Part 41

“शोभाले सधै हजुरलाई भेना भेना भन्छे| सधै भेनालाई कस्तो छ सोध्छे|जे कुरामा पनि हजुरलाई भेना भन्छे|”शोभाले जहिले यस्तै भन्ने गर्छे मलाई,बिस्वास्लाई पनि भनिदिए,उहाले के सोच्नु हुन्छ मतलब भएन|

मैले भनेनी आज उहाले मैले नसोचेको जवाफहरू दिदै हुनुहुन्छ,उहाको अर्को जवाफ पनि त्यस्तै आयो,अलिकति पनि रिसाउनु भएन उहा र मुस्कुराउदै भन्नु भयो “शोभाको दिदि पनि छ र,अनि मलाई मन पनि पराउने|पहिले भन्नु पर्छ नि|”
“हजुर मान्छे त उल्लु हो|” उहाले बुझेर पनि नबुझे जस्तो गर्नु भयो,त्यो कुरा मैले पनि बुझे र मैले पनि बुझेर पनि नबुझे जस्तै गरे| उहाले जे गर्दै जानु भयो,म पनि त्यहि सिक्दै थिए|
“जिस्किनु ठिकै हो तर हामि बीच त्यस्तो केहि छैन भनिस् नि?” उहाले सत्य नै बोल्नु भएको हो तर एकछिन चिसो भयो मन,उहाको लागि हामि बीच केहि नभएपनि,मैले त हामि बीच एउटा संसार नै कल्पना गरेर बसेकी छु|
“हामि बीच त्यस्तो केहि छैन र?” मैले बिस्वस्लाई यो प्रश्न गर्ने बित्तिकै, आफुलाई अर्को प्रश्न गरे,किन सोधे बिस्वासलाई यो प्रश्न भनि|
“किन?केहि छ र ?” प्रश्न को जवाफमा प्रश्न सोध्ने मान्छेसंग मलाई जति रिस उठ्छ,त्यति रिस कोहिसंग पनि उठ्दैन|
“म हजुरलाई सोध्दै छु,जवाफ दिने काम हजुरको हो|” जब उहाले प्रश्नको जवाफमा प्रश्न सोध्नु भयो,म किन उत्तर दिनु,आखिर उहाले जे गर्नु हुन्छ त्यहि सिक्दै हो म पनि|
“तलाई किन छ जस्तो लाग्छ|” म जवाफ खोज्दै छु,उहा भने प्रश्न थप्दै हुनु हुन्छ,जवाफ दिने छाटकाट नै छैन| 
“मैले आफु के सोच्छु भन्ने कुरा हुदै छैन यहाँ,हजुरले के सोच्नु हुन्छ भनेर सोध्दै छु|” जहिले रुखो हुने उहा हो,तर अहिले भर्खरै भने म रुखो हुन पुगे|
“त अनि म बीच मित्रताको सम्बन्ध बाहेक केहि छ जस्तो लाग्दैन,मित्रता फेरी सामान्य हैन,घनिष्ठ मित्रता जहाँ एक अर्काको बारे सबै थाहा हुन्छ,एक अर्कासंग केहि कुरा लुक्दैन,जो सुखमा मात्र हैन दुखमा पनि संगै हुन्छौ,जसको काम संगै हास्ने मात्र हैन एकान्तमा बगेको आशु पुछ्ने पनि हो|” उहाको यो जवाफले म खुसि हुनु कि दुखि, उहाले बडो मज्जाले मन घोच्ने गरि मिठो पाराले मन दुख्ने कुरा भन्नु भयो|
“तर किन मलाई त्यस्तो लाग्दैन?” मलाई रिस पनि उठ्दै थियो र रिस संगै म भित्र प्रश्नहरु पनि थुप्रै थिए,एक एक गरि निक्लिदै थियो|
“तलाई के त्यस्तो लाग्दैन?” मेरो प्रश्न मेरो लागि सजिलै बुझिने थियो,उहाले चाही किन बुझ्नु भएन,कि फेरी पनि बुझेर पनि नबुझे जस्तै गर्नु भएको हो उहाले|
“मलाई किन हजुरले भनेको कुरामा विश्वास लागेन,हजुरलाई हो मेरो बारेमा सबै थाहा भएको,मलाई हजुरको बारेमा केहि कुरा मात्र थाहा छ| मैले हो हजुरलाई आफ्नु एक एक कुरा सुनाउने,हजुरले त आफ्नु बारे न् सुखको पलहरु सुनाउनु भएको छ न् दुखको| संगै बसेर हजुर संग धेरै हासेकी छु,मलाई थाहा छ हजुर एकान्तमा अर्कै मान्छे हुनुहुन्छ,त्यो मान्छे मैले कहिले चिनेकी छु? खुब सबै थाहा छ रे|” मनको कुरा एक एक गरि निक्लिदै थियो म भित्रबाट,खै मलाई के भयो आज यस्तो आट आउने गरि|
“अहिले सम्म मैले तलाई भेटे देखिको केहि कुरा लुकाएको छु जस्तो पनि लाग्दैन|” मैले आफ्नु मनको भावनाहरु व्याख्या गर्दै उहा सामु राख्दै थिए र उहाको जवाफ चाही छोटकरीमा आउदै छ|
“त्यसो भए मलाई हजुरको बारेमा किन धेरै केहि थाहाछैन,हजुरको घर परिवार अतित,केहि थाहाछैन मलाई,किन?” यो मेरो रिस हो कि मन भित्रको भावना, खहरे जस्तै अचानक आयो |
“तैले कहिले सोधिस र?” कस्तो अचम्मको जवाफ उहाको,मेरै गल्ति जस्तो गर्नु हुन्छ, मैले नसोधेर नभनेको रे|
“हजुरले कहिले सोध्नु भयो मेरो बारेमा,भएन नि तर म आफै भन्छु नि|अचम्मको कुरा नगर्नुस् न|” आज चोथाली भए म|
“मान्छेहरु फरक हुन्छन,त चित्र भरिएको किताब जस्तै छस्,अनपढले पनि बुझ्न सक्छन|” उहाले मेरो बखान गरेर मेरो रिस कम गर्न खोज्नु भएको हो?
“अनि हजुर चाही कस्तो खाले किताब नि?” उहाको हरेक जवाफ पछी मेरो नया प्रश्न थपिन पुग्छ,आज मनमा केहि बाकि नरहने भयो|

Previous article
Next article

Latest Posts