आखा खुल्यो , हिजो कति खेर निदाए याद छैन | कति बज्यो थाहा छैन | कोठाभित्र अँध्यारो छ | झ्याल, ढोका खोल्न मन लागेन | हिजो भूकम्प गको थियो, मान्छेहरु बाहिरै बिसराका होलान् | घर भित्र आउन छाडेर | मोबाइल स्विच अन गरे, इन्टरनेटमा समाचार पढे | राजधानीमा ठुलो क्षति, म बसेको सहरमा धेरै केहि भएन छ | १२ बज्न लागेछ दिउसोको, मान्छेको चहल पहल सुनिदैन | झ्यालबाट चियाएर हेरे, सबै साधारण छ | ठिक छ | झ्याल खोले, सुर्यको तेजलाई आखाले सहन सकेन, बन्द गरे | झ्याल खोल्न पनि मन लागेन, खोल्ने इच्छा पनि आएन | अध्यारोमै बसिरहन मन लाग्यो | facebook खोले निस्माको मेसेज आको रैछ | हेरिन, हेर्न मन लागेन | उनको प्रोफाइल खोलेर हेरे timeline, निस्माले status हालेकी रैछिन् | प्रतिक, आसिस, प्रतिक्षा, समिक्षा र मलाई अनि अझै एउटा कुनचै केटालाई tag गरेर | त्यो सायद उनको प्रेमी थियो | अब facebook पनि चलाउन मन लागेन | उनको प्रेमीको फोटो एकचोटी हेरौ कि जस्तो लागिरा थियो तर हेरिन | मोबाइल चार्जमा राखेर फेरी पल्टिए ओछ्यानमा | कहिँ कतै जाउ, कोठाबाट निस्किने चाहना उब्जिएन | बरु अझै रक्सि खाए, चुरोट बाले अनि रक्सि खादै चुरोट तान्दै अन्धकारमा मिसिएर बसे | थोरै मात्र उज्यालो छ त्यो पनि दिउसो भएर कता कताबाट छिरिरछ मेरो कोठामा | आशु झर्न कम भयो, कता कता शान्ति आए जस्तो भैराछ मनमा |
तर त्यो भावनालाई पुरै नकार्न सकिराको छुइन | के कसैले कसैप्रतिको माया पुरै नकार्न सक्छ र ? के समय बिते पछी म निस्मालाई नचिन्या जस्तो गर्न सक्छु ? के उनको लागि ऐले मेरो मुटुमा भएको येत्रो प्रेम अलिकति पनि बाँकी रहदैन र ? खैर जे सुकै होस | हातमा भको पेग सक्काए. उनको फोटो हेर्न मन लाग्यो | डेस्कमा चार्जमा राखेको फोन तिर गए, उनको फोटो हेर्दा हेर्दै आखा रसाउन थालेछन् | अर्को पेग बनाउनको लागि रक्सीको बोतल लिन खटिया तिर गए | अघि अलि अलि छिरेको उज्यालो ऐले कता हराएछ | पुरै अँध्यारो छ, बोतल देखिन | मोबाइलको फ्लाश लाइट बालेर बोतल खोजे अनि अर्को पेग बनाए | रक्सि चुरोट अनि चिप्स पालै पालो शरीरभित्र |
अझै पेग थपिदै गयो. अझै चुरोट थपिदै गयो | हुदा हुदै एक बोतल रक्सि पुरै सक्कियो | म किन उसलाई माया गर्छु ? एती धेरै माया किन ? किन गर्न थाले माया ? कोहि मान्छेले कोहि मान्छेलाई किन माया गर्छ ? भावना कहाँबाट पलाउछ ? किन पलाउछ ? म उसलाई माया गर्छु भने उनले अरु कसैलाई माया गरेको थाहा पाउदा किन उनलाई बिर्सिन सक्दिन ? उनले मलाई त माया गर्दिनन् त्यहि पनि उनलाई किन म अझै गर्छु ? उनीप्रतिको माया अझै गाढा भए जस्तो किन लागिराछ मलाई ? सायद म उनलाई माया गर्दिन | म त्यो भावनालाई माया गर्छु जुन उनीप्रति उब्जिएको छ | म मेरो भावनालाइ माया गर्छु जुनी उनीप्रति छ ? यो भावना नै माया लाग्दो छ | सायद कसैले कसैलाई माया गर्दैन, कसै प्रति उब्जिएको आफ्नो भावनालाई माया गर्छ होला ? म निस्मलाई भन्दा पनि निस्मप्रतिको मेरो भावनालाई चै माया गर्छु होला ? यो हो भने म उनलाई माया गर्न बन्द गर्न सक्दिन | उनलाई सम्झिएपछी मेरो मनमा जुन भावना उत्पन्न हुन्छ म त्यसलाई चै खास माया गर्छु ? म मेरो भावनाको भेल बन्द गर्न सक्छु ?
अर्को बोतल खोले अर्को पेग बनाए, अर्को चुरोट बाले | उनलाई सम्झिदै रक्सि पिउन थाले | यो अँध्यारो अँध्यारो जस्तो लागिराको छैन मलाई त्यसैले उज्यालो छिर्न दिनुको महत्व म देख्दिन | कोठा उज्यालो परेर के हुन्छ ? एक्लै बस्नु एक्लोपन लागिराको छैन | सायद एक्लै बस्नु एक्लोपन हैन, कसैको साथ नपाउनु चै एक्लोपन होला | मोबाइल फ्लाइट मोडमा राखेको रैछु, हिजो झ्याप हुँदा के गरे याद छैन | फ्लाइट मोड अफ गरे, निस्मको मेसेज, प्रतीकको मेसेज, आसिसको मेसेज आयो एकैचोटी | निस्मको मेसेज खोलेर हेरे | ‘तपाइँ का हुनुन्छ ? हिजो तपाइको घर आको थियेउ हामी, ताल्चा लगाको थियो | कल गरेउ कल उठाउनु भएन | का जानु भाको थियो ? कहाँ हुनुन्छ एस्तो बेलामा ? तपाइँ ? मेसेज पढ्ने बित्तिकै कल अर्नु है ?’
उनलाई मेरो चिन्ता लागेको रैछ | उनलाई रिप्लाई पनि गर्न मन लागेन, कल त झन् के गर्नु र ? अरु मेसेज हरु पढिन | मोबाइल फेरी फ्लाइट मोडमा राखिदिए | उनलाई सम्झिएर हिजो दिनभरी बित्यो आज पनि यसरी नै बित्छ ? समय रुक्किन्छ मेरो लागि ? एकदमै धेरै झ्याप भए राम्ररि आखा पनि खोल्न सकिन | आखा चिम्म गरे, निदाए |
बिउझिन्थे, उठेर निस्मा को बारेमा सम्झेर फेरी रक्सि खान्थे अनि फेरी निदाउथे | धेरै चोटी निदाउदै, बिउझिदै रक्सि पिउदै निदाउदै बिउझिदै रक्सि पिउदै गरिराथे | कति दिन भयो थाहा छैन | कति समय बित्यो थाहा छैन | यहि अन्धकारमा उठ्थे यहि अन्धकारमा सुत्थे |
आज निस्मालाई सपनामा देखे | उनले मेरो हात पक्रेकी थिइन्, उताबाट कसैले उनलाई निस्मा भनेर बोलाउदै थियो | त्यो आवाज नजिक आउदै थियो, जति नजिक आउथ्यो त्यति नै म उनको हात बेस्सरी पक्रिन्थे | उनले मलाई बिस्तारै भनिन् “म जान्छु नि है ? हेर्नु त कसले मेरो नाम बोलाको बोलाइ छ |” मैले उनलाई नजाउ भन्दै उनको हात छोड्न मानेको थिइन् | मेरो पछाडीबाट केहि कालो अँध्यारो आइरहेको आभास भयो | मैले उनलाई छोड्न मानेको थिईन, झन् बेसरी उनको हात पक्रेर नजाउ, म तिमीलाई जान दिदिन भनेर जिद्दी गरिरको थिए | मैले उनलाई अनुरोध गर्दै थिए –“ तिमि जाने बित्तिकै मलाई यो कालो अध्यारो मान्छेले छोप्छ | तिमि नजाउ न |” तर उनेल जान्छु भनेर जिद्दी गरेकी गरेकै थिइन् | त्यो आवाज झन् नजिक आउदै थियो मैले झन् बेस्सरी उनको हात पक्रिए | त्यो कालो मान्छे झन् मेरो नजिक आउन थाल्यो अनि म बिउझिए |
उठ्ने बित्तिकै मैमबत्ति बाले | हल्का उज्यालो भयो कोठा | हल्का मूड फ्रेस भयो | मैमबत्तिको ज्योतिमा एउटा खालि पाना माथी मनमा आएका सबै कुरा लेखे |
निस्मा पहिलो प्रेम मेरो, पहिलो प्रेम असफल | असफलताको कुरालाई ध्यान दिनुभन्दा पनि यो भावना महसुस गर्न पाएकोमा खुसि हुनु पर्छ होला | आखिर यो भावना मेरो हो | मेरो मनले मलाई उपहार दिएको भावना हो यो | मैले उनलाई प्रेम गरेको जस्तै उनले पनि उनको प्रेमीलाई प्रेम गरेकी हुन् | केहि फरक छ र ? उनको र मेरो भावना बीच ? के मेरो भावना उनको भावना भन्दा महत्वपूर्ण हो र ? उनि एकछिन, केहि दिन मप्रति भुलीईन् तर उनले मलाई त प्रेम गरिनन् नि ? अनि मैले उनलाई प्रेम गर्छु पनि भनिन नि ? यो प्रेम धेरै जटिल कुरा हो | कसैले कसैलाई प्रेम गर्दा त्यो मान्छेले पनि मलाई प्रेम गर्छ भनेर त गरिदैन | माया हुन्छ. कोहि मन पर्छ बस | जबसम्म म उनीप्रतिको मेरो भावनालाई प्रेम गरिरहन्छु तब मेरो प्रेम असफल हुदैन | मैले सायद प्रेम गर्न भन्दा पनि उनले मलाई प्रेम गर्छिन होला भन्ने कुरामा धेरै आशा राखे | प्रेम त निस्वार्थ हुन्छ, हैन र ? म यो प्रेमलाई बुझ्ने प्रयास गर्छु | न कि मेरो प्रेम फिर्ता भएन भनेर दुखि भएर बस्छु | जीवनमा धेरै कुराहरु हुन्छन्, धेरै तरिकाले हुन्छन् | मलाई प्रेम भयो यहि ठुलो कुरा हो | प्रेमको मिठो भावना जाग्यो मेरो मनमा, यसलाई जोगाएर राख्छु म |
क्यान्डल बलिराको छ | मैले कलम राखे अनि एउटा किताब पढ्न थाले, अरुबेला पढ्ने भन्दा फरक किताब | प्रेम कथा, पुरै सक्याए | उनको याद झन् अझै आइराको छ, सायद यो किताब पढेर होला | तर त्यति दुखि भाको छैन म | जीवनमा ज पाए मैले त्यो कुरालाई स्वीकार गरेर बाच्न सिक्नु पर्छ | मैले आफुलाई प्रेम गर्नु पर्छ, मैले त्यो हृदयलाई प्रेम गर्नु पर्छ जसले उनलाई प्रेम गर्छ | रक्सीको पेग बनाए, उनको सम्झनामा अझै पनि मुटु दुख्छ | उनको रित्तोपनलाई म रक्सीले भर्न खोजिराको छु | ठिक छ | केहि छैन | आधा बोतल जति रक्सि सक्याए, अनि एउटा दुइ डिब्बा चुरोट पनि पुरै सिध्याए | निन्द्रा लाग्यो | उनलाई सम्झिएर आशु पनि झरे अलि अलि | तर मुस्कान पनि आए ओठमा अलि अलि | क्यान्डललाई नानिभाई सुते म फेरी |
आज पनि सपना देखे, आज भनौ या अहिले | आज पनि निस्मलाई कसैले बोलिरहेको थियो | मैले त्यसरी नै जान दिरहेको थिईन | तर आज उनले हात फुस्काइन् | त्यो आवाजको श्रोत अथवा मान्छेको कालो आकृति देखे | त्यसले अझै निस्मालाई बोलाइरहेको थियो | निस्माले मेरो हात छाडेर मलाई भनिन् –“ म जान्छु नि है ? चिन्ता नगर्नु म त्यो मान्छेलाई चिन्छु | त्येसले मलाई कति धेरै माया गर्दो रैछ | अघि देखि बोलाको बोलाकै छ | म उहीसंग जानु पर्छ | म तपाइले बोलाको बेला आउछु नि | तपाईलाई बोल्न मन लाग्यो भने मलाई बोलाउनु न | म आउछु नि | तपाई मेरो सबैभन्दा मिल्ने मान्छे हो | तर म उसंग जान्छु है ?”
उनि गइन् त्यो मान्छे भाको तिर | म उनि गको हेर्दै उनको नाम पुकार्दै नजाउ भन्दै थिए | त्यो कालो छाया मेरो ठिक्क माथि आइसकेको थियो | मेरो पुरै शरीरलाई अध्यारोमा पार्ने गरि | मैले उनको पछी गएर उनलाई पकडे अनि म जान दिन्न भनेर उनलाई रुदै भने | उनि कराउदै थिइन् मलाई जान दिनु भन्दै |
बिउझिए म | उठ्दा पनि आशुका थोपाहरु आखाका डीलबाट खस्न तैयार रैछन् | एकछिन आफुलाई सम्हाले | क्यान्डल निभी सकेको रैछ | उठेर बत्ती बाले, अलिकति धेरै उज्यालो भयो कोठा | मेरो ओठ पनि अलिकति मुस्कुरायो | फेरी पाना र कलम लिएर लेख्न थाले मनमा जे आयो त्यहि | निस्मलाई सम्झिदा आज म त्यति धेरै दुखि भाको छुइन | म बरु उनीप्रतिको मेरो भावनालाई महसुस गरेर खुसि भाको छु | यो भावना मेरो हो, निस्मलाई मबाट पर लागे पनि यो भावना कसैले मबाट पर लान सक्दैन | यो मेरो सम्पति हो, धन हो |
आज facebook खोलेर निस्मको मेसेज हेरे | उनले हरेक मेसेजमा चिन्ता व्य क्त गरेकी थिइन् | मलाई कल गर्नु, कहाँ हुनुन्छ ? फोन किन लाग्दैन ? के भयो ? ठिक हुनुन्छ ?’ आदि इत्यादि | उनको प्रेमीको फोटो हेरे अस्ति tag गरेको statusबाट प्रोफाइल खोलेर | अलिकति नरमाइलो लाग्यो. लाग्छ नै | तर ठिक छ | उनले उसलाई रोजिन् | ठिक छ | मोबाइल चार्जमा हालेर फेरी रक्सि पिउन थाले, चुरोट बाले | अनि फेरी किताब पढ्न थाले | आज दर्शनशास्त्रको किताब पढ्न थाले Albert Camusको | त्यो किताब पनि पुरै पढेर सिध्याए | आज धेरै रक्सि खाएन छु | धेरै चुरोट खायेछु | तर एकैचोटी दुइटा बालेर हैन, पालै पालो खाए | आज खाना पकाएर खाए, पेट पुरै भरियो | अनि सुत्ने बेलामा अलिकति रक्सि खाए, अनि अस्ति देखिन् बिग्रेको ओछ्यान मिलाएर सुते | एक्छिन् निस्मसंगको पुराको च्याट हेरर, एकछिन् youtubeमा भिडियो हेरेर |
आज पनि सपना देखे | आज नै हो, आज नया दिन हो | उठ्ने बित्तिकै सपना सम्झिए एक फेर | आज पनि उस्तै, निस्मा जान अनुरोध गर्दै थिईन् मैले जान दिराको थिइन, त्यो मान्छेको कालो आकृति आज कालो थिएन | त्यो मान्छेलाई कहाँ देखेको जस्तो भान भैराको थियो | उनलाई मैले जान दिए, आज | जाउ तिमीलाई जहाँ जान मन लाग्छ जाउ | तिम्रो इच्छा हो, तिम्रो जीवन हो | तिम्रो चुनाव हो |” यति भनेर मैले उनको हात छाडिदिए | आशु पुछे अनि उनलाई गको देखेर मुस्कुराए | त्यो कालो छाया म निर आयो अनि तेस्ले मलाई अँगालो हाल्यो | त्यो मेरो छाया थियो | तेस्ले मलाई कानमा सुटुक्क भन्यो –“म छु नि तसंग | तेरो साथि, तेरो मित्र, तेरो सोच, तेरो चेतना | तेरो साथि |”
आज बिउझिए पछी मुस्कान अनायासै आयो मेरो ओठमा | बत्ति बलिरहेको थियो | कोठाको भुइँ एकदमै फोहोर चुरोटको ठुटाहरु यत्रतत्र फालिएको | चुरोटको डस्ट जता ततै | चिप्सका, चाउचाउका खोल हरु जता ततै | बिस्तारै सफा गरे कोठा | कोठा सफा भयो अनि मन हलुङ्गो | बत्ति बन्द गरे, झ्याल खोले | सुर्यको किरण आखामा पर्यो | कति दिन बित्यो थाहा छैन | तर आज खुसीको आभास भैरहेको छ | एकछिन झ्यालनेर बसे अनि बाहिर हेरे | सबै ठिक छ | अनि डेस्कमा गए अनि फेरी लेख्न थाले – “ हरेक मान्छेको जीवनमा अन्धकार आउँछ | हरेक मान्छेको जीवनमा चोट आउँछ | हरेक मान्छेले अँध्यारोको सामना गर्नु पर्छ | तर त्यो अन्धकारमा मिस्सिएर बस्नु भन्दा पनि, त्यो अन्धकारलाई बुझ्ने प्रयास गर्नु पर्छ | त्यो अन्धकारलाई बुझेर, त्यो अँध्यारोमा उज्यालोको प्रकाशलाई स्वागत गर्नु पर्छ, बिस्तारै बिस्तारै | प्रेम असफल हुदैन | प्रेम भावना हो, प्रेम दुखः हैन | प्रेम, प्रेम हो | प्रेम हुन्छ, प्रेमले दुखः दिदैन, हामीलाई दुखः आशाले दिन्छ, expectationले दिन्छ | प्रेम गरेर, प्रेम पाउनु सफलता हैन | यो घृणा, स्वार्थ र अमानवीय संसारमा, तिम्रो मनमा प्रेमको भावना जाग्नु नै सफलता हो |”
यति लेखे अनि कलम बन्द गरे | फेरी झ्यालनेर बस्ने इच्छा आयो | झ्याल नेर बसे अनि निस्मालाई सम्झन थाले | मेरो मोबाइलमा मेसेज आयो, निस्माको –“तपाईलाई मैले आफ्नो boyfriendसंग फिर्ता गको कारणले त तपाइँ मसंग बोल्न छाड्नु भाको हैन नि ? तपाइलाई त्यस्तो लाग्छ भने please त्यस्तो नसोच्नु होला | तपाइँ मेरो मिल्ने साथि हो | तपाइँलाइ मसंग बोल्न मन लाग्यो भने मलाई बोलाउनु म आउंछु | तपाईलाई एक्लो भएर कोहि साथि चाहियो भने मलाई भन्नु म आउंछु | Please तपाइँ मसंग नबोली नबस्नु | तपाईलाई कुनै किताबको बारेमा कुरा गर्न मन लागे म आउंछु | हामि साथ हौ नि | एउटी सोच भको |”
म मुस्कुराए उनको मेसेज पढेर | आज रिप्लाई गर्दिन, आज म आफुलाई दिन्छु यो दिन | मैले उनलाई त मेरो प्रेमको बारेमा भनेकै छैन | उनलाई म कति माया गर्छु | उनलाई भनौ ? प्रेम भनेको व्यक्त गर्नु पर्छ हैन र ? उनलाई म प्रेम गर्छु भनेर भनौ ? या उनलाई नभनी राखौ ? उनलाई म अझै प्रेम गर्छु नै | मेरो मनमा भएको उनिप्रतिको भावना मैले उनलाई भन्दा ठिक हुन्छ या नभन्दा ? हैन म भन्छु कि हैं नभनौ ? के मैले उनलाई आफ्नो मनको कुरा राख्दा उचित हुन्छ ? या नभन्दा ? मैले मेरो प्रेम त व्यक्त गर्न पाउछु नि ? प्रेम व्यक्त गर्नु उचित हो नि ? उनलाई मेसेजमा भनौ ? या भेटेर ? या कल गरेर ? के गर्दा उचित हुन्छ ? मैले उनलाई मेरो प्रेमको बारेमा भनेर केहि गलत गर्छु र ? के कुनै प्रेमीले उसको आफ्नो प्रेम व्यक्त गर्नु गलत हो र ? म भन्छु होला |
चिसो हावा चल्यो, सबै झ्याल खोले, कोठामा भए जति | ढोका खोल्न मन लागेन | अनि ओछ्यानमा पल्टिए, लामो सास लिए | तर निस्माको साथ नपाउदाको तिक्तता मनमा अझै बाँकी थियो | सायद भोलि भेट हुन्छ निस्मासंग |
० ० ० ०
आज म पचास वर्ष पुगे | यो लाइब्रेरीमा मात्र हैन जिन्दगीमा पनि एक्लै छु | हिजो भर्खर एउटा नया किताब लेखिसके | मैले सानोमा सोचेको कुरा पुरा भाको छ | धेरै वोटा दर्शनशास्त्र, कथाकाका किताबहरु प्रकाशित भएर बजारमा छन्, कति धेरै त बिकिसके | लेखक भनेर चिनिन्छु आज म | कति कुराहरुलाई छोड्न जान्नु पर्छ | जीवनको हरेक कुराहरु आफुले नियन्त्रण गर्न सकिदैन | कति कुराहरु जसरि चल्छ त्यसरी चल्न दिनुपर्छ | मुख्यतः सबै कुराहरुलाई आफ्नो इच्छानुसार चलाउन खोज्नु हुदैन र जुन कुरा आफ्नो हिसाबले चल्न मान्दैन त्यसमा आफ्नो समय व्यथित गर्न हुदैन | जिन्दगि जिउदै जानु पर्छ | प्रेममा मात्र हैन, जीवनको सबै कुराहरुमा | यदि अन्धकारलाई समयले आफ्नो जीवनमा ल्याउँछ भने उज्यालोको लागि झ्याल खोलिदिन पर्छ | जीवनको सबै झ्याल ढोका लाएर बस्नु हुदैन | सायद यहि हो जिन्दगि जिउने तरिका |
आज एक्कासी यो सबै कुरा मेरो दिमागमा घुम्न थाल्यो, यो घटना, यो मेरो जीवनको प्रेम घटना | यदि मैले त्यो दिन उनलाई लैब्रेरिमा मेरो भावना उनलाई भनेको भए ? उनलाई कति माया गर्छु भनेको भए ? त्यो दिन मेरो कोठामा हाम्रो चुम्बन नरोकेको भए ? त्यहि दिन मैले उनलाई आफ्नो मनको भावना पोखेको भए ? यदि त्यो दिन सिनेमा हलमा मैले पनि उनलाई मायाले समाएर उनको हात, ओठ चुमेको भए ? उनलाई मैले त्यो दिन नै मेरो रूम हिड भनेको भए ? यदि मैले त्यो दिन उनको साथि प्रतीक्षासंग canteenमा नबोलेको भए ? उनिसंग नबोलेको भए ? त्यो दिन लैब्रेरि जाँदा उनिसंग पन्छीएर नबोलेको भए ? यदि मैले बाल्यकालमै आफ्नो स्वभाव परिवर्तन गरेर केटीहरु अनि मान्छेहरुसंग अलिकति धेरै बोल्ने स्वभाव बनाको भए ? यदि मैले उनिसंग प्रेममा पर्नु अगाडी नै उनीबाट पर भएको भए ? उनिसंग मैले त्यहि दिन जुन दिन मैले अब उनिसंग भेट्दिन भनेर निर्णय गरेको रात उनिसंग facebookमा नबोलेको भए ? यदि मैले भविष्यमा आफ्नो भूत परिवर्तन गर्ने मौका पाए भने मैले भूतकालमा गएर सबै कुरा परिवर्तन गर्दा ठिक हुन्छ ? भूतकाल परिवर्तन गर्ने मौका, टाइम मसिनमा चढेर जान सकिन्छ होला यदि त्यो कुरा सम्भव भयो भने | भूतकाल परिवर्तन गरेर आफुले चिताएको बनाउनु ठिक हुन्छ ? या आज फेरी येस्तई केहि मौका आयो भने के गरौ ?
ई यदिका प्रस्नहरुको उत्तर के हुन सक्छ ? के म ज्यादा खुसि हुन्थे होला आज ? ति ‘यदि’ प्रस्नहरु मैले छुट्टै बाचेको भए ? के आज जे भयो त्यसमा म कम खुसि छु ? खुसि घटनामा हुन्छ या आफु भित्र हुन्छ ? के मैले बाचिसकेको कुरामा ग्लानि गरेर हुन्छ ? कि जीवन जस्तो चल्छ त्यसरी नै बाचेर जिउनु पर्छ ? के मैले हिजो को बारेमा सोच्ने ? या भोलिको बारेमा ? या आजको बारेमा ?
निस्माको डिभोर्स भयेछ | ४ दिन भयो उनको डिभोर्स भाको |
एक पेग रक्सि हाले गिलासमा. चुरोट बाले | अनि हिजो लेखि सक्याएको किताबको प्रिन्ट गरेर निकालेको पानाहरु छरिएका छन्. प्रिन्टरबाट झरेर | एक चुस्की रक्सि पिएर त्यो मिलाउन थाल्दै छु | मेरो मोबाइलमा फोन आयो | नाम हेर – निस्मा | उठाए, उनले हेल्लो भनिन् | मैले जवाफमा हेल्लो भने |
The End
