आइतबार पुस्तकालय खुल्यो| सनिरा पुस्तकालय पुगिन् र पुस्तकलाइ पुस्तकको असली ठाउमा राखिन्| पुस्तक त्यहाँ राख्नु अघि उनले एक पल्ट सोचिन्, उनले केहि बिराएकि त छैन भनि| उनलाई राम्ररि थाहाछ कि उनको यो कदम एउटा नया सम्बन्धको मार्गमा पहिलो पाइला हो| हजुरबुवाको निधन पछी सनिरालाइ जहिले एक्लो महसुस हुने| साथि छन् तर मन मिल्ने हैन, साथमा घुलिने मात्र| 17 बर्षको उमेर, कोहि एउटा केटा साथि बनेर नजिक होस् चाहना हुनु पनि स्वाभाविक हो| प्रेम मित्रताबाट नै सुरु हुन्छ नि हैन? सनिरालाइ नया साथि बनाउनुमा केहि गलत लागेन| उनले अहिलेको सम्बन्धमा मित्रता देख्दै छिन्, प्रेम पछिको कुरा हो|
कौशिक सधै जसरि नै पुस्तकालय पुग्यो र त्यहि एउटा पुस्तक लिएर बस्यो पुस्तकालयमा| पुस्तकालय पुग्ने बित्तिकै कौशिकको आखा सनिरालाइ हेर्न ब्याकुल हुन्छन र आज केहि फरक छैन त्यो व्याकुलतामा| फरक यति छ कि कौशिकलाइ पनि पर्खेर कोहि बसेको छ र सनिराको आखा पनि ब्याकुल छन् कौशिकलाइ हेर्न| समय मिल्ने बित्तिकै लुकीछिपी सनिरालाइ हेर्ने गर्थियो कौशिकले अनि उसको धित मर्थियो| तर आज कौशिकले चित्त बुझ्ने गरि सनिरालाइ हेर्न पाएको छैन| किन कि सनिरा पनि बेला बेला कौशिक तिर हेर्छिन् अनि दुवैको आखा जुध्न खोज्छ र कौशिक अत्तालिन्छ र किताब पढ्न लाग्छ| कौशिक यतिसम्म अत्तालियो कि पुस्तक भित्र रहेको कागज अहिले सम्म हेरेको छैन उसले|
सनिराले बुझीन् कि कौशिक उनलाई हेर्दै छ| जानीबुझी कौशिकको आखा उनि सम्म नपुग्ने गरि, उनले आफु बस्ने कुर्सिको उचाई घटाइन् र काउन्टर टेबुलले छोपिने गरि बसिन्| कौशिकले सनिरालाइ हेर्ने प्रयाश कायम नै राख्यो तर सफल भएन र बल्ल उसको ध्यान पुस्तक भित्रको कागजमा गयो| केहि आश नराखी उसले कागज हेर्यो र कागज हेर्ना साथ उसले जीवनको ठुलो खुसि भेट्यो| त्यहाँ जवाफ देख्दा, कौशिक उत्साहित भयो| कौशिकले पनि सनिराको जवाफको जवाफ लेख्न लाग्यो र जवाफ लेखेर कागज पुस्तक भित्र हालेर पुस्तक बुझायो काउन्टरमा| पुस्तक बुझीलिने सनिरानै थिइन् र पुस्तकको बदलामा सनिराले हासो दिईन् कौशिकलाइ| सनिरा जवाफले आधा होस् उडेको कौशिक, सनिराको हासोले गर्दा पुरै होस् उड्यो| कौशिकको बाइक त्यहि बाहिर पार्क थियो तर उसले बाइक छ भनेर पनि बिर्सियो र हिड्दै घर पुग्यो| घर पुगेर मात्र याद आयो कि उसको बाइक पनि छ भनि|यसरि सुरुभयो सनिरा र कौशिकको मित्रता|
सुरुका केहि दिन कागजमा नै संदेश आदान प्रदान भयो र त्यसको केहि दिनमा सनिरासंग उनको मोबाइल नम्बर माग्यो कौशिकले| सनिराले केहि नौटंकी गरिन् सुरुमा तर उनको मनसाय नम्बर नदिनु हैन| केहि भाउ खाएको जस्तो पनि गर्न परिगयो नि| कौशिकले नम्बर मागेको तेस्रो दिनमा सनिराले आफ्नो नम्बर दिइन्| सनिरासंग कौशिकको नम्बर र ठेगाना सबै पहिले देखि नै छ| कसरि? पुस्तकालयको कम्प्युटरमा यो सबै जानकारी पहिले देखि नै राखिएको छ| हिन्दि भाषामा बार्तालाप हुदैछ दुवै बीच| उनीहरु दुबैको बार्तालाप हिन्दि भाषामा नै राख्नु उचित नहोला, त्यसैले यस कथामा नेपालीमा अनुबाद गरीनेछ सबै बार्तालाप|
“हेल्लो,
घर पुगेउ?” कौशिकले यो मेसेज पठाउनु अघि, अरु मेसेज १५ चोटी लेख्यो र मेट्यो| अनि मात्र यो मेसेज पठाउन उचित
हुन्छ ठान्यो र पठायो|
“अहिले हो, उहिले नि| अब खाना खान लागेको|” सनिराले एउटा हातमा पुन्यु लिएर भात
हाल्न लागिन् थालमा अनि अर्को हातले कौशिकको मेसेजको रिप्लाई गरिन्|
“ मलाई तिम्रो माया लाग्यो| बिचरी तिमि|” कौशिकले सनिरालाइ मन पराउछ, यो सबैलाइ
थाहाछ| माया पनि गर्छ सायद| मन पराउनु नै माया हैन| तर माया गर्नु र माया लाग्नुमा
फरक छ|
“किन र? के भयो?” सनिराले पनि बुझिनन् आखिर कौशिकलाइ किन उनको माया लाग्यो|
“ तिमीले खाना खायौ मैले थुक निले| अब तिम्रो पेट दुख्छ| त्यसैले|” कौशिकले केहि
नभएर जिस्किदै रैछ र सनिराले दुनिया सोचेर भ्याइन्|
“मलाई केहि भयो भने नि, मैले तिमीलाई जानेको छु|” सनिराले पनि जिस्किदै धम्की दीइन्
कौशिकलाइ|
“के गर्छौ मलाई?” सनिराले जिस्काएर धम्क्याएकी हो कौशिकलाइ अनि कौशिक फेरी केहि
अझै जिस्किदै छ|
“ तिमीले किताब फिर्ता गर्दा जरिवाणा लगाईदिन्छु|” सनिराले गर्न सक्ने तर नगर्ने जवाफ
दीइन्|
नम्बर पाएको पहिलो दिनमै बोलचाल यति रमाइलो ढंगले हुदै छ| दिन बित्दै गयो र बोलचाल बढ्दै गयो| एक अर्काको बारेमा जाँदै गए दुवैले| सनिरा नेपालको हो थाहापाउदा कौशिक अचम्मित पनि परेको थियो| सनिराको जिउडाल, ओठ, कपाल र आखाले सनिरालाई उसले बेन्गाली नै सोचेको रैछ| मेसेजमा मात्र नभएर फोनमा पनि कुराकानी सुरु भइसकेको छ दुबैको| समय समयमा संगै घुम्न पनि जाने गर्छन दुवै| मित्रता झन् घनिष्ट हुदै छ र यो सम्बन्ध अब मित्रताको मात्र नहुन सक्छ| कौशिकसंग यति घुलमिल भइ सकिन् सनिरा, सायद अब पंकजको महत्व उही छैन सनिराको जीवनमा| प्रेम प्रस्ताभ सनिराले पहिले राख्दै राख्दिनन् र यता कौशिकलाइ सनिरासंग माया बसीसक्यो| अब यो सम्बन्धलाइ मित्रताको दर्जा मात्र दिन चाहदैन कौशिकले तर प्रेम प्रस्ताभ राख्न पनि सकेको छैन| कुरा यस्तो भयो, कौशिकलाइ नुहाउनु पनि छ तर शरीर भिजाउन मन छैन उसलाई| दोधारमा छ कौशिक, प्रेम प्रस्ताभ राख्ने कि नाई भनेर|
प्रेम अनि इच्छाले उछ्छिन्यो कौशिकको दोमनलाइ…..
