सबै किन यस्तो द्रुत गतिमा? किन कथा यति चाडै समाप्त भयो? कथा समाप्त भएको छैन| पंकजको भावना ब्यक्त गर्न अझै बाकि छ र सनिराले दिएको धोकाको कहानी पनि भन्न अझैँ बाकि छ| पंकजको कहानी अझै बाकि छ र बाकि छ अरु धेरै रहस्य| कथाको नाम नै अधुरो छ र कथा अधुरो नै हुनेछ तर यति सम्म अधुरो भने हैन| कथा अब सनिराबाट फेरी सुरु गरौ न|
केहि यस्ता रहस्य छन् जसमा सनिराले पर्दा हालेकि छिन्| सत्य लुकाएको हो, झुठ बोलेको हैन सनिराले| सत्य लुकाउनु र झुठ बोल्नु उही हैन र? कुरो र कुलो जता लग्यो त्यतै जान्छ| सोचको भमरीमा नफसी, सनिराको कथा तिर लाग्नु पर्छ| अब जे उल्लेख हुन्छ त्यो सत्य हुन्छ, सनिराले पंकजलाइ कहाँ कहाँ झुठ बोलिन्, त्यो छुट्टयाउने कार्य पाठकको|
एस.एल.सी सकिएको दिन नै सनिरा नेपाल छाडी इंडियाको लागि हिडीन्| हजुरबुवालाइ निकै नै गाह्रो भएको र थला पर्नु भएको भनि भनियो सनिरालाइ| सनिरालाइ यसरि अत्तालिएको थियो, मानौ हजुरबुवा अहिले अन्तिम सास लिदै हुनु हुन्छ र छिटो गरिएन भने सनिराको मुख हेर्न पाउनेछैन| अवस्था नाजुक थियो पनि होला तर सनिरा पुग्दा हजुरबुवाको अवस्थामा सुधार आइसकेको थियो| बुढेसकालमा रोगले च्याप्नु सामान्य हो| कहिले कुन रोगले दुख दिन्छ र कहिले| उमेर 80, रोग हजुरबुवाको जीवनको पारिवारिक सदस्य झैँ भएको छ, जहिले वरीपरि हुने|
सबैलाई थाहाछ, हजुरबुवा अब केहि दिनको लागि मात्र यो संसारमा हुनुहुन्छ| मृत्यु सत्य हो र सत्य जहिले तितो हुन्छ| यो सत्यलाइ भुलाई, हजुरबुवाको बाकि रहेको सबै पल खुसि साथ बिताउन खोज्दैछन् सबै| सनिरा झन् सबै भन्दा प्रिय नातिनी, हजुरबुवाको मनमा बसेकी नातिनी| हरेक समय हजुरबुवाको छेउमा हुन्छिन्| एस.एल.सी. को रिजल्ट आउन हफ्ता दिन बाकि, सबैले नेपाल गएर हफ्ता दिन बस् अनि आइज भन्दै थिए सनिरालाइ तर सनिराले मानिन| रिजल्ट आएकै दिन जान्छु भनि अडिक भइ|
कालले कति नराम्रोले ठग्ने रैछ| अरु दिन भन्दा हजुरबुवालाइ आज बिहान सन्चो छ| आफैले खाना र औसधि माग्नु भयो| महिनौ देखि ओछ्यानबाट एक पाइला बाहिर नटेक्नु भएको मान्छे, आज छत सम्म पुग्नु भयो| सबैसंग बोल्दै हुनुहुन्छ| केहि दिन अगाडी देखि होस हराएर मान्छे चिन्न सक्नु हुन्थिएन तर आज सबैको नाम लिएर गफ गर्दै हुनुहुन्छ| नाम मात्र हैन, जो संग बोल्नु हुन्छ, उसंग बिताएको पल पनि सम्झिनु हुन्छ| सबै खुसि भए हजुरबुवालाइ सन्चो भयो भनि| दियो निभ्नु अघि फर्फराउछ नि, हजुरबुवा पनि त्यहि दियो हो| कालले ठगेको रैछ सबैलाई, बिहान सबैलाई खुसि बनाइदियो र बेलुका ९ बजे रुवाबासि गराइदियो| हजुरबुवा त्यहि दिन बेलुका ९ बजे बित्नु भयो| सबै शोकमा छन्, सबै पिडामा छन्| सबैले सैयम भएर बस्नु पर्ने हो तर सबै पिडामा भौतारिदै छन्| एक पछी अर्को गरि सबै सम्हालिए तर सनिराला सम्हाल्न निकै गाह्रो भयो|
सबैले प्रयास गरे सनिरालाइ चुप लगाउने तर कसैले सकेनन्| सनिराको धेरै यादहरु जोडिएको छ हजुरबुवासंग, सबै भन्दा प्यारी थिइन् उनि हजुरबुवाको| रुदा रुदै अचेत भइन् उनि र एकछिनमा होस् आयो| होस् आउनसाथ फेरी रुन लागिन् र चुप लाग्ने नाम नै छैन| जति सम्झाई बुझाइ गरेपनि रुन छाड्ने हैन सनिरा| “हजुरबुवाले तलाई जहिले खुसि हुनु भन्नु हुन्थियो हैन? त नै यसरि रोइस् भने उहाको आत्माले शान्ति पाउछ? तलाई देखेर हजुरबुवा पनि रुनु हुन्छ| हजुरबुवालाइ रुवाउन चाहनछस् त? उहालाई गुमाउदा यति गाह्रो भएको छ हामीलाई, तर उहालाइ सधै बिरामी भएर पिडामा बाच्न कति गाह्रो भएको थियो होला| पिडाबाट मुक्त हुनु भयो| खुसि हो त भन्दिन तर नरो छोरी|” सनिराको मामुले यति भनेपछी सनिरामामुको काखमा गएर लुत्रुक्क परिन्|
सबैले भनेको मानेको भए अहिले सनिरा बुटवलमा हुन्थीन् र हजुरबुवाको मुख पनि हेर्न पाउदिन थिइन्| यस्तो समयमा नेपाल जानु भन्दा ठुलो गल्ति के हुन्थियो होला सनिराको जीवनको| उसले ढिप्पी गरेर इन्डिया बस्नु नै उनको सहि कदम हो| १३ दिनको कामक्रिया पछी सनिराको मामु फर्किनु भयो तर सनिरा फर्किन चाहिन| अहिले सम्म हजुरबुवाको मृत्युको शोकबाट उनि बाहिर आएकी थिइन|
केहि दिन पछी कलेज सुरु भयो सनिराको| कलेजले ब्यस्त तुल्यायो सनिरालाइ र उनि सामान्य हुदै गइन्| कलेजमा के कसो हुन्छ भनि रहनु पर्दैन| सबैको कम-बेसी त्यहि नै हो| सुरुमा कोहि चिनेको हुदैनन् अनि बिस्तारै केहि चिनीन्छन र त्यसपछि अझै धेरै साथि बन्दै जान्छन्| नेपालमा मामु-बाबासंग बोल्नलाइ whatsapp प्रयोग हुने भएकोले सनिराले अहिले सम्म पनि फेसबुक खोलेकी छैन|
बिहान कलेज भएपनि पुरै दिन र रात खालि समय हुने उनिसंग अनि फेरी नानाथरी सोच्ने बानि उनको| Instagram चाही चलाउने गर्छिन् सनिराले| पंकजको याद आउने उनलाई| पंकजसंग बोल्न मन लाग्ने उनलाई|किशोर अवस्थाको सुरुवातकै केहि बर्ष पंकजसंग बिताएकी हो सनिराले| आकर्षण र बोल्ने चाहना दुवै छ पंकज प्रति| Instagram मा खोजिन् उनले पंकजलाइ तर भेटिन| पंकजको लागि भएपनि फेसबुक खोलिन् उनले तर आफ्नो नाम राखिनन्| दुइटा कारण छ यसको|
पहिलो अप्ठेरो लाग्यो उनलाई | हुन त दुवै साथि हुन् तर पनि अप्ठेरो मानि सनिराले| पंकजले के सोच्ने हो सोच आयो उनको मनमा| पंकजले पनि त उनलाई instagram खोजि बोल्न सक्छ नि भनि सोच्न लागिन्| मुर्ख के उनि मुर्ख नै हो| पंकजको Instagram छैन, अनि कसरि खोजोस् उसले सनिरालाइ Instagram मा| पंकजले सनिरालाइ फेसबुकमा नखोजेको भने हैन तर भेटेन| भेट्नलाइ सनिरा फेसबुकमा हुनु पर्यो नि| यहि कारणले अहिले सम्म दुबैको बोलचाल भएको छैन एस.एल.सो पछी|
अर्को कारण बाकि छ हैन? पंकजको मन चोर्न मन थियो सनिरालाइ| अगाडी हुदा जो पनि असल र उत्कृष्ट बनेर देखाउन खोज्छ| तर उ कति राम्रो छ भनि जान्नु छ भने अन्जान बनेर बोल्नु त्यो व्यक्ति संग| हो सनिराले पनि त्यहि कारणले “ज्ञानु” नामबाट फेसबुक अकाउन्ट खोलिन् र पंकजलाइ फ्रेन्ड रिक्वेस्ट पठाइन्| पंकजको नियत जाच्ने प्रयास सनिराको असफल भयो भन्ने कि सफल| सात दिन सम्म पनि उनको फ्रेन्ड रिक्वेस्ट एसेप्ट भएन| दिउसो भरि गर्ने काम केहि छैन र बोल्ने मान्छे कोहि छैन| यसरि खालि बस्यो भने बौलाउछु सोचिन् र पुस्तकालयमा काम गर्न लागिन्|
नया ठाउ र नया
