Part 38

तर कहि यो मेरो भ्रम नभएर यथार्त नै हो कि? परजुनाले त जे नि गर्न सक्छे जस्तो छाप बसेको छ मनमा| आखा मिचे र अघिको स्थानमा हेरेको, कोहि छैन, भ्रम नै रैछ मेरो|

हिजो रक्सि धेरै भएछ, बिहान उठ्दा टाउको भारि भएको छ| कन्चन म भन्दा धेरै चाडै उठेको हुनुपर्छ, म बिहान उठ्दा उनि नुहाएर तैयार भइसकेकी छिन्| म पनि ढिलो उठेको त हैन, ७ बजे निन्द्रा खुलेको हो| नुहाएपछी केहि हलुको हुन्छ कि भनि म पनि नुहाउन बाथरुम पसे| केहि भएपनि हलुङ्गो महसुस भयो| 

“हिजो म कुन बेला निदाए?” बाथरुमबाट निक्लिने बित्तिकै कन्चनको पहिलो प्रश्न| औसधिले धेरै नै गालेको रहेछ उनीलाई, निदाएको याद छैन उनीलाई|

“तिमि त सुतिहालेउ नि, बोल्दा बोल्दै निदायौ|” जे हो त्यहि भने उनीलाई|

“अनि तिमि कुन बेला सुतेउ नि?” अलि गाह्रो प्रश्न गरिन् कन्चनले, सत्य बोल्ने कि झुठ बोलौ अब? उनिलाइ एक्लै कोठामा छाडेर रक्सि पिउन गएको कसरि भनौ? के सोच्ने हो उनले? तर कहि उनको निन्द्रा खुलेको पो थियो कि हामि नभएको भए? त्यसैले त उनीले यो प्रश्न गरेकी हैन?

“ मेरो त धेरै अबेला भयो| तिमि निदाई हालेउ, दाइले रक्सि पिउने इच्छा गर्नु भयो| अनि रक्सि पिउदै २ बजेछ|” सत्य कुरा नै गरे कन्चनसंग|

“ यहि कोठामा ल्याएर पिएको हो?” कन्चनले फेरी अर्को गाह्रो प्रश्न राखिन्, दोधारमा परे म|

“हैन नि, क्लबमा गएर हो?” झुठ बोल्न सकिन, सत्य नै पस्किए फेरी कन्चनको सामु| रिसाउने पो हुन् कि उनि?

“छोड यो सबै कुरा| अब के गर्ने?” धन्न कन्चन रिसाइनन् या रिसाए पनि रिस झाल्काइनन्, आफ्नो अनुहारमा अपनी र अवाजमा पनि| 

“तिमीलाई के गर्न मन छ?” कन्चनलाइ नै निर्णय लिन दिए|

“ मलाई त एकछिन भएपनि घुम्न मन छ| यहाँ नजिकै घुम्ने ठाउ के छ?” यति दिन देखि डरको पिजडामा कैद छिन् कन्चन, घुम्न र रमाउन मन किन नहोस्|

“ताल बाराही जाने हो त?” हामि बसेको होटेलबाट सबै भन्दा नजिकैको ठाउ रोजे मैले र उनले पनि हुन्छ भनिन्|

 अब दाइलाई बिउझाउनु पर्ने भयो| उहा पनि जाने हो कि? नसोधी गए भनि किन पार्नु| दाइलाई बिउझाउन दाइको ढोका अघि पुगेर आवाज लगाए, दाइ पहिले देखि नै बिउझिनु भएको रैछ| दाइलाइ ताल बाराही जाने कुरा बताए, दाइ पनि जानलाइ तैयार हुनु भयो| होटेलबाट निक्लिएउ हामि तिनै जना र डुंगा चढ्ने स्थान तिर लागेउ| हिडेर १० देखि १५ मिनेट लाग्ने| दाइ र कन्चन गफमा ब्यस्त हुनुहुन्छ र म वरीपरिको माहोलमा रम्दै छु| होटेल बाट १०० मिटरको दुरीमा बाटो पारि आखा गयो| परजुना छिन् त्यहाँ|

आफ्नै आखाँमा बिस्वास गर्न गाह्रो भयो| आखिर परजुना कसरि काठमाण्डौ पुगिन्? हामि पोखरा छौ भनि उनलाई कसरि थाहा भयो? हिजो मैले नशामा परजुनालाइ देखे भनेर भ्रम मानेको थिए तर के त्यो पनि भ्रम थिएन? मतलब उनले हामीलाई काठमाण्डौबाट नै पछ्याउदै थिइन्? तर हामी अन्तिम फ्लाइटमा आएको हौ? उनि राति नै कसरि पुगिन् पोखरा? ५-६ घण्टामा कोहि कसरि काठमाण्डौबाट पोखरा पुग्न सक्छ? परजुना हामि संग पोखरा किन पुगेकी? उसले अब के गर्न खोज्दै छे? फेरी परजुनाको मुहारमा हासो बेग्लै छ? उनको हासोको मतलब के?

परजुनालाइ देखेपछी दाइ अनि कन्चनलाइ अलि छिटो हिड्न आग्रह गरे| उनिहरुले किन भनि सोध्दा, काम छ भनि बहाना बनाए| परजुनाले कहिँ कन्चनमाथि अहिले नै हमला त गर्दिन भनि मनमा डर छ| डुंगा चढेपछी केहि भए पनि सुरक्षित भइन्छ भनेर मैले छिटो हिड्न आग्रह गरेको| बेला बेला पछाडी पनि हेर्दै छु, परजुनाले हामीलाई पछ्याउदै छे कि भन्ने पिर छ| परजुनालाइ आफ्नो पछी नदेखेपछी केहि भएपनि मन शान्त भयो तर कहिले सम्म? तालबाराही घुमेपछी खाजा खाने कुरा भयो|

खाजा खान एउटा होटेल गयौ| कफी अनि स्याण्ड-विच पर्यो कन्चन अनि दाइको रोजाईमा, मैले कफी मात्र पिए| परजुना घुम्दै छिन् मेरो मन र मस्तिस्कमा परजुना नै घुम्दै छे, कफी बाहेक अरु केहि रुचेन भने पछी हुन्छ| पैसा पनि थोरै मात्र बोकेको छु| दाइले नै पैसा तिर्नु भयो| होटेलबाट निक्लिए पछी केहि पर फेरी पनि परजुनालाइ देखे| दाई र कन्चन गफमा मग्न भएकोले उनीहरुले परजुनालाइ देखेनन्| के गरौ? दाइलाई भनौ कि नाई? कन्चनले थाहा पाई भने उनि झनै डराउने त हैन? फेरी पनि प्रश्न बीच जकदिदै गए| दाइ र कन्चन के बोल्दै छन् मेरो ध्यान त्यसमा छैन, ध्यान केवल परजुनामा छ| कन्चनको मुहारमा अघिकै हासो कायम छ| परजुनाको मुहारमा छाएको हासोले मेरो मनमा अझै प्रश्नहरु छाउन लाग्यो| उनको हासोमा धेरै भाव लुकेको छ| उनि केहि भयङ्कर योजना गर्दै छीन्, बाकि मात्र छ त्यसलाई नतिजा दिन| 

बाटोमा हिड्दा हिड्दै कन्चनले पस्मिनाको पसल देखिन्| उनीलाई साल मन परेको हुनुपर्छ| उनि सल हेर्न र छान्न व्यस्त भइन्| यहि मौका छोपेर मैले परजुनालाइ देखेको कुरा भने दाइलाई| दाइ चकित हुनु भयो र अब के गर्ने भनि उहा पनि अनबिग्य हुनुभयो| अहिले परजुनाले कन्चनको गर्भपतनको बारे थाहा पाई भने अर्को बवाल हुन्छ भनि म र दाइ निस्कर्षमा पुगेउ| त्यसैले मैले परजुनाको ध्यान भड्काउने र दाइले आज कन्चनको गर्भपतन गराउने निर्णय भयो| परजुनाको ध्यान म तिर केन्द्रित गर्न म परजुनासंग हुनुपर्छ र कन्चनलाइ के भनि म जाने? एउटा नाटक तैयार पारियो, अब कन्चनको सामु पेस गर्न बाकि त्यो नाटक|

“भाइ तिमिसंग कति पैसा छ?” सल्लाह अनुसार दाइले मलाई कन्चनले सुन्ने गरि प्रश्न गर्नु भयो|

“५ हजार छ दाइ, किन नि?” सल्लाह अनुसार मैले पनि जवाफ फर्काए|

“ला भाइ त्यति पैसाले पुग्दैन नि| अहिले भर्खर फोन आएको थियो, १५ हजार लाग्छ रे|” अहिले सम्म बार्तालाप हाम्रो योजना बमोजिम नै हुदैछ|

“अब के गर्ने त दाइ?” यो प्रश्न कन्चनले गर्छिन् भनेर हामीले पहिले अनुमान गरेको थियौ|

“मेरो भाइ  लेखनाथमा बस्छ| उसलाई भनिदिन्छु| तिमि पैसा लिएर आउ| म कन्चनलाइ हस्पिटल लग्छु|” सबै वाक्य हामीले अघिनै रचेको थियौ|

“दाइ हजुरको भाइ, हजुर गए राम्रो होला नि| म अनि विश्वास हस्पिटल जान्छौ, हजुर त्यहि आउनु|” कन्चनले ठिक यहि भन्छिन् भनेर हामि तैयार छौ|

“ हस्पिटलमा म आउनै पर्छ भनेको छ नानि| गैर कानुनि काम हो, प्रहरी भए सजिलो हुन्छ भनेको छ| फेरी म पैसा लिन गए भने, मलाई खाना नखाई फर्किन दिदैन भाइले| अनि ढिला हुन्छ|” दाइले यति भनेपछी कन्चनले मन नहुदा नहुदै पनि हुन्छ भनिन्| कन्चनलाइ यस्तो सामु म उनको नजिक भइदिए लाग्नु स्वाभाविक हो तर परिस्थितिले दिएन त्यसो हुन|

कन्चनलाइ दाइसंग पठाए र परजुनालाइ फोन लगाए| यो मात्र एउटा तरिका देखे परजुनाको ध्यान कन्चनबाट हटाउने र कन्चनलाइ कुनै हमलाबाट जोगाउने| परजुना कन्चनमाथि आक्रोशित हो, मसंग हैन| उनले पहिलो घन्टीमा नै फोन उठाइन्|

“के भयो?” परजुनाले फोन उठाउने बित्तिकै यति सोधिन्,मेरो फोनको आशनै थिएन होला|

“एकपल्ट भेटौ न|” परजुनालाइ आग्रह गरे, उसले आग्रह स्वीकार्ने हो कि नाई|

“किन? कन्चनसंग छौ त| म किन चाहियो|” परजुनाको रिसले सिमा पार गरेछ, उनको अवाज र बोल्ने शैलीले प्रस्ट पार्यो|

“भेट्ने कि नभेट्ने?” म रिसाए भने उनि नरम हुन्छे भन्ने आश छ, त्यहि गरे|

Previous article
Next article

Latest Posts