सनिराले भनेपछी कौशिक त्यहाँबाट हिड्यो तर कौशिक आफ्नो घर गएन| oyo बाट एउटा होटेल बुक गर्यो र रक्सी बोकेर त्यहि पुग्यो| मायाले अन्धो मात्र हैन मुर्ख पनि बनाउछ| नत्र कौशिक पानिमा भिजेको थियो अघि, लुगा अहिले सम्म पनि चिसो छन्| कौशिक यसरि नै बस्यो र लुगा फेरेन भनेउसलाई सन्चो नहुन सक्छ| उ बिरामी पर्न सक्छ| घर जानु नै सहि निर्णय हुन्थियो तर मायाले उसलाई मुर्ख बनाएको छ| रक्सिको केहि चुस्की अनि रक्सिको नशाले छुन सुरु गर्यो कौशिकलाइ| सनिराले कौशिकको माया नअपनाएको कारणले नै अहिले कौशिक एक्लै बसी रक्सि पिउदै छ र अहिले पनि सनिरालाइ नै सम्झिदै छ| उसले अहिले सम्म पनि बुझेको छैन आखिर सनिराले उसको माया किन स्विकारिन|
कौशिक जसरि सनिरा पनि सुत्न सकेकी छैन| कौशिक र सनिरा त्यहि एउटा कुरा सोचेर बसेका छन् तर अलि भिन्न तरिकाले| कौशिक सोच्दै छ “आखिर म मा के कमि छ र सनिराले मलाई माया गर्दिनन्|” अनि सनिरा सोच्दै छिन् “ कौशिकले म मा के देख्यो र मसंग माया गर्यो|” कौशिक सनिराले उसको माया नअपनाउनुको कारण खोज्दै छ र सनिरा कौशिकले उनलाई माया गर्नुको कारण खोज्दैछिन्|
“म कौशिकसंग धेरै नजिकिएको हैन नि? मेरो मनमा पंकज छ त्यो मलाई पो थाहाछ तर कौशिकलाइ के थाहा? यदि कौशिकको ठाउमा म भएको भए म पनि प्रेममा पर्थीए होला| यहि गल्ति मेरो छ, मैले कौशिकलाइ पहिले भन्नु पर्ने थियो पंकजको बारेमा|” सनिराको मनमा यस्तै बिचारहरु आउदैछन्|
“ सनिराले मलाई साथि मात्र ठानेकी हो, त्यसैले सच्चा साथि भइ उनि मसंग नजिकिएकी हुन्| म मुर्ख हो कि मित्रता र प्रेममा भिन्नता छुट्ट्याउन सकिन| गल्ति मेरो हो, मैले सनिराको मनको भावना नबुझी आफ्नो भावना जिकिर गरे उनि सामु|” कौशिकको सोच यस्तो छ फेरी|
दुबैले आफुलाई गलत ठान्दै बसेका छन्| यहाँ गलत सनिरा पनि हैन र कौशिक पनि हैन| कसैलाई माया गर्नु गलत हैन अनि दुवै माया नै गर्दैछन्| माया दुबैले गर्छन तर एकअर्कालाई हैन, उनीहरुले माया गर्ने मान्छे अलग छन्| दुवै एउटा आकाश मुनि छन् तर फरक ठाउमा| दुवैले सोच्ने बिषय एउटा छ तर तरिका भिन्न| अचम्म हैन त? यसरि आफुलाई गलत घोसित गरेर, आत्माग्लानिमा डुबेका छन् दुवै| यसरि नै रातको १ बज्छ तर दुवै सुत्न सकेका छैनन्| सनिरालाइ कौशिकसंग बोल्न मन छ र कौशिकलाइ पनि सनिरासंग बोल्न मन छ| दुवै अहिले पनि त्यहि बिषयमा सोच्दै छन् तर सोच्ने तरिका फेरिएको छ| सनिरा अहिले सम्म पनि आफुलाई दोषी मान्दै छिन् र रक्सिको नशाले काबु गरेपछि कौशिकले पनि सनिरालाइ दोषी मान्न थालेको छ| कौशिकले फोन गर्यो सनिरालाइ|
“सुतेती छैनौ?”
“छैन| निन्द्रा नै लागेन| तिमि किन नसुतेको नि कौशिक?”
“तिमीले सुत्न दिएनौ, अनि कसरि सुत्नु?”
“ I am sorry. गल्ति मेरै हो, म आफ्नो
गल्ति स्वीकार्छु|”
“ गल्ति स्वीकारेर के गर्छौ| मेरो माया स्वीकार्न मानिनौ|”
“ भन्दै छु त गल्ति मेरो हो| मलाई अझै नराम्रो महसुस नगराउन|”
“ मलाई किन Reject गरेको? तिम्रो boyfriend
छ हो?”
“छैन|”
“कसैलाई मन पराउछौ हो?”
“नाई, त्यस्तो पनि हैन|” सनिराले झुठ बोलिन् र सायद गल्ति गरिन् झुठ बोलेर|
“ त्यसो भए तिमीलाई म मन पर्दिन हो?”
“मैले त्यस्तो कहिले भने?”
“नभनेपनि त्यस्तै जताउदै छौ|”
“के गरे मैले त्यस्तो फेरी?”
“अनि म मन पर्छु भने किन reject गरेको मलाई?”
“मन पराउनु र माया गर्नुमा फरक छ नि त|”
“ के फरक छ त्यस्तो? म तिमीलाई मन पराउछु अनि माया पनि
गर्छु| के फरक छ र सनिरा यसमा?”
“ हो यहि फरक छ| म तिमीलाई मन पराउछु तर माया गर्दिन| मान्छेलाइ मन पराउदैमा माया
गर्नुपर्छ भन्ने हुन्न| म तिमीलाई मन पराउछु र साथि मान्छु| मन पराउनु र माया
गर्नु बीच अन्तर छ| यो अन्तर देखिन्न तर महसुस गर्नुपर्छ| जस्तै माया पनि देखिन्न
महसुस गर्नुपर्छ| महसुस गर्नेले मात्र चाल पाउछ त्यो अन्तर, महसुस नगर्नेले त्यहाँ
भिन्नता छ भनेर नै चाल पाउदैन|”
“ मतलब म मुर्ख हु जसले त्यो भिन्नता देखिन?”
“ तिमीलाई कसले मुर्ख भन्यो? मुर्ख म पनि हुन सक्छु नि, जसले तिम्रो भावना बुझ्न सकिन|”
“ तिमीले नसकेको हो नखोजेको?”
“ नचाहेको|”
“मतलब म तिम्रो मायाको लायक छैन?”
“मैले फेरी त्यस्तो भने र?”
“ त्यहि त बुझ्न सकिन मैले| तिमि के भन्न खोज्दै छौ र के गर्न खोज्दैछौ, मैले
बुझ्न नै सकेको छैन सनिरा|”
“ ल मान हामि सम्बन्धमा छौ| तर भबिस्य के देख्छौ हाम्रो? तिमीले के देख्छौ थाहाछैन
तर म भबिस्य नै देख्दिन कौशिक| म यहाँ अब दुइ बर्षको लागि मात्र हो| कलेज सकिन्छ,
नेपाल फर्किन्छु| हाम्रो देश मिल्दैन, हाम्रो संस्कृति मिल्दैन र हाम्रो सोच मिले
पनि हाम्रो परिवारको सोच नमिल्न सक्छ| जब भबिस्य नै छैन र गन्तब्य नै छैन भने किन
यात्रा सुरु गर्नु? ”
“ मन मिले र भावना मिले हुन्न? किन परिवार र अरु सोच्नु|”
“ तिमी यहाँ गलत छौ कौशिक| तिमीलाई मैले चिनेको कति भयो? तर मैले परिवारसंग जीवन
जिउदै छु, मेरो जीवन मेरो परिवारको उपहार हो| अब तिमीनै भन, म तिम्रो लागि कसरि
आफ्नो परिवारलाइ त्याग्न सक्छु| अनि तिमिसंग भबिस्य सम्झी कसरि रमाउ म, जब परिवार बिना
म आफ्नो जीवनको अस्तित्व नै देख्दिन|”
“तर तिमि बिना म आफ्नो भबिस्य देख्दिन सनिरा|”
“ म बिना पनि जीवन चल्दै थियो नि? अब यसरि नै चल्छ| मैले प्रभाव बिस्तारै मेटिदै
जान्छ|”
“ अघि तिमीले मलाई गलत भन्दै थियौ नि| अहिले गलत तिमि छौ| तिम्रो प्रभावले मेरो
जीवन बदलिएको छ| तिमि मेरो लागि मेरो
जीवनको त्यो क्रान्ति हौ, जसको लहर एकपल्ट
आयो र प्रभाव सधैको लागि छाडेर गयो| मान्छेको साथ छुट्टिन्छ तर प्रभाव रहीरहन्छ| तिम्रो
माया बिना म कसरि बाचौ? अब म बाच्दीन|”
“ एक जनाको अवाभमा जिवन त्याग्ने? तिमीले प्रभावको कुरा गर्दै थियौ| तिमिले यसरि
जीवन त्यागेउ भने त्यसको प्रभाव कतिलाइ पर्छ? तिम्रो परिवार,
तिम्रो साथि, तिम्रो आफन्त अनि तिमि आफैलाइ पनि|”
“ तिमीले सबैको नाम लिएउ तर आफ्नो नाम लिनौ| तिमिलाइ केहि प्रभाव पर्दैन सनिरा?”
“ तिमीले मलाई आफ्नो साथि मान्दैनौ? मलाई आफ्नो साथि मान्दैनौ? मैले आफ्नो नाम लिन
कि म तिमीलाई आफ्नो साथि अनि परिवार सोच्छु|”
कौशिकमाथि आत्महत्याको सोच हावी हुदै थियो र सनिराले त्यसलाई रोक्दै थिइन्|
कौशिकलाई सम्झाई बुझाइ गरि सुत्न पठाइन् सनिराले र आफु पनि सुत्न तैयार भइन्| सनिराको
बिहान आखाँ खुल्छ….
