निष्ठाको फोन आयो यसै बीच,कल वेटिंगमा भयो| अभिलाई फोन राख्छु भन्न नभ्याउदै निष्ठाको फोन कट्यो, र मेसेज आयो निष्ठाको| उसको मेसेजले अभिसंगको बार्तालाप रोक्न मलाई बाध्य बनायो|
“म बुटवलमा छु, फोन उठाउनु|” हो यहि लेखिएको छ निष्ठाले पठाएको मेसेजमा| हिजो रातिसम्म मसंग फोनमा बोलेकी उसले, हिजो बेलुकासम्म काठमाण्डौमा भएको मान्छे, आज अचानक बुटवल कसरि आउन सक्छे? यस्तो मेसेज पढ्दा म मात्र हैन जो पनि तर्सिन्छ होला, जसको पनि मुटु एकछिन रोकिन्छ होला, जसको पनि सास अड्किन्छ होला एकछिनलाइ भएपनि| निष्ठाले जिस्केकि पनि हुन सक्छे, त्यो कुरा पनि मैले बिचार गरेको छु, तर यो बेला मनमा कुरा खेलाएर बस्ने हैन| निष्ठालाइ फोन लगाए हत्तारिएर|
“फोन किन नउठाउनु भएको हजुरले?” मैले हिजो देखि फोन गर्दैछु, उसले एक पल्ट पनि उठाएको थिइन| यो प्रश्न मैले गर्नु पर्ने हो तर निष्ठाले गरि|
“मैले एकपल्ट हो नउठाएको, त्यो पनि अभिसंग बोल्दै थिए| तैले हिजो देखि एकपल्ट पनि मेरो फोन उठाकी छैनस्|” दोष सबै उसलाई लगाएर अर्को प्रश्न राखे निष्ठाको अगाडी|
“ त्यस्तो है, हजुरको बुटवल त कस्तो गर्मि ठाउ|जहिले यस्तै हो?” निष्ठाले यति भनेपछि चाही उ बुटवलमा नै छे भन्ने ढुक्क भए म|तर उनि आउन चाही किन आएकी बुटवल?
“ त बुटवलमा हो र अहिले?” मनले हो निष्ठा बुटवलमा नै छे भन्दै छ तर दिमागले एक अन्तिम पल्ट सबुत माग्दै छ|
“ कति चोटी भनौ हो भनेर?” अब चाही पक्का पक्कि नै भए निष्ठा बुटवलमा नै छे भनि|
“किन आएको?” 4 पेग रक्सि पछी निष्ठा बुटवलमा छे भनि थाहापाउदा मेरो यो प्रश्न कतिको जायज हो या हैन थाहाछैन मलाई तर राखे यो प्रश्न निष्ठा सामु|
“ हजुरलाई भेट्न आएको| आउनु हुन्न र?” मलाई भेट्न आएको रे? उ पक्कै पनि जिस्किदै छे भन्ने सोच्न भ्यायो मेरो दिमागले|
“भनेर त आउनुपर्छ नि|” हो दिमागले उ जिस्किदै छे सोच्दै छ तर उसलाई यो जताउन चाहेन|
“हजुर चितवन आउदा मलाई भनेर आउनु भएको थियो र?” उसले जिस्केर यो वाक्य भनेकी हो बुझेको छ यो मनले तर दिमागले अतितको एक एक कुरा मेरो अगाडी ल्याएर राखिदियो| पुरानो सबै पल जब म पनि मायामा पागल थिए, जब निष्ठा मेरो लागि माया हैन जीवन थिइ, जब निष्ठामा नै म संसारको प्रतिबिम्ब भेत्थिए, जब निष्ठा मेरो लागि एक मात्र जिउने सहारा थिइ| अहिले पो सबै बदलियो, तर भावना भने कहिले बदलिएन, लुक्यो मात्र|
“कहाँ छस् त?” मलाई भेट्न आएको उनि, म कहाँ छु उसलाई थाहाछैन| उ कहाँ छे मलाई थाहाभयो भने म उसलाई लिन जान सक्छु|
“खै कहाँ भन्नु, मलाई ठाउको नाम नै थाहाछैन|” कस्तो दोधारमा पारि उसले, उ बुटवल छे भनि जिस्किदै छे भन्ने सोच आयो फेरी दिमागमा| नत्र बुटवलमा भएको मान्छेलाइ वरी परी हेरेर पनि ठाउको नाम थाहाहुन्छ|
“यता उता हेर, कहिँ केहि ठाउको नाम त पक्कै लेखेको होला|” मेरो मनमा जे चल्दै छ त्यो उसले थाहापाउनु जरुरि छैन| निष्ठा झुठ बोल्दै छे कि साचो अब चाही पक्का हुन्छ, त्यसैले उसलाई ठाउको नाम सोधेको हो मैले|
“यहाँ पनि बाजेको सेकुवा रैछ है| म त्यसकै अगाडी छु|” दिमाग जहिले सहि हुन्न भन्ने कुरा निष्ठाले साबित गरिदिइ| अघि सम्म मनले निष्ठा बुटवलमा नै छे भन्दै थियो र दिमागले हैन बुटवलमा छैन भनि तर्क गर्दै थियो| अब चाही निष्ठाबुटवलमा नै छे भनि म पनि पक्का भए| उसलाई लिन जानु पर्ने तर म आफै नशामा चुर्लुम्म डुबेको छु|
मेरो बाइक चलाउन नसक्ने हालत भएको हैन तर मनमा डर भने छ| यदि केहि भइहाल्यो भने, निष्ठाको उता बिजोग हुने अनि यता निष्ठालाई भेट्न पाउदिन| यस्तो बेला गल्ति मैले गरु यहाँ अरुले, गल्ति मेरो नै मानिन्छ किन कि मापसे गरेर बाइक चलाउनु नै मेरो सबै भन्दा ठुलो गल्ति हो| अब निष्ठालाइ लिन जाने चाही कसरि? कस्तो दिन चाही रक्सि पिउनु परेको मैले? आफै माथि पनि रिस उठ्न थाल्यो| एकछिन सोचे र एउटा निर्णयमा पुगे, चाहे जे होस्, मैले बाइक लिएर जानु बाहेक केहि उपाय नै देखिन| चियापत्ती चपाए भने मुख गनाउदैन भन्ने सुनेको थिए, रक्सीको गन्ध मेट्छ रे चियापत्ती चपाउदा| हो मैले पनि त्यहि गरे, पुलिसले मापसे जाच्ने भनेको मुख सुँघेर हो, यसरि बच्छु कि भन्ने आश हो|
बाइक निकाले र पुगे बाजेको सेकुवा तर निष्ठालाई कहिँ देखिन| आखा पुग्ने ठाउँ सम्म आखा दुलाए तर पनि निष्ठालाइ कहिँ देखिन| उसको अनुहारको एक झझल्कोको लागि म आज जति कहिले तड्पिएको छैन|उसले म संग जिस्किदै हो? म भने यो हालतमा पनि उसलाई भनेर यहाँ आए र उ चाही अहिले सम्म जिस्किदै छे| साला जीवन नै मजाक भएको छ, निष्ठाले मजाक गरि म संग| अनेकौ सोचहरु छन् दिमागमा तर सोच दिमागमा राख्नु भन्दा निष्ठालाई फोन गर्नु नै ठिक लाग्यो| तर उसको फोन पनि अफ, हैन जिस्किए पनि एउटा हद हुन्छ नि| के गरेकी के उसले? बिस्वास गर्छ भन्दैमा यसरि धोका दिन त मिल्दैन नि| त्यहि पनि मनमा एउटा सानो आश छ, निष्ठाले झुठ बोलेकी हैन भनेर| एकछिन पर्खिन्छु सोचे र बाटोमा उभिनु भन्दा बाजेको सेकुवामा नै कुर्छु सोचि भित्र पसे|
