Vechicle? Travel? Reserve hotel? Bali?
उसलाई सिरक ओढाएर आफ्नु कोठा जान खोजेको मात्र के थिए, उसले मेरो हात समाएर मलाई उसको अन्गालोमा कसी| त्यति भए मात्र हुन्थियो तर उसको बेहोसी त्यतिमा सकिएन| हातपात सुनेको थिए, हैन प्रतिक्षाले मलाई हातपात गरेकी हैन| यसको लागि उपयुक्त शब्द मुखपात होला| प्रतिक्षाले मलाई अन्गालोमा कस्ने बित्तिकै आफ्नो ओठ ल्याएर मेरो ओठमाथि चलाउन लागि| यो सबै यति चाडै भयो मैले एकछिन सम्म केहि चाल नै पाइन| मैले के गर्नु पर्छ भनि सोच्नै सकिन| उसको हात लुलो र अन्गालो खुकुलो थियो, अन्गालोबाट निक्लिन थोरै पनि गाह्रो भएन| मैले आफुलाई उसको अन्गालो र चुम्बनबाट पर पार्दा उसले केहि प्रतिकार गर्छे कि भन्ने चाही लागेको थियो तर उसले केहि भनिन| केहि भन्नलाइ मान्छे उठेको हुनुपर्छ, उ निदाई सकिछे|
अब बल्ल म निस्फिक्री भएर सुत्न जान सक्छु सोच्दै ढोकामा पुगेको मात्र के थिए, प्रतिक्षा वाक वाक गर्न लागि, वाकी सकेकी छैन तर आउन लागेछ| यो कोठामा आज मात्र बस्ने हैन, अझै केहि दिन बस्नु छ| उसले ओछ्यानमा नै वाकी भने चाही गनाएर बस्न गाह्रो र सफा गरिदिनु भनि भाउजुलाइ भन्न पनि गाह्रो| उसले ओछ्यानमा वाक्नु अघि नै म उसको छेउमा पुगे, कोठामा फोहोर फ्याल्न राखिएको सफा बाल्टिन लिएर|
उसले वाक्न खोज्दै थिइ तर सकीरहेकी थिइन| वाक्न नसकेर उसलाई झनै गाह्रो हुदै थियो, अब उपाय के त? आफ्नो दाहिने हातको चोर र माझि औंला उसको मुख भित्र लगे र उसको तालव्य वरी परि छुन लागे| यति गरेपछि उसले केहि सजिलो भयो सायद वाक्नलाइ| उसको मुख पुछेर कुल्ला गराए र साथै आफ्नो हात पनि सफा गरे|
“मलाई एकलाई छाडेर नजानु है|” प्रतिक्षा निन्द्रामा नै बर्बराउन लागि फेरी| आफैसंग रिस उठेर आयो, के गरेको मैले यस्तो? आखिर किन झुठ बोलि बोलि उसलाई रक्सि पिलाएको होला उसलाई मैले? खल्लो भयो मन पनि| उसलाई छाडेर आफ्नो कोठा जान मनले दिएन, फेरी राति केहि भयो भने उसलाई? उसकै छेउमा पल्टिए र अर्को एक घण्टासम्म उसलाई हेर्दै बसे र त्यसरी नै निदाए|
बिहान, सुर्य भन्दा पहिले म उठे र प्रतिक्षा भन्दा पहिले सुर्य| रक्सिले ढलेको मान्छेलाई गएको रातको घटना केहि याद हुन्न, उ पनि केहि भिन्न हैन| प्रतिक्षालाई चुरोट ओठमा च्यापे देखिको केहि घटना स्मरण नै रैनछ| आफुलाई कोठामा पाउदा उ आफै अचम्मित भइ र कोठामा म उसको छेउमा हुदा उ झन् अचम्मित| हिजो के के भयो सबै सुनाउन लागे उसलाई, सुरु देखि अन्त्यमा सम्म सबै हुबहु भने| उसले मलाई अंगालेर चुमेको चाही भन्न सकिन, उसलाई आत्मग्लानि महसुस नहोस् भनि लुकाए यो घटना| शोभाले थाहा पाई होला भनेर पिर गर्न लागि प्रतिक्षा तर कसैले केहि थाहा नपाएको भनि थाहापाउदा उनि खुसि भइ| अहिले सम्म पो शोभालाइ थाहा नभएको तर अब छिट्टै म आफ्नो कोठामा गइन भने चाही शोभालाई मात्र हैन संजोकलाइ पनि थाहाहुन्छ, म रात भरि प्रतिक्षाको कोठामा छु भनी|
आज सुतेको भनेको जम्मा २ घण्टा, नुहाउनु चाहना मात्र हैन बाध्यता पनि भयो| नत्र दिउसो झुप्प भयो भने, शोभालाइ कसले मदत गर्छ| नुहाएर हामि सबै खाजा खाना गयौ र खाना पनि| शोभाको औषधि कसरि प्रयोग गर्ने मलाई मात्र थाहाछ तर त्यो तरिका शोभालाइ भन्न अप्ठेरो लाग्यो| प्रतिक्षासंग अप्ठ्यारो मान्न उहिले छाडी सकेको हो, त्यसैले प्रतिक्षालाइ नै भने एक्लै ल्याएर| औसधिको प्रयोगले शोभालाइ कम्जोर तुल्यायो, ज्वरो पनि आयो तर कार्य सफल भयो हाम्रो| शोभा आफ्नो ओछ्यानबाट उठ्ने हालतमा थिइन, संजोक पनि उसलाई साथि दिन कोठामा नै थियो| उनीहरुलाई रातको खाना र तातो पानि कोठामा नै लग्न लगाएर म र प्रतिक्षा मुनि नै बसेउ|
खाना खाइसकेर चुरोट सल्काउदै एक बोतल बियर र एउटा गिलास मगाए तर मेरो कुरालाई काट्दै प्रतिक्षाले दुइटा गिलास भनि| उसले पनि पिउछु भन्दा मलाई अचम्म लाग्नु नौलो कुरा हैन| कहिले नपिउने मान्छेलाई मैले हिजो पहिलो पल्ट पिलाए र हिजो यहि कारणले उ मसंग रिसाएकी पनि थिइ तर अहिले भने आफै पिउन खोज्दै छे| बियर संगै चुरोट पनि सल्काउन लागि, एकैदिनमा कति चोटी अचम्मित हुनु म| बार बन्द गर्ने बेला भयो,आफ्नो आफ्नो कोठामा जानु पर्ने| प्रतिक्षाले रक्सि पुगेन भन्दै जिद्दी गर्न लागि, एउटा बियर मगाए कोठामा लग्नलाई| तर उसलाई चित्त बुझेन र भुइमा थचक्क बसेर जिद्दी गर्न लागि एउटा हैन दुइटा भन्दै| उसको जिद्दीको अघि मेरो केहि लागेन, दुइटा बियर बोकेर हामि प्रतिक्षाको कोठाको ढोका पुगेउ| प्रतिक्षाको जिउको आधि भार मेरो जीउले थामेको थियो, ढोका खोल्न नै सकिन| उसलाई ढोकाको छेउमा अडेस लगाएर मैले ढोका ढोले| ढोका खोल्नु अघि उ भुइमा लडी र हास्न लागि, एकछिन पछी त भुइमा लडीबुडी गर्दै हास्न लागि| “म लडे म लडे|” भन्दै हासो रुकेको थिएन उसको|
उसलाई उठाउन खोजे तर हातमा बियर छ, उठाउन सकिन उसलाई| बियर राख्न कोठा भित्र पसे र बियर राखेर उसलाई उठाउन आए| उ फेरी रिसाई सकिछे, मैले उसलाई कोठा बाहिर छाडेर गए भनि| उसलाई बुझाउन लागे तर सकिन| उसलाई चाहिने भन्दा धेरै रक्सि लागेछ, उसको शरीर र दिमाग दुबै उसको काबुमा थिएन|
“बियर बाहिर छाडेर मलाई सुरुमा कोठा भित्र लग्न सक्नु हुन्थियो नि?” उसले यस्तो प्रश्नहरु, जवाफ मसंग छ तर मेरो जवाफ बुझ्ने हालतमा उ थिइन| अहिले मेरो हरेक जवाफ गलत मात्र हुनेछ उसको सामुने|
“बियर बाहिर छाड्यो भने अरुले लग्ला भन्ने डर,तलाई बाहिर छोड्यो भने ढुक्क हुन सक्ने कसैले लग्दैन भनेर,लगे पनि क्षण भरमै फिर्ता ल्याइदिन्छ भन्ने पनि पक्का|” यति भनेर उसलाई जुरुक्क बोके र ओछ्यानमा लगेर राखे|
सुताउन खोज्छु तर उ सुत्न मान्दिन| बियर पिउने भनि जिद्दी सुरु भयो उसको| आफ्नै जिउ सम्हाल्न मुस्किल भएको छ उसलाई, बियरको बोतल कसरि समात्छे| म हालिदिन्छु गिलासमा भनेर भन्दा पनि मानिन| अन्त्यमा उसको गिलासमा बियर कम र फिज धेरै भयो| “के गरेको यस्तो?” भनि सोध्दा फिज खान मन लागेको भनि जवाफ आयो| आज प्रतिक्षासंग बोल्नु बेकार छ|
उसले मलाई बोल्न पनि दिएकी थिइन अनि आफुले चाही अचानक वाकी| वाके पनि धन्न होस्थिइ उ, उसलाई कुल्ला गरेर ल्याएर फेरी ओछ्यानमा राखे| मेरे टिसर्ट भरि उसको भमिट, टिसर्ट खोलेर एक कुना फ्यालेको मात्र के थिए…
New Car? New House? New apartment?
