Health insurance? Heart disease? Depression? Anxiety?
होटेलको गेट अगाडी पुगेर कार रोकियो हाम्रो, आफै रोकिएको हैन नि फेरी| मेरो खुट्टाले जब बिस्तारै accelerator छाडी ब्रेक दबायो, गाडी रोकिएको हो| गाडीलाई पार्क गरेउ, कुनै झोला हातमा कुनै काधमा, एक पछी अर्को खुड्किलो चढ्दै रिसेप्सन सम्म पुगेउ| होटेलको बारेमा केहि छोटो व्याख्या गर्छु है| बाहिरबाट हेर्दा कुनै पुरानो हवेली जस्तै देखिन्छ, खण्डर भन्दा फरक नपर्ला| बाहिरबाट र परबाट हेर्दा जस्तो भएपनि, यो होटेल मलाई चाही मन पर्छ| कोठाहरु राम्रा छन्, दाइ भाउजुको व्यवहार त्यति नै राम्रो, अनि मलाई सबै भन्दा मन पर्ने चाही ठाउ शान्त छ खुल्ला छ र कुनै किच्किच् नहुने जे गरे पनि| शोभा, सन्जोग प्रतिक्षालाइ होटेल मन पर्नै पर्छ भन्ने मलाई लाग्दैन, हामि केहि अरु कार्य सक्याउन आएको हौ, रमाउन हैन| अरुको पहिलो पल्ट हो, म पहिले पनि धेरै पल्ट आइसकेको छु यहाँ, जहिले आउदा पनि कोठा पाइने| त्यसैले आज पनि मैले फोन नगरी, कोठा बुक नगरी आएको हो| अरु दिन भन्दा केहि भिन्न रहेन आज, कोठा सजिलै पाइयो| तिन वटा कोठा, एउटा मलाई,एउटा प्रतिक्षालाइ अनि एउटा चाही सन्जोग र शोभालाई| झन् मज्जाको घटना के भयो थाहाछ? यति पछी जादा पनि दाइले मलाई चिन्नु भयो| झन् अचेल आउन छाडेउ भन्दै गुनासो पनि गरे| आफु काठमान्डौमा नरहेको बताउदै हामि आफ्नो कोठा तिर लागेउ|
बुटवलबाट काठमाण्डौको यात्रा, निकै कम समयमा तय भयो| तर काठमाण्डौबाट नगरकोट सम्मको यात्रा, त्यसले शरीरको हरेक उर्जा चुसेर लग्यो, थाकेको छु| थाकेको शरीरलाई पानीको फोहोर अघि लगेर समर्पण गरे र फेरी उर्जा भरिएर आयो शरीरमा| थकानले चुरचुर भएको मेरो शरीरलाइ, स्नानले अमृतको काम गर्छ, समुन्द्र मन्थनबाट निक्लिएको अमृत| नगरकोट कुनै नया ठाउ हैन मेरो लागि, पुरानो नाता छ यो ठाउसंग| यदि काठमाण्डौसंग दाज्ने हो भने बुटवल निकै गर्मि ठाउ, अनि काठमान्डौ भन्दा चिसो बेसी नगरकोटमा हुने| उर्जा भरिएको शरीरले जाडोको अनुभूति गर्न लाग्यो, चुरोट माग्यो शरीरले|
प्यान्टको खल्ती छाम्दै हात चुरोटको बट्टामा पुर्याए, बट्टा भित्र चुरोट रैनछ, बट्टा खालि, जीवनको पर्यायबाची भयो आज यो चुरोटकको बट्टा| कोठा लक् गरेर चुरोट लिन रिसेप्सन पुगे, एक पछी अर्को गर्दै 3 चुरोट पुग्न केहि समय पनि लागेन| मौसम केहि चिसो, बियर बियर भन्दै कराउन लाग्यो म भित्रको जडिया| तर अहिले नै बियर लिएर बस्नु उचित पनि हैन, सबै आफ्नै कोठामा छन्, रात पुरै बाकि नै छ बियरको लागि| केहि घण्टा धैर्यता धारण गर्न नै पर्नेछ| म कोठाबाट तल आएको पनि एक घण्टा बेसी भयो, केहि खिल्ली चुरोट अनि केहि भ्रमण, एक घण्टा पत्तो पनि कसरि होस्?चिसो हुदै आयो, ज्याकेट या ब्लान्केट जे भएपनि काम चल्छ भनि कोठा तिर जादै गर्दा,शोभा र सन्जोग कोठाबाट निक्लिदै गरेको देखे|
“प्रतिक्षा कहाँ छे?” शोभाको प्रश्न, उ जवाफको खोजीमा छे तर जवाफ मसंग छैन|
“ खै! कोठामा नै छे कि| फोन गरन|” मलाई जवाफ थाहाछैन पो भनेको, अनुमान गर्न पछी परिन|
“फोन गरेको हो, उठेन| मैले त हजुरसँग छे सोचेको|” कति सजिलै प्रतिक्षा मसंग छे भनि सोचिछे शोभाले, तर सोचेको सबै कहाँ सत्य हुन्छ र|
“निदाई होला| ढोकामा गएर बोलाए भने सुन्छे होला|” यति भन्दै म प्रतिक्षाको कोठा तिर लागे र मेरो पछी पछी शोभा र सन्जोग |
कोठामा गएर बोलाउनु नै परेन प्रतिक्षालाइ| कोठाको ढोका खुलेको थियो, सायद लक् गर्न बिर्सी होला प्रतिक्षाले| हामी तिन जना पसेउ प्रतिक्षाको कोठामा, नभन्दै उ निदाएकी रैछे| खाना खानलाइ उसलाई उठाउनु पर्ने हो तर निन्द्रा बिथोल्न मनले दिएन| शोभाले पनि सायद यहि सोच्दै थिइ, एकछिन गफ गरेर बसेउ हामि तिन जना| शोभाको बारेमा धेरै नै थाहाछ मलाई र उसलाई पनि मेरो बारेमा धेरै जानकारी छ तर भेट भने आज पहिलो हो| पहिलो भेट पनि पहिलो भेट जस्तो छैन, हामि पहिले पनि धेरै चोटी भेटिसकेको छौ, मान्छेले यहि सोच्लान हामीलाई देखे वा सुने भने| सहमति भयो, प्रतिक्षा आफै बिउझिन भने ९ बजे हामीले नै उसलाई निन्द्राबाट बिउझाउने|
९ बज्न १० मिनेट बाकि थियो, कुरै कुरामा हामि बीच एउटा खुरापाती योजना बन्यो| प्रतिक्षाको अनुहारमा जुँगा र दारी बनाउने, उ बिउझिनु अघि| शोभाले आखिंभाउ बनाइ अनि मैले दारी र जुँगा| धन्न बेलैमा बनाएछौ, बनाएको १ मिनेट भित्र नै प्रतिक्षा बिउझी निन्द्राबाट| उसको अनुहार देखेर आफ्नो हासो रोक्न कम्ता मुश्किल भएको हैन, हास्न नपाएर आफ्नै अनुहार रातो भैसकेको छ|
एकछिन उ आफै अचम्म परि हामीलाई आफ्नो कोठामा पाउदा| थाकेर भुस् भैइछे, ढोका पनि लगाएकी लगाइन खयाल भएन छ उसलाई| थकान अनि चिसो मौसम, निन्द्राको लागि यसभन्दा के चाहिन्छ र, प्रतिक्षालाइ पनि यहि त भएको होला| खाना खानु अघि प्रतिक्षा “फ्रेस भएर आउछु|” भन्दै वासरुम पसी र यता हामि हास्न लागेउ| अनि प्रतिक्षा पनि रिसाकी जस्तै गरेर बाहिर निक्ली र हामि अझै हास्न लागेउ|
खाना खान हामी मुनि झरेउ, खाना मिठो थियो| खाना पछी शोभा र सन्जोग सुत्न गइहाले र म चुरोट सल्काउन लागे| प्रतिक्षा मलाई पर्खेर बस्दै छे मसंग नै| मलाई बियर पिउने इच्छा अहिले हैन दिउसोबाट नै हो, तर यहाँ बाहिर बसेर भने पिउन सक्दिन| एक्लै अनि त्यो पनि चिसोमा, कसरि बियर पिउनु|
“दाइ दुइ बोतल बियर ल्याइदिनु है कोठामा|” यति भन्दै चुरोटको ठुटो पाइतालाले कुल्चिएर म कोठा जान तैयार भए| प्रतिक्षा पनि मसंग नै उठी, र कोठामा नै बियर पिउने भनि अचम्मित परि| मैले पनि जिस्किदै कोठामा हैन बाल्कोनीमा पिउने हो भन्दै उसलाई जवाफ फर्काए| त्यसपछि प्रतिक्षा आफ्नो कोठामा अनि म आफ्नो कोठामा| दुइ बोतल बियरले एक घण्टा पनि साथ दिन सकेन| अब के गर्ने त? उपाय एउटा मात्र छ!
Single? Love? Meet new people?
