“तिम्रो र मेरो एउटा बानि चाही मिल्ने रैछ|” अभ उहाले के बानि भनेको थाहा थिएन मलाई , तर उहाले यसरि बोलिदिदा मलाई केहि सजिलो हुदै थियो घुलमिल हुन|
“के बानि?” मलाई थाहाथिएन तर थाहा पाउन चाही मन लाग्यो|
“तिमीलाई पनि कफी मन पर्ने मलाई पनि|” अभ मैले अघि बोलेको झुठोले ,आफै मलाई यति गार्हो बनाउछ के थाहा,झुठो बोलेकी पनि हैन फेरी, केहि बोल्न नजान्दा त्यहि निक्लिएको हो मुखबाट| बिस्वासको यो वाक्यको जवाफमा मैले एउटा मुस्कान दिए,केहि बोल्न जानिन फेरी पनि|
“ल ५ पनि बज्यो,घर गए हुन्छ,भोलिबाट चाही बिस्तारै सबै काम गर्नु पर्छ है|” विश्वासको यति वाक्य र म निक्लिए अफिसबाट|
निक्लिनु अघि नै शोभालाइ मेसेज गरिसकेको थिए, अफिस संगै आउन नपाए पनि,अभ घर चाही जहिले शोभा संग नै जान मिल्ने भयो,उसको पनि बिदा ५ बजे हुने र मेरो पनि| साच्ची शोभा र मेरो घर नजिकै हो भने मैले? सायद छैन होला| अनि अझै एउटा कुरा भन्न बाकि छ, शोभा र मेरो अफिस पनि नजिकै हो, शोभा आर.जे. हो नि,बुटवल एफ.एम को आर.जे. | उसको र मेरो अफिस ५ मिनेटको दुरीमा छ,त्यो पनि हिडेर,फेरी उसंग स्कुटर छ,उसलाई मेरो अफिस आउन केहि बेर पनि लाग्दैन| अफिसको मुनि गएर शोभालाई पर्खिन लागे, उ अहिले सम्म आइसक्नुपर्ने हो|
“गाडी पाएन हो?” आवाजले नै चिन्छु अभ बिस्वासलाई म, उहाले यति सोध्दा,उहाको एउटा हातमा चुरोट थियो र अर्कोमा हेल्मेट| उहालाई देख्दा उहा चुरोट खानु हुन्छ जस्तो चाही लागेको थिएन तर उहालाई बुझ्नलाइ एकदिन काफी पनि कसरि होस्| मलाइ किन हो मान्छेले चुरोट खाएको मन पर्दैन,चुरोट खाने बानि मन नपर्ने हो,मान्छे हैन नि|
“हैन साथीलाई पर्खिदै हो|” जे हो जवाफ फर्काए|
“हन,यो बुटवलको सबै मान्छे किन हैनलाइ हन भन्छन|” मलाई यो कुराले जिस्काउने उहा पहिलो व्यक्ति हैन ,जसले नि यहि भन्ने तर मैले हैन नै भनेको हो तर उहाले हन सुन्नु भएको हो|
“अरु मान्छेले के भन्छन थाहा छैन तर मैले चाही हैन भनेको हो,हन भनेको हैन|” उहा फेरी पनि पहिलो व्यक्ति हैन जसलाई मैले यो जवाफ फर्काउदै थिए|
“के रे ,के भनेको हैन रे?” उहाले नसुनेको हो कि नबुझेको,फेरी दोहोर्याउनु मैले?
“हन|” अघिको पुरै वाक्य दोहर्याउनलाइ म बुटवल एफ.एम पनि हैन, त्यसैले चाहिने जत्ति उत्तर दिए|
“फेरी भनेउ त|” कस्तो मात्तिएको के बिस्वास पनि, भुलाएर हन भन्न लगाएर फेरी जिस्काउन सुरु| पहिलो दिन भेटेको भन्दा कस्तो भिन्न मान्छे,अभ चाही म मेरो बोलि फिर्ता लिन चाहान्छु,उहा रुखो हैन रैछ| यत्तिकैमा शोभा पनि आइ र बिस्वास पनि लाग्नु भयो|
“आज तैले खाजा खुलाउनु पर्छ|तेरो नया जबको पार्टी” भेट्ने बित्तिकै शोभाको पहिलो वाक्य|मलाई भने भोक लागेको थिएन,अघि भर्खर बिस्वास संग मोमो खाएको,तर पनि शोभालाई हुन्न पनि कसरि भन्नु| फेरी शोभालाई बिस्वाससंग खाजा खाएको भनेर सुनाउन पनि नमिल्ने नत्र जिस्काएर मलाई खाना बस्न दिन्न यसले| त्यहाबाट हामि “जिरो डिग्री रेस्टुरेन्ट ” लागेउ,हामि जहिले गइ रहने मध्यको एउटा ठाउ|
शोभा चाही पक्का नेपालि हो ,पुग्ने बित्तिकै मोमो मगाई हाली| दिमागमा एउटा बिचार आयो,मेरो र बिस्वासको बानि मिल्ने हैन,बिस्वास र शोभाको चाही मिल्ने हो,दुवै कफी भनेपछि हुरुक्क हुने| शोभाले मोमो संगै मगाएको कफी र मैले आफुलाई मगाएको चिया पनि आयो| चियाको तलतल लागेको थियो बिहानैबाट, एक चुस्की लिन लागेको मात्र के थिए,शोभाले नमज्जाले झपारी| उसलाई जे कुरा पनि खानु अघि फोटो खिचेर फेसबुकमा हाल्नु पर्ने, कुन दिन पेट दुखेर आफु पनि मर्छे मलाई पनि मार्छे यसले|
सच्चि अघि मैले भनेको थिएनी मलाइ मान्छेले चुरोट खाएको मन पर्दैन,चुरोट खाने बानि मन नपर्ने हो,मान्छे हैन | किन थाहा छ?
To be continue…
