Part 4

“अभ तिमि कता जान्छौ?” र यो प्रश्नले मलाई निकै हलुन्गो महसुस गरायो |

यो यस्तो प्रश्न थियो जसको उत्तर म संग आफै थिएन, त्यहि पनि कहिले पो सोचेर हिड्ने गरेको हो र मैले | सोचेर हिड्ने भए अहिले म क्लासमा हुन्थिए, बसन्तपुरमा हैन | ज हो त्यहि भने “ एकछिन यता बस्छु अनि घर तिर लाग्छु |”

“ हामि चाही स्वयम्भु जादै छौ, तिमि नि संगै जाम न |” एक पछी अर्को प्रस्ताभ राख्दै थिइन् उसको साथीले | हुन्न कसरि भन्नु ,हुन्छ भन्न मन थियो तर सिधै हुन्छ भन्न मन पनि लागेन | एकछिन केहि बेर नाइँ भनु कि सोच्दै थिए र केहि नाइँ नास्ती पनि गरे| उनि जान्ने भएर बोलि हालिन् “जाम न, फेरी हाम्रो फोटो कसले खिच्छ तिमि भएनौ भने |”

“तिम्रो दाजु भाइ छन् त , उनिहरु कहिले काम लाग्छन ?” पाको बेला गिज्याउन भने माहिर म | फेरी जवाफ फर्काउन उनि पनि खप्पिस छिन् भन्ने कुरा मैले चालपाइसकेको थिए | नभन्दै उसले जवाफ फर्काइ हालिन् “मलाई बादर भन्न खोजेको? तिमि नै होला नि ढेडु |“ खासै खाइलाग्दो र Handsome नभए पनि, उसले भने जस्तै ढेडु जस्तो पनि थिन म | एकछिन यसरि नै बित्यो रमाइलोमा र अन्त्यमा लगेर नै छोडे मलाई स्वयम्भु तिर | स्वम्भुको माइक्रो चढ्न भनेर लागेउ हामी न्यु रोड गेट तिर |अघि सम्म खाली र अहिले भने मान्छेको घुइचो, फेरी अफिस टाइम पनि, जुन माइक्रो आएपनि खालि नभाको |

यसै बीच एउटा माइक्रो हुइकिदै आयो र हाम्रो अगाडी आएर ट्याक्क रोकियो | एक हुल मान्छे झरेको देख्न त देखियो तर माइक्रोमा मान्छेको चाप चाही उत्तिनै देखिने | एकछिन त सोच्नलाइ बाध्य बनायो, माइक्रो हो कि भ्रस्टाचारिको गोजी,जति पनि अटाउने |

“आउनुस दाइ,आउनुस दिदि, अर्को स्टपमा सिट खालि हुन्छ|” कस्तो मिठो झुठो बोलेको माइक्रो फुच्चे भाइले | नेताको झुठ्मा तालि बजाउने म, त्यो भाइको झुठ्लाई पनि सहर्सै स्वीकारे | फेरी उसले आफ्नु हात मुख जोड्नलाइ यति त भन्नै पर्ने थियो | भाइले भने जसरि अर्को स्टपमा सबैले सिट नपाए पनि, ढल्कु पुग्दा नपुग्दै हामि ५ जनाले चाही अन्तिमको सिटमा जसो तसो मिलाएर बस्न पायौ | ४ जनाको सिटमा ५ जना बसेका,अनि उनि भने मेरै छेउमा | बेला बेला उनको कपालले मेरो पुरै मुहार नै छोप्न पुग्थियो र म चाही उसकै कपालको बासनामा भुलिने ,जब खाल्टोमा माइक्रो उफ्रिने, उनि म तिर हुत्तिन्थिन र मेरो मुटुले ठाउ नै छोड्ला जस्तो गर्ने | गर्मीको कारण उनिले आफ्नो हातमा फु फु गर्दा ,उनको ओठबाट निक्लेको वायुको केहि अंश मेरो हातमा आइदिन्थ्यो र त्यो बायुले मेरो हात नभए पनि मनमा चाही शितलता पूर्ण रुपले प्रदान गर्दै थियो | जामको बेला माइक्रोमा अगाडिको सिट पाउने मान्छे के त्यति खुसि हुन्छ होला जति म उनको छेउमा बस्दा खुसि हुदै थिए | स्वयम्भु पुगेपछि माइक्रोबाट झरेउ हामि र लागेउ गन्तब्य तिर |

“ओइ सुजि,त्यहाँ हेर तेरो बुढो रुख माथि|” रुख माथिको बादरलाइ देखाउदै उनीले आफ्नु साथीलाई जिस्काइन| अरुको खिल्ली बनाउन आफुलाई माहिर थान्थिए मैले तर उनि मेरो पनि गुरु रैछिन | जे होस् बिस्तारै उसको साथीको नाम पनि थाहा भयो |

“तिमि सुजि भए तिम्रो त्यो बुढाको नाम हलुवा होला है |” यति बेरसम्म घुलमिल भइसकेको थिए र म पनि गिज्याउन पछी परिन | यति भएपछी सबै एकपल्ट खितितिती हासेउ र अघि बढ्न लागेउ |

Previous article
Next article

Latest Posts