Part 39

यसको जवाफ केहि बेरमा अब| सनिराले कौशिकलाइ बिचार नगरेकी भने हैन| यस्तो व्यक्ति धेरै थोरै छन् जो जहिले पुस्तकालय आउछन्| ति थोरै व्यक्ति मध्य कौशिक पनि एक हो| अनि सधै पुस्तकालय आएर एउटा मात्र किताब पढ्ने व्यक्ति जम्मा एक जना छ, त्यो हो कौशिक| यहि कारणले कौशिकलाइ बिचार गरेकी हो सनिराले| सनिरालाइ चासो कौशिकमा हैन फेरी, कौशिकले पढेको पुस्तकमा हो|आखिर कस्तो चाही पुस्तक रैछ जुन कौशिक सधै आएर पढ्छ| के खास छ त्यो पुस्तकमा? सनिरालाइ पनि त्यो पुस्तक पढ्न मन लागेको छ| त्यसैले उनले शुक्रबार पर्खेर बसेकी हुन्| शनिबार पुस्तकालय बन्द हुन्छ र शुक्रबार त्यो पुस्तक घर लग्छु भन्दै सोच्दै छिन् सनिरा|

यहाँ बाट केहि प्रश्नको जवाफ आयो| सनिराले जानी जानी कौशिकको सन्देशको जवाफ नदिएकी हैन| उनले कौशिकको सन्देस देखेर पनि अन्देखा गरेकी हैन| कौशिकले सनिराको लागि भनेर कागजमा लेखेको सन्देश, अहिले पनि सनिराको हातमा र आखा अगाडी पुगेको थिएन| कौशिकले के सोच्दै छ त्यो उसको मनको कल्पना हो| बास्तबिकता चाही यहि हो| घर जानु अघि सनिराले त्यो किताब आफ्नो झोलामा हालिन्| किताबले पुस्तकालय देखि सनिराको हात हुदै झोला सम्मको यात्रा तय गर्यो| के कौशिकको भावना पनि कागज हुदै सनिराको मन सम्म पुग्छ होला अब?

खाना खाएर सनिराले आफ्नो नोट पनि गरेर भ्याइन्| सुत्नु अघि उपन्यास नपढी निन्द्रा लाग्दैन सनिरालाइ| जब सम्म उपन्यासमा कल्पिएको संसारमा रमाउन पाउन्न सनिरा, सनिराले स्वप्नको संसार सम्मको यात्रा तय गर्न नै सक्दिनन्| सधै निन्द्राको नगरीमा पुग्नलाइ उपन्यास पढ्ने सनिरालाइ के थाहा, आज उनको हातमा जुन उपन्यास छ त्यसले उनको निन्द्रा भगाउछ| यो उपन्यासले निन्द्रा उनको वरी परि त के, उनको १० कोष दुरीमा पनि आउन्न| गलत| फेरी गलत भयो यहाँ कथा| उपन्यासले गर्दा हैन त्यहा भएको कागजले गर्दा| दोषी भन्ने कि नायक? जे भएपनि त्यो कागज हो र यहाँ उल्लेख हुदै छ पुस्तक|

सनिराले किताब हातमा लिईन् र पहिलो पाना पढेर सकी| पाना पल्टाउने बित्तिकै त्यो कागज पुस्तकबाट उड्दै हावामा तहरिदै सनिराको पेटमा आएर खस्यो| किताब कागजले नै बनेको हुन्छ र त्यसलाई पाना भनिन्छ| तर अहिले जुन कागज सनिराको सामु छ त्यो कागज किताबको अंश नै हैन| सनिराले कागजमा लिईन् र कोरिएको अक्षर पढ्न खोजिन्| देवानगरीमा लेखिएको देखिएपनि, त्यहा के लेखिएको छ त्यो सनिरा बुझ्न गाह्रो भयो| अड्कल लगाएर बुझ्न खोजिन् तर पनि उनको कोशिश सफल भएन| लेखिएको छ बंगालीमा अनि कसरि बुज्छिन् त सनिराले| त्यहाँ के लेखिएको छ  भनि सनिरालाइ नथाहा पाई भएको छैन| त्यहाँ जे लेखिएको छ त्यो सनिराको लागि नै लेखिएको हो कि हैन भनि पनि सनिरालाइ थाहाछैन| त्यहाँ लेखिएको सबै वाक्यले केहि अर्थ जनाउछ कि नाई भनि पनि सनिरालाइ थाहाछैन| त्यहाँ लेखिएको वाक्यको अर्थ सनिराको लागि जरुरि छ कि नाई भनि पनि उनलाई थाहछैन|

अर्थ जे होस् या अर्थ बिहिन नै किन नहोस् तर उनलाई त्यहाँ के लेखिएको छ थाहापाउनु छ| धन्न उनि आत्तुर छिन् र कौशिकको आश पनि जीवित छ| यदि उनले चासो नै नदेखाएकि भए, कौशिकको आशको भ्रुण हत्या हुन्थियो| सनिरालाइ समयले त्यति कठोर हुन दिएन| सनिराले त्यो कागजको फोटो खिची आफ्नो साथिलाइ पठाईन्| उनको साथीले सजिलै उल्था गरिनन्| “कसले लेखेको? किन लेखेको? कहिले लेखेको?” यस्तै प्रश्न आयो सनिरालाइ| सनिराले जसो तसो गरि साथिलाइ फकाई र अनुवाद आयो| उनको साथीले त्यो कागजमा लेखेको हरेक वाक्यलाइ उल्था गरेर हिन्दिमा फर्काइन्
“तोमार नाम कि?=तिम्रो नाम के हो?”

“तुमी निजेर नाम नाबोल्लेयो चोल्बे ठीक आछे| तुमी कोथाए थाको आमा के बोल्ते पारो? = ल, नाम नभनेपनी कहां बस्छौ त भन।“

“तुमी कि करो सेटा तो बोल्ते पारो।=के गर्छौ त भन।“

“तुमी पोढ़छो? कोन ग्रेडे?=पढ्छौं हो?कतिमा?”

“तुमी जेने बुझे रिप्लाई दिछोना कि तुमी आमार पेपर आखोन ओब्दी देखोनी?= जानी जानी रिप्लाई नदिएको हो कि पेपर नै हेरेको छैनौं?”

“आम्रा बोंधु होते पारि?= मेरो साथी बन्छौं?”

वाक्यको अर्थ थाहापाइन् सनिराले तर मनमा अझै केहि प्रश्न छ| के त्यो सबै वाक्य कौशिकले उनको लागिनै लेखेको हो त? कौशिकलाइ उनको नाम थाहा नभएपनि उनलाई कौशिकको नाम थाहाछ| कसरि? कौशिकले किताब फिर्ता गर्दा जहिले सनिराले नै त हो नि कौशिकको नाम दर्ता गर्ने| फेसबुकमा खोजिन् उनले कौशिकलाइ| कौशिकको पुरा नाम कौशिक सेन| सजिलै भेटिन् सनिराले कौशिकलाइ फेसबुकमा तर रिक्वेस्ट पठाउने कि नाई भनि दोधारमा परिन्| रिक्वेस्ट पठाए भने कहिँ चरित्र माथि प्रश्न आउने हो कि भनि चिन्तित छिन् उनि| फेरी परिक्वेस्ट पठाएर बिग्रिन पनि केहि बिग्रिने हैन| सनिराले बनाएको फेसबुकमा उनको नाम ज्ञानु छ र फोटो पनि फुलको छ| फेरी त्यो मेसेज कौशिकले उनको लागि नलेखेको भए नि? उनको लागि परको कुरा हो, त्यो मेसेज कौशिकले नै नलेखेको भए नि? हो यहि सोचले गर्दा सनिराले फेसबुकमा रिक्वेस्ट पठाइन|

कौशिकले जुन माध्यम प्रयोग गरेको थियो, सनिराले पनि त्यहि माध्यम नै रोजिन्| त्यहाँ कागजको मुनि लेखिन् “ Are these messages for me?” अनि यसको मुनि फेरी लेखिन् “क्या तुम मुझसे बात कर रहे हो?” सनिराले त्यहि एउटा मेसेज हिन्दि र अंग्रेजीमा लेख्नु पछाडी पनि केहि कारण छ| सनिराले बंगाली नबुझे जसरि नै कौशिकले अंग्रेजी बुझ्दैन कि भनि सोचिन् सनिराले र हिन्दिमा पनि लेखेकी हो| हिन्दिमा लेखिसकेपछी उसलाइ आफु मुर्ख जस्तो लाग्यो र जिब्रो टोक्दै हत्तेरी गरिन्| अंग्रेजी नबुझ्ने पनि कोहि हुन्छ जस्तो सोचिन् उनले|  दुइ मध्य एक वाक्य केरर्न लागेकी थिइन् र फेरी अर्को सोच आयो| फेरी के सोच्ने हो कौशिकले ? के कोरेको भनि सोध्यो भने ठिकै छ तर मन मनै सोच्यो भने अर्को आपत| त्यसैले सनिराले केरमेट नगरी त्यो कागज पुस्तकमा हालिन् र पुस्तक पढ्न लागिन्|

आइतबार पुस्तकालय खुल्यो र……..

Previous article
Next article

Latest Posts