Part 47

“किन के भो र ?” उसको अन्तिम वाक्यले निकै प्रश्न आयो मनमा,सबैको उत्तर खोज्दै थिए म |

“तिमीले उसलाई केहि भन्छौ कि भनेर,बिहान देखि अघिसम्म पर्खेर बसेकी थि बर्षा | दिउसो कतिले प्रपोज गरे तर कसैलाई पनि हुन्छ भनिन | तर तिमीले केहि भनिनौ उसलाई त्यसैले उसले एउटा एकदम मिल्ने साथीको प्रपोज स्विकारिन् |“ सुरक्षाको मुखबाट त केवल शब्द निक्लेको थियो | तर प्रत्यक शब्दले मेरो मुटुमा पालैपिलो प्रहार गर्दै थियो | लाग्दै थियो कि कसैले एउटा चक्कु लिएर,मेरो शरीर माथि बसेर ,त्यहि चक्कुले हजारौ पटक मेरो छातीमा प्रहार गर्दै छ | मैले केहि बोल्न सकिन,आखिर एउटै चोट हजार पल्ट खादा जसको हालत पनि यस्तै हुन्छ | केहि नबोली फोन काटे |

“ओइ भोड्का किनेर राख,म सितन लिएर आउदै छु |” केहि भएपनि पिडा कम होलाकी सोचे र साथीलाई फोन गरेर रक्सि खाने योजना बनाइयो |
योजना बमोजिम सितन किन्न पसल लागे म |७९० को सामान किनियो र १००० को नोट निकालेर दिए | खल्तीबाट पैसा निकाल्न खोज्दा ,१००० को नोट २ टुक्रा भयो | अभ के गरु भनेर साहुजीको मुख हेर्न लागे म |

“भाइ नेपाल हो,२ टुक्राभए पनि चल्छ यहाँ नोट |” साहुजीले हास्दै भने |यहाँ मुटु हजारौ टुक्रा हुदा त जिबन चलेको छ,उनि जाबो नोट दुइ टुक्रा हुदाको कुरा गर्छन | केहि नबोलि साथीको घर तिर लागे | त्यो दिन कति चाडै रक्सीले छोको मलाई | कुन बेला ढले पत्तो भएन |

समिर रैछ उसको नाम | एक्कासी आयो मेरो जिबनमा र मेरो जिबनको हरेक खुसि उडाएर लग्यो | गल्ति त समीरको पनि हैन, म नै मुर्ख हो जो जहिले पनि सहि समय कुरेर बस्दै थियो | समय कहिले सहि र गलत हुने हैन,समय जहिले एउटै हो |हाम्रो हातमा छ यसलाई कसरि मोड्ने !अभ बर्षासङ बोल्ने कि नबोल्ने,अर्को ठुलो निर्णय लिनु पर्यो मैले | एकछिनको सोचाईपछी बोल्दिन सोचे तर ठिक बिपरित हुदै थियो | झन् बर्षासंग मेरो गफ बढ्दै थियो | दिन बित्दै गयो तर हामि भने जहिले उही नै रहयौ | सुत्दा जहिले मध्यरात कट्ने, अनेक कुरा गरेर बस्थिएउ | थाहाछ उसले अरु कसैलाई रोजी सकेकी छिन् तर पनि बेला बेला आफैलाई उसको आफ्नु मान्छे ठान्ने मेरो मन देख्दा पनि हासो लाग्छ | आखिर किन जहिले झुठ बिच बाच्न खोज्छ यो मेरो मन |

हुन त गल्ति मेरो नै हो,मन मेरो हो,यसलाई लगाम लगाउने कर्तब्य पनि मेरै हो ,तर पनि यसलाई मैले खुल्ला भएर बाच्न देको छु |दिन प्रतिदिन हामि एकार्कासंग अझै नजिकै थियौ |तर जे भएपनि उसले खोजेको मान्छेको महत्व भिन्न हुदोहो उसको जिबनमा | समिरसंग उसको migको पासवोर्ड रैछ |म बर्षासंग जहिले जिस्केर बोल्ने,अरुले हामीले बोलेको देख्यो भने हामि जोडी भनेर सोच्थियो होला,समिरले देख्दा त अबस्य त्यहि सोच्यो | हुन पनि हो,माया र सम्बन्ध बाहेक केहि कुरै नहुने हामि बीच | समिरलाई मन परेनछ यो कुरा | म संग बोल्न आयो आफ्नु mig बाट,केहि कुरा भयो ,चिनिन उसलाई सुरुमा| बर्षाको कुरा निक्लियो,अनि केहि शंका लाग्यो समिर हो कि भनेर | कुरा बढ्दै गयो,केहि मैले पनि आफ्नु धैर्यता गुमाए र केहि गल्ति उसले पनि गर्यो | सामान्य कुराकानी झगडा तिर मोडियो |

अभ त दैनिकी नै बर्षासङ गफ र समिर्संग झगडा गर्दै बित्न लाग्यो | मसंग नबोल्न भनेर बर्षालाइ भन्दो रैछ उसले तर बर्षाले नाइ भन्दा उनीहरु दुइको पनि जहिले झगडा पर्ने | एकपल्ट झन् समिरले बर्षालाई हामि दुइ मध्य एकलाई छान्न भन्यो र बर्षाले मलाई रोजिन् | यो कुराले उनीहरुको सम्बन्ध झन् चिस्सिदै जादै थियो | बर्षाले जहिले भन्ने गर्थिन् मलाई “बरु तिम्रो लागि समिरलाई छोड्न सक्छु तर तिमीलाई सक्दिन |तिमि मेरो बेस्ट फ्रेन्ड होउ |” हामि ३ बीच कहिले शान्ति भएन ,जहिले कोइ कोइ संग रिसाउने | गल्ति समीरको पक्कै हैन किन कि म र बर्षा बिचको सम्बन्ध बुझ्दा जसले नि त्यस्तै प्रतिक्रिया दिन्छ होला | फेरी हामि मात्र पनि गल्तिको पात्र हैन नि ,बच्चै देखि बोल्दै आएको मान्छे,कसरि एक्कासी बोल्न छोड्नु | अभ कि समिरले छोडेर जानु पर्ने कि मैले,समिरलाई छोडेर जा भन्न नमिल्ने र मैले छोडेर जाउ भने मनले नदिने |

Previous article
Next article

Latest Posts