Vacation? Visa? Apply?
दुइ बोतल बियर सकिएपछी,अर्को दुइ बोतल मगाएर टेबुलमा राख्न लागी| पछाडीबाट एउटा छाया म तिर आउदै गरेको देखे, पछाडी फर्की हेरेको प्रतिक्षा| ओढ्ने जस्तो केहि बेरेर आएकी थिइ उनि, सायद जाडो भएको हुनुपर्छ| तर उनि अहिले सम्म किन नसुतेकी? ए सच्चि, उ आउने बित्तिकै एक निन्द्रा सुति सकेकी थिइ| त्यसैले निन्द्रा लागेको नहोला उसलाई, या कारण केहि अरु पनि हुन सक्छ| निन्द्रा नलागेको भए उसले फोन गर्नु पर्ने हो तर उसको फोन पनि आएन| रक्सि लाग्यो कि क्या हो मलाई, मेरो फोन त कोठामा नै छ, उसले फोन गरि कि गरिन कसरि थाहा हुन्छ मलाई| म यहाँ छु थाहा पाएर उनि यहाँ आएकी हो कि अरु केहि कारण छ?
“किन यहाँ बस्नु भएको?” हातमा बियरले भरिएको गिलास छ, त्यहि पनि यो प्रश्न प्रतिक्षाबाट? कि उसले मेरो हातको गिलास देखिन|
“अघि लगेको बियर सकियो ,अर्को लिन आएको,त्यसैले|” प्रतिक्षासंग लुकाउनु नै के छ र? जे हो त्यहि भने|
“कति पिउन सकेको के हजुरले, अझै कति बेर बस्नु हुन्छ?” उसलाई के थाहा म पिउन जति नि सक्छु भनि| एक पछी अर्को प्रश्न गर्न लागि प्रतिक्षा|
“अब एकछिन ,यो दुइटा सकेर जान्छु| त पनि केहि खान्छस?” प्रतिक्षाले रक्सि पिउदिन थाहाछ, तर किन मैले उसलाई यो प्रस्ताभ राखे? भने नि मलाई रक्सि लाग्यो भनि|
“मलाई रक्सि मन पर्दैन|” उसको जवाफ यस्तै भावको वरी परि आउछ मलाई पहिले नै अनुमान थियो र उसको जवाफ त्यस्तै आयो|
“रक्सि हैन,जुस खा,पख म ल्याउन भन्छु||” यति भने र प्रतिक्षाको जवाफ नसुनी वेटर भाइलाई बोलाए हामि तिर|
“एउटा एप्पल साइडर गिलासमा हालेर ल्याउ है बाबु|” त्यो भाइलाई यति भन्दै पठाए| एप्पल जुस भनेर मैले उसलाई रक्सी किन मगाए मलाई आफै थाहाछैन, सायद आज धेरै मत्तीए होला|
“यो रक्सि जस्तो छ त|” गिलासले ओठलाई छुने बित्तिकै प्रतिक्षाले यति भनि, उसले रक्सि र जुसको फरक थाहा पाउने रैछे|
“स्याउको सुकुटीलाई महमा डुबाएर बनाएको जुस हो,यस्तो लाइ रक्सि रे|” यति ठुलो झुठ ठाउको ठाउ कसरि तैयार पारे मैले, खोइ कल्पना गर्न पन्नी सकिन| एक गिलासमा प्रतिक्षा रोकिन, थप 3 गिलास मगाई| अब चाही अत्ति भयो, यहि ताल भए उसको रात कोठा हैन यहि खुल्ला आकाश मुनि कट्छ भनेर चिन्ता लागेर आयो र उसलाई रोक्न खोजे तर उसले माने पो| सायद नशा चढी सक्यो उसलाई| चार गिलास सकिएपछी उसले अझै एक गिलास अर्डर गरि र बाध्य भएर मैले उसलाई भन्नु पर्यो “रक्सि मन पर्दैन भन्थिस त,फेरी कति खाकी?”
“कस्तो मात्तिएको के हजुर|” प्रतिक्षा अघि देखि जुस हैन रक्सि पिउदै थिइ, जब उसले थाहापाई, गालि गर्दै भनौ या गुनासो गर्दै, उसले यति भनि|
“त पनि मात्तिएको छस् नि अब,म भन्दा धेरै|” मान्छु मलाई रक्सि लागेको छ तर अहिलेको अवस्थामा, मलाई भन्दा उसलाई बेसी छोएको छ नशाले|
“हजुरले गर्दा त हो नि|” उसको आवाज र बोल्ने शैली अहिले ५ बर्षे बालकको जस्तै भएको छ| त्यहि शैलीमा उसले मलाई दोष लगाई र दोष मेरै नै हो|
“मैले त एक गिलास मगाएको,अरु थप 3 कसले थपेको?” दोषी म हु तर सबै दोष आफै लिन मन लागेन, केहि उसको टाउकोमा पनि थुप्रिए दोषको भारि| झन् उसले ”कस्तो मिठो” भनेको थिइ, त्यसपछि मैले “अझै चाहियो?” भनि सोध्दा,उसले “हुन्छ” नि भनेको हो|
“थप ३ हैन,२ मात्र हो,मलाइ राम्ररि याद छ मैले जम्मा 3 गिलास खाएको हो|”अघि सम्म मैले गर्दा भएको भनि दोष लगाउदै थिइ, अहिले गिलास गन्न ब्यस्त छे उ|
“तैले भनेको थप अर्को गिलास पनि आइसक्यो नि त लाटी|” उसलाई केहि पनि होश छैन उसलाई, मैले नै भन्नु पर्यो यो पनि|
“खान्न म,हजुर आफै खानु|हजुरलाइ थाहा छ नि,म रक्सि खान्न भनेर|” अघि सम्म पिउदा केहि भएन, अहिले रक्सि पिउन्न रे, कस्तो अचम्म कुरा गर्छे उ पनि|
“तैले रक्सि सोचे भने पो रक्सि हो यो,नत्र अघि जस्तै जुस त हो नि,जुस भनेर खाइदेन|” मनको कुरा जस्तोको त्यस्तै भने उसलाई|
“हो है|” यति भनेर उसले त्यो गिलास एक सासमा नै रित्त्याई|
“म पनि चुरोट तान्ने|” उसको यो वाक्य सुन्दा, एकचोटी आफ्नै कानमा बिस्वास लागेन| उसलाई हुन्न नभनेको हैन त्यो पनि भने तर उसले मानिन| उसले जबर्जस्ति गरेर मेरो हातबाट चुरोट लिन त लिई तर सल्काउन भने पाइन| चुरोट सल्काउनु अघि नै उसले वाकी र कुर्सिमा नै ढली|
त्यहाँबाट उसलाई उसको कोठा सम्म पुर्याउन कम हम्मे हम्मे परेन मलाई| बोक्नु मात्र एउटा उपाय थियो र तबोकेर नै पुर्याए उसलाई कोठासम्म| कोठामा गएपछि उसले फेरी दुइ पल्ट वाकी र त्यसपछि चाही हलुको भयो होला उसलाई, ओछ्यानमा गएर पल्टी| तर केहि बर्बराउदै थिइ| एकछिन हो त्यसपछि उस्ले बर्बराउन बन्द गरि र कोठा शान्त भयो| फेरी पनि वाक्छे कि भनि पर्खेर बसे तर उ निदाई जस्तो लाग्यो र उसलाई सिरक ओढाएर आफ्नु कोठा जान खोजेको मात्र के थिए, उसले मेरो हात समाएर मलाई उसको अन्गालोमा भरि| त्यति मात्र भएको भए केहि हुन्थिएन तर …
Nutrition? Hospital? Insurance?
