Free Recharge\
आज अचानक आएर फेरी काठ्मान्डु फर्किनु पर्ने भएको छ| किन थाहाछ? अतित मात्र यस्तो चिज हो , जुन तिमि फेरी पनि जिउने छौ, कि सम्झनामा या कि यथार्थमा| आज भन्दा दुइ बर्ष अघि मसंग जे जे भएको थियो, आज त्यो अरुसंग हुदैछ र त्यो सबै मेरो वरिपरी हुदैछ| सबै घटना तिम्रो वरिपरी नै हुन्छ, फरक यति छ कुनै तिमीलाई बोध हुन्छ कुनैबाट तिमि अनविज्ञ हुन्छौ| बिसवासले पनि कति भूमिका बाधेको, सिधै चाहिने कुरा नगरेर| यहि सोचेर बस्नु भएको छ होला है? प्रतिक्षाबाट सिकेको हो मैले यो चाही, साना साना कुरालाई भूमिका बाधेर कसरि भन्ने भनि| ल अब चाही भन्छु म फेरी अचानक काठमाण्डौ जानु पर्ने कारण|
सधै जस्तो प्रतिक्षासंग बोल्दै थिए, केहि जीवनका कुरा र केहि मायाका| रातको १0 बजेको हुनुपर्छ, अध्यारो रातलाई बाहिर जुनले उज्यालो प्रदान गरेको थियो भने, प्रतिक्षासंगको गफ काफी छ मेरो लागि| प्रतिक्षा नै मेरो खुसीको श्रोत हो भने पनि हुन्छ तर मैले प्रतिक्षालाइ चाही भनेको छैन| प्रतिक्षासंगको गफमा जति मग्न भए म, उ पनि त्यति नै मग्न भएकी छे, बाहिर दुनियाको खयाल नै रहेन| शोभाले उसलाई कयौ पल्ट फोन गरेकी रैछे, उसले थाहा पाइनछ| जब उसले थाहापाई, एकछिन भन्दै फोन राखी र छाडेर गइ मलाई पर्खाईमा| धेरै बेर नै पर्खिनु पर्यो तर पनि प्रतिक्षाको फोन आएन| सुत्न जाने कुरा पनि हुन्न, “नसुत्नु है म आउछु” भनेर गएकी थिइ| पर्खाइ अलि बढी नै भयो, सायद उ निदाई होलि सोचे, एउटा गुड नाइट मेसेज टाइप गरे र पठाए उसलाई| पानि पिउछु अनि एउटा कविता लेख्छु सोचेर भान्सा तिर लम्किएको मात्र के थिए, उसको फोन आयो|
केहि बेर अघिसम्म म जुन प्रतिक्षासंग बोल्दै थिए, अहिले त्यो प्रतिक्षा खै कता हराई| उसको बोलीमा धेरै परिवर्तन छ, आखिर शोभासंग उसको के कुरा भयो त्यस्तो| म ढुक्क चाही छु, मैले नसोधे पनि उसले भन्छे आफ्नो मनको कुरा, अलि ढिलो होला तर भन्छे, उसलाई यति चाही चिनेको छु मैले| एकछिन सम्म यता उताको गफ हुदै गयो, उसको बोलि नम्र छ, उसलाई हसाउनलाइ केहि मजाक गरे तर उ हास्न चाहिन|
“शोभा pregnant छे नि|” अघि देखि केहि कुरा उसले मनमा राखेकी छे थाहाछ मलाई तर कुरा यस्तो होला भनि सोच्न भ्याएको थिइन मैले| तर उसले भनेको यो कुरा सिधै पत्याउन पनि सक्दिन , उ जिस्केको पनि हुन सक्छे नि, उसको जिस्किने बानि पनि छ| त्यसैले मैले पनि ठट्टा गरिदिए उसको यो कुरामा|
“साच्ची भनेको हो| म यस्तो कुरामा जिस्किन्छु होला हजुरसंग?” उसले यति भनेपछी चाही बल्ल बिस्वास लाग्यो उसको कुरामा| उ जस्तै म पनि अचम्मित हुनु पर्ने हो तर यो कुरा उसको लागि नौलो होला, म त पहिले नै एक पल्ट यो पलबाट गुज्रीसकेको मान्छे हो|
“फ्याल्ने होला हैन?” शोभाको पेटको बच्चालाइ न शोभाले अपनाउछे, न उसको परिवारले नै| यति भएपछी समाजले अपनाउने कुरा कल्पना कसरि गर्नु| आज भन्दा दुइ बर्ष अघि मैले जे जे गरे, शोभाले पनि ठ्याक्कै त्यहि त गर्ने होला नि|
“हो, कसरि थाहापाउनु भयो?” प्रतिक्षा चाही अहिले सम्म पनि सामान्य हुन सकेकी छैन जस्तो छ, शोभाको यस्तो खबर सुनेर| नत्र यस्तो असामान्य प्रश्न नगर्नु पर्ने हो उसले|
“धेरैले यहि गर्छन्| कति दिन भयो?” उनिहरुले बच्चा तुहाउने त भने तर उनिहरुले सोचे जस्तो सजिलो छैन यो कार्य| उनीहरुसंग यसको वारेम जानकारी कति छ भनि मलाई पनि बुझ्न मन लाग्यो|
“२३ दिन भयो|” ढिलो भएको रैनरैछ, अहिले पनि औसधिबाट नै मिल्छ त्यो पेटको बच्चा तुहाउन|
“त्यसो भए औसधिबाट नै मिल्छ|” मलाई जे थाहाछ, प्रतिक्षालाई भने| म पनि यस्तो बेला हुदा मलाई पनि तनाब भएको थियो, यदि मैले गर्दा कसैलाई तनाब केहि मात्र पनि कम हुन्छ भने मैले मदत किन नगर्ने?
औसधिबाट मिल्छ भन्न त भने तर मनमा एउटा डर पनि छ, प्रतिक्षाले अर्को प्रश्न नराखोस मेरो सामु| “आखिर यो सबै मलाई कसरि थाहाछ?” भनि उसले प्रश्न गरि भने मैले उसलाई के जवाफ दिनु? बर्षा र शारिकाको बारे भनेको त थिए तर निष्ठाको बारे उसलाई केहि पनि भनेको छैन मैले| निष्ठाको बारे भन्ने आट पनि आएन र मनले पनि दिएको थिएन अहिले सम्म| उसले अहिले नसोधे पनि उसको मनमा प्रश्न त होला नि, आखिर मलाई यो सबै कस्ती थाहाछ भनि|
औषधि पाउने ठाउ प्रतिक्षालाई भने तर उसले त्यहाँबाट लिन नाम्लिने बताई| सलिन भाइको नम्बर छ मसंग, उसलाई भने पछी पक्कै पनि औषधि मिल्छ भनि निर्धक्क छु म| प्रतिक्षालाइ औसधिको लागि केहि चिन्ता नलिन भने र उसले अब पैसा कति लाग्छ भनि सोधी| त्यसको पनि चिन्ता नलिना भने उस्लाइ| यस्ता साना कुराहरु चिन्ताको लायक नै छैन, चिन्ता लिनु पर्ने चिजहरु आउन बाकि छ| त्यो औषधि सेवन गरेपछी के के हुन्छ उसलाई के थाहा? मैले पनि अहिले नै भन्न चाहिन, अनायसै किन अत्तालिदिनु उसलाई|
“शोभाले मलाई पनि बोलाउदै छे, के गर्नु?” प्रतिक्षाको यो प्रश्न नआएको भए, म उसलाई अर्को प्रश्न गर्न लागेको थिए| “शोभाले एक्लै सक्छे?”मेरो यो प्रश्न जोगियो प्रतिक्षाको प्रश्नले गर्दा|
“हुन्छ त जा, उसलाई एक जना भए झन् सजिलो हुन्छ| यता अफिसमा म मिलाउछु|” उसलाई निर्धक्क बनाउन सके जति निर्धक्क बनाउदै गए, चिन्ता लिनु पर्ने कुरा अरु छन्, यो हैन|
“मलाई पनि केहि थाहाछैन, हजुर पनि मसंग हिड्नुस् न्|” कस्तो दोधारमा पारि प्रतिक्षाले, हुन्छ भनौ भने छाडी आएको ठाउ फेरी पनि जानु पर्ने| हुन्न भनौ भने हुन्न भन्न मनले दिएको छैन| यस्तो बखतमा के के हुन्छ मलाई थाहाछ नि, मलाई पनि सलिन भाइले सहयोग गरेको थियो, मैले अरुलाई सहयोग किन नगर्नु| बा-आमासंग पनि भेट हुन्छ यहि बेला, उहाहरुलाई पनि छोरासंग भेट्न मन होला नि| सबै सोचे र प्रतिक्षालाइ हुन्छ भने| दुइ बर्ष पछी फेरी पनि काठमान्डौ फर्की जादै छु…
Planning for international vacation?
Want good supplement for bodybuilding?
