पुरानो दिनहरुको सम्झनाले मुहारमा बेग्लै मुस्कान छोडेको थियो | मुस्कानलाई कायम राख्दै फेरी एकपटक अनलाइन गए | साचिकै पर्खेर बसेकी रैछिन् वर्षा पनि | mig33 को ग्रुपमा मात्र हैन,निजि रूपमा पनि थुप्रै मेसेज गरेकी थिन् | बर्षाको मात्र नभएर मेसेज अरुको नि आएको थियो,फेरो आफु mig33 को merchant पनि भइएको थियो | merchant को शान नै बेग्लै फेरी, जो पनि हुरुक्क हुने merchant संग बोल्दा ,त्यसैले मेरो लागि mig33 केहि थप रोचक थियो | “पैसा छापिएको छ हैन,merchant भएर |” भेटेपिछे साथीहरुले कहिले भन्न नछाड्ने |धेरैलाई mig भन्ने के हो थाहाछैन होला अहिले | हुन पनि हो, mig33 माओबादी जसरि एक्कासी चम्कियो र कुन बेला सेलायो थाहा भएन |
“बोल्न मन नलागेको हो म संग ?” मैले धेरै बेर सम्म पनि मेसेज रिप्लाई नगरेकोले बर्षाको अन्तिममा यस्तो मेसेज थियो | तर उसलाई भनिदिने कसले,उ संग बोल्न पाए भने मलाई अरु केहि चाहिदैन |
“ त्यस्तो चाही केहि नि हैन, हाम्रो merchant को meeting थियो |” बहाना बनाउन निकै सिपालु थिए म र आफु merchant हो भनेपछि उसको अगाडी आफ्नु मुल्यांकन केहि उच्च हुन्छ भनेर लाग्यो |हुन त सत्य कुरा पनि कसरि भन्नु,फेरी अहिले सम्म मेरै यादमा बसेको रैछ भनेर सोची भने |
“के हो merchant भनेको ?” दुनिया merchant भनेपछि हुरुक्क हुन्छन,उसलाई के हो भनेर थाहाछैन | उसलाई आकर्षित पार्छु सोचेको, सबै सोचहरु चुरोटको धुवा जस्तै एकछिनमै बिलिन भयो |कस्तो होला त,mig चलाउनेलाई merchant भनेको थाहा छैन |
“merchant भनेको थाहा छैन ?” अचम्मित परेर सोधे |
“अह,थाहाछैन|” अभ फेरी आफ्नु बयान गर्ने मौका दिन् उसले मलाई |
“merchant भनेको …”यति भनेको मात्र के थिए,उसले आफै बोल्न लागिन् |
“भयो भयो मलाई सुन्नु छैन ?” म भने त्यति मज्जाले ब्याख्या गर्दै थिए,उसलाई चाही मतलब लागेन | हुन त अल्छी लाग्यो पनि होला |
“भन के गर्दैछौ ?” किन हरेक बोलचाल यहिबाट सुरु हुन्छ?उसले पनि यहीबाट सुरु गरिन् |
“यतिकै हो |” उनीलाई नै सम्झेर बस्दै थिए तर भन्न पनि मिलेन |
एकछिनको सामान्य गफ पछी,कुरा केहि खास हुन लाग्यो | बोल्दा बोल्दै २ बजिसकेछ | स्कुल देखि कुरा सुरु गरेर कलेज सम्म पुग्यो | अहिले सम्मको गफले उनी कुनै प्रेमिक सम्बन्धमा छैन भन्ने थाहाभयो | खुसि र आश एकै साथ फेरी बढ्न लाग्यो | स्ट्याटस फेर्न मन लाग्यो migको र लेखे “यो मन मेरो हो तर कब्जा उनको छ ,यो संसार मेरो हो तर चर्चा उनको छ |”
“अहिले सम्म पनि लेख्छौ? तिम्रो स्ट्याटस मन पर्यो |” उसको यो मेसेजले मन झन उमंगले भरिपूर्ण भयो | उसको यस्तो राम्रो प्रतिक्रियाको अपेक्षा नै थिएन |
“मलाई पनि सिकाइदेउन एउटा |” उसले गरेको बयानमा यस्तो मख्ख भए,केहि रिप्लाई गर्न नपाउदै फेरी उसले रिप्लाई गरिन् |
“यो मन उसको हो तर कब्जा मेरो छ ,यो संसार उसको हो तर चर्चा मेरो छ |यो लेख |” आफ्नु जस्तै स्ट्याटस लेखन सुझाब गरे उसलाई |
केहि पनि भनिन उसले,न हुन्छ नै भनि न हुन्न नै,तर यहि स्ट्याटस हालिन् | कुरा गर्दा गर्दै बिहानको ५ बजेको पत्तो भएन | धेरै दिन पछी निन्द्रा बिना रात कट्यो | जुरुक्क उठियो खातबाट र कलेज तिर लागियो एकछिन पछि|
