रातको ९ बज्यो,हामि 4 जना नै खाना खान लागेउ,खाना सकिएपछी संजोक र शोभा गए आफ्नु कोठा तिर| “दाइ मलाई दुइटा बियर ल्याइदिनु है कोठामा,अनि बदाम साधेर |” बिस्वासले यति भनेपछि हामि पनि आफ्नु आफ्नु कोठा तिर लागेउ|
“कोठामा नै रक्सि पिउनु हुन्छ?” कोठामा रक्सि पिउदा कोठा गनाउछ जस्तो लाग्यो र यसै बीच यो प्रश्न गर बिस्वास्लाई|
“रक्सि,कसले रक्सि पिउन लाग्यो? बियर हो मैले मगाएको|” मलाई केहि थाहाछैन जस्तो गर्नु हुन्छ बिस्वासले,रक्सि र बियर भनेको एकै त हो नि|
“रक्सि र बियर भनेको उही त हो,कस्तो मात्तिएको के तपाइँ|” मनमा जे लागेको थियो,त्यहि राखे उहाको अघि|
“पिएकै छैन कसरि मात्तिनु,त्यहि मात्तिनलाइ पिउन लागेको हो|” उहालाई बोलेर कसरि जित्नु,जे कुरामा पनि अर्थको अनर्थ लगाउने के उहा|
“त्यहि कोठामा नै पिउनु हुन्छ?” सुरुमा जे प्रश्न गरेकी थिए मैले,फेरी त्यहि प्रश्न गर्दै छु,र यस बिचमा उहाले कति कुराको अर्थको अनर्थ लगाउनु भयो|
“नाई, झ्याल भन्दा बाहिर बाल्कोनी छ,देखिनौ?त्यहि बस्छु एकछिन|” बल्ल उहाले मेरो प्रश्नको उत्तर दिनु भयो|
गफ गाफ बीच हामि आआफ्नो कोठा पुगेउ र म आफ्नु कोठा भित्र पसे अनि उहा आफ्नु कोठा भित्र| सधै राति बिस्वास र शोभासंग बोलेर १२ १ बज्थियो,आज दुवै मेरै वरी परि छन्,मात्र कोठा बेग्लै,उनीहरु संग बोल्ने कुरा भएन| शोभा फेरी मनमा हजार कुरा लिएर बसेकी होलि, फेरी उसंग सन्जोक पनि छ,शोभा एक्लै त छैन| बिस्वास चाही कोठामा एक्लै हुनुहुन्छ तर उहालाई साथ दिने रक्सि त छ, बिर्सेछु रक्सि हैन बियर| एक्लो भनेको म मात्र, फेसबुक पनि एकछिन सम्म चलाएपछि वाक्क लाग्ने|
बिस्वासलाई फोन गरे, मेरो छेउकै कोठामा हुनुहुन्छ तर राति कसरि सिधै उहाको कोठामा जानु| उहाले फोन उठाउनु भएन,सायद थाक्नु भएको थियो र बियरको नसा,दुबैले गर्दा उहा निदाउनु भयो होला| खालि दिमाग शैतानको घर भन्छन,मलाइ पनि त्यस्तै हुदै छ| एक त खालि दिमाग,अनि कोठा पनि, अनेक कुरा आउन लागे दिमागमा| सबै सोचहरु शोभासंगै जोडिएका थिए, सबै ठिक भयो भने चिन्ता लिने कुरा केहि छैन| तर शोभालाई केहि भयो भने हामि के गर्ने,घरमा के भन्ने,शोभालाई के भन्ने,यस्ता धेरै सोचहरु आउन लागे मनमा| मनमा सोचहरु गुम्सिएको थियो,बिस्वासले भनेको याद आयो,बाल्कोनी छ कोठामा,त्यो गुम्सिएको सोच निको हुन्छ कि भनेर निक्लिए बाल्कोनीमा|
बिस्वास्लाई देखे मुनि,अघिकै ठाउमा जहाँ दिउसो उहा चुरोट तान्दै हुनुहुन्थियो| अहिले चाही चुरोट संगै उहाको हातमा बियरको गिलास पनि थियो| सायद उहाको मोबाइल कोठामै छ होला,त्यसैले फोन नउठेको| एक्लै कोठामा बस्न गाह्रो हुदै थियो,बिस्वास भएको ठाउ तिर लागे|
“किन यहाँ बस्नु भएको?” थाहा छ रक्सि पिउन बस्नु भएको हो उहा यहा,तर बोल्नलाइ केहि कुरा त चाहियो नि|
“अघि लगेको बियर सकियो ,अर्को लिन आएको,त्यसैले|” मैले भने नि,उहा पिउन बस्नु भएको यहा|
“कति पिउन सकेको के हजुरले, अझै कति बेर बस्नु हुन्छ?” यो चाही म रिसाउन खोजेको अनि उहा प्रतिको मेरो माया देखाउन पनि|
“अभ एकछिन ,यो दुइटा सकेर जान्छु| त पनि केहि खान्छस?” आफु त पिउदै हुनु हुन्थियो,अब मलाइ पिउछ्स भनि सोध्न लाग्नु भयो,मलाइ पनि आफु जस्तै बनाउन खोजेको होला|
“मलाई रक्सि मन पर्दैन|” एक पल्ट चाखेकी थिए,झन्दै वाकेको मैले,त्यहाँ पनि कहिले रक्सी भन्ने कुरा छुन पनि मन लागेन|
“रक्सि हैन,जुस खा,पख म ल्याउन भन्छु||” बिस्वासले मलाई यति भन्नु भयो र मेरो जवाफ नसुन्दै वेटर भाइलाई बोलाउनु भयो|
“एउटा एप्पल साइडर गिलासमा हालेर ल्याउ है बाबु|” त्यो भाइलाई यति भन्दै पठाउनु भयो| एप्पल जुस भन्नु भयो मेरो लागि,एकैछिनमा आयो त्यो भाइ एउटा गिलास सहित र गिलास भित्र एप्पल जुस|
“यो रक्सि जस्तो छ त|” गिलासको रस मेरो ओठमा पुग्ने बित्तिकै,मलाई केहि अलग लाग्यो त्यसको स्वाद,तर फेरी अस्ती खाएको वाइन जस्तो नमिठो पनि छैन,त्यसैले एक पल्ट पक्का हुनु खोजे|
“स्याउको सुकुटीलाई महमा डुबाएर बनाएको जुस हो,यस्तो लाइ रक्सि रे|” उहाले यति भनेपछि म ढुक्क भए जुस नै हो यो गिलासमा भएको| फेरी स्वाद अलग भएपनि गुलियो चाही थियो,महमा डुबाएको हुनाले होला| धेरै नै मिठो लागेर होला 3 गिलास खाइसक्दा पनि अझै त्यो जुसको तृष्णा लाग्यो र अर्को मगाउन खोजे| बिस्वासले रोक्न खोज्नु भयो तर सक्नु भएन,जब चौथो गिलास सकियो,बिस्वासले भन्नु भयो “रक्सि मन पर्दैन भन्थिस त,फेरी कति खाकी|”
