Part 40

“म पनि तलाई ……. ” उहाले यति मात्र भनेको सुने र त्यसपछि के भयो याद छैन। सायद म ढले होला तर जब आखा खुल्यो म हस्पिटलमा हैन हलमा थिए| मुभिको मध्यान्तरमा बिस्वास टवाइलेट जानु भयो र त्यो बेला म कल्पनामा पुगेछु,कल्पना पनि हैन सपना देख्न लागेछु| फेरी मन मनै के के सोच्न भ्याएछु, सपनामा भएपनि बिस्वास मेरो हुनु भएको थियो| अहिलेको बास्तबिकता भन्दा सपना नै राम्रो लाग्न लाग्यो, सपनामा भएपनि उहालाई आफ्नु मनको सबै कुरा भनेछु| अभ मेरो सपना,बिस्वासको बास्तबिकता संग कति मिल्छ भन्ने कुरा मनमा चल्न लाग्यो, के साच्चिकै उहाको बर्तमान अतितमा निसासिने गरि जकडिएको छ?

कल्पनामा आट गरेर सोध्न त सोधे तर अहिले सोध्ने आट छैन| बिस्वासले फर्किदा खेरि दुइटा कफी पनि लिदै आउनु भयो| जे जे कल्पनामा उहालाई सोध्दै थिए म,के अहिले सोध्न मिल्छे मैले? सायद मिल्दैन होला, मनले जे भन्यो त्यहि माने र उहालाई केहि सोधिन र भनिन पनि|

“कस्तो लाग्यो त तलाई मुभि?” हलबाट हामि क्याफे पुगेका छौ,मैले एकछिन सम्म केहि बोलेकी थिन| ब्यस्त छु म,मोबाइलमा हैन, अघि कल्पनामा आएको कुराहरुमा रमाउन| उहासंग हुदा धेरै बोल्ने भनेको नै मैले हो, आज म चुप भएको उहालाई पनि अनौठो लाग्दो हो,त्यसैले आफै प्रश्न गर्नु भयो|

“मन पर्यो, हाम्रो कहानी जस्तै लाग्यो|” जे कुरा भन्दिन भनेर बसेकि थिए, त्यहि निक्लियो मुखबाट| मनमा यहि कुरा खेलाएर बसेकी थिए, आफैले चाल नपाइ बोलि हाले|

“हाम्रो कहानी जस्तो चाही केहि पनि छैन|पागल|” धन्न मेरो कल्पनाको संसार र बास्तबिकता फरक छ भन्ने कुरा उहाले अहिले भर्खर महसुस गराउनु भयो |

“मलाई त त्यस्तै लाग्यो, हजुरलाई जे लागोस् न|” म के बोल्दै छु, मलाई आफै थाहाछैन, सधै जस्तो| तर पनि निर्धक्क छु, उहा रिसाउनु हुन्न भनि, सायद|

“ल के के छ हामीसंग मिल्ने भन्त?” उहाको यो वाक्यले चाही मलाई अप्ठ्यारो पार्यो,सबै कुरा भन्न पनि नमिल्ने,नत्र मेरो मनको कुरा सबै थाहा पाउनु हुन्छ उहाले|एकछिन सम्म सोचे, मौका राम्रो छ,उहालाई सबै भन्न सक्छु मनमा मेरो जे छ, या सबै लुकाउन सक्छु,के गर्नु भनि सोच्न लागे र अन्त्यमा केहि नभन्ने निर्णयमा पुगे|

“हजुर लेखक हो,हजुल्र आफै बुझ्न जान्नु पर्छ,म त केहि भन्दिन|”  यति भन्दा भन्दै मुभि पनि सुरु भयो र हाम्रो कुरामा अहिले यहि पुर्णबिराम लाग्यो|

फेरी पनि मेरो हातले उहाको हात समात्न पुगे र मेरो टाउको उहाको काधमा टेको लगाउन पुग्यो| बीच बिचमा छोटो वाक्य, अनि उहासंगको भबिस्यको कल्पना,यसरि नै सकियो मध्यान्तर पछिको बाकि भाग| सायद बिस्वासले मुभि हेर्नु भयो होला,पुरै नै हेर्नु भयो होला| म भने मुभि हेर्न गएको मान्छे तर मुभी बनाउन लाग्ने,कल्पना गरेर मेरो र बिस्वासको प्रेम कथा बुन्न लागे त्यो मैले कल्पनामा सृजना गर्दै गरेको मुभिमा|

हल पछी क्याफे अनि क्याफे पछी घर| हल देखि घर सम्मको यात्रामा,कुरा केहि भर्खर हेरेको चलचित्रको भयो,केहि अफिसको,केहि मेरो बारेमा अनि केहि हाम्रो बारेमा| कुराको गहिराइ सधै जस्तो माथिल्लो सतहमा मात्र थियो| घर गएपछि केहि ब्यस्त भए,लुगा धुनु थियो र कोठा मिलाउन पनि बाकि थियो|

खाना खाइसकेपछी सिधै ओछ्यान माग गर्यो मेरो यो शरीरले, अनि सुत्नु भन्दा पहिले बिस्वासको आवाज सुन्न चाहयो यो मनले, सपनामा पुग्नु अघि बिस्वासको माया महसुस गर्न खोज्यो यो मनले| बिस्वासलाइ फोन गरे, सुरुकै केहि रिंगमै उठाउनु भयो उहाले,कुरा हुदै गयो हुदै गयो अनि कुरै कुराको बिचमा उहालाई केहि सुनाउन मनलाग्यो|

“एउटा कुरा भनु?” प्रश्न नसोधी सिधै भनेको भए नि हुन्थियो तर कुरा केहि फरक थियो, डर थियो मनमा उहाले के प्रतिक्रिया दिने हो भनि,त्यसैले पहिले अनुमति लिन्छु अनि पक्का गर्छु उहा रिसाउन पाउनु हुन्न|

“भन् न,केहि भन्नु अघि यस्तो प्रश्न गर्नु पर्छ र?” हो अहिले सम्म केहि भन्नु छ भने सिधै भन्थिए तर यो पालि डर लाग्यो,त्यसैले यसपछि अर्को प्रश्न फेरी थपे|

“नरिसाउनु है त,मैले जे भने पनि?” उहाले हुन्छ भनेपनि डर कायम नै थियो,त्यसैले यो प्रश्न थपे| उहाले यो प्रश्नको उत्तर पनि हुन्छ मा दिनु भयो र म तैयार भए आफ्नु मनको कुरा लिएर|

Previous article
Next article

Latest Posts