Part 48

अभ कि समिरले छोडेर जानु पर्ने कि मैले,समिरलाई छोडेर जा भन्न नमिल्ने र मैले छोडेर जाउ भने मेरो मनले दिदैन| फेरी कति बस्नु अरुको मायाको फूल बिचमा काडा भएर | जब समीरको जुत्तामा आफ्नु खुट्टा हाले तब थाहाभयो समीरको पिडा मेरो मनलाई, र अभ बिस्तारै वर्षा संग दुरी कायम राख्नु पर्छ भन्ने सोचले मनमा भित्र भित्रै कब्जा गर्न लाग्यो| समीरको नम्बर थियो मसंग,उसलाई फोन गरे र मैले मेरो मनमा लागेको सबै कुरा भने उसलाई| सायद यो बाहेक अरु केहि उपाए पनि थिएन, यति भएपछी समीरको मनमा केहि भएपनि म प्रतिको रिस कम भयो |

अभ एकैपल्ट बर्षासँग बोल्न छोड्न नि नमिल्ने, मलाई पनि गार्हो हुन्थियो,त्यति नै गार्हो बर्षालाई पनि र केहि समिरलाई पनि| मलाई बर्षाको अनुपस्थितिले गार्हो हुने पक्का पक्कि नै थियो तर मैले एक्कासी बोल्न छोडे भने यता मलाई भए जति गार्हो बर्षालाई हुने पनि पक्का थियो| अभ समिरलाई चाही कसरि गार्हो हुन्छ भन्ने प्रश्न आउछ यहाँ| हिजो सम्म दिन रात नभनी हरेक पल बोल्थिए म बर्षासंग, अचानक बोल्न छोड्न केहि कारण त अबस्य चाहिन्छ, अभ त्यो कारण समिर भन्ने पक्का हुन्थियो यदि मैले वर्षा संग अचानक बोल्न छोडेभने, र कारण वर्षाले थाहा पाई भने समिर संग पनि उसको झगडा हुने पक्का थियो र म समिरलाई बिना कारण यसमा मुछ्न चाहन्न थिए | त्यसैले हरेक दिन बिस्तारै बिस्तारै बर्षासंग पर हुदै गए म र झगडा नभए पनि दुरी चाही निकै बढ्यो हामि बीच | समय नै त हो, बिस्तारै बर्षाले म बिना बाच्न सिकी र मैले पनि उ बिना बाच्न सिक्दै थिए|

अभ बर्षासंगको दुरी पछी म फेरी पनि एक्लै भए, तर पिडा भने धेरै न्यून थियो| Migको चहल पहल पनि निकै कम हुदै थियो, पहिले जस्तो मिठास नै रहेन | एक त बर्षासंग कुरा नहुने भएर होला र फेरी फेसबुक खुबै चलन चल्तीमा आएको थियो सबै बीच, त्यसैले होला migमा मैले मिठास भेट्न छोडेको| अभ बिस्तारै फेसबुक तिरै चहलपहल दिन लागे म पनि, पारा पहिले जस्तो नै थियो, जहिले सुत्न रातिको १ २ बज्ने, बदलिएको थियो त केवल मैले बोल्ने मान्छेहरु | कहिले कोसँग बोल्ने कहिले कोहि संग,पहिले भए मात्र वर्षासंग बोलेर बसिन्थियो|

कुरा हुदै जादा, साथीले एउटा यस्तो कुरा राख्यो मेरो सामु जसले मेरो जिबनको बाटो पुरै अर्कै गन्तब्य तिर मोड्यो | उसले सायद ठट्टा गरेर भनेको होला “बडो हसाउछस् तैले, एउटा फेसबुक पेज खोल|” किन किन मैले दुइ पल्ट सोच्दै सोचिन यो कुरामा र उसले भनेको अर्को पलनै एउटा पेज खोले | नाम खुलाउन चाहिन मैले तर निकै कम समयमा धेरै मान्छे जोडिए पेजमा | त्यसको एउटा मात्र कारण थियो कि मेरो पेज “ANTI-INDIAN” थियो जसमा हुने सबै जस्तो पोस्टहरु इन्डियाको मजाक उडाउदै बनाइएको हुन्थियो र पेजको नाम पनि निकै रोचक थियो| मलाई राम्रो संग चिन्ने मान्छेले त्यो पेजको नाम मज्जाले भन्न सक्छ तर मैले भने खोल्न चाहिन नाम |

जसरि पेजमा लाइक बढ्दै गयो, पेज मैले एक्लै चलाउन गार्हो हुदै गयो र केहि अरु मानिसहरुलाई पनि एडमिन बनाए| यसले गर्दा अरु थप लाइक र पोस्ट बढ्न लाग्यो पेजमा र एडमिन भन्ने बित्तिकै अरुले दिने इज्जत पनि बेग्लै, आफै अचम्म लाग्ने माया देख्दा| हुन पनि किन नहोस्, २०१२ तिर कुनै पेजमा १२००० लाइक हुनु भनेको निकै ठुलो कुरा थियो | एकदिनको कुराहो, नया मान्छेहरुसंग बोल्न मन लाग्यो र एउटा पोस्ट गरे पेजमा जसले मेरो मायाको नया अध्याय सुरु भयो | पोस्ट के थियो भने “ आफ्नु आफ्नु मोबाइलको अन्तिम अंक कमेन्ट गरम, मिल्ने जातिले एक अर्कालाई एड गरम, मेरो चाही ७ हो है |” निकै धेरै कमेन्ट आयो र मसंग अंक मिल्ने पनि धेरै थियो र सबैलाई रिक्वेस्ट पनि पठाइयो | तर बोल्न भने कोहि संग बोलेको थिन मैले, र एकदिन एउटा मेसेज आयो मेरो इनबक्समा “साथि बन्ने भन्ने मात्र,बोल्न चाही नबोल्ने ?”

Previous article
Next article

Latest Posts