बिस्वास गर्छ भन्दैमा यसरि धोका दिन त मिल्दैन नि| त्यहि पनि मनमा एउटा सानो आश छ, निष्ठाले झुठ बोलेकी हैन भनेर| एकछिन पर्खिन्छु सोचे र बाटोमा उभिनु भन्दा बाजेको सेकुवामा नै कुर्छु सोचि भित्र पसे| जे हुन्छ सबै भगवानले गर्छन भन्छन नि, हो त्यहि भयो मसंग पनि|एउटा टेबुल रोजेर बसे र एक कप कफी संगै दुइटा चुरोट पनि भने| चुरोट ओठ बीच च्यापे मात्र तर सल्काउन सकिन|
अर्को टेबुलमा निष्ठालाइ देखे| कति पछी देखेको हो उसलाई, धेरै नै पछी| केहि महिना अघिसम्म म निष्ठाको एक झलक पाउन यति आत्तुर थिए, उसको एक झलकको लागि म आफ्नो पुरै जीवन पनि समर्पण गर्न सक्छु| मैले निष्ठालाई देखे, उसले अहिले सम्म पनि मलाई देखेकी छैन| मैले चुम्ने गरेको उसको त्यो ओठ अहिले पनी उस्तै छ, केहि बदलाव आएको छैन, लाग्छ अहिले पनि त्यो ओठमा मेरै नाम छ| त्यो ओठमा जुन मुस्कानको सृजना भएको छ, त्यो मुस्कानले पुरै ब्रहमाण्डमा नै प्रकाश छर्न सक्छ| उसको आखाँमा एउटा भिन्न संसार नै अटेको हुनुपर्छ, मेरो सपनाको संसार| उसलाई देखेर एउटा गजल याद आयो:
“तिम्रो यी सुन्दर आखाको संसारमा
आजिवन डुल्न सक्छु म,
तिम्रो सजिएको केशको जुरोमा गुलाफ भइ फुल्न सक्छु म,
फलानोले जे भनेनी एक्पल्ट आइदेउ मेरो नजिक प्रियसि,
तिम्रो निस्चल मायाको आडमा सारा दुनिया भुल्न सक्छु म।“
उसलाई हेरीरहदा कति पल गयो पत्तो छैन, उसलाई आजीवन हेरेर बस्न सक्छु होला| थाहाछैन, गाडिएको मायामा फेरी कहाँबाट जीवन भरियो तर निष्ठा फेरी पनि खास लाग्न लागि मलाइ| केहि काम गरिरहदा मान्छे थाक्छन नि तर निष्ठालाई जति हेरिरहदा पनि न मेरो मन थाकेको छ न आखा| आखाले मनको तृष्णा मेट्न सकेन र पुगे उसको सामु|
“मलाई बोलाएर आफै गायब है|” निष्ठाको अगाडी गए र यति भने, मेरो ओठ चल्दै थिए भने आखा उसको मुहारमा स्थिर छ|
म उसलाई हेर्न पाउदा खुसि छु तर म भन्दा धेरै खुसि निष्ठा रैछे हाम्रो भेट हुदा| उसले मलाई देख्ने बित्तिकै, आफ्नु ठाउँबाट उठी र आएर मलाई अन्गालोमा कसी| एकछिन सम्म हाम्रो सासले एक अर्कासंग बोले, उसको मुटुको धड्कन महसुस गर्न सक्छु म, उसको सास पनि महसुस गर्न सक्छु म, उसको शरीरको न्यानोपन पनि महसुस गर्न सक्छु म| उसले मलाई अन्गालोमा कसेपछि, मेरो हातपनि उसको ढाडमा पुगे र उसलाई झन् अठ्याउन लागे मैले|
“दिउसो भरिको बसको यात्रा, भोक पनि लागेको थियो र मोबाइलको चार्ज पनि सकिएको| यहाँ मोबाइल पनि चार्ज हुदै छ अनि मेरो पेट पनि, त्यसैले यहाँ पसेको|” उसले अन्गालोबाट मलाई मुक्त गर्नु जरुरि ठानिन| अंगालोमा कसेर नै, उसले मेरो कानमा यति सुस्केरा हाली| उसको त्यो आवाजले नै मेरो जिउ भरि काडा उम्रियो|
“त्यसो भए ठिक छ| चार्ज भयो त दुवै?” आफ्नु दुवै हात उसको ढाडबाट निकालेर, उसको काधमा पुर्याए र उसलाई आफ्नु अन्गालोबाट बाहिर ल्याउदै उसको मुहार र आफ्नु मुहार आमुने सामुने पारेर उसलाई यो प्रश्न राखे|
“मोबाइल चार्ज हुदैछ अनि खाजा आउदैछ|” उ जवाफ दिदै आफ्नु आफु पनि सोफा बसी र मलाई पनि सोफामा तानेर बस्न लगाई|
“अनि खाजा खाएपछि चाही नि?” उ मसंग मेरै घर जाने हो भन्ने कुरा चाही एक अन्तिम पल्ट पक्का गर्न मनलाग्यो|
“हजुरको घर जाने|” मैले खोजेको जवाफ उसले सिधा शब्दमा दीई|
“यहाँ खाजा प्याक पनि गर्दिन्छन् नि|” मैले रक्सि पिएको छु, जति राति भयो त्यति पुलिसको चेकिंग बढ्ने पक्का, त्यसैलेपनि सकेसम्म चाडै घर फर्किने तरखरमा हो म| अब उसको मन्जुरी मात्र बाकि हो|
“किन नि? किन यति हतार घर जान चाही?” उसले यस्तो प्रश्न गरि, जसको जवाफ मैले सिधै पनि दिन सक्छु र आफ्नो मनले सृजना गरेर पनि|
“मैले रक्सी पिएको छु, ढिलो भयो भने मापसे चेकिंग हुन्छ| त्यसैले हो|” जवाफ जिस्केर दिन मन थियो तर अहिले समय थोरै छ, त्यसैले भएको जवाफ दिए|
“मतलब घरमा रक्सि छ| सेकुवा अनि रक्सि, कस्तो जोडी मिलेको| प्याक गर्न भनौ|” उसले पनि सहमति दिए पछी, खाजा प्याक गरेर हामि मेरो घर तिर लागेउ|
बाटोमा कहिँ कुनै पुलिस देखिएन, भाग्य बलियो भन्छु आफ्नु| बाइक पछाडी यति राम्री मान्छे बसेकी छे, भाग्य बलियो मात्र हैन चम्केको छ मेरो| घर पनि पुगियो र निष्ठा फ्रेश हुन्छु भन्दै वासरुम पसी| म भने चुरोट सल्काउदै हातमा रक्सीको बोतलबाट गिलासमा रक्सि भर्न लागे| दुइ पेग मात्र सकेको थिए, निष्ठा पनि निक्ली वासरुमबाट|
“हजुरले सुरु गरिसकेको?” अनि उसले १५ मिनेट नै लगाई वासरुममा, त्यति बेला सम्म मैले के गर्नु त?बडो अचम्मको उर गर्छे निष्ठा पनि|
“ तेरो अन्गालोमा धेरै नशा छ कि यो रक्सिमा , त्यो जाचेको|” नशाले बोलेको हुनुपर्छ यो वाक्य पक्कै पनि, मैले हैन|
“खुब है, म पनि पीउने नि|” उसले यति भनिसकेपछी, उसको लागि पनि रक्सीको ग्लास तैयार पारे र प्याकिंग पनि खोले र अघि आफुले पकाएको मासु पनि थालमा हालेर ल्याए| एक पछी अर्को प्याक अनि गफ| एक घण्टा यसरि नै बित्यो|
“त किन आएको बुटवल चाही?” यो प्रश्न नसोधी बस्न सकिन र राखे प्रश्न निष्ठा सामु|
