति भनि|
“सन्चै छु, तलाई कस्तो छ?” उसको प्रश्नको जवाफ फर्काएर, उसको प्रश्न फेरी उसलाई नै गरे|
“सन्चै छु म नि| के गर्दै हुनुहुन्छ?” सबैको गफ यसरि नै सुरु हुन्छ होला है| सुरुमा कस्तो हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ. उसले पनि यसरि नै कुरा अघि लगी|
“खाना पकाउदैछु, त नि?” आज किन मलाई अनौठो महसुस हुदैछ? निष्ठासंग पहिलो पल्ट बोलेको जस्तै लाग्दैछ आफैलाइ|
“मामु बाबा घरमा हुनुहुन्न र?” उसंगको 4 बर्षको सम्बन्धमा, मैले खाना पकाएको भनि उसले एकदिन पनि थाहापाकी थिइन, घर हुदा जहिले मामुले पकाउने| उसको यो प्रश्न स्वाभाविक नै लाग्यो|
“मामु बाबा काठमान्डौमा हुनुहुन्छ, म बुटवल|” केहि लुकाउनु छैन निष्ठासंग, नत्र बुटवल आएको भन्थिन होला|
“हजुर किन बुटवल? पंकज दाइसंग घुम्न गएको हो?” निष्ठाले यति भनेपछि मात्र याद आयो, मैले उसलाई भनेको नै छैन कि म बुटवल बस्छु भनि| भन्नलाइ हामि बीच कुरा हुनुपर्छ, कुरा आज ६ महिना पछी हुदैछ| अनि मैले बुटवल बस्ने निर्णय पनि निष्ठासंग अन्तिम पल्ट गफ भएपछी मात्र लिएको हो|
“मेरो काम नै बुटवलमा हो, यहीको कम्पनिमा काम गर्छु|” उ कति उत्सुक भएर प्रश्न गर्दैछे, अनि म चाही कुनै भाव बिना जवाफ दिदैछु|
“किन नि? कहिलेबाट?” उसको हरेक प्रश्नमा उत्सुकता भरपुर मात्रामा छ|
“६ महिना भयो होला|” उसको प्रश्नको जवाफ दिने मात्र भयो मेरो काम आज|
“अनि?” सायद उसको प्रश्न सकियो र अब हामिसंग बोल्नलाई अरु केहि बिषय छैन|
“अनि के?” मैले अघिनै भने मेरो काम भनेकै निष्ठाको प्रश्नको जवाफ दिनु हो, उसको प्रश्न सकियो र प्रश्न बिना कुनै जवाफ हुन्न| त्यसैले मसंग पनि थप गफको लागि केहि बिषय छैन|
“बोल्नु न, जे भएपनि|” जे भएपनि बोल्नु र रे, के हुन्छ त्यो जे भएपनि भन्ने? उसलाई आज मसंग बोल्न लाइ यति मन लागेको चाही किन?
“प्रकाशको खबर के छ?” आजको पहिलो प्रश्न, मेरो तर्फबाट निष्ठाको लागि|
“हामि संगै छैनौ अहिले|” उसको यो वाक्यले मेरो मनलाइ चिसो बनायो| किन? कसरि? कहिले? यस्तै धेरै प्रश्न आए मेरो मनमा|
“ तैले कि त्यसले?” प्रश्न अधुरो छ तर अधुरो नै ठिक छ यो प्रश्न| मैले के भन्न खोजेको उसले मज्जाले बुझी होला|
मेरो यो प्रश्न पछी एकछिन सम्म उसको तर्फबाट मैले केहि अवाज नै सुनिन| एकछिन सम्म म नि केहि बोलिन तर मौनता लामो समयको लागि करार रहेपछि नबोली बस्न सकिन| “हेल्लो, ओइ के भयो,” यस्ता धेरै प्रश्न गरे तर पनि जवाफ आएन| हामि बिचको मौनता निष्ठाको रोधनको अवाजले तोड्यो| आखिर मैले त्यस्तो के प्रश्न गरे त्यस्तो जसले उसलाई कम्जोर बनायो, मैले आखिर त्यस्तो के प्रश्न गरे जसले गर्दा उसले आफुलाई रोक्न सकिन?
एकछिन लाग्यो उसलाई चुप लगाउन, अनि त्यसपछी उसले कारण भनि, आखिर किन टुट्यो उसको र प्रकाशको सम्बन्ध| यहाँ कोहि मायाको लागि ज्यान दिन तैयार छ र कसैले मायालाइ खेल बनाएको छ| मान्छेहरुले के पाउछन के अनायासै कसैको मन दुखाएर र मुटु टुक्राएर? माया भनेको देउता हो, अनि देउतालाइ पुजिन्छ| आखिर कसरि कसैले देउतालाइ कुल्चिएर देउताको अनादर गर्न सक्छ? प्रकाशले निष्ठालाइ ढोका दिएछ| निष्ठालाई मात्र हैन, अझै एउटा केटीलाई पनि| मायामा यहाँ कसैले ज्यान दिन्छन र कसैले धोका, के गर्नुछ यस्तै छ यो माया भन्ने चिज|
“कहिले भएको यो सबै?” निष्ठा अघि जति उत्सुक थिइ, म अहिले त्यहि ठाउमा छु, त्यति नै उत्सुक छु म पनि|
“हिजो|” उ अझै पनि रुदै छे|
“अब नसोच त्यो मान्छेको बारेमा, यस्तै हो छोड्दे|” निष्ठालाइ सान्त्वना दिन बाहेक अहिले म अरु केहि गर्न काबिल छैन|
“त्यसैले हजुरलाई फोन गरेको हो मैले|” उसले के भन्न खोजेकी मैले बुझिन, उसले मेरो सान्त्वनाको लागि फोन गरेकी?
“यस्तो बेला मनमा कुरा राख्नु हुन्न, भन्नु पर्छ| ठिक गरिस्|” अब के बोल्ने भनि म आफै अकबक हुन लागे, यति मात्र बोल्न जाने|
“मैले यो कुरा भन्न हजुरलाई फोन गरेको हैन, कुरा अर्कै छ|” निष्ठाको हरेक वाक्य रहस्यमय हुदैछ, एक पछी अर्को गरि मेरो मनमा कुराहरु खेल्न लागे|
“के कुरा भन्न लागेकी?” म एक पछी अर्को पलमा झानी उत्सुक हुदैछु, निष्ठाको मनमा रहेको कुरा जान्नलाइ| मेरो यो प्रश्न पछी निष्ठाको के जवाफ आयो, त्यसले मेरो धेरै प्रश्नहरुको जवाफ दियो| त्यो प्रश्नहरु जुन मेरा मनमा धेरै अघि चिहानको मुर्दा झैँ गाडिएर बसेका छन्|
