संसारको सारा खुसि एक पलमा नै भेटे मैले| मैले सुबोधलाइ हैन आफ्नो खुसिलाइ भेटे| मयुर जस्तै पंख फैलाएर नाच्न मन छ, इन्द्रेणी जस्तै रंगिएर आकाशमा सजिन मन छ, वर्षा भनि सुबोधलाइ आफुमा भिजाउन मन छ, जुनकिरी बनि उसको मायाको संसारमा उज्यालो फैलाउन मन छ| सुबोध भएको ठाउमा पुगे| उसलाई अंगाल्न मन छ तर अंगालिन| उसको अघि उभिए, उसले हेरेन| उसको छेउमा गएर बसे तर पनि उसले मतलब गरेन| यति मिहिनेत गरेर उसलाई भेट्न आएकी छु तर उसले मतलब नगर्दा मलाई रिस उठ्दैन? उसलाई उसको बाया हातमा चिमाते, अनि मात्र उसले मलाई हेर्यो|
सुबोध: “अरुलाई त्यसै चिमात्न पाइन्छ?”
म: “त्यसै चिमातेको हो मैले?”
सुबोध: “अनि किन चिमातेको त्यसो भए?”
म: “जानी जानी पनि बुझ पचाउने मान्छेलाइ केहि भन्दिन म|”
सुबोध: “हुन्छ नभन|”
म: “तिमि किन यस्तो के| अरु रिसाउदा फकाउनु पर्छ भन्ने थाहा छैन?”
सुबोध: “थाहा छ|”
म: “त्यसो भए किन नफकाएको?”
सुबोध: “कसलाई?”
म: “जो रिसाएको छ त्यसलाई?”
सुबोध: “त्यहि त को रिसाएको छ? थाहा नभई कसरि फकाउनु?”
म: “तिमीलाई को रिसाएको छ भनेर पनि थाहा छैन?”
सुबोध: “अह, छैन|”
म: “मर त्यसो भए|”
सुबोध: “किन मर्ने हो? जिन्दगि यति रमाइलो छ|”
म: “उल्लुलाइ जे पनि रमाइलो लागि हाल्छ नि|”
सुबोध: “ म उल्लु चाही किन?”
म: “मान्छे रिसाएको थाहा नपाउने मान्छे, उल्लु नभएर के हो?”
सुबोध: “रिसाउने मान्छेले रिसाउनुको कारण भनिदिए फकाउन सजिलो हुन्थियो कि|”
म: “त्यो त रिस उठाउने मान्छेलाइ थाहा होला नि|”
सुबोध: “रिस उठाउने मान्छेलाइ आफ्नो गल्ति थाहा हुने भए उसले गल्ति नै किन गर्थियो?”
म: “म तिमिसंग बोलेर सक्दिन| तर अब देखि यसरि मलाई छाडेर जाने हैन|”
सुबोध: “म चरा हो, कहिले यहाँ हुन्छ कहिले उडेर अर्को ठाउ पुग्छु| एक ठाउमा म बस्न सक्दिन, म पिजडामा बस्न सक्दिन| मैले छाडेर गएको हैन तिमीले मलाई पछ्छ्याउन नसकेको हो| म संगै उड्न सिक्नु पर्छ तिम्ले नत्र मलाई भुल्नु पर्छ|”
म: “,मान्छे भएर कसरि उड्नु? बकम्फुसे गफ गर्छौ?”
सुबोध: “संसारिक मोह माया बिर्सिदेउ, कोहिसंग केहि अपेक्षा नराख, भोलिको चिन्ता लिन छाडीदेउ, अनि आजमा बाच| तिमि हलुङ्गो हुन्छौ अनि| अहिलेको पल तिम्रो पखेटा बनिदिन्छ| अनि तिमि उड्छौ आफ्नो कल्पनाको संसारमा|”
म: “तिमि एक ठाउमा, मसंगै बस्न मिल्दैन|”
सुबोध:” चाहे भने जे पनि मिल्छ तर खोला एक ठाउमा रोकियो भने राम्रो देखिन्छ| चरालाइ नउड भनेर पखेटा काटी दिन मिल्छ?”
म: “मिल्दैन तर मैले उड्न जानिन भने?”
सुबोध: “फेरी पनि तिमि कहिँ अनि म कहिँ हुन्छौ|”
म: “ म तिमीलाई छाडेर जाने दिन्न| थुनेर राख्छु आफ्नो मन भित्र|”
सुबोध” थुन्न त तिमि सिपालु छौ नि|”
म: “मतलब?”
सुबोध: “केहि हैन|”
म: “ ह्या भन न|”
सुबोध: “तिमीले मलाई दुइ चोटी थुनी सकेउ|”
म: “ लु? कसले? ,मैले? कसरि? कहिले? जे पायो त्यहि|”
सुबोध: “त्यो त थुन्ने मान्छेलाइ थाहा होला नि|”
म: “थुन्ने मान्छेलाइ थाहा भएको भए उसले थुन्थियो होला त?”
सुबोध: “अघि आफै थुन्छु भनेको हैन?”
म:” ह्या, त्यो त त्यसै भनेको| अब भन मैले तिमीलाई कहिले थुने|”
सुबोध: “त्यसो भए मैले पनि त्यसै भनेको|”
म: “भन्छौ कि म तिम्रो दायर च्यात्दिम?”
सुबोध: “डायरीलाइ केहि नगर| ;ल मा भन्छु तर पहिले डायरी देउ|”
म: “नाइँ पहिले भन|”
सुबोध: “तिमि रोलिंग स्टोनबाट होटेल कसरि पुगेउ? अनि अस्ति शनिबार पनि कसरि पुगेउ होटेल?”
म: “थाहा छैन| मलाई केहि याद छैन|
सुबोध: “यहि याद नहुने बानि त नराम्रो छ नि तिम्रो| जब पच्दैन, जिउले थाम्न सक्दैन, दिमागले सम्हाल्न सक्दैन भने, किन त्यति पिउनु| धन्न पहिलो पटक म सहि समयमा पुगे नत्र के हुन्थियो तिम्रो? यति राम्री केटि, मौकाको फाइदा अन्धो मान्छेले पनि उठाउथियो| शनिबार पनि त्यहि हालत, के भन्नु तिमीलाई|”
म: “मतलब तिमीले मलाई त्यो होटेलमा पुर्याईदेको?”
सुबोध: “ हो हजुर, कोठा नम्बर १२३ र कोठा नम्बर ३२१| केहि याद आयो?”
म: “अनि मैले तिमीलाई थुन्न चाही कसरि थुने?”
सुबोध: “ तिमीलाई यो झन कसरि याद होला? आफुलाई सम्हाल्न नसक्ने हालतमा थिइ केटि| कोठा त मैले दुइटा नै बुक गरेको थिए तर कोठामा पुग्ने बित्तिकै केटिले छाडी| यस्तो हालतमा केटीलाई कोठामा एक्लै छाड्न मन लागेन| तर फेरी म केटा, मेरो मन डग्बगायो भने? फेरी म माथि नगरेको कार्यको आरोप पनि लाग्न सक्छ| सोजो मान्छे, धर्मा संकटमा फसे हजुर| अब के गर्नु म अबला पुरुसले? बाल्कोनिमा गएर बसे | बिहान ६ बजे सम्म नसुती बसे, कहिँ केटीलाई गाह्रो भइहाल्छ कि भनि| ६ बजे निदाउछु, अनि १ बजे निन्द्राबाट बिउझिन्छु| भित्र पस्छु, केटि छैन| म एक्लै त्यो होटेलमा बसेर के गर्नु? म कोठाबाट निक्लिन खोज्छु, कोठाको ढोका बन्द| फेरी दुइ पटक नै यस्तै हुन्छ| पहिलो पल्ट केहि गाह्रो भएन, रिसेप्सनमा फोन गरेर ढोका खोल्न लगाए| दोस्रो पटक त बिजोग नै भयो नि| कसरि भनौ! कसरि पोखौ आफ्नो पिडा, कसरि ब्यक्त गरौ आफ्नो दुख| कोठाको फोन पनि बिग्रिएको अनि आफु मोबाइल बोक्दीन| कसरि निक्लिनु अब? बाल्कोनीबाट हाम फालौ भने, तिन तल्लामा छु| तल पुग्ने बित्तिकै फेरी माथि पुग्छु| हुन्न हुन्न सोचे अनि यो योजना रद्ध गरे| ढोका धक्ध्काए तर कसैले नसुनेको हो कि मतलब नगरेको, कोहि आएन| अब के गर्ने त? बाल्कोनीमा गए र मान्छेलाइ देख्ने बित्तिकै चिच्याएर बोलाए| अनि बल्ल ढोका खुल्यो| अब केहि याद आयो?”
मैले गर्दा सुबोधले कति दुख पाएको रैछ र उसले मलाई दुइ पल्ट जोगाएको पनि रैछ| मेरो रिस मर्यो | सच्चि म रिसाएको नै थिइन| उसलाई अँगालोमा हाले र धन्यबाद भने| गफ गाफ सुरु भयो र बारबाट निक्लिने समय पनि भयो| हामि दुवै मेरो होटेलको गेटमा पुगेउ र यसै बीच मेरो दिमागमा एउटा प्रश्न आयो|
“तिमिलाइ कसरि थाहा भयो कि म तिमीलाई खोज्दै फेरी पनि बार पुग्छु?” प्रश्न गरे सुबोधलाई| यो प्रश्नको जवाफ जसरि पनि चाहिएको छ मलाई|
“ म
