त्यहाँ लगभग हामि १ घण्टा बसेउ होला र त्यहा बाट नगरकोट पुग्न अर्को २ घण्टा लाग्यो| नगरकोट पहिले पनि गएकी थिए म,तर उहाले कार अलि भित्र लग्दै हुनहुन्छ,अलि सुनसान बाटो तिर| सायद कुनै गोप्य ठाउ होला जहा हामीलाई यो कार्य सम्पन्न गर्न केहि बाधा हुन्न्|
दुरी धेरै हैन,सायद १
किलोमिटर जति भित्र गइयो,समय चाही अलि लाग्यो,बाटो केहि बिग्रिएको भएर| त्यस्तो बिग्रिएको बाटोमा रहेको होटल कस्तो होला
भन्ने प्रश्न चाही थियो मनमा,नभन्दै हेर्दै पुरानो जस्तो
देखे मैले त्यो होटेललाइ| यहाँ हामि रमाउन आएको भए केहि भन्न
मिल्थियो, केहि जरुरि कामले आएका छौ,केहि
भन्नै मिलेन र मन पनि लागेन| बिस्वासले कार भित्रसम्म लग्नु
भयो र हामि सबै जना निक्लिएउ त्यो कारबाट|
कार भित्रबाट हेर्दा मात्र नराम्रो देखिएको रैछ होटेल पनि,जब कारबाट निक्लिए,कुनै बंग्लो जस्तो थियो,बंग्लो मात्र हैन आलिसान बंग्लो|
“धेरै पछी आयौ त भाइ|” रिसेप्सनमा पुग्ने बित्तिकै त्यहाको दाइले बिस्वास्लाई मुस्कुराउदै यति भन्नु भयो| बिस्वासले त जसलाई पनि चिन्नु हुन्छ कि के हो,बुटवलमा उहा फरक मान्छे हुनु हुन्थियो भने यहाँ फरक|
“हजुर दाइ,बाहिर गएको थिए|” बिस्वासले पनि हास्दै भन्नु भयो|
“दुइ बर्ष भयो होला भाइ तिमि न आएको?” यो ठाउमा पहिले बिस्वास कति आउनु हुदो रैछ त,अन्तिम पल्ट कहिले आएको पनि याद छ त्यो दाइलाई| तर आउनु चाही कोसँग आउनु हुनुहुन्थियो, गर्लफ्रेन्ड संग त हैन नि|
“हजुर दाइ, फोन नगरी आयौ, कोठा त छ नि है दाइ?” अब चाही रिस उठ्यो बिस्वास संग,यति पर आयौ तर उहाले अहिले सम्म कोठाको टुंगो लगाउनु भएको थिएन,कम्सेकम आउनु अघि फोन गरेर त आउनु पर्छ नि,दाइले कोठा छैन भन्नु भयो भने के गर्ने|
“छ भाइ,दुइटा रुम चाहिने?” दाइले किन दुइटा कोठा भनेको बुझे मैले,उहाको सोच गल्ति हैन| दुइटा केटा अनि दुइटा केटि,नगरकोट आएका छन्, निसंकोच जोडी नै हुनुपर्छ सोच्छन् जो पनि तर त्यो सोच हाम्रो पक्षमा गल्ति साबित हुन्छ| बिस्वास अनि मलाई जोडी भन्दा मलाई केहि आपत्ति छैन तर बिस्वासले म जस्तै सोच्नु हुन्छ भन्ने नि हुन्न नि|
“हैन दाइ, तिनवटा रुम चाहिने हो|” मलाई एउटा,बिस्वासलाई एउटा अनि शोभा-संजोकलाइ एउटा, बिस्वासले तीनवटा कोठाको हिसाब गरेर दाइलाई भन्नु भयो|
“३०६,३०७ र ३०१,लिनुस् चाबी|कोठा देखाउनु पर्दैन होला नि भाइलाई|” दाइले ३वटा चाबी दिनु भयो बिस्वासको हातमा अनि चाबी संगै एउटा प्रश्न पनि थियो जसको उत्तर दाइलाई सायद पहिले देखि थाहाछ||
“पर्दैन दाइ,थाहाछ कोठाहरु| पैसा चाही जाने दिनमा है?” बिस्वासले दाइको प्रश्नको जवाफ दिनु भयो अनि त्यसको साथ एउटा प्रश्न गर्नु भयो| सायद बिस्वासले जे प्रश्न गर्नु भयो,त्यसको जवाफ बिस्वासलाई आफै थाहाछ| दाइले पनि हुन्छ भन्नु भयो र हामि लागेउ आफ्नु कोठा तिर|
शोभा अनि संजोकलाइ कोठा न. ३०१,मलाई ३०६ अनि बिस्वासलाई ३०७,तीनवटा कोठा यसरि विभाजन भयो हामि बीच|कोठा पुग्ने बित्तिकै मैले आफ्नो झोला बिसाए अनि फ्रेस हुन वासरुम गए| हात खुट्टा मात्र धोएर मनले मानेन र नुहाए, नुहाएपछी जिउ अनि मन दुवै हलुका भएर आयो| नुहाएर एकछिन पल्टेको थिए ९ बजेछ| शोभा अनि बिस्वास उठाउन आउनु भयो मलाई उठाउन,मेरो ओछ्यान छेउमा शोभालाई देख्दा झसङ्ग भए म,मेरो कोठाको ढोका कसरि खोले उनीहरुले?
“ढोका कसरि खोलिस तैले?” मैले शोभालाई प्रश्न गरे|
“ढोका लगाएको हुनुपर्छ खोल्नको लागि|” प्रश्न शोभालाई गरेको थिए तर जवाफ बिस्वासले दिनु भयो| कस्तो बेहोसी भएछु म,आफ्नै कोठाको ढोका लगाएको र नलगाएको पनि पत्तो नहुने| अघि सम्म फ्रेस महसुस गर्दै थिए तर फेरी मुख पखाल्न मन लाग्यो र म वासरुम पसे| म यता वासरुम पस्नु र उत्त सबै हास्नु एकै चोटी भयो,आखिर किन हास्दै छन् उनीहरु| वासरुम पस्ने बित्तिकै ऐनमा आफ्नै चेहेरा देखा, मेरो मुख भरि कलमले कोरेका रैछन्| जुँगा,दारी अनि आखिंभाउ सबै बनाउन भ्याए छन| आफुलाई देखेर आफैलाई हासो उठ्यो र एकछिन हासे पनि,तर उनीहरुको अगाडी गएर एकछिन रिसाएको जस्तो पनि गरे|
यत्तिकैमा रातको ९ बज्यो,हामि 4 जना नै खाना खान लागेउ,खाना सकिएपछी संजोक र शोभा गए आफ्नु कोठा तिर| “दाइ मलाई दुइटा बियर ल्याइदिनु है कोठामा,अनि बदाम साधेर |” बिस्वासले यति भनेपछि हामि पनि आफ्नु आफ्नु कोठा तिर लागेउ|
