एक बोतल बियर सक्याउदा नै ३ बाजी सक्यो| अर्को बोतल बियर मगाउने कि नाइँ सोच्दै मात्र थिए, यत्तिकैमा एउटा नया नम्बरबाट फोन आयो| रातको ३ बजे फोन गर्ने, म जस्तै अर्को दुखि आत्मा चाही को हो? यस बेला फोन उठाउनु कि नाइँ सोच्दै थिए, फोनको घन्टी बन्द भयो| म यहाँ बियर पिउनको लागि बस्दै छु, कसैसंग फोन गर्न भनि हैन| मैले आफैले त्यो नम्बरमा फोन गर्ने त हुदै हुदैन, त्यो पनि अहिले| बियरको चुस्कीमा हराएछु, अझै पाच पल्ट फोन आइसकेको रैछ, थाहा पाइन| समय हेर्न मोबाइल अनलक गर्दा, मिसकल देखे| केहि आवश्यक नपरी कसैले यति राति यति पल्ट किन फोन गर्छ र! तर पनि मैले फोन फर्काइन, म हालतमा नै छैन| फेरी पनि फोन आयो, फोन उठाए र “हेल्लो” भने|
म यता हेल्लो भन्छु, उताबाट पनि “हेल्लो” सुनिनु पर्ने हो तर उता शन्नाता छाएको छ| उता कोहि बोल्ने छैन र कोहि बोल्दै छैन| मैले दुइ तिन पल्ट हेल्लो भने तर पनि उताबाट जवाफ नआएपछी, मैले फोन राख्न बाहेक अरु केहि उपाय छैन| फेरी पनि त्यहि नम्बरबाट फोन आयो र यहि क्रम दोहोरियो| थप ४ ५ चोटी जारि नै रहयो यो घटना क्रम| अब भने डर हाबी हुन लाग्यो म माथि| आखिर को हुन सक्छ? एक चोटी पो झुक्किएर फोन आउछ, तर यति पल्ट? कसैले मजाक गर्दै छ पनि कसरि भन्नु जब मेरो यसरि जिस्किने कोहो साथि नै छैन| सुबोधसंग न मोबाइल छ न मेरो नम्बर, उसले हुन सक्दैन| भाउजु यसरि जिस्किनु हुन्न मसंग| मसंग नजिक भएका मान्छे यति मात्र हुन्| कहिँ क्षितिजले त हैन नि? कहिँ उ मेरो वरी परि छ कि? के यस्तो हुन सक्दैन, कि क्षितिज जहिले मेरो वरी परि नै थियो| मैले उसलाई नदेखे पनि उसले चाही मलाई देख्दै थियो| जब आज म सुबोधसंग नजिकिए, उसलाई जलन भयो र उसले मलाई फोन गर्दैछ| जे पनि हुन सक्छ|
यस्तै सोच बीच घेरिएको थिए, अनि फोन बज्दै रैछ| टोलाएको थिए, फोन बजेको थाहा पाइन| एउटा अधबैसे अंकल छेउमा आएर,”नानि, तिम्रो फोन बज्दैछ|” भने पछी मात्र फोन आएको थाहा पाए| फोन मात्र हैन, मेसेज पनि छ| ३ वटा मेसेज छ|
“फोन उठाउ न|” “मलाई थाहाछ , तिमीलाई मसंग बोल्न मन छैन| तर जरुरि छ, फोन उठाउन|” “तिमि फोन उठाउछौ कि म आफै आउ?” यो तिन मेसेजले माहोल नै अर्को बनाइदियो| म ढुक्क भए क्षितिज नै हो फोन गर्ने मान्छे| यति मात्र अनुमान गर्न सके| यस्तो हैन कि हामि अजनबी हो, म क्षितिजलाइ भेट्न नसक्ने हैन| मैले भेट्ने नचाहेको हैन पनि, उसलाई भेट्न पाउदा म पनि खुसि हुन्छु| उसंग एक अन्तिम पल्ट माफी माग्नु छ| गल्ति दुबैको छ, मलाई आफ्नो गल्तिको माफी माग्नु छ| तर अहिले भेट्नु छैन मलाई क्षितिजसंग| उसले यति राति किन फोन गर्दैछ, कारण थाहा नभई कसरि उसंग फोनमा बोल्नु र उसंग कसरि भेट्नु| उसको मानसिक्ता के हो थाहा नभई उसलाई भेट्नु मेरो मुर्खता हो| यति दिन गायब थियो, आज अचानक फर्कियो, कारण केहि त छ|
म फेरी पनि सोचमा हराएछु| सोचमा मात्र हैन त्रासमा पनि| मेरो वरी परि अहिले क्षितिज मात्र छ, उसको सोच मात्र| कहिँ उसले मलाई केहि गर्ने त हैन भनि डराएको पनि छु| केहि डराएको हैन, निकै डराएको छु, नत्र यसै पसिनाले शरीर भिज्दैन| मुटुको धड्कनको गति तिब्र यसै त हुदैन नि| रक्सिको नशाले अघि नै छाडीसकेको छ| अब मेरो दिमागमा मात्र क्षितिज छ, उसको डर छ, अनि यहि सोचले फेरी पनि मलाइ बिभिन्न सोचमा पुर्यायो|
“के भयो?” अघिकै अंकलले फेरी पनि प्रश्न गर्दै मलाई सोचबाट बाहिर निकाल्नु भयो| “केहि हैन” भनि पन्छिन खोजे| अंकलले बुझ्नु भयो कि म तनाबमा छु, अंकल मेरो अगाडी बस्नु भयो| मलाई सम्झाउन लाग्नु भयो| यस्तो बखत सहानुभुतीको सहाराले सहयोग गर्ने रैछ| थाहा छैन किन तर मैले अंकललाइ सबै बताए| सबै मतलब, अहिलेको फोनले मेरो सोचमा के दखल गर्दै छ भनि भने|
“केहि हुन्न, कहिले काही साथीले यसरि जिस्किनछन्| अब यसले गर्दा मन खिन्न बनाएर नबस, ध्यान अरुतिर मोड|” अंकलले मलाई सम्झाउन खोज्नु हुदै छ सोचे मैले| तर यहाँ केहि अरु नै हुदै छ| अंकलले मलाई सम्झाउनु त भयो तर उहाको हात र उहाको शब्दले दुइ भिन्न अर्थ जनाउदै छन्| उहाको हातको स्पर्श ठिक छैन| उहाको मनसाय ठिक छैन| मैले बुवा जस्तो मान्छे ठानेको थिए तर उहाको गिद्धे नजर देख्नबाट चुकेछु| उहाको हात झन् सकृय हुदै छ र अब पनि मैले प्रतिकार गरिन भने, निकै ढिला हुनेछ|
“के गर्नु भएको यस्तो? उता जानु|” मैले चिच्याउन खोजेको हैन तर चिच्याएछु| मान्छेहरुको ध्यान तानेछ मेरो अवाजले| त्यहाँ अर्को वकालत सुरु भयो| कसैले मलाई गलत भन्न लागे अनि कसैले त्यो अंकललाइ| मलाई गलत भनेर मलाई चित्त दुखेन तर जब कसैले भन्यो “केटि भएर यति राति, यस्तो कपडा लगाएर रक्सि खादै बस्छन| यिनीहरुको नियत नै गलत हो| केटि भएर यस्तो गर्नु हुन्छ?” तब मेरो चित्त दुखेर आयो| केटा र केटीमा के त्यस्तो फरक छ? आखिर किन यति भेदभाव| किन मानसिक्ता फरक| म गलत हुन सक्छु तर यहाँ मान्छेको सोच पनि गलत छ| बस्न सकिन यो सोच बीच, आफ्नो कोठा गए|
यदि म यसरि बसे भने, क्षितिज र त्यो अंकलको सोच हाबी हुन्छ| एकछिन सुतेको मात्र थिए, ढोकामा कसैले ढकढक्याउदै छ अनि मेरो निन्द्रा खुल्यो| दिमागमा केहि सोच बिना ढोका खोले| मेरो अगाडी क्षितिज छ| तर कसरि? उसलाई कसरि थाहा भयो कि म यहि कोठामा छु? उसले मलाई पन्छाउदै थियो अहिले सम्म? फेरी पनि सोच बीच फस्दै छु? आखिर उ किन यहाँ छ? यति दिन माया लागेन? आज चाही कसरि माया पलायो उसलाई? प्रश्न बीच फेरी पनि धेरिए|
“भित्र आउ पनि भन्दिनौ?” क्षितिज अगाडी छ तर पनि उसंग बोल्न बिर्सिएछु| बोल्न मात्र बिर्सिएको हैन, उ अगाडी छ भनेर पनि बिर्सिए छु| जब उसले प्रश्न गर्यो, अनि मात्र सोचबाट बाहिर आए|
“किन?” मैले भन्न खोजेको जवाफ हैन यो| मैले कि आउ भन्नु पर्ने हो कि नआऊ| किन भनेर पनि कसैले जवाफ दिन्छ?
“कस्तो किन हो? बोल्न मन छैन?” क्षितिजलाइ पनि मेरो जवाफ चित्त बुझेन छ|
“अब बोल्न लाइ केहि बाकि छ र?” क्षितिजसंग रिसाएकी छु, उसलाई सजिलै माफी कसरी दिनु| फेरी उसले माफी पनि त मागेको छैन|
“म भित्र आउ कि नआउ? आउ भनेउ भने म भित्र आउछु नत्र फर्किन्छु|” क्षितिजको यो जवाफले मलाई फेरी पनि सोच्न बाध्य बनायो| आउ भन्नु कि नआउ भन्नु| उसले केहि गर्ने त हैन भनि डर कायम नै छ तर मनले मानेन र उसलाई भित्र आउन दिए|
कुराकानि हुदै गयो| उसले मलाई छाडी जानुको कारण बतायो| उसको चित्त दुखेको रैछ मेरो शब्दले| त्यसैले उसले मलाई छाडी गएको रैछ| उसले मलाई छाडी गए पनि उ जहिले मेरो वरीपरि नै रैछ| उसले मेरो घर छाडेर गएको हो, पोखरा हैन| अचेल मेरो नया साथि बनेको पनि थाहा छ उसलाई| उसले सकेसम्म मेरो छेउ छाउ हुने कोशिस गर्दो रैछ| उसले मलाईछाडी गएको हो, हाम्रो सम्बन्ध हैन| यो सबै भन्यो उसले| अब मेरो मनमा एउटा मात्र प्रश्न छ| आखिर उ आज नै किन फर्की आयो? पहिले पनि मलाई भेट्न आउन सक्थियो नि| तर आज नै किन?
“अनि फर्किनुको केहि बिशेष कारण|” मैले उसलाई प्रश्न गरे|उसले मेरो प्रश्न सुन्ने बित्तिकै मेरो आखामा हेर्यो, अनि मलाई चुम्न लाग्यो| मैले प्रतिकार गर्नु पर्ने हो तर किन गर्न सकिन| उसले मलाई चुम्दै ओछ्यानमा पल्टायो अनि मेरो माथि चढ्यो| “आइ लब यु|” यति भन्यो र छेउको सिरानी हातमा लिएर, त्यो सिरानीले मेरो अनुहार थिच्न लाग्यो….
