रातको ११ बजेको थियो, उनको मेसेज आयो , मेसेन्जरमा हैन, मोबाइल मा , लेखिएको थियो “थाहा छैन किन, तर हजुर मलाई मन पर्नु हुन्छ|” अघि सम्म मज्जाले बोलि रहेको हामि, उसको यो मेसेज पछी हामि दुवै चुप| त्यो मेसेज नागासाकीमा खसेको कुनै बम भन्दा कम थिएन, जसले एकैछिनमा हामि बिचमा रहेको मेसेजहरुको उत्पादन नै समाप्त गरिदियो| हुन त मेरो जिम्मा हो त्यो मेसेजको रिप्लाई दिने, उसले आफ्नु मनको कुरा भनि, अभ मैले केहि त भन्नु पर्थ्यो नि जवाफमा,तर मेरो जवाफ के हुनु पर्ने मलाई आफै थाहा थिएन| अभ मैले केहि नलेखेसी उसको मनमा पनि धेरै कुरा खेलेको हुदो हो, उसलाई पक्कै पनि नराम्रो लागेको हुदो हो मेरो जवाफ न आउदा| मलाई थाहाछ, यस्तो कुरा कसैले आट गरेर भन्छ र त्यसको जवाफ नआउदा कस्तो हुन्छ मनमा| आखिर म पनि यो अवस्थाबाट गुज्रिसकेको मान्छे हो, मनमा त्यस्तो केहि थिएन उसको लागि|
त्यस्तो भन्नाले उसंग प्रेमिक सम्बन्ध कल्पना गर्न भ्याइसकेको थिन मैले, अहिले मेरो मनमा केवल इज्जत थियो, त्यो इज्जत जुन उसले जे गरे पनि कहिले कम हुन्थेन तर उसको आजको यो वाक्यले मेरो मन नै दोमन भयो| “अभ मैले के भन्नु पर्छ?” १० मिनेट जतिको अन्तराल पछी मैले यति लेखि पठाए| उसलाई झुठो आशा देखाउन मन पनि थिएन तर भबिस्यको सम्भावना मेट्न पनि चाहन्थिन म|
सायद मैले धेरै नै समय लगाएछु रिप्लाई फर्काउन, त्यसैले मैले मेसेजको रिप्लाई गर्नु र उसको दोस्रो मेसेज आउनु लगभग संग संगै भयो | “मैले अरुलाई पठाको हो है |हजुर लाई गएछ” उसको यति मेसेज ले एकछिन हलुङ्गो महसुस भयो तर केहि रिस पनि उठ्यो| हलुङ्गो चाही जिम्मेवारीबाट बच्नुले थियो र रिस चाही बिनाकारण उसले गर्दा एकै छिन भएपनि म तनाबको धेरामा तेर्सिएको हुनाले|
“धन्न अरुलाई रैछ,म कस्तो के भनम भनम भएर केहि नलेखी बसेको थिए एकैछिन|” यति लेखेर पथाउन मात्र के लागेको थिए, पठाउनु अघि नै उसको फोन आयो र पठाउन पाइन|
“उल्लु, हजुरले किन ढिलो रिप्लाई गरिसेको, हजुरले ढिलो रिप्लाई गरेकोले मलाई डर लाग्यो, अनि अरुलाई भनेर पठाए फेरी|” मेरो हेल्लो पनि नसुनेर उसले पहिले नै यति भनि| जुन तनाब गयो भनेको फेरी त्यो तनाब घुमेर म निर आयो, कस्तो गार्हो अवस्थामा पारिन् उसले, यसरि फोनमा जवाफ दिनु भन्दा त अघि मेसेजमा जवाफ दिन धेरै सजिलो थियो मलाई| तर अभ अरु विकल्प पनि छैन| रातिको ११ बजे अचानक फोन राख्न पनि केहि बहाना नै छैन |
“मतलब मलाई माया गर्छौ?” यस भन्दा अरु केहि बोल्न नै सकिन|
“माया हैन के ,मन मात्रै पराउछु|” उसले के भन्न खोजेको कस्सम बुझ्न सकिन मैले|
“अनि कुरा त्यहि त हो नि |” आफुलाई माया भनेको नै मन पराउनु जस्तो लाग्थियो,उसले खोइ के भन्न खोजेकी हो,त्यो बुझ्नै पर्यो |
“एडमिन ज्यु,मन पराउनु र मायामा फरक छ, म १००० जनालाई अनेक रुपमा मन पराउँन् सक्छु तर माया भने केवल एक जना लाई गर्छु|” उसले कुरै निकै प्रस्ट बनाइ|
“अनि म तिम्रो त्यो हजार जनाको लिस्टमा कति नम्बरमा पर्छु नि |” अघि सम्म यो बिषय बात भाग्न खोजेपनि तर अहिले म आफै उत्सुक भएर आए |
“ह्य गधा हो के तपाई, मैले उदाहरण पो देको, अहिले सम्म माया कसैलाई गर्दिन तर मन चाही हजुरलाई पराउछु|” उसको कुरा अभिमन्युको चक्रबियु भन्दा नि बुझी नसक्नु छ |
“मतलब पछी यो मन पराउने कुरामा मायामा पनि परिणत हुन सक्छ ?” उसको हरेक जवाफ संग मेरो उत्सुकता बढ्दै थियो, कहिले दाहिने कोल्टो,कहिले देब्रे कोल्टो परेर बोल्दा थिए म |
“त्यो त पछीको कुरा हो, के थाहा पछी के हुन्छ | के थाहा भोलि नै माया बस्न नि सक्छ |” कस्तो निर्धक्कक भएर बोल्दै थि उनि र मेरो हरेक प्रश्नको सतीक उत्तर पनि दिदै थि|
“अनि माया त दुइ तर्फी बस्नु पर्छ नि, एकतर्फी के काम |” दुइ खुट्टाको बीच सिरानी च्याप्दै यति भने मैले पनि, मेरो आवाजमा म अतालिएको प्रस्ट बुझिन्थ्यो|
“त्यसैले त,पहिले हजुरलाई म माया बसाउछु म संग,अनि मात्र आफ्नु मायाको जिकिर गर्छु हजुर सामु|” यो उसको वाक्यले मेरो मनमा अनेकौ प्रश्नको भेल नै ल्यायो|
“मतलब तिमि म संग अहिले बाट नै माया गर्छौ?” म जान्न उत्सुक थिए|
“त्यो त समयले भन्छ, म समय अघि कसैलाई पनि आफ्नु मनको कुरा भन्दिन,अहिले लाई राखे फोन|” उसले यति भन्ने बित्तिकै मेरो जवाफ पनि नसुनी सिधै फोन राखी|
अहिलेको बर्तालापले,मेरो मनमा अचानक उसको लागि प्मायाको तरंगहरु बहन लागे,अघि सम्म जुन तरंगको नामो निशान थिएन मेरो मनमा, अहिले त्यहि तरङ्गहरुले मलाई हरेक दुइ मिनेटमा कोल्टो फेर्न मजबुर गर्दै थियो| थाहाछैन उसले के जादु गरि, तर अभ एउटा मात्र इक्षा छ मनमा, उनिबाट “आइ लव यु “ सुन्ने र मैले त्यसको जवाफ फर्काउने |
