Part 53

आउने बित्तिकै उसको पहिलो वाक्यले नै मेरो कन्चट तातेर आयो,सायद त्यहाँ भएको सबैलाई त्यहि हुदै थियो,यहाँ के के गरेउ हामीले,उसलाई के थाहा, उ त ब्यस्त हियो घोडा बेचेर सुत्नमा| रिस सबैलाई उठेको थियो तर कसैले केहि भनेन र हासे जस्तो गरि अघि बढेउ|
बिहान खाना खाएपछि दिउसो मैले केहि खाकी थिन,भोक असाध्य नै लागेको छ,सायद मलाई मात्र हैन सबैलाई नै भोक लागेको हुनपर्छ| नभन्दै सबैले मगाउनु सम्म खाजा मगाए, ७ बजे त खाजा खाएको हामीले,खाना खाने कुरा भएन,त्यहि नै खाना भयो| ८ बजे सम्म खाजा खादै गफ गर्दै बित्यो,आज अन्तिम दिन हो यहाको बसाइ पनि,त्यसैले सुत्न जान मन थिएन मलाई,सायद अरुलाई पनि यस्ता भएको छ कि|
“संजोक ड्रिंक्समा केहि लिन्छौ?” बिस्वासले रक्सि मगाउन लाग्नु भएछ,संजोक लाइ सोध्नु भयो,शोभाले पिउन हुन्न भन्ने मलाई थाहाछ| संजोकले पिउन मन गरेन,उसले नाई भन्यो,शोभाको आखामा म प्रस्ट हुन्छ देख्दै थिए तर शोभाले पिउन नमिल्ने|
“भाइ एउटा बियर अनि एउटा गिलास ल्याइदेउन|” अरु कसैले रक्सि पियोस् या नपियोस्,बिस्वाश चाही पिउने मुडमा हुनुहुन्छ| हिजो पनि एक्लै नै बस्नु भएको थियो रक्सि पिउदै,एकछिन पछी मात्र म पुगेकि थिए साथ दिन,साथ हैन दुख दिन|
“एउटा हैन दुइटा|” हिजो दुख दिएकि थिए,आज उहालाई साथ दिन मन लाग्यो,त्यसैले उहासंग नै गएर बसे| हुन त उहाको छेउमै थिए तर अजि तासिन पुगे उहासंग|
“तैले कहिलेबाट पिउन लागिस् नि|” शोभा चाही पुरै चकित परि मैले आफुलाइ पनि बियर भन्दा,उ मेरी सब भन्दा मिल्ने साथि हो ,उसंग बसेर अहिले सम्म रक्सि छोएको थिन मैले,आज अचानक मैले आफुलाई पनि रक्सि मगाउदा उसलाई आश्चर्य लाग्नु सामान्य नै हो| 
“हिजो बाट,जडिया भइ सकी तिम्रो साथि|” बिस्वास कति जान्ने हुनु भएको,किन उहाले भन्नु परेको| म अरु केहि भन्न लागेको थिए तर बिस्वासले केहि अरु भन्दिनु भयो| अब मैले निच्च हास्ने बाहेक केहि गर्न नै सक्दिन र त्यहि गरे|
“बल्ल बानि सुधारिछे आफ्नु|” शोभा,हरे जे पनि भन्छे,रक्सि खाना लागेपछि चाही मेरो बानि सुध्रियो रे,अत्ति के |
पहिलो बोतल हात्तीको मुखमा जिरा जस्तै भयो, दोस्रो बोतल सकिएपछी चाही अलि झम्म हुदै गए म| हिजोको भन्दा आज जे पिउदै छु,दुबैको स्वादमा फरक भेटे मैले| बियर चाही अलि धेरै चिसो र टर्रो हुने रैछ एप्पल जुस भन्दा(ठ्याक्कै नाम आएन हिजोको जुसको)| 
“चुरोट पनि तान्ने म|” हिजो पनि चुरोट खाने इक्षा गरेको थिए मैले,त्यो इक्षा आज पनि आयो मलाइ| हिजो चाही चुरोट सल्काउन नपाउदै ढलेकि थिए म,त्यसैले त्यो इक्षा अझै मेरो मनमा बरकरार रहेको हुनुपर्छ|
“चुरोट पनि?” शोभा फेरी पनि चकित भइ,सधै उसलाई चुरोट छोड भन्ने म नै हो,तर आज मा नै आफै चुरोट सल्काउन खोज्दा,उसको मुख आ भएको थियो र आखा भने ठुला| मैले एकैछिन सम्म जवाफ फर्काइन शोभाको प्रश्नको,बिस्वासले नै फर्काउनु हुन्छ जस्तो लागेको थियो तर उहा पनि चुप भएर बस्नु भएको छ| 
“म चाही जान्छु सुत्न,यहा बसे भने म आफु लाई सम्हाल्न सक्दिन|” मैले चुरोट सल्काउने बित्तिकै शोभा यति भनेर आफ्नु कोठा तिर लागि र म भने चुरोटको धुवा भित्र तान्दै बाहिर फ्याल्न लागे|
“केटि त्यसरी चुरोट खाने हैन नि,भित्र सम्म तान्नु पर्छ|” बिस्वासले यति भनेपछि चुरोटको धुवा छाती सम्म पुर्याउन खोजेकी मात्र के थिए,खोकेको खोकै भए,बिस्वासले ढाड सुम्सुम्याइदिनु भयो एकैछिन,अनि थपथपाउन लाग्नु भयो,बल्ल शान्त भए अनि म| त्यसपछि कति बोतल बियर थपियो र मैले के के बोले र उहाले के के भन्नु भयो याद छैन| 
“भाइ बार बन्द गर्न लागेको अब|”होटेलको दाइले यति भनेपछि बिस्वासले मलाई कुर्सि बाट तानेर उठाउन खोज्नु भयो,सायद कोठामा लग्न लाइ होला| तर मलाई अझै बियर पुगेको थिएन,पुगेको थिएन भन्दा पनि अझै पिउन मन थियो|उहाले नाई भन्दै हुनु हुन्थियो र म जिद्दी गर्दै थिए, हाम्रो बादबिबाद त्यसै सकिएला जस्तो लागेन तर मलाई जसरि पनि जित्नु थियो,जित्नु भन्दा थप पिउनु थियो मलाइ| मेरो केहि लागेन बिस्वासको अघि, उभिरहेको मान्छे थचक्क बसिदिए भुमा,त्यसपछि उहाले थप बियर भन्नै पर्यो| उहाले एक बोतल भन्दै हुनुहुन्थियो तर दुइ बोतल बियर नलिएसम्म,म भुइबाट उठ्दै उठिन| दुइ बोतल बियर लिएर लागेउ म अनि बिस्वास मेरो कोठा तिर|

Previous article
Next article

Latest Posts