Part 5

उनि लगायत उनको सबै साथीहरु एकअर्का संग बोल्दै र रमाउदै अघि बढ्दै थिए र म भने आफ्नै कल्पनाको संसारमा डुबेको थिए | लेखक जो परे,कहिले चाहेर र कहिले चाल नपाई कल्पनामा डुब्ने गर्छु |

“ओइ पागल, के सोचेर एक्लै हासेको?” मेरो कपाल तान्दै उसले मलाई मेरो कल्पनाको संसारबाट बाहिर झिकिन् |हेर्दा त मान्छे डल्ली नै हो उनि तर म ६ फिटे मान्छेको टाउकोमा उसको हात कसरि पुग्यो | अहिले भने चाल नपाइकन नै कल्पनामा पुगेको थिए र मलाई केहि पत्तो पनि थिएन वरिपरी के हुदै छ | तर साच्चि होला कल्पनामा डुब्ने बानिले कुन दिन साच्चिकै डुबाउछ मलाई | कल्पनामा पुग्ने मात्र भए ठिकै हो तर कल्पना पुगेसी म मुस्कुराउछु पनि रे | मेरै कुरा मात्र के गर्नु म त जहिले यहि हो,बरु अघि भर्खर उसले पागल पो भनिन् मलाई | उसले पागल भनेर गरेको सम्बोधन मलाई त्यति मन पर्यो जति बिराटनगरको मान्छेलाइ शुद्ध-प्लस मन पर्छ| हुन त मन परेको मान्छेको पाद पनि यादमा आउदा सुमधुर लाग्छ त्यो पल |

“ओइ फोटोग्राफर ज्यु, त्यो परको रुख मुनि मेरो एउटा फोटो लिदेउन|” उनले आफ्नु हातले मेरो हात समाएर, अघि भनेको रुख तिर दोहोर्याइन् मलाई|

“रुख माथि भाइ,तल चाही दिदि |” बेला बेला प्याच्च प्याच्च बोल्ने बानि मेरो ,कोहि रिसाउछन र कसैले ठट्टामा उदाउछन| उनि भने रिसाको जसो गरे पनि अन्त्यमा हासिन्|

मैले अघिनै भने नि, उसले एउटा भने नि फोटो चाही एउटा मात्र कहिले लिएको हुन्न,एक पछी अर्को गरेर लग भग १५-२० फोटो लिए मैले उसको | यसै बीच गफ गर्दै हामि अझै अलि पर पुगेउ | अनि झलास्य भयो दुवैलाइ, हामि संग अरु ३ जना पनि थिए तर हामी आफ्नु तालमा हिडेकोले उनिहरु कहाँ छन् हामीलाई केहि अत्तो पत्तो भएन | अभ हाम्रो समुह मध्य उनि र म मात्र थिएउ त्यहाँ | ए साची हाम्रो हैन पो क्यार, समुह उसको हो, म पाहुना मात्र पो तर हाम्रो भन्दा नि केहि फरक नपर्ला |

वरिपरी हेरेको सबै जोडी मात्र थिए धेरै जसो | अगाडीबाट आइरहेको जोडी मध्य एक जनाको अनुहार चाही परिचित जस्तो लाग्यो र हरेक पाइला संगै त्यो जोडी झन् हाम्रो नजिक हुदै गयो | घर छेउको एउटा भाइ रहेछ, पक्कै आफ्नी प्रियतमा संग हुनुपर्छ | केटाहरुले जोडी खोजि सकें , जाबो ट्वाइलेट जाने चप्पलको नि जोडी हुन्छ, आफ्नु भने कोहि संग नि मुटुको सम्बन्ध जोडिदैन |सायद उसले म पनि जोडीसंग आएको सोच्यो र हास्दै thumbs up गर्दै गयो | के गरेको होला मोरोले, धन्न कन्चनले देखिन | नत्र के पो सोच्थी होलि उसले |

अघि उसले मेरो नाम सोध्दै थिन,खै एक्कासी कसरि सम्झे यो कुरा | नाम भन्न म पनि आतुर थिए तर उनि सामु देखाउन चाही चाहिन |

त्यसैले केहि घुमौरो तरिकाले आफै सोधे “ अघि मेरो नाम सोध्दै थिएउ नि,किन होला ?”

“किन सोध्न नहुने हो र तिम्रो नाम? मेरो प्रश्नको उत्तरमा उसले अर्को प्रश्न गरिन् |

“हुन्छ नि, कसले हुन्न भन्यो र ?”

“पैसा पर्छ भनेको हैन अघि नाम भनेको?”

“अरुलाई लिने गरेको छु, ल भयो तिमि संग लिन्न |”

“ म संग चाही किन नलिने नि ?”

“ आफ्नै मान्छे संग के लिनु नि पैसा?”

गफै गफको बहाबमा कुन बेला धेरै बोले बोले | यो वाक्य पछी उनि पनि चुप र म पनि | अभ बोलि हाले,फिर्ता लिन नमिल्ने | नाम भनेपछि कुरा अन्त तिर मोडिन्छ कि लाग्यो र भने “रवि नाम हो मेरो | ”

“जाबो दुइ अक्षरको नाम भन्न के दुइ घण्टा लगाएको पागल |” नाम भन्नु पनि छ ,त्यसमाथि उसको यस्तो वाक्य सुन्नु नि पर्ने | जे गरे नि सुख छैन |

“यहि दुइ अक्षरले सारा संसारलाई उज्यालो दिन्छ बरु अभ भन किन सोधेको नाम ?” आफ्नु बयान गर्न पाएको मौका कसरि छोड्नु मैले|

अरुबेला घुमाएर जवाफ दिने उनि, अहिले भने सिधै भनिन् “ कुरा के हो भने …

Previous article
Next article

Latest Posts