Part 5

बुझे सर|” थाहाछैन कहाँ बाट निक्लियो सर भन्ने शब्द मेरो मुखबाट|
मलाई सर भन्ने शब्द मन पर्दैन, कि त नाम बिना बोलाउनु,नामले बोलाए पनि हुन्छ,मेरो नाम बिश्वास हो|”  उहाले बोलेको हरेक वाक्य संगै,मैले उहा प्रति राखेको सोच बदलिदै थियो, उहा त्यति रुखो पनि हैन|
उहाले भनेको सबै फाइल एउटा एउटा गर्दै फेरी हेर्दै गए| अघि मैले जे बुझिन भनेको थिए,त्यो पनि बिस्तारै आफै बुझ्दै गए| उहाले भनेको जस्तो उहालाई केहि सोध्नु परेन| नया ठाउ र नया अफिस, साथि भनेको इयरफोन मात्र, गित सुन्दै कामको बारेमा बुझ्दै गए.समय गएको पत्तो नुहने यति भएपछि| तर जब भोक लाग्दै गयो,घडी हेरे,3 बजेको रैछ, ब्यागमा चकलेट त छ तर सबैको अगाडी निकालेर खाना असजिलो भयो| आखा उठाएर वरिपरी एक फन्को हेरे, धेरै जसो चिया पिउदै थिए,अभ अझै भोकले पिरोल्न लाग्यो यति देखेपछी| न् कसैले मलाई चियाको लागि बोलायो तर मलाइ आट आयो कसैलाई सोध्न| एउटा पेट दुखेको सहन सक्दिन म, अर्को भोक लागेको, अहिले भोक लागेर पेट दुख्न सुरु भयो,कसरि सहनु मैले| अभ गित पनि सुन्न कसलाई मन लाग्छ र,एयरफोन निकाले कानबाट र आफ्नु ल्यापटपमा हेरेर काम गरेको जस्तो गर्न लागे, तर ध्यान भने भोकमा थियो|
“भोक लाग्दैन हो तिमीलाई,चिया खान पनि आइनौ त?” मैले भने नि,बिस्वासले बोलेको हरेक वाक्य संगै उहा प्रतिको मेरो सोच बदलिदै थियो, यो मान्छे मैले सोचे जति रुखो चाही हैन तर हुन चाही हो|
“म बिहान एक कप बाहेक चिया खान्न्|” मेरो नसामा रगत कम,चिया र चकलेट धेरै बग्छ तर यो बाहेक केहि भन्न नै सकिन| किन मलाई यति धेरै गार्हो हुन्छ नया ठाउमा घुलमिल हुन|
“अनि भोकै बस्छौ दिनभरी?बिहान त खाना खायौ नि?” विश्वासलाई रुखो सोच्ने आफ्नै मन झुठो लाग्न लाग्यो|
“छैन भोकै, घरबाट खाना खाएर आएको थिए मैले|” आफनै मन झुठो लाग्न लागेपनि,मैले चाही साचो बोले|
“घरबाट खाएर आएको रे | बिहान ८ बजे देखि अहिले 3 बजे सम्म केहि खाको छैनौ?”  बिस्वासको बोलीमा निकै आश्चर्यता थियो| खै के थियो यसमा अचम्म हुने|
“छैन,किन र?” बिस्वास अचम्म परेको देखेर.म पनि एकछिन चकित परे|
“लाटी, यता आउ|” उहाले अचानक लाटी भनेको सुनेर अघि भन्दा अहिले अझै धेरै चकित भए म| उहासंगै उहाको पछी पछी हिड्न लागे म, उहा अफिस बाहिर निक्लिनु भयो र उहासंगै म पनि,उहा भर्याङ्ग तिर लाग्नु भयो र म पनि, एक तल्ला मुनि गयौ हामि दुवै| उहाले कहाँ लग्दै हुनु हुन्छ केहि थाहा छैन मलाई,कहिँ खाजा खान हो कि भन्ने चाही थियो मनमा| हाम्रो अफिस ठ्याक्क एक तल्ल मुनिको एउटा ढोका भित्र छिर्नु भयो उहा र उहा संगै म पनि|
“यो हाम्रो अफिसको क्यान्टिन हो,बिहान र दिउसोको खाजा यहि पाइन्छ,अनि हामि लन्च पनि यहि गर्छौ सधै| घरबाट खाएर आउनु पर्दैन तिमीले| साच्ची तिमीलाई चिया मन पर्दैन है,कफी मन पर्छ ?”  उहाले यति धेरै कुरा एकैपल्टमा भन्नु भयो, बुझ्न सबै बुझे तर बोल्न जानिन,जवाफ के फर्काउने थाहा भएन|
“उम कफी चाही मन पर्छ|” उहाको वाक्यको अन्तिममा एउटा प्रश्न थियो,त्यसको चाही जवाफ फर्काए,झुठो भएपनि| मलाई कफी खासै मन पर्दैन,चिया चाही मेरो जीवन नै हो तर आफैले आफ्नु खुट्टामा अघि बन्चरो हानि सकेको थिए मैले|
“माथि हाम्रो अफिसमा कफी मेसिन छ,मन लागेको बेला गएर लिनु|क्यान्टिन पनि अफिसको हो,जुन बेला आएनी हुन्छ,यहाको खर्छ पनि सबै अफिसकै हो है|” आजबाट मैले कस्सम खाए,कहिले पनि कसैलाई एकछिन बोलेको भरमा दाज्दीन, कस्तो फरक हुनु हुदो रैछ उहा| मैले जवाफ फर्काउन जानिन फेरी पनि| उहाले मोमो भन्नु भयो हामि दुबैको लागि, मोमो खादै केहि कुरा भयो हामि बीच, धेरै र खासै केहि हैन तर सामान्य कुरा चाही भयो| उहाले आफ्नु बारेमा केहि भन्नु भएन र मैले सोध्ने कुरै भएन, तर उहाले मेरो बारेमा सोधेको सामान्य कुराको उत्तर दिदै थिए म|
खाजा पछी हामि फेरी अफिस नै गयौ, ४ बजेको थियो माथि पुग्दा| गएर फेरी आफ्नु ठाउमा बसे र ल्यापटपमा कामहरु हेर्न लागे|  ४:४५ तिर बिस्तारै कोहि कोहि ब्याग बोकेर घर हिड्न लागे तर मलाई अफिस ५ बजे सम्म भनिएको थियो,त्यसैले काम केहि नभएपनि म चाही आफ्नै ठाउमा बसिरहे|
“ल कफी लेउ,तिम्रो मन पर्ने कुरा|” बिस्वासले दुइटा हातमा दुइ कप कफी ल्याउनु भएको थियो,एउटा मेरो छेउमा राखिदिनु भयो र अर्को कपबाट आफै  पिउन लाग्नु भयो र एउटा कुर्ची तानेर मेरो छेउमा बस्नु भयो|
“म आफै ल्याउथे नि,हजुरले किन ल्याउनु भएको|” मलाई अप्ठेरो लाग्नु स्वाभाविक नै हो | अप्ठेरो आफ्नु ठाउमा छ,फेरी मलाई खासै कफी मन पर्दैन पनि|
“भोलि देखि आफै ल्याउनु| भोकै चाही नबस,फेरी बिरामी भए भने कम कसले गर्छ|” उहाले भर्खरको बोलेको  पहिलो वाक्यमा पहिले जस्तै रूखोपन थियो र दोस्रोमा ठ्याक्कै उल्टो|
“आज मेरो मिटिंग भएर ब्यस्त भए| मेरो ठाउ चाही यहि हो तिम्रो छेउमा,भोलिबाट काम सुरु गर्नु पर्छ है|” उहाले यति भनेपछि मैले हुन्छ बाहेको केहि भन्न नै जानिन| तर डर चाही लाग्यो, छेउ मै बस्ने भनेपछि, मेरो एउटा एउटा कामको निगरानी हुने भयो, खै अभ के हुने हो|
“तिम्रो र मेरो एउटा बानि चाही मिल्ने रैछ|” अभ उहाले के बानि भनेको थाहा थिएन मलाई , तर उहाले यसरि बोलिदिदा मलाई केहि सजिलो हुदै थियो घुलमिल हुन|
“के बानि?” मलाई थाहाथिएन तर थाहा पाउन चाही मन लाग्यो|
 
To be continue……
Previous article
Next article

Latest Posts