Part 42

सुबोध होटेलको गेटमा पुग्दा, मैले उसको डायरीबाट कागज खसेको देखे| मैले त्यो कागज खसेको देखे तर उसले चाल पाएन| गेटमा पुगेपछी मलाई हेर्नको निम्ति एक पल्ट फर्किन्छ भनि आश गरेको तर आश पुरा भएन| उसको डायरीबाट केहि खस्यो भनि भन्न मन छ तर उसले एकान्तको खोजीमा उ हामि बसेको ठाउबाट उठेर गएको हो| उसलाइ रोकेर उसको एकान्तको खोजमा दखल दिन मनले मानेन| जाबो त्यो एउटा पाना उसलाई भोलि दिए पनि हुन्छ नि मैले| के नै खास होला र त्यो कागजमा|

त्यो कागज उसलाई भोलि दिए हुन्छ तर मैले अहिले उठाउनु पर्छ नत्र त्यो उडेर जान सक्छ या अरु कसैको हातमा पर्न सक्छ| या कसैले किल्चिएर च्यातिन पनि सक्छ त्यो कागज| उठे र गेट सम्म पुगेर त्यो कागज हातमा लिए| पानालाइ एकपल्ट मोडेको  छ, अनि त्यहाँ भित्र केहि लेखिएको छ भनि प्रस्ट थाहा हुन्छ| कोठासम्म सजिलै पुगे तर कोठा पुगेपछि सुत्न चाही सकिन| थाहा छ कसैको डायरी बिना इजाजत पढ्नु हुन्न अनि त्यो अघिको पाना पनि सुबोधको डायरीको नै अंश हो| तर त्यो पाना नपढी भएको छैन मलाई| मनलाइ थाम्न सकिन, खोज्दै थिए तर सकिन| त्यो पानामा के लेखिएको छ पुरै नपढेर, माथिको एक वाक्य मात्र पढ्छु सोची पाना हातमा लिए| सबैभन्दा माथि लेखिएको थियो “बदनाम उनि, बर्बाद म|” उसले अस्ति भर्खर लेख्दै गरेको रचना यहि त थियो|  उसले बदनाम भनेर कसलाई सम्बोधन गर्दै छ, जान्नु छ मलाई| आफुलाई रोक्न सकिन र पढ्न लागे|

<<>>

“बदनाम उनि, बरबाद म|” 

यो कहाँनी उनको अनि मेरो।

मलाई पनि मन छैन, बर्बाद हुनलाई, बदनाम हुने इच्छा उनको पनि हैन होला । चाहदा नचाहदै, म बर्बद भए, बदनाम उनि पहिले देखी नै हुन्।

पहिलो भेट हाम्रो, पुरनो बानेस्वरको चिया घरमा भ्एको थियो। म, मेरो साथी अनि उनि । । जिन्दगीमा हार हुन्छ, जित हुन्छ, संघर्ष हुन्छ, पिडा हुन्छ अनि खुशी पनी हुन्छ तर मेरो जिवनमा छ त केबल बर्बादी। बर्बाद हुँदै गएको म, मेरो भेट बदनाम भइसकेकी उनिसँग साथिले नै गरायो । म अनि मेरो साथी चाडै पुगेका थियौ, उनि हामी पुगेको ५ मिनेतमा पुगिन्।

जिवनको यस्तो पलमा थिए म, जहाँ सबै मबाट परा हुँदै थिए, चाहे त्यो आफन्त हुन्, खुशी होस या पैसा। म सँग अहिले संगै भएको भनेको मेरो साथि, विमर्श मात्र हो। उस्ले नै उनि सँगको चिनजान अघी लगिदियो| मैले केहि अपत्ती जनाउन सकिन। पहिलो सात दिन, साथी बिना उनिलाई भेट्न जाने हिम्मत नै भएन। साथिले पनी के सोच्दो हो। सुरुका केहि दिन अप्ठेरो भए पनि, समय संगै सबै सन्कोचहरुको सतिप्रथा सरी समाप्ती भयो, साथ संगै सम्बन्धमा समिप्ता बध्यो ।

दिनदिनै हामी झनै नजिक हुँदै गयौ। यो सम्बन्ध स्वर्थको होस या प्रेमको, यस्मै खुशी छु म। उनिसँग जती नजिक हुँदै गए, त्यत्तीनै आफ्नो पिडालाई भुल्दै गए। उनको साथमा केहि अनौठो जादु छ, त्यसैले त उनि सँग हुँदा म बाकी सबै बिर्सिन्छु। हाम्रो भेट दिनकै नै हुन्थियो तर उन्ले मलाई आफ्नो माया जालमा यसरि पारेकी थिइन्, कि अब समय हुने बित्तिकै उस्लाई नै भेट्न मन लाग्ने। केही चिन्तापर्‍यो, या केहि खुशीको पल आयो, उनलाई नसुनाइँ नहुने। उनको ओठ  त्यो मिठास, मिल्ने भए जिन्दगी भरिको लागी नै उनको ओठलाई आफ्नो ओठ बिच बन्धी बनाउथिए ।

 म उन्लाई यती माया गर्छु कि अचेल आफ्नै घर जान मन लाग्दैन|  हरेक पल उनि संगै बस्न खोज्छ मेरो यो मन। दिक्क भइ सके, घर जानु अघी उनिलाई सधै हतार हतारमा भेट्नु पर्दा| एक्छिन भेटेर मनको तृष्णा नमेटिने। खोजेको सबै मिल्दैन थाहा छ मलाई। सके जती मिलाउन खोज्छु, अनि हफ्ताको एक दिन भए पनी उनिलाई आफ्नो साथीको घर पेप्सीकोला लग्छु। रातभर उनि सँग हुनु, उनको ओठ चुम्नु, उनको शरिर भर आफ्नु हात खेलाउदा कस्तो अनुभव हुन्छ भनि बयान गर्न खोज्दा शब्द पर्याप्त भएन। मैले चुम्ने  ओठ, उनको मात्र हो अनि उन्ले चुम्ने ओठ हजार छन्, त्यही पनी मेरो केहि गुनासो छैन। म बर्बाद हुदा उस्ले मलाई अप्नाएकी छिन्, उनि बदनाम छिन थाहा पाउदा पाउदै मैले उन्लाई रोजेको हो। गुनासो गर्ने कही कुनै ठाउ नै भेटीन। यहाँ सम्म याद छ मलाई, साथी र मैले , त्यहि एउटा  पलंगमा. पाली पिलो उन्लाई चुम्दै, उनको मायामा लिप्त भएको छौ|  त्यसैले त उनि बदनाम छिन्।

उनि बदनाम छिन्, उनको र मेरो सम्बन्ध, न समाजलाइ स्वीकार्य हुन्छ न मेरो आफन्तलाई नै| समाज र आफन्त परको सोच हुन्, उनको र मेरो सम्बन्ध मेरै कती साथीलाई स्विकार्य छैन। हाम्रो सम्बन्धको भबिस्य छैन सायद तर उनलाई छाड्न पनी त सक्दिन म। साथिले कती सम्झाए “सुबोध, तैले उस्लाई छाड्नै पर्छ। अहिले छाडिनस् भने पछी छाड्न झनै गार्हो हुन्छ। एक पल्ट आफै सोच , घरमा उस्को बारे थाहा पाए भने के गर्छस? तैले आफ्नो समय अनि सम्पती दुबै सक्याउदै छस” साथीहरुको यो वाक्यले सोच्न बाध्य बनाउन खोज्छ तर सक्दैन| बर्बाद मान्छेले धेरै चिजको  मुल्य चुकाउदै जान्छ अनि बर्बाद हुन्छ। अनी बदनाम मान्छेको आफ्नै मुल्य हुन्छ मात्र किन्न जान्नु पर्छ|

हाम्रो सम्बन्धको अन्त्य मत्लब, मेरो जिवनको अन्त्य अनि उनि कतै अन्त । म पो उन्लाई माया गर्छु अनि यो मायाको केहि मुल्य चुकाउदै छु। उन्ले म जस्तो मुल्य दिने हजार भेट्छिन ।

भबिस्य छैन भन्दैमा उनिबाट पर हुन सकिन म। म पहिले देखी नै बर्बाद थिए अनि अझै पनि बर्बाद हुदै जादै छु| यो मेरो खुशी हो। जहाँ सम्म सक्छु अघी लग्छु हाम्रो सम्बन्ध, यस्तै छ हाम्रो कहाँनी| बदनाम उनि अनि बर्बाद म|

<<>>

पुरै पढेर सके तर उसले बदनाम कसलाई भन्दै छ अहिले सम्म पनि बुझिन मैले| पानाको अन्तिममा केहि कोरिएको जस्तो छ, कुनै चित्र कोरिएको छ|  त्यहाँ कलम जल्दै गरेको सानो चित्र कोरिएको छ| हैन, त्यो कलम हैन, चुरोट हो| त्यहाँ बनाइएको चित्र चुरोटको हो, जुन सल्किदै छ र त्यहाँबाट धुवा आउदै छ| मतलब उसले यो लेखमा बदनाम भनेर चुरोटलाइ सम्बोधन गर्दै थियो| फेरी एक पल्ट पढे, जहाँ जहाँ उनि लेखेको थियो त्यहा चुरोट कल्पना गर्दै| उसको उपमा प्रयोग गर्ने तरिकाले निकै प्रभावित बनायो मलाई|

कफी, boyfriend, र लेख यस्तो हुनुपर्छ, जसले रात भरि सुत्न दिदैन| यहि सम्बाद कहिले पढेको थिए, सुबोधको यो लेख त्यस्तै छ| दिमागमा धेरै कुरा चल्न लागे, र सुत्न सकिन| लेखमा यति तागत हुदो रैछ, रक्सिको नशा मेटिदिने| रिसेप्सनमा फोन गरे तर फोन उठेन| फेरी पनि रक्सि पिउन मन छ| रिसेप्सनको फोन नउठेपछी, जिउले साथ नदिएपनि मुनि बार जान खोज्दै छु| सकी नसकी बार पुगे| बारमा धेरै हैन, जम्मा १५ १६ जना छन्| अघि सुबोधसंग जहाँ बसेकी थिए, त्यहि नै बसे अहिले पनि| बियर मनले मागेको हो तर शरीरले साथ दिदैन जस्तो छ| त्यसैले बिस्तारै, समय लिदै बियर पिउदै छु|एक बोतल बियर सक्याउदा नै ३ बाजी सक्यो| अर्को बोतल बियर मगाउने कि नाइँ सोच्दै मात्र थिए, यत्तिकैमा……

Previous article
Next article

Latest Posts