प्रेम अनि इच्छाले उछ्छिन्यो कौशिकको दोमनलाइ| चारैतिर छरिएको हिम्मत जुटायो र मेसेज टाइप गर्न सुरु गर्यो कौशिकले| पानि पर्दैछ, मौसम रोमान्टिक छ| मौसमले वातावरणमा छरेको रोमान्स कौशिकको शब्दमा र उसको मनमा पनि सर्यो| हरेक वाक्य सोची सोची लेख्दै छ कौशिकले मानौ प्रेमपत्र हैन परिक्षामा उत्तरपुस्तिका भर्दैछ| नभन्दै तिन घण्टानै लगायो एउटा प्रेमपत्र लेख्न| प्रेमपात्र भन्दैमा कागजमा नै लेखेको भने हैन| whatsapp को मेसेज बक्समा लेख्दै छ कौशिकले त्यो प्रेमपत्र| लेख्न जति समय लगायो त्यति नै समय त्यो मेसेज पठाउन लगायो उसले| कौशिक भित्र हिम्मत पनि किस्ताबन्दी मात्र आउदैछ| कहिले किस्ता पुग्ने हो र बल्ल उसले त्यो मेसेज पठाउछ सनिरालाइ| कौशिकले प्रेमपत्र सेन्ड गर्यो सनिरालाइ|
कौशिकको मेसेजको रिप्लाई आएन| कौशिकलाइ सिकसिक भयो| कहिँ सनिराले नराम्रो मानेको त हैन? कहिँ सनिरासंगको मित्रता टुट्ने त हैन नि? के सनिराले कौशिकलाइ साथि मात्र ठानेकी र कौशिकले सम्बन्धको अन्त्य गरेको हैन नि? अब के गर्ने गर्ने हुन लाग्यो कौशिकलाइ| जवाफ आइदिए पनि उसको चिन्ता कम हुन्थियो| कि खुसि हुन्थियो कि दुखि हुन्थियो कौशिक जवाफ आइदिएको भए| तर अहिले डरमा छ अनि त्रासमा, जवाफ के आउने हो भनि| अझै आधा घण्टा पर्खियो तर पनि जवाफ नआएसी अर्को मेसेज पठायो| त्यो मेसेजको पनि रिप्लाई आएन|कौशिकले फोन गर्यो सनिरालाइ| फोन पनि उठेन| अब परेन फसाद कौशिकलाइ? कौशिकलाइ भित्र भित्रै पोल्न लाग्यो| उसलाई जवाफ चाहिएको छ, चाहे त्यो हुन्छ होस् या हुन्न होस्| कौशिकले हार मानेन र अझै पनि फोन गर्दैछ| सनिराको फोन उठ्यो तर एक घण्टा पछी|
“ सनिरा, तिमि रिसाएकी हो? नरिसाउन||”
“रिसाउनु रे? किन रिसाउनु म?”
“ अनि किन फोन पनि नउठाउने, मेसेज पनि
रिप्लाई नगर्ने|”
“ हाम्रो घरको लाइन बिग्रेर भर्खर त आयो| मोबाइल पनि चलाएको थिइन अनि नेट पनि
थिएन|”
“ मतलब तिमीले मेसेज पढेकै छैनौ? म त्यसै डराएको|”
“मेसेज? कुन मेसेज?”
“कुनैं पनि हैन| के गर्दैछौ?”
“म त अब सुत्न लागेको| सुनन म तिमीलाई ५ मिनेटमा फोन गर्छु नि|”
सनिराले यति भनेर फोन राखिन् र ब्रस गर्न गइन्| उनको मोबाइलमा चार्ज पनि छैन| मोबाइल चार्जमा जोडेर ब्रस गर्न गएकी उनि, फर्किदा मामाले बोलाउनु भयो आफ्नो कोठामा| सनिरालाइ अनलाइन नदेखेर मामुले अत्तालिएर मामाको मोबाइलमा फोन गर्नु भएको रैछ| मामुसंग बोलेको बोलेई भइन् सनिरा| कौशिकलाइ ५ मिनेटमा फोन गर्छु भनेकी थिइन्, बिर्सीन् सायद उनले| कोठा फर्किदा उनको मोबाइल पनि फुल चार्ज भइसकेको छ र मोबाइल हेर्दा त्यहा १९ मिसकल छ कौशिकको| कौशिकको यति धेरै मिसकल देखेपछी सनिराले समय खेर नफ्यालि फोन गरिन् कौशिकलाइ|
“ओइ पागल| कति धेरै फोन गरेको?”
“अनि ५ मिनेटमा फोन गरेर गायब भयो तिमि| मैले के गर्नु अनि?”
“ मामुसंग बोल्न लागे नि त| मामुसंग बोलेर सक्ने बित्तिकै फोन गरेको हो तिमीलाई|”
“ ठिकै छ नि त| अब के गर्छौ?”
“के गर्नु? तिमिसंग बोल्दै सुत्छु| फेरी यहाँ कति ठुलो पानि पर्दैछ, तिम्रो घरतिर
पनि पानि पर्दैछ?”
“ म मेरो घरमा त छैन| के थाहा त्यहा परेको छ कि छैन|”
“कहाँ छौ त त्यसो भए? रक्सी पिउन
साथिको घर गएको त हैन नि?”
“तिम्रो झ्याल त खोल न|”
“ नजीस्कन, कत्ति न मैले मेरो झ्याल खोल्दा उ मेरो झ्याल बाहिर हुने जस्तो|”
“ कस्तो बिस्वास नागरेको| खोलेर त हेर|”
“ खै, छैनौ त तिमि बाहिर?”
“अनि मैले म बाहिर छु भनि कहिले भने?”
“गू खाउ तिमि| अनि किन खोल्न भनेको झ्याल?”
“ किन कि म तिम्रो घर बाहिर छु|”
“खुब! म झ्यालमा नै छु, देखिन त मैले
तिमीलाई|”
“मैले त तिमीलाई देख्दैछु नि| पहेलो टिसर्टमा राम्रो देख्नेरैछ तिमीलाई|”
“तिमि साच्चिकै मेरो घर बाहिर पो हो! तर कहाँ छौ के? देखिन त मैले तिमीलाई|”
“ल अब राम्ररि हेर त| देखेउ अब?”
“oh my god! तर तिमि किन यहाँ?”
“मलाई यहाँ देखेर खुसि लागेन र? किन भनेर पो सोध्छौ|”
“ खुसि दुखि पछी भन्छु| कुन बेला आएको तिमि?”
“तिमीले अघि first चोटी फोन उठाउदा, म यहाँ आएको एक घण्टा
भएको थियो|”
“अनि यस्तो पानिमा भिज्दै किन यहाँ आएको?”
“भने त तिमीलाई भेट्न|”
“ह्या, साच्ची भन न|”
“पहिले मेसेज पढ अनि|”
कौशिक गएको दुइ घण्टा देखि पानिमा भिज्दै रैछ| सनिराले मेसेजको रिप्लाई नदिदा,
पानिमा भिज्दै उ सनिराको घर अगाडी पुगेछ| सनिराको घर अगाडी पानिमा भिजेर सनिराको
रिप्लाई पर्खिनु र आफ्नै घरमा बसी सनिराको रिप्लाई पर्खिनुमा केहि फरक छैन| कौशिक
त्यहाँ आफै गएको हैन, उसको मनले त्यहाँ लागेको हो उसलाई|
सनिराले मेसेज पढिन् र कौशिकको प्रेम प्रस्ताभ स्वीकार गरिनन्| कौशिकको प्रेम प्र्स्ताभको एक एक शब्द पढ्दा पनि उनले पंकजलाइ नै सम्झिदै थिइन्| सनिराले कौशिकमा साथि मात्र भेटेकी रैछे तर कौशिकले सनिरा भित्र आफ्नो माया भेट्यो| सनिराले कौशिकको प्रेमलाइ अस्विकार गरिन्| कौशिकले कारण माग्न थाल्यो| कौशिकले आफ्नो मन बुझाउन कारण जान्न खोजेको हो तर सनिराले भनिनन्| उनले यति मात्र भनिन् “कौशिक, मैले जहिले पनि तिमीलाई आफ्नो साथि मात्र ठानेको छु| अब यहि कुरामा अड्किएर समय अनि हाम्रो मित्रता खेर नफ्यालौ|” सनिराले सम्झाई बुझाइ गरेर कौशिकलाइ घर फर्किन राजि बनाइन्|
सनिराले भनेपछी कौशिक त्यहाँबाट हिड्यो तर……..
