Part 37

“ उपाय छ एउटा तर तिमीहरु राजि हुनुपर्छ|”
“के उपाय दाइ?”
“म बिदा लिन्छु, तिमिहरु पनि घरमा भन| केहि बहाना बनाउ दुइ तिन दिनको लागि, अनि हामो पोखरा जाउ|” दाइले उपाय त भन्नु भयो तर पोखरा चाही किन?
“किन पोखरा दाइ?” मेरो मनमा यहि प्रश्न थियो र कन्चनले पनि दाइलाई यहि प्रश्न गरिन्|
“त्यहाँ मैले चिनेको छु एउटा भाइलाई| उसले गर्भपतनमा पनि मदत गर्न सक्छ|” दाइले निकालेको उपाय राम्रो हो तर काठमाण्डौमा पनि मैले ठाउहरु बुझीसकेकोछु| गर्भपतन यहि गर्दा पनि भयो नि, किन पोखरा नै पुग्नु?
“दाइ यही गरे हुन्न? किन पोखरा जानु?” दाइले के सोच्दै हुनुहुन्छ, सबै थाहा पाए पछी मात्र हामि निर्णय लिन्छौ|
“यहाँ गर्न सम्भव छ जस्तो लाग्छ तिमिहरुलाई? तिमिहरु कहाँ छौ, कहाँ जादैछौ  सबै थाहा हुन्छ परजुनालाइ| कन्चनको जीवनको कुरा छ, जोखिम पनि हुन सक्छ|” दाइले जे भन्नु भयो, त्यो पनि ठिक हो| जान त जाने तर घरमा के भन्ने? फेरी २ 3 दिनको लागे हो, मेरो घरमा मानेपनि कन्चनको घरमा कसरि मनाउनु|
“हामि जाने चाही कहिले जाने दाइ?” घरमा फोन गर्नु अघि सबै जानकारी लिन खोजे दाइबाट|
“आज बेलुका नै हिड्ने हो| घरमा पनि पोखरा जान लागेको नभन है| उसले घर फोन गरि पनि पत्ता लगाउन सक्छे| हामि पोखरा जान लागेको हामि 3 बाहेक कसैलाई थाहाहुनु हुन्न|” दाइले एक एक जानकारी दिनु भयो र के गर्न हुने के नहुने भनि सम्झाउनु पनि भयो|
“अनि हाम्रो पिछा हरेक ठाउमा गर्दैछे परजुनाले| हामि पोखरा गएको थाहा हुन्न होला त? हाम्रो पिछा गर्दै पोखरा पुगी भने?” अचानक मनमा यो एउटा प्रश्न आयो|
“मसंग यसको लागि पनि उपाय छ| यहाँबाट तिमिहरुलाई म प्रहरी चौकी लग्छु| अनि बेलुका प्रहरी भ्यानमा हालेर कसैले थाहा नपाउने गरि एयरपोर्ट पुर्याउछु| सबै भन्दा अन्तिमको प्लेनको टिकेट लिने| यदि परजुनाली थाहा पाई हाली भने पनि उस्ले आजको टिकेट पाउदिन| यदि उ भोलि आइ भने पनि हामिलाइ थाहाहुनेछ, एयरपोर्टमा मैले मान्छे चिनेको छु|” दाई हाम्रो लागि भगवानको रुप हो जस्तो लाग्यो| भर्खर चिनेको मान्छेले पनि यति धेरै सहयोग गर्नु भएको छ|

घरमा के बहाना बनाउनु अब? त्यो पनि अचानक कहाँ जान्छु भन्नु| शैक्षिक भ्रमण भनि बहाना बनाउछु सोचे र त्यहि भने| दाइले आफै कलेजको सर बनेर बोलिदिनु भयो, त्यसपछी नपत्याउने कुरै हुन्न|कन्चनको घरमा पनि यहि बहाना बनाउने भइयो| मेरो घरमा भन्दा उनको घरमा चाडै इजाजत पाइयो| उनको घरमा त दाइले पनि बोल्नु परेन| ५ बजेको फ्लाइटमा जाने भइयो| दाइले एयरपोर्टमा फोन गरेर ४:३० मा पुग्ने जानकारी गराउनु भयो| दाइले फोन नगरेको भए 4 बजे नै पुग्नु पर्ने हो तर दाइको एक फोनले त्यो सुबिधा पाइयो|

प्रहरी चौकीबाट प्रहरी भ्यानमा नै पुगियो एयरपोर्ट सम्म| हाम्रो पछी पछी कोहि आउदै छ कि भनेर हरेक पल मेरो ध्यान बाटोमा नाई छ तर त्यस्तो कसैलाई देखिन| सुरक्षित रुपमा पुगेउ हामि एयरपोर्ट र एयरपोर्टबाट पोखरा पुग्न केहि गाह्रो भएन| काठमान्डौ हाम्रो लागि पिजडा जस्तै भएको थियो र त्यो पिजडा धनि चाही परजुना| पोखरा पुग्दा कुनै चरा पिजडाबाट फुत्किएको जस्तै महसुस हुदै छ| यहाँ हामि पंख फिजाई खुल्ला रुपमा बाच्न सक्छौ| कसैले कतैबाट हमला गर्छ भन्ने डर पनि छैन, कसैसंग बचेर बस्नु पर्छ भनि सोच्नु पनि परेको छैन, अनि कोहि अरुको कारणले चिन्तित हुनु पर्ने स्थिति पनि छैन|

“दाइ कता तिर बस्ने हो हामि?”
“कता बस्ने पछी सोचौला| पहिले गर्भपतन जहाँ गर्ने भनेको थियौ, त्यहा पुगौ|”
“आजै गर्ने हो र दाइ?”
“आज हैन तर त्यो भाइलाइ मैले पर्खाएर राखेकोछु| कुरा चाही आज टुंग्याउने हो|”

दाइले भनेको ठाउमा पनि पुगियो| हामीले घरमा आफैले पनि गर्भपतन गर्न मिल्ने जानकारी आयो तर  हामीले क्लिनिक नै रोजेउ| क्लिनिक रोज्नुको पहिलो कारण यदि केहि समस्या आएभने उपचार गर्न सजिलो हुन्छ र अत्तालिनु पर्दैन हामि| दोस्रो कारण चाही परजुना हो, क्लिनिकमा सुरक्षा हुन्छ र कसैको डर पनि भएन| आफ्नै कोठामा गरे भने त परजुना आइ हाली भने अर्को समस्या हुन्छ| भोलि बिहान १० बजे क्लिनिक पुग्नु पर्ने भयो| एकदिन पुरै लाग्ने रे, कन्चनलाइ कति गाह्रो| शारीरिक पिडा पनि र मानसिक तनाब पनि|

“दाइ हामि कता बस्ने हो?”
“ कता बस्न मन छ?”
“हामीलाई जहाँ भएपनि हुन्छ|”
“लेक साइडमा नै बसौ| दुइटा कोठा लिउ,हुन्छ नि?”
“हुन्छ दाई|”

होटेल रोजेर त्यहा कोठा पनि लिइयो| घरबाट एकछिनको लागि बाहिर निक्लिएको हामि, अहिले पोखरा छौ| मैले त चार्जर बोकेर हिड्ने बानि, चार्जर छ मसंग| कन्चनको मोबाइल अफ भयो र उनको मोबाइलको चार्जर मेरो मोबाइलको चार्जर भन्दा भिन्न रैछ| भोक लागेर आयो र थकाली खाना खाने भन्नु भयो दाइले| हामीले दाइको कुरा काट्न सकिनौ र थकाली नै पुगेउ| थकालीबाट फर्किएपछी कन्चनले दबाई खाइन्| मैले भन्न भुले होला, अघि क्लिनिक पुग्दा उसलाई केहि औसधि पनि दिएको थियो, दिउसो लागेको चोटको लागि| औसधि खाएपछि हामी तिनै जना गफ गर्न लागेउ र हाम्रो प्रेम कथा सुनाउन लागेउ दाइलाइ| कन्चन निदाईन्, औसधिले लठ्यायो होला उनिलाइ| दाइसंग केहि गफ गर्दै गए र दाइले रक्सि पिउने प्रस्ताभ राख्नु भयो| कन्चन निन्द्रामा छिन् र परजुना छेउमा छे भनि डर छैन मनमा, मैले नाई भन्नलाइ केहि कारण नै छैन| हुन्छ भने र दाइ र म रक्सि पिउनको लागि १० बजे कोठाबाट निक्लिएउ|

अघि फ्लाइटमा मोबाइल अफ गर्नु भनेको थियो, मैले फ्लाइट मोडमा हालेको थिए| फ्लाइट मोड अफ गर्न भुलेछु, अहिले भर्खर फ्लाइट मोड अफ गरे| मैले बियर पिउन रुचाए र दाइले रम पिउनु भयो| 3 बोतल बियर पछी नशा चढ्दै आयो| हामीले मदिरा सेवन गरेको ठाउबाट ५ मिनेटको पैदल दुरीमा छ हाम्रो कोठा| परजुनाले पनि दिमागमा कस्तो छाप छोडेको होला त, उनि काठमाण्डौमा छिन् र म पोखरामा| त्यहि पनि उसलाई देखेको जस्तो लाग्ने, लाग्ने कि उनि उ पर बसेर मलाई हेर्दै छे| रक्सिको नशाले ठाउको ठाउ परजुनाको प्रतिबिम्ब सृजना गर्यो|

तर कहि यो मेरो भ्रम नभएर यथार्त नै हो कि? परजुनाले त जे नि गर्न सक्छे जस्तो छाप बसेको छ मनमा| आखा मिचे र अघिको स्थानमा हेरेको, कोहि छैन, भ्रम नै रैछ मेरो|

Previous article
Next article

Latest Posts