Part 36

फोन उठाउन उपयुक्त मानेन पंकजले तर पुरानो घटना फेरी आखाँ अगाडी आयो पंकजको| अनि मोबाइल चार्जबाट निकाल्यो र सनिराको औला प्रयोग गरेर अनलक गर्यो| कल लग हेर्यो अनि चकित भयो| महेश नाम गरेको व्यक्तिबाट दैनिक 3 देखि 4 पल्ट फोन आउने रैछ तर सनिराले त्यो कल एकपल्ट पनि उठाएकी थिइन|पंकजको मगजमा मिश्रित भावनाहरु उब्जिए|

आखिर “महेश” को हो र सनिराले उसको फोन किन नउठाएकि? सनिराले महेशको बारेमा किन पंकजलाइ केहि भनेकी छैन? जब सनिराले महेशको एउटा पनि कल रिसिभ गरेकी छैनन् भने सनिराले पंकजसंग केहि गलत पनि पक्कै गरेकी छैन| मतलब पंकजले सनिरासंग रिसाउनु पनि फिजुल भयो| पंकजले अनायसै शंका गरेको सनिरा माथि|कि केहि यस्तो अवस्था पनि हुन सक्छ जुन सनिराले आफै सम्हाल्न खोज्दै छिन्| सनिरा माथि शंका गरेर पंकजलाइ आफैसंग आत्माग्लानि हुदैछ| पंकजले सनिराको फोन लक गरेर फेरी चार्जमा हालेर आफ्नो कोठा फर्किनलाइ सनिराको कोठाको ढोका धप्कायो|

त्यत्तिकैमा सनिराको फोन फेरी बज्यो| यो पालि फोन हैन मेसेज आएको| पंकजलाइ अब त्यो मेसेज नहेरी भएको छैन| पंकजको मन मानेन र उसले फेरी पनि सनिराको मोबाइल अनलक गर्यो| मेसेज whatsapp मा आएको हो, पंकजले whatsapp खोल्यो| मेसेज अरु कसैको नभएर महेशको नै थियो|
“Why didn’t you call back?” महेशले सनिराको whatsapp मा यो मेसेज गरेको छ| पंकजले सनिराको whatsapp मा के के छ भनि हेर्न लाग्यो| मेसेज केहि भेटेन तर दिनहु महेश र सनिराको whatsapp मा फोन हुने थाहा पायो| फोन कल २-३ मिनेटको पनि हैन, घन्टौ हुन्छ| पंकज फेरी पनि उदास भयो| उसले केहि बुझ्नै सकेन के गर्ने भनि|
“ I know you are there. Call me right now.” फेरी पनि अर्को मेसेज आयो महेशको| पंकजलाइ सहन भएन र पंकज आफ्नो कोठा गयो| कोठा पुग्ने बित्तिकै आधा बोतल रक्सि ठाडी घाटी लगाएर पियो| साजन निदाएको छ र उसको छेउमा दुइ सटिक गाजा तैयार छ| एक पछी अर्को गरि दुवै गाजा सल्कायो| पंकजको प्रश्न र रिस अझै पनि मेटिएको छैन| सनिराले उसलाई किन ढोका दिदै छिन् भनि रिसाएको पनि छ र जवाफ पनि खोज्दै छ| चुरोट पनि भेट्यो र सल्कायो चुरोट| उसले चुरोट जलाउन खोजेको हो, आगो पनि चुरोटमा नै लागेको छ तर जल्न चाही पंकज आफै जल्दैछ| अघि भर्खर ठाडो घाटी लगाएको रक्सि सबै निक्लियो एकैछिनमा| वाक्यो पंकजले र निदाएछ|

भोलिपल्ट पंकजको टाउको सहन नसक्ने गरि दुखेको छ| रक्सिले हो कि दिमागमा रहेको प्रश्नले, पंकजको टाउको भारि भएको छ र मानौ कसैले हतौरा प्रहार गर्दैछ| सनिरा आइन् पंकजको छेउमा र अन्गालो हालिन्| यहाँ मायाको सहरमा भुइचालो आएर सबै तहसनहस भइसक्यो तर सनिरालाइ केहि थाहाछैन| पंकजले सनिराको अंगालो अस्विकार गरेर उनको हात पन्छाउनु पनि जरुरि ठानेन तर अन्गालोको बदलामा आफुले अन्गालो चाही हालेन सनिरालाइ| सनिराले बोलाउन खोज्दा पनि पंकजले केहि बोलेन| टाउको दुखेकोले पंकजले यस्तो व्यवहार गरेको सोची सनिराले पनि केहि नबोली आफ्नो कोठामा गइन्|

पंकजले मनमा कुरा नखेलाएर सिधै सनिरासंग प्रश्न गर्नु पर्ने हो तर गरेन| सनिराले गल्ति गरेकी छिन् भनेर उसले आफैले फैसला सुनायो| आफै न्याय दियो तर  आफैले गल्ति गर्दैछु भनेर भुल्यो पंकजले| “महेश को हो?” पंकजले सनिरासंग यति मात्र प्रश्न गरेको भए, अहिले पंकजको टाउको पनि हलुको हुन्थियो र मन पनि| पंकजलाइ घुम्न जान मन थिएन तर साथिहरुले लागे| सबै रमाउदै छन् तर पंकज रमाउन सकेको छैन| जहाँ जहाँ घुम्न गएपनि पंकज लुत्रुक्क परेर बसेको छ| नुन खाएको कुखुरा जस्तै| उसको मनमा पिडा छ र चेहेरा उदास| उदास चेहेरा सबैले देखे तर कारण कसैलाई थाहाछैन|

साझ फर्किएर कोठा पुग्दा पनि पंकज उदास नै छ| कोठा फर्किने बित्तिकै त्यहि त हो, सबैले फेरी रक्सि समाते| पंकजले पनि रक्सि लिएर बसेको थियो तर केहि भिन्न छ उसको स्वभाव| अरुले भर्खर दुइ गिलास रक्सि सक्किदा उसले ८ गिलास सकीसकेको छ|  रक्सि र माया, जति थाम्न सकिन्छ त्यति मात्र लिने हो नत्र वाकिन्छ| त्यहि भयो पंकजसंग पनि, वाक्यो उसले| वाक्यो अनि ढल्यो| सौगात र बिशालले पंकजलाइ बोकेर नै कोठा लगे| बिहान उठ्दा पंकजको टाउको फेरी पनि दुखेको छ|

असाध्यै टाउको दुखेको छ र आफु बाइक चलाउन नसक्ने पंकजले बतायो| यो बहाना हो कि पंकज साच्चिकै बिरामी छ, उसलाई नै थाहा होला| पंकजलाइ सनिराको अनुहार हेर्न मन छैन| बाइकमा सनिरालाइ बसाइ त्यति लामो बाटो लग्न मन नलागेर उसले बहाना बनाएको हुन पनि सक्छ या लेखकले यहाँ धेरै पाप सोच्दै छ पंकजको बारेमा| सनिरा सौगातको बाइक पछाडी बसिन् र पंकजको बाइक साजनले चलायो| सनिराको मुहारको चमक घटेको छ| कारण दुइटा छ| पहिलो पंकजलाइ बिरामी देखेर अनि दोस्रो पंकजसंग संगै हुन नपाएर| बुटवल पुगे सबै तर पंकज भने एक हफ्ता कलेज नै गएन|

चाहेर कलेज नगएको हैन, कारण छ| पंकज काठमाण्डौ जानु पर्यो अचानक| बाबा मामुको कामले गर्दा पंकज काठमान्डौ जादै छ| अरु कुनै बेला भएको भए जिद्दी गरेर जान्थिएन होला तर अहिले एक शब्द नबोली गयो| काठमान्डौमा हफ्ता दिन बस्यो र एकदिन पनि मोबाइल अन गरेन| सनिरासंग बोल्नु पर्छ भनेर त होला| बुटवल फर्किएपछी, सिधै कलेजमा भेट भयो सनिरासंग|  आज सनिरालाई घर लिन पनि गएन पंकज| कलेज भरि सनिरासंग एक शब्द पनि बोलेन|

“के भयो के तिमीलाई? मसंग रिसाएको हो? के गरे मैले?” कलेजबाट फर्किदा मोमो खाना रोकिएका छन् दुवै र सनिराले प्रश्न गरिन्| यति दिनमा पंकजलाइ पनि सनिराको याद खुबै आउथियो तर उसले जिकिर गरेन| याद नआउने भए अहिले पंकज सनिरासंग संगै खाजा खान बस्थिएन|
“महेश को हो?” हफ्ता दिन देखि आफ्नो मनमा रहेको प्रश्न पंकजले सनिरालाइ सोध्यो| सनिरालाइ यो प्रश्नले धक्का पुग्नु पर्ने हो तर पुगेन| उसले सहज भएर जवाफ दिईन्| “मेरो मामा हो|” सनिराको जवाफ| सनिराले यत्ति भन्ने बित्तिकै पंकजलाइ याद आयो कि सनिराको मामा इन्डियामा हुनुहुन्छ| पंकजले एक एक कुरा भन्यो सनिरालाई चितवनमा उसले के के गर्यो भनि| अनि पंकजले माफी पनि माग्यो सनिरासंग| सनिराले पनि पंकजलाइ अन्गालोमा हालिन् र माफी दिईन्|

यो घटनापछी एक पल्ट पनि झगडा भएन सनिरा र पंकजको| अन्तिम परिक्षा पनि सकियो र परिक्षा सकिएपछी सनिरा एक हफ्ताको लागि मामाघर(इन्डिया) गइन्| पंकज पनि परिक्षा सकिने बित्तिकै काठमान्डौ जानु पर्ने हो तर घरमा जसो तसो गरि २ हफ्ताको लागि बुटवल बस्ने भनि कुरा मिलायो| बुवा ममी काठमान्डौ र पंकज मात्र बुटवल|  सनिरा इन्डिया गएको चौथो दिन, सनिराको ममीको फोन आयो पंकजलाइ| सनिराको मामुले पंकजलाइ घर बोलाउनु भयो| सनिराको घरको इन्टरनेट बिग्रिएको रैछ र त्यसैले मामुले बोलाउनु भएको|
“सनिराको मामाहरु किन नेपाल न आउनु भएको?”
“ 3 बर्ष भइसक्यो नेपाल आएको|”
“अनि सनिरा इन्डिया मामाघर गएकी हैन?”
“हैन, साथिहरुलाई भेट्न गएकी हो|”

पंकजको अगाडी उसको मायाको संसार तासको महल जस्तै बिख्रियो| पंकज घर गयो आफ्नो र रक्सी लिदै गयो| ल्यापखोल्यो गित बजाउनलाइ र त्यहा सनिराको gmail id खुलेको छ| रक्सि छुनु अगाडी त्यहाँ केहि भेट्छु कि भनेर खोज्न लाग्यो र जब google photos खोल्यो उसले आफ्नो आशु रोक्न सकेन| कुनै केटासंग उसको फोट देख्यो जुन हिजो मात्र अपलोड भएको छ| सामान्य फोटो हैन, सनिराले अंगालेको र चुमेको फोटो छ| यो फोटो फेरी पुरानो हुन सक्दैन, किन कि यो फोटोमा सनिराले जुन लुगा लगाएकी छिन् त्यो पंकजले सनिरालाई दुइ दिन अगाडी उपहार दिएको थियो|

पंकज बौलाएको छ| सनिरालाइ फोन गरेर सबै भडास पोख्न मन छ तर उसले त्यस्तो गरेन| सनिरालाइ भेटेर नै सबै भन्छु भनेर बस्यो र आफु जली रहयो| सनिरा इन्डियाबाट आउने दिन आज| सनिरालाइ लिन सुनौली पुग्यो| त्यहाँ सनिरालाइ हैन उ जवाफ लिनको लागि पुगेको छ| र यत्तिकैमा पंकजलाइ थाहाहुन्छ सनिरा आउदै गरेको ट्रेनको दुर्घटना परेछ|  भोलि पल्ट खबर आउछ, सनिराको पनि त्यो दुर्घटनामा मृत्यु भयो|

सबै किन यस्तो द्रुत गतिमा? किन कथा यति चाडै समाप्त भयो? कथा समाप्त भएको छैन| पंकजको भावना ब्यक्त गर्न अझै बाकि छ र सनिराले दिएको धोकाको कहानी पनि भन्न अझैँ बाकि छ| पंकजको कहानी अझै बाकि छ र बाकि छ अरु धेरै रहस्य| कथाको नाम नै अधुरो छ र कथा अधुरो नै हुनेछ तर यति सम्म अधुरो भने हैन| कथा अब सनिराबाट फेरी सुरु गरौ न…..

Previous article
Next article

Latest Posts