Part 4

आज आइतबार, अफिसको पहिलो दिन, सधै जसो बिहानको सबै काम सके र तैयार भए अफिसको लागि| आज बाबाले भ्याउनु भएन अफिस सम्म पुर्याईदिन, शोभा पनि ब्यस्त, हिडेर जान नमिल्ने, गाडी नै थियो अन्तिम उपाय,त्यहि रोजे| अफिसको समय चाही अलिक अक्कडो, बिहान ९ बजे देखि ५ बजे सम्म, आज मात्र हैन अभ बाबाले कहिले भ्याउनु हुन्न,आज मात्र हैन| अभ मेरो जहिले यहि हो|

अफिसको पहिलो दिन भएर मनमा केहि डर चाही थियो,डर पनि नभनी हालम,केहि थियो मनमा तर खै के खै, भन्नै जानिन| कुनै बेला मनको कुरा किन हो पोख्न नै सक्दिन, कहिले मानिस सामु,कहिले आफु सामु| कति भूमिका बनाएको मैले फेरी पनि| अभ कुरा कहिँ कहि नलगी सिधा लग्छु है| अफिस ३ तल्ला माथि, एउटा तल्लामा १६ वटा खुड्किलो,सबै जोडेर ५८ वटा खुड्किलो चढ्नु पर्ने, एक एक खुड्किलोमा एउटा नया सोच आउने मनभित्र| “कस्तो हुन्छ आजको पहिलो दिन, बिजोग भयो भने, सुरु दिनमा केहि बिग्रियो भने काम|” मनमा यस्ता धेरै सोचहरु आउदैछ, तर सबै नकारत्मक, सकारात्मक कुनै थिएन|
जाने बित्तिकै एउटा म्यामले म बसेर काम गर्ने ठाउको बारे देखि,अफिसको एक एक मान्छेको बारेमा जानकारी दिनु भयो र एकछिनमा एउटा सर आएर मलाइ कामको बारे जानकारी दिनु हुने कुरा बताउनु भयो | जम्मा मिलाएर अफिसमा २१ जना, नाम धेरैको थाहा भयो, तर चिन्न चाही कसैले नचिन्ने मैले|पहिलो दिन भएर केहि एक्लो महसुस हुदै थियो र साथै मेरो छेउको सिट पनि खालि थियो, घुलमिल हुन केहि गार्हो हुन्छ कि भयो| काम गर्ने ठाउमा बस्न त बसे तर अभ मैले के काम गर्नु पर्ने र कहाबाट सुरु गर्नुपर्ने,केहि थाहा छैन| काम गर्न न आउने भन्न खोजेको हैन तर यहाँ गर्नु पर्ने कामको बारेमा केहि थाहा नभएको मात्र हो| साच्ची मैले कम्प्युटर इन्जिनियरिंग पढेको भनेर भने? छैन होला सायद| ११ बजी सक्यो तर त्यो म्यामले भनेको सर आउनु भएन,मैले केहि गरेकै थिन यो दुइ घन्टामा, युट्युबमा भिडियो हेर्न बाहेक|
“मैले पठाएको फाइलहरु हेरेउ?” कोहि आउनु भएन भनेको,पछाडीबाट यति आवाज आयो,आवाज कसको हो भनि रहनु पर्दैन नि है| त्यहि रुखो मानिसको हो यो अवाज|
“उम, हेरे|” ह्या म के भाकी के, यति बाहेक केहि भन्नै सकिन|
“सबै बुझेउ नि हैन?कि केहि नबुझेको पनि छ?” उसको कुरा सुन्दै जादा, एउटा कुरा चाही पक्का भयो, मैले उ संग नै काम गर्नु पर्ने हो| कसरि काम गर्ने हो यस्तो रुखो मान्छे संग.एकछिन आफै माथी आफैलाई माया लाग्यो|
“अलि अलि छ नबुझेको,मैले टिपेको छु|” मैले यति भने अभ उसले पो के भन्ने हो| एउटा कुरा चाही अहिले सम्म छुट्याउन सकिन,उसलाई तिमि भन्ने हो कि तपाइँ|
“सोध्नु पर्छ नि,मैले मेसेज गरेको थिए त|” उसले सम्झाउन खोजेको कि थर्काउन,बुझ्नै सकिन|तर जे भनेपनि मान्छे चाही रुखो नै हो|
“तर केहि छैन,नबुझेको कुरा सबै आज मलाइ सोध,अनि भोलिबाट काम सुरु गर्नु पर्छ|” मैले केहि बोल्न नपाउदै उसले आफै यति भन्यो| अघि सम्म उसलाई तपाइ भन्ने कि तिमि भनेर छुट्याउन खोज्दै थिए,अभ एउटा अझै थपियो, उ साचिकै रुखो हो कै हैन भनेर| एकछिन दुवै प्रश्नको उत्तर खोज्न लागे मनमा र आफैमा एकछिन हराएसी उसलाई तिमि हैन तपाई भन्ने निस्कर्स निकाल्यो मनले|
“के सोचेको प्रतिक्षा, बुझेउ नि मैले भनेको|” आफ्नै मनमा कुरा खेलाउदा खेलाउदै जवाफ फर्काउन भुलेछु उहालाई,के सोच्नु भयो होला उहाले|
“बुझे सर|”थाहाछैन कहाँ बाट निक्लियो सर भन्ने शब्द मेरो मुखबाट|
“मलाई सर भन्ने शब्द मन पर्दैन, कि त नाम बिना बोलाउनु,नामले बोलाए पनि हुन्छ,मेरो नाम………
Previous article
Next article

Latest Posts